राजा महेन्द्र र प्रधानमन्त्री बीपी हाफ पाइन्टमा

image

राजा हरेक कोणबाट बीपीभन्दा आफूलाई अगाडि देखाउन चाहन्थे । अमेरिका, युरोपको भ्रमणबाट फर्किएपछि २०१७ कात्तिकको अन्तिम साता काठमाडौंको राष्ट्रिय रङ्गशालामा ‘राजा–११ विरूद्व प्रधानमन्त्री–११ फुटबल प्रतियोगिता’ आयोजना भयो । राजाले कति बेला कु गर्छन् होला भन्ने हल्लाले राजधानीको माहोल तातेको थियो । प्रधानमन्त्री राष्ट्रिय सहायता कोषका लागि सहयोग जुटाउन आयोजना गरिएको त्यो फुटबल प्रतियोगिता निक्कै चर्चाको विषय बन्न पुग्यो ।


यो तस्वीरमा राजा महेन्द्र र प्रधानमन्त्री बीपी हाफ पाइन्टमा देखिन्छन् । यो तस्वीर हो, २०१७ साल कात्तिकमा राजा र प्रधानमन्त्रीको टिम विच भएको फुटवल प्रतियोगितामा खिचिएको तस्वीर । सांसद राजन केसीको सौजन्यमा लेखकलाई प्राप्त भएको हो यो तस्वीर । 
बीपीले एक वर्षपछि सत्ता छोड्छन् भन्ने विश्वासका साथ राजा उनलाई प्रधानमन्त्री बनाउन राजी भएका थिए । तर अनेकौं हथकण्डा अपनाउ“दा समेत बीपीले राजीनामा गरेनन् । राजाले २०१७ को प्रारम्भबाटै निर्वाचित सरकार हटाउने योजना अझ तीव्र बनाए । सरकारलाई बदनाम गर्न सुनियोजित रुपमा चौतर्फी आक्रमण भयो । राजा हरेक कोणबाट बीपीभन्दा आफूलाई अगाडि देखाउन चाहन्थे । अमेरिका, युरोपको भ्रमणबाट फर्किएपछि २०१७ कात्तिकको अन्तिम साता काठमाडौंको राष्ट्रिय रङ्गशालामा ‘राजा–११ विरूद्व प्रधानमन्त्री–११ फुटबल प्रतियोगिता’ आयोजना भयो । राजाले कति बेला कु गर्छन् होला भन्ने हल्लाले राजधानीको माहोल तातेको थियो । प्रधानमन्त्री राष्ट्रिय सहायता कोषका लागि सहयोग जुटाउन आयोजना गरिएको त्यो फुटबल प्रतियोगिता निक्कै चर्चाको विषय बन्न पुग्यो । 
राजाको टिमलाई प्रधानमन्त्रीको टिमले एकका विरूद्ध दुई गोलले पराजित ग¥यो । राजा महेन्द्र क्याप्टेन रहेको टिममा अधिराजकुमारहरु हिमालय र बसुन्धरा, साहेबज्यू हरिविक्रम शाह, उपप्रधानमन्त्री सुवर्णशमशेर राणा, जनरलहरु शेरबहादुर मल्ल र नीरशमशेर, मेजर जनरल सुरेन्द्रशमशेर र रङ्गविक्रम, लेिटनेन्ट जनरल नीरशमशेर, लेिटनेन्ट लोकविक्रम थिए भने टिम म्यानेजर सुशीलशमशेर र १२ औं नम्बरका रिजर्भ खेलाडी केबी सिंह थिए । “प्रधानमन्त्री बीपी कोइरालाको टिममा मेजर जनरल सुरेन्द्रबहादुर शाह, डीआईजी रोमबहादुर, प्रकाशचन्द्र ठाकुर, त्रिवेणीप्रसाद प्रधान, धीरविक्रम, दिवानसिंह राई, होराप्रसाद जोशी, तुलसी गिरी, भरतशमशेर राणा, मीनबहादुर गुरूङ थिए । टिम म्यानेजरमा डा. जे.एन. गिरी र १२ औं नम्बरका रिजर्भ खेलाडीमा डी. राज, भीमबहादुर कार्की र एच.पी. गिरी थिए । खेलमा रेफ्रीको भूमिका पद्मबहादुरले निर्वाह गरेको थिए ।” (देवकोटा, २०३६ ः ५४८) । 
त्यो दिन राजा महेन्द्र १९ वर्षपछि फुटबल मैदानमा उत्रिएका थिए । राजाले विजयी खेलाडीहरुलाई पित्तलको कलात्मक आमखोरा र पित्तलकै कचौरा पुरस्कार प्रदान गरे । त्यही दिन राजाका तर्फबाट खेलाडीहरुलाई रात्रिभोज दिइएको थियो । 
(देवकोटा, २०३६ ः ५४८) 
सैन्य पोसाकमै संसद्मा राजा
“राजनीतिशास्त्रमा राजा सामन्तवादका प्रतीक हुन् भनिएको छ । तर हाम्रो नेपालमा यो कुरो असाबित हुन आएको छ र राजा प्रजातन्त्रका प्रतीक पनि हुन आउन सक्छन् भन्ने कुरा साबित हुन आएको छ । संसारमा लोककल्याणकारी राज्य घोषणा गर्ने श्री ५ महेन्द्र मात्र हुनुहुन्छ ।” 
