महाभूकम्प : सडकबाट टेलिभिजन स्टुडियो चलाउनु पर्दा

image

 टेलिभिजन समचार रोकिएन । त्यो बेला स्टुडियोमा रहेकी समाचारवाचिका मृदुलाले लेखेकी छन् –लामो सास फेरे। अनि सोचेँ अब न्युज मिसन रोकिने बेला छैन। अनी हेडलाईन पढ्न थाले । समाचार सधैंको ढाँचामा जाने अवस्था थिएन। न तयारी सामग्री थिए, न टेलिप्रम्टर नै। भूकम्पसम्बन्धी जे खबर आयो त्यसैलाई वाचन गर्न व्यस्त भइयो। क्षणभरमै धरहरा ढलेको खबर इयरपिसबाट आयो। लाग्यो, ठूलै क्षति भएछ, अब कस्ताकस्ता क्षतिका विवरण आउने हुन् ? अनि भन्न सुरु गरें, ऐतिहासिक धरोहरामा भूकम्पले पूर्णरूपमा क्षति पुगेको छ


ति दिन म कान्तिपुर टेलिभिजनसंग आवद्व थिए । विहान ११ वजे, चौथो तलमा रिपोटिङ मिटिङ सकेर साथीहरु सुटिङ जाने तयारी गर्दै थिए । अकस्मात सिंगो घर हल्लिन थाल्यो । ए भूकम्प भूकम्प । कोही भ-याङको वाटो हुदै तल तिर लौडिन थाले, कोही टेवलको मुनी छिरे, कोही रुन र कराउन थाले । समाचार कक्षमा कोलाहल मच्चियो । के गर्ने कसो गर्ने । 
भूकम्पले हल्लाउन अली कम भएपछि सबै दौडिएर तीन कुनेको मुल सडकमा पुग्यौ । एक सुरले रुदै कराउदै गरिरहेका बुढाबुढी, महिला, बालवालिको ठूलो समुह सडकमा पुगि सकेको थियो । ति मध्ये कति घरको छतबाट हाम फालेर हात खुट्टा भाँचिएको अवस्थामा थिए भने कति मानसिक रुपमा विक्षिप्त भएका जस्ता । 
त्यतिकैमा हल्ला शुरु भयो । भक्तपुरको लोकन्थलीमा पक्कि सडक पुरै चर्किएर यातायता अवरुद्व भयो, धरहरा भत्कियो, असन इन्द्रचोक, पाटन र भक्तपुरमा कैैंयौं मानिसहरु पुराना घरले च्यापिएका छन् । कोही भन्न थाले फलानो ठाउँमा त जमिन फाटेर पानी आइरहेको छ । उहिल्यै बन्द भएका कतिपय ढङेधारामा पानी आउन थाल्यो रे । यी र यस्तै हल्ला चले । तर तत्काल त्यस्ता हल्लाको सत्यता पुष्टि गर्ने आधार हामीसंग केही थिएन । 

सम्पादकीय बैठक
कान्तिपुर टेलिभिजनको ठूलो टिम सडकमा पुगे पनि १२ वजेको समाचार वाचनका लागि स्टुडियो पुगेको अर्को टोली भने  भूकम्पको धक्का आई रहदा समेत समाचार वाचन गर्ने र गराउने आफ्नो दायित्व निर्वाह गरि रहेको थियो । भूकम्पको धक्काका विच समाचार वाचन गरि रहेकी पत्रकार मृदुला खनाल लेख्छिन्
‘‘स्टुडियोका सामान र बत्ती हल्लिएर आवाज बढ्न थाल्यो। क्यामेरापर्सन भुईंचालो भन्दै बाहिर निस्किए। सिसाबाट न्युज कन्ट्रोल रुमको गतिविधि हेर्न खोजें। केही क्षणमै अगाडिको मनिटर लड्यो, बत्तीहरू मजाले हल्लिए। कन्ट्रोल रुमबाट केही आवाज नआएपछि म बाहिर निस्कन खोजें। भवन हल्लिरहेकाले मलाई रिंगटा लाग्न थालिसकेको थियो। बल्ल बल्ल कन्ट्रोल रुमको ढोकासम्म पुगें। सबैजना हतास थिए। कोही टेबलमुनि थिए। बोरिङको पानी स्टुडियो भवनमुनिबाट ओभरफ्लो भयो भन्दै कोही कराएको सुनियो । त्यत्तिकैमा कम्पन रोकियो । फेरी स्टुिडयो पसें। क्यामेरा २ फिट जति पर सरेको र मनिटर लडेको थियो। यथासम्भव छिटो काम थालेर समाचार प्रसारण गर्न तयार भयौं । अनी हेडलाइन पढ्न थाले । काठमाडौंलगायत देशका विभिन्न भागमा ठूलो भूकम्प महसुस । क्षतिको विवरण आउन बाकी (खनाल ः २०७२ जेठ १५)।’’
केही साथी स्टुडियोमा थिए भने अरु धेरै सडकमा । टेलिभिजन समचार रोकिएन । त्यो बेला स्टुडियोमा रहेकी समाचारवाचिका मृदुलाले लेखेकी छन् –लामो सास फेरे। अनि सोचेँ अब न्युज मिसन रोकिने बेला छैन। अनी हेडलाईन पढ्न थाले । समाचार सधैंको ढाँचामा जाने अवस्था थिएन। न तयारी सामग्री थिए, न टेलिप्रम्टर नै। भूकम्पसम्बन्धी जे खबर आयो त्यसैलाई वाचन गर्न व्यस्त भइयो। क्षणभरमै धरहरा ढलेको खबर इयरपिसबाट आयो। लाग्यो, ठूलै क्षति भएछ, अब कस्ताकस्ता क्षतिका विवरण आउने हुन् ? अनि भन्न सुरु गरें, ऐतिहासिक धरोहरामा भूकम्पले पूर्णरूपमा क्षति पुगेको छ  (खनाल ः २०७२ जेठ १५)।’’
के गर्ने कसो गर्ने केही समय अलमल चल्यो । तीर्थ कोइरालाको ठाउँमा भर्खरै (बैसाख पहिलो साता) नयाँ प्रधानसम्पादक दिलभूषण पाठक आएका थिए । 
भूकम्प गएको त्यही पाँच सात मिनेट पछिको कुरा हुनु पर्छ । विच सडकमा उभिएर सम्पादकीय टिमको आकस्मिक बैठक भयो । प्रधान सम्पादक पाठकले भने – शुरुमा यही वरीपरिको दृष्य खिचेर स्टुडियोमा पु¥याई बजाउने वातावरण बनाउ । मलाई यही भूकम्प फेस गर्नु पर्ने भएकाले समाचार प्रमुख बन्नु परेको हो की क्या हो । ल साथीहरु अव उच्च मनोवलका साथ काम गरौं । असन, इन्द्रचोक, धरहरा, पाटन र भक्तपुरको दृष्य ल्याउने व्यवस्था मिलाउनु पर्छ । कहाँ के अवस्था छ थाहा छैन । त्यसैले ज्यान जोगाएर काम गर्नु, लास भएका ठाउँमा क्लोजअप नखिच्नु । हात खुट्टाको क्लोज अप लिए हुन्छ । ’’ 
त्यही कामको वाडफाट भयो । केही साथीहरु स्टुडियोमा जाने भए, पछि बनाइएको भवनमा थियो, स्टुडियो । फेरी ठूलो भूकम्प आयो भने पनि त्यो भवनमा असर नगर्ला भन्ने विश्वासका साथ समाचार प्रमुख पाठक, अर्जुन खड्का र हिमाल न्यौपाने सहित केही साथीले स्टुडियोमा वसेर कमाण्ड गर्ने तय भयो । मलाई चाही सडकमा वसेर रिपोटिङका लागि साथीहरु खटाउने जिम्मेवारी मिल्यो ।’’  
भूकम्प आउनु अघि रिपोटिङमा गएका दुई क्यामरा मात्र वाहिर थिए । अरु क्यामरा लिन चौथो तलामा जाने जोखिम नलिउ भनेर दुई वटाले चलाउने निर्णय लियौं । अनी नारायण किलम्वुलाई भक्तपुर, दशरथ राईलाई पाटन र पुष्प ढुंगानालाई धरहरा पठाए । क्षणभरकै सन्तोष धिताल र अनिल थापा टाउकोमा हेलमेट लगाएर आई पुगे । सडकमा मानिसहरु घर परिवारका सदस्यलाई फोन गर्न व्यस्त थिए, हामी चाँही आम जनतालाई पलपलको सूचना दिन खटिएका छौं । 
घरबाट श्रीमतीको फोन आयो ‘‘छिटो घर आउनु । छोरो डराएको छ ।’’ ल बाबासंग कुरा गर भनेर उनले छोरोलाई फोन दिइनन् । उ भन्न थाल्यो ‘‘बाबा ल आई हाल्नुस् मलाई डर लागि रहेको छ । सबैको बाबा घरमा छन् । हजुर आउनु पर्दैन । मलाई डर लागि रहेको छ । छिटो आउनुस् ।’’ 
तर त्यो बेला आफ्नो जिम्मेवारी छोडेर परिवारलाई समय दिने अवस्थामा थिएन म । हतार हतार फोन राखेर साथीहरुलाई रिपोटिङमा खटाउने, उनीहरुबाट आएका सूचना र दृष्य स्टुडियोसम्म पु¥याउने काममा केन्द्रीत हुन थाले । 
टेलिभिजनसंगै रहेको कान्तिपुर पव्लिकेसन्सको भवन चर्कियो । नचलाएकै अवस्थामा वोरिङमा पानी आइरहेको छ भन्दै थिए साथीहरु । 
क्षणभरमै हाम्रै रिपोटिङमा खटिएका सहकर्मी सुविन्द्र श्रेष्ठको घर ढल्यो, ठूली आमाको घाइते भएको खवर आई पुग्यो । त्यतिञ्जेल हामी अलमलमा छौं । लामो प्रयास पछि गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको आधिकारीक सूचना पाइयो । तत्काल स्टुडियोमा सूचनासंगै राष्ट्रि«य भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीको मोवाइल नम्वर पास गरे । 
त्यो दिन १२ देखि पौने तीन वजेसम्म समाचार पढेकी मृदुला खनाल लेख्छिन् ‘‘अकस्मात मेरो कानमा कमान्डको आवाज बदलिएको सुनियो । ‘मृदुला डन्ट प्यानिक यु आर क्रियटिङ हिस्ट्री’ (खनाल ः २०७२ जेठ १५)।’’ बुलेटिन शुरु गर्दा समाचार उत्पादक थिए, नारायण निरौला । त्यतिञ्जेल समाचार प्रमुख दिलभूषण पाठक आफै स्टिुडियो पुगि सकेका थिए । 
पहिलो पटक कान्तिपुर टेलिभिजनले भूकम्प मापन केन्द्रका प्रमुख अधिकारीसँँग टेलिफोनमा कुरा गर्दै गर्दा भूकम्पको अर्को धक्का गयो । अधिकारीले गोरखाको बारपाक केन्दबिन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको लाइभ जानकारी  दिए । त्यतिबेलासम्म करिब ५÷६ वटा धक्का महसुस भइसकेको थियो। सबै ५ रेक्टरभन्दा माथिका थिए (खनाल ः २०७२ जेठ १५)।’’
केही समय पछि फिल्डमा पुगेका साथीहरु दृष्य सहित फर्किए । धरहरा ढलको, काठमाडौं, पाटन र भक्तपुर दरवार स्क्वायर क्षेत्रका अधिकांश घर लडेको दृष्य आई पुगे । अस्पताल पुगेका साथीहरुले टेलिफोनमा त्यहाँ घाइतेहरु ल्याउने क्रम वढेको सूचना टेलिफोनबाट अपडेट गराए । 
सामाजिक सञ्जाल फेसवुक, ट्वीटरमा पोष्ट गरिएका तस्वीर, दृष्य र सूचनाका आधारमा समाचार बनाउने काम भयो । एउटा टोलीलाई विच सडकमा ल्यापटप सहित राख्यौ वटुवाहरुले वाटोमा भेटेर खिचेका तस्वीर र दृष्य कपी गरी समाचारमा देखाउने व्यवस्था मिलायौ । 
  
बुलेटिन रोक्ने निर्णय
साथी चन्द्र अधिकारी (समाचारबाचक मृदुला खनालका श्रीमान्) को फोन आयो । ‘‘प्लिज एक पटक मृदुलासंग कुरा गराई देउ । नासा (नेशनल एरियोनेटिक एण्ड स्पेस एडमिनिष्ट्र«ेसन)ले तीन र चार बजेको विचमा ठूलो भूकम्प आउछ भनेको छ । प्लिज एक पटक कुरा त गराई देउ यार ।’’ यसरी उनले कैयौं पटक फोन गरि सकेका थिए ।
समाचार स्टुडियोमा रहेकी मृदुलालाई म उनका श्रीमान्संग कुरा गराउन सक्ने अवस्थामा थिइन । निरिह बनेर प्रयास गर्छु भन्नु वाहेक अर्को विकल्प मसंग थिएन । उनी पल पल त्यही आग्रहका साथ फोन गरि रहेका हुन्थे म उही एउटै जवाफ फर्काइ रहन्थे प्रयास गर्छु । 
क्षणभरमै समाचार प्रमुख पाठक स्टुडियो भवनवाट सडकमा आई भन्न थाले नासाले तीन बजे ठूलो भूकम्प आउछ भनेको छ के गर्ने ? हाम्रा सामु दुई बिकल्प थिए, पहिलो ः जोखिम उठाएर भए पनि भूकम्पको समाचार अपडेट गराई रहने । वा स्टुडियो खाली गर्ने । यही विषयको टुङगो लगाउन फेरी विच सडकमा सम्पादकीय टिमको बैठक भयो । 
केही समयको छलफलमा अधिकांश साथीहरुले भने जनता सबै सडकमा छन् । धेरै ठाउँमा वत्ति काटिएको छ । हामीले समाचार दिए पनि जनताले हेर्ने होइन । त्यसैले ज्यान जोखिममा हालेर समाचार नपढाउ । स्टुडियो खाली गरौं । 
यसरी समाचार स्टुडियो खाली गर्ने निर्णय भयो । त्यो घटना वारे मृदुलाले लेखेकी छन् ‘‘समाचार प्रमुख र समाचार संयोजक स्टुडियोभित्र प्रवेश गरे र भने, वेल डन मृदुला, अब बाहिर जाऔं। मैले हाते घडी हेरें, समाचार सकिने बेला भएको थिएन। बिस्तारै इयरपिस र माइक्रोफोन फुकालेर म बाहिर निस्किएँ। सबै साथीहरू मलाई हेर्दै थिए, मेरो मुखबाट शब्द आइरहेको थिएन (खनाल ः २०७२ जेठ १५)।’’
स्टुडियो खाली गरेको क्षणभरमै भूकम्पको ठूलो धक्का आईहाल्यो । जतततै तवाही छ । हामीलाई भने घर परिवार वारे सोच्ने छुट छैन । जनतालाई पलपलको सूचना कसरी दिने भन्ने रणनीति बनाउन थाल्यौ । त्यसबिच हेलिकप्टरबाट उपत्यकाको दृष्य लिन पाएको भए हुने भन्ने विचार आयो । हिमाल न्यौपानेले केही हेलिकप्टर कम्पनीहरुमा फोन गरी भाडामा हेलिकप्टर लिने प्रयास गरे । तर सम्भव भएन । 
अनी हतार हतार ओबी (आउट साइड ब्रोडकाष्टिङ भ्यान) वाहिर निकाल्यौं । तार तानेर स्टुडियोसंग कनेक्ट गरियो । प्लाष्टिकका केही कुर्सी निकालेर सडकमा अस्थिायी स्टुडियो तयार बनायौं र प्रत्यक्ष प्रशारण ग¥यौं । 
विजय पौडेलले सडक स्टुडियोबाट भूकम्पविदलाई टेलिफोनमा प्रश्न सोधे । अहिलेको अवस्थामा आम नागरिकलाई तपाई के सुझाव दिनुहुन्छ? 
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने –तपाईहरु पनि यस्तो वेला स्टुडियो भित्र वसेर प्रश्न नगर्नुस्, जोखिम छ । तपाई आफू पनि घर वाहिर खुल्ला ठाँउमा वस्नुस् । अरुलाई पनि त्यही सूचना दिनुस् ।’’ 
अधिकारीलाई त्यतिञ्जेल कान्तिपुर टेलिभिजनले सडकबाट प्रशारण शुरु गरेको थाहा थिएन । 
कान्तिपुरमा जागिर, रेडियो नेपालमा रिपोटिङ
बेलुका अवरेसम्म टेलिभिजनमा काम गरेर डेरामा फर्किदा रातको नौ वजि सकेको थियो । टोल छिमेकका धनी गरिव, मालिक मजदुर सबै सडकमा सुत्ने तयारी गर्दै थिए । मानिसहरु अनेक खालका हल्ला र अनुमान सुनाउदैछन् । अझै यो भन्दा ठूलो भूकम्प आउदैछ रे । सावधान चिडियाखानको पर्खाल भत्किएर दुई बाघ शहर पसेका छन् रे । त्यस्ता सूचनाको सत्यता परिक्षण गर्ने अवस्था थिएन । 
नीजि क्षेत्रका धेरै एफएम रेडियो र टेलिभिजनले प्रशारण वन्द गरेका छन् । सरकारी सञ्चार माध्यम रेडियो नेपालले रात दिन लाइभ प्रशारण गरेर सूचना प्रवाह गरि रहेको थियो । टेलिफोन सम्पर्क भएका स्थानमा भर पर्दा मानिसहरुसंग कुरा गरेर सूचना प्रवाह गरि रहेको थियो । 
रातको ११ वजे दुर्गा फुयालले फोन गरेर भने जगतजी मिल्छ भने तपाईको टोलमा के छ बताई दिनस् न । जुन सञ्चार माध्यमबाट भए पनि जनतालाई सूसुचित गराउने जिम्मेवारी न हो मेरो । त्यो रात वानेश्वरको खवर दिए । यो क्रम केही दिनसम्म चलि रह्यो । साथीहरु फोन गर्थे म लाईभ रिपोटिङ गरिदिन्थे । 
बैसाख १२ गते रातभरी सुत्न सकिएन । विहान उज्यालो हुना साथ अफिस जाने तयारी गर्न थाले । सात वर्षको छोरा खुट्टा समाएर भन्न थाल्यो –बाबा हजुर मलाई छोडेर कतै पनि नजानु है । हिजो पनि छोड्नु भयो । दिनभरी डराएर बसे । अरु सबैको बाबा मामु घरमै छन् । तपाई पनि नजानुस् ।’’  
 

चर्चामा सडक स्टुडियो 
सडकमा स्टुडियो स्थापना गरेपछि हामीले टेलिभिजनमा लाईभ प्रशारण, फिल्ड रिर्पोट र अन्तवार्तामा जोड दिन थाल्यौ । दृष्य सम्पादन गर्न सक्ने अवस्था थिएन । 
शसस्त्र प्रहरीले वालाजुको एउटा घरमा १२० घण्टासम्म थुनिएका एक नागरिक पेम्वाको सकुशल उद्वार गरेको समाचारले निक्कै प्राथमिकता पायो । सुरक्षाकर्मीले सामाजिक सञ्जाल र मिडियाले दिएको सूचनाका आधारमा उद्वार गरेको विषयलाई मिडियाले उच्च प्राथमिकताका आधारमा समाचार बनाएका छन् । 
संसार भरका सञ्चार माध्यममा कान्तिपुर टेलिभिजनले सडक स्टुडियोबाट प्रशारण गरेको समाचