प्रदीप गिरी : ‘रहर’ को अवसान

image

साहित्य प्रतिको त्यही रुचिका कारण प्रदीप र चक्र एउटा पत्रिका निकाल्ने तयारीमा लागे । नाम बारे छलफल हुदै थियो । प्रदिपले प्रस्ताव गरे ‘रहर’ राखौ चक्रजी । चक्रले प्रतिवाद गरे ‘हैन राम्रो नाम राखौ न । रहर त हुदैन की ।’ ‘विद्यार्थीले रहरमा निकालेको पत्रिकाको नाम के को राम्रो नी ‘रहर’ ठिक हुन्छ, राखौ’ प्रदिपले तर्क गरे । नाममा सहमति भयो । रहर पत्रिका दुई अंक छापियो । तेस्रोको तयारी हुदै थियो । प्रदिपले सुनाए ‘छाप्ने वन्दोवस्त ग-यौं, प्रेसमा कागज पनि लियौं । तर छाप्न सकेनौ । किन भने त्यतिञ्जेल म नेता भैसकेको थिए ।

प्रदीप गिरी वनारसमा पढ्दै थिए । पारिवारमा वातावरण भएकाले शुरु देखि नै राजनीतिमा उनको दगाव थियो नै । सहपाठी चक्र बास्तोलालाई चाँही ति दिन राजनीतिमा त्यति चासो थिएन । कवी गोष्ठिमा भाग लिन, पढ्न र रंग रमाइलो गर्न रुचाउथे उनी  । तिनै ताकाको कुरा हो एक दिन प्रदिपले भने ‘ए चक्रजी नेपालका महान नेता प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको परिवार केदारघाटमा बस्छ । जाउ भेट्न ।’ साथीको कुरा टार्न नसकेर पहिलो पटक कोइराला निवास पुगे । केटाकेटी पठाउन बीपी पत्नी सुशीला भाडाको घर लिएर बस्थिन । बीपी भने सुन्दरीजल वन्दीगृहमै थिए । पञ्चायतको जगजगी भएको त्यो समय कांग्रेसलाई अराष्ट्रिय तत्व भनिन्थ्यो । तिन ताका बेलावखत केदारघाट गए पनि चक्रलाई बीपीका वारेमा त्यति सारो ज्ञान थिएन ।
मुलुकको पहिलो जननिर्वाचित सरकार र संसद भंग गरी तानाशाही शासन शुरु गरेको विरोधमा राजा महेन्द्रलाई कालो झण्डा देखाउने शाहसी युवती शैलजा आचार्य पनि केही समय जेल काटेर बनारस पुगेकी थिइन । बीपीकी भाञ्जी शैलजा, काशी विश्वविद्यालयमा पढ्दै थिइन । नयाँ कुरा सिक्न, वुझ्न, पढ्न एकदमै उत्सुक थिइन । 
चक्रले भनेका छन् ‘प्रदिप मलाई राजनीतिक कुरा गर्न भनेर कोइराला निवास लैजान्थे । साथीलाई नाई भन्न नसकेर अल्छि गरि गरि जान्थे ।’ 
त्यहीक्रममा एक दिन शैलजासंग परिचय गराउदै प्रदिपले भने ‘चक्रजी उहाँ शैलजा आचार्य हुनुहुन्छ । बीपीकी भाञ्जी । खुव पढ्नु हुन्छ ।’ शैलजालाई चक्रको परिचय गरादै उनले भने ‘शैलजाजी उहाँ चक्र वास्तोला झापाबाट । राजनीतिशास्त्र र अंग्रेजी साहित्यमा बीए गर्दै हुनुहुन्छ । मेरा सहपाठी । चक्रजी पनि खुव पढ्नहुन्छ ।’ त्यति बेला शैलजाले चक्रलाई भनेकी थिइन् ‘के पढ्छौ । वुझ्छौ ।’ 
यस प्रसंगमा प्रदिपले भनेका छन् ‘हामी तीन मध्ये शैलजालाई मात्र राजनीतिमा धेरै चासो थियो प्रारम्भिक दिनहरुमा । मलाई थिएन, चक्रजीलाई म जति पनि थिएन । चक्रजी र म दुवैलाई साहित्यमा असाध्यै चासो थियो ।’ 
साहित्य प्रतिको त्यही रुचिका कारण प्रदीप र चक्र एउटा पत्रिका निकाल्ने तयारीमा लागे । नाम बारे छलफल हुदै थियो । प्रदिपले प्रस्ताव गरे ‘रहर’ राखौ चक्रजी । चक्रले प्रतिवाद गरे ‘हैन राम्रो नाम राखौ न । रहर त हुदैन की ।’ ‘विद्यार्थीले रहरमा निकालेको पत्रिकाको नाम के को राम्रो नी ‘रहर’ ठिक हुन्छ, राखौ’ प्रदिपले तर्क गरे ।
नाममा सहमति भयो । रहर पत्रिका दुई अंक छापियो । तेस्रोको तयारी हुदै थियो । प्रदिपले सुनाए ‘छाप्ने वन्दोवस्त ग-यौं, प्रेसमा कागज पनि लियौं । तर छाप्न सकेनौ । किन भने त्यतिञ्जेल म नेता भैसकेको थिए । छात्रपरिषद्को अध्यक्ष जितेर । नेता भए पछि अरु जे गरे पनि रचनात्मक काम गर्नु हुदैन भनेर हामीले सिकि सकेका थियौ । पत्रिका छाप्ने, किताव लेख्ने, यि दुवै कन्ट्रक्टिभ काम हुन् । नेता भए पछि त अव अखवारसम्म पढ्ने हो । राजनीति गर्नेले कन्ट्रक्टिभ काम गर्नु हुन्न भन्ने छाप हामीमा परेकै थियो ।’
यस प्रसंगमा चक्रले भनेका छन् ‘दुई अंक त मैले प्रेसलाई उधारो भनसुन गरेर निकाले । प्रदिप फेरी निकाल भन्दै थिए । मैले यो उधारो काम गर्दिन भने । पत्रिका पनि वन्द भयो । 




प्रतिक्रिया


  1. Hello! I know this is somewhat off topic but I was wondering if you knew where I could find a captcha plugin for my comment form? I'm using the same blog platform as yours and I'm having difficulty finding one? Thanks a lot!

    wonderful issues altogether, you simply received a new reader. What may you suggest in regards to your submit that you simply made some days ago? Any positive?

    Do you have a spam issue on this blog; I also am a blogger, and I was wondering your situation; we have created some nice procedures and we are looking to swap techniques with other folks, be sure to shoot me an email if interested.

    image Bestellung von prometrium 100 mg in Österreich aufgeben

    Thank you for sharing your thoughts. I really appreciate your efforts and I am waiting for your next post thanks once again.