संसदीय व्यवस्था प्रारम्भ हु“दाका दिनमा राजा र संसद्लाई एकअर्काको परिपूरकका रुपमा व्याख्या गरिएको थियो । तर राजा भने निरन्तर संसद्लाई कमजोर बनाउने र निरङ्कुश शासन स्थापित गर्ने रणनीतिमा थिए । २०१६ साउन ९ गते निर्वाचित संसद्को संयुक्त सदनलाई पहिलो पटक सम्बोधन गर्दै राजाले सरकारको नीति तथा कार्यक्रम वाचन गरे । त्यो दिन राजा महेन्द्र राजदरबारबाट रत्नपार्कस्थित बिजुली अड्डासम्म मोटरमा र त्यहा“बाट ९ घोडे झुप्पावाल बग्गीमा चढेर शाही पोसाकमा ग्यालरी बैठकमा पुगेका थिए । (देवकोटा, 
२०३६ ः २११)
पहिलो पटक राजकीय पोसाकमा संसद् भवन आएका राजा दोस्रो पटक चैत १८ गतेचाहि“ सैन्य पोसाकमा थिए । आज कु गर्छन्, भोलि गर्छन् भन्ने हल्लाबीच राजा सैन्य पोसाकमा संसद्मा देखिँदा पनि अधिकांश सांसदलाई पोसाकको अर्थ थाहै भएन । तर अलि बुझ्नेहरुले भने एकअर्काको मुख हेराहेर गरे । तैपनि राजा सैनिक पोसाकमा किन आए ? कसैले प्रश्न उठाएन ।
सांसद कमलराज रेग्मीले २०७१ असार ७ गते लेखकसँग त्यो दिनको स्मरण यसरी गरे, “नेपालगन्जमा निर्वाचित सरकारलाई हा“क दिएको दुई महिनापछि राजालाई एक्कासि संसद् भवनमा सैन्य पोसाकमा देख्ता हामी छक्क प¥यौं । लौ आजै सिद्ध्याउ“छन्् कि भन्ने पनि लाग्यो ।” राजाको त्यस्तो व्यवहारले उनी संसदीय व्यवस्थाप्रति सन्तुष्ट थिएनन् भन्ने देखाउ“छ । प्रतिपक्षी दलका नेता भरतशमशेरले भनेका छन्, “उनी सैनिक पोसाकमा संसद् आएर जनप्रतिनिधिलाई चुनौती दिन चाहन्थे ।” (गौतम, २०६४ ः १५६)
अर्कोतर्फ सेनालाई खुसी पार्न निर्वाचित सरकारलाई थाहै नदिई २०१७ असोजमा राजाले सेना र प्रहरीको तलब बढाइदिए । प्रधानमन्त्रीको तलब मासिक १५ सय थियो । राजाले सेनापतिको तलब–भत्ता मासिक १७ सय बनाए । (देवकोटा, २०३६ ः ३६७)
मन्त्रीभन्दा जर्नेलहरुको तलब बढी बनाएपछि सरकार र राजाबीचको सम्बन्ध बिग्रँदै गयो । राजा होसियारीपूर्वक आफूले उठाउने सम्भावित कदमबारे परामर्शमा सक्रिय थिए । अरुको कुरा सुन्ने, सुझाब लिने तर आफू निक्कै कम बोल्ने र एक्सनबाट प्रतिक्रिया जनाउने बानी थियो उनको । सेनालाई आनो विश्वासमा लिएपछि कु को केही दिनअगि मात्र राजाले पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यलाई भेटी आफूले संसद् विघटन गर्न लागेको बताएका थिए । आचार्यले सरकार विघटन गरे आनो विरोध नरहने भन्दै संसद् भङ्ग नगर्न सुझाब दिए— “सरकार ! संसद्को विघटनले प्रजातन्त्र अन्त्यको सङ्केत गर्छ । त्यसैले त्यो गर्नु उचित ह“ुदैन ।” (गौतम, २०७१ ः २०)
रहस्यको कुरा त काठमाडौंमा निर्वाचित सरकारलाई राजाले आज फाल्छन् भोलि फाल्छन् भन्ने हल्ला चलिरहेका बेला प्रधानसेनापति नीरशमशेरको निमन्त्रणामा भारतीय सेनाका प्रधानसेनापति के.एस. थिमैया २०१७ मङ्सिर २३ गते दशदिने औपचारिक भ्रमणका लागि काठमाडौं आए । (देवकोटा, २०३६ ः ५५३) 
थिमैयाले राजा र प्रधानमन्त्री बीपीसँग भेटे । भारतीय सेना प्रमुखको भ्रमण त्यति बेला निक्कै चर्चामा थियो । महङ्खवपूर्ण भेटवार्ता सकेर सिकार गर्न भन्दै उनी चितवनतर्फ लागे । त्यसको भोलिपल्ट राजाले शासन सत्ता हातमा लिइहाले ।
नेपालगन्जबाट प्रतिगमन
राजा त्रिभुवनले बीपीसँग युवराज महेन्द्रका बारेमा धेरै कुरा भनेका मात्र थिएनन्, पटक पटक सचेत पनि गराएका थिए । तर बीपीले कहिल्यै विश्वास गरेनन् ।
“जब सरकारले बिर्ता र राजारजौटा उन्मूलन, भूमि सम्बन्धी नया“ करको व्यवस्था, जङ्गलको राष्ट्रियकरण गर्ने जस्ता विधेयक संसद्बाट पारित गराउन थाल्यो । परम्परागत रुपमै ती सुविधाहरु एकलौटी उपभोग गर्दै आएको सुविधाभोगी वर्ग सरकारको प्रखर विरोधी भएर निस्कियो । यस क्रममा स्थापित नेपाल जनहित सङ्घले संसदीय व्यवस्थाकै विघटनको माग गर्न थाल्यो ।” (रिमाल, २०६२ ः ३८८)
त्यो बेलाको समाजमा सरकारले जनताको पक्षमा एकपछि अर्को क्रान्तिकारी निर्णय लिन थालेपछि राजा सशङ्कित भए । जनताको शक्ति बलियो हु“दा राजा कमजोर हुने कुरा महेन्द्रलाई राम्रैसँग थाहा थियो । उनले देशका विभिन्न भागको भ्रमण गरे । राजाका साथ केही जिल्लाको भ्रमणमा प्रधानमन्त्री आपैm पनि गएका थिए । सवारी मन्त्री मात्र भए पुग्नेमा प्रधानमन्त्री आपैm पोखरा, बागलुङ हुँदै दाङसम्म जानु पनि राजासँग सम्बन्ध सुधार्ने बीपीको प्रयत्न थियो । दाङबाट बीपी फर्कंदा सवारी मन्त्रीको रुपमा सँगै लगेका आना विश्वासपात्र मन्त्री तुलसी गिरीले राजासँग बिग्रिएको सम्बन्ध सुधार्न सघाउँछन् भन्ने विश्वास बीपीलाई थियो ।
आपैmले सवारी मन्त्री नियुक्त गरी राजासँग छोडेर आएका मन्त्री गिरी त्यतिन्जेलमा पूर्णतः राजाको पक्षमा गइसकेका मात्र होइन, राजनीतिक कु गर्न उकास्तै थिए । राजाको महङ्खवाकांक्षा बढाउने प्रमुख कारणमध्ये त्यो पनि एउटा थियो ।
पार्टीका वरिष्ठ नेता सुवर्णशमशेर राणा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायले ‘बनाउनु ह“ुदैन’ भनेर विरोध गर्दागर्दै ‘राजालाई आनो पक्षमा पार्न सक्छन्’ भनेर बीपीले डा. गिरीलाई सवारी मन्त्री छानेका थिए । तर गिरीले नै बीपीका सबै कमजोरी राजालाई अवगत मात्र गराएनन्, सरकार विरूद्ध उकास्ने काम समेत गरे ।
राजाले २०१६ माघ १५ गते नेपालगन्जमा सरकारलाई हा“क दि“दै भाषण गरे । डा. गिरीले लेखिदिएको त्यो भाषणमा राजाले भनेका थिए, “हाम्रो देशमा परिस्थिति र संस्कृति सुहाउ“दो नया“ कदम उठाई देश निर्माण गर्नुपरेको छ । यस्तै देशहित कार्यका लागि सबैको सहयोगबाट नै प्रजातन्त्रको जग बस्यो र महानिर्वाचन पनि सम्पन्न भयो । नत्र यसको माने त्यो होइन कि प्रजातन्त्रको नाम मात्रले देश र जनताको कल्याणको बदला अकल्याण होस्, उद्योगधन्दा घटुन्, न्याय सुलभ र सजिलो नहोस्, भ्रष्टाचार घूसखोरी बढोस्, बेकारी बढोस्, सरकारमा भएका र रहेका व्यक्तिले आनो स्वार्थ मात्र हेरून् र अराष्ट्रिय तङ्खवहरुले फाइदा उठाउन् इत्यादि । तसर्थ अब यी कुराहरुको जिम्मेवारी पनि प्रत्येक नेपालीकै हातमा स्वतन्त्रताका साथसाथै आएको छ । यो सबैले बुझी सहयोगको भावनाले प्रत्येक नेपालीले पाइला चालून् । ताकि मैले आनो कर्तव्य पालनाका लागि अरु कुनै कदम चाल्नु नपरोस् । र, साथै म यो पनि भन्न चाहन्छु कि मेरा पनि केही कर्तव्यहरु छन् । ती हुन्— देशको सार्वभौमसत्ता, राष्ट्रियता र अन्य देश तथा जनहित कार्यहरुको संरक्षण गर्नु । यदि यसमा कुनै किसिमको बाधा आइपर्छ भने त्यस बेला जहिलेसुकै जेसुकै र जे गर्न परे पनि म कदापि पछि हट्ने छैन ।”




प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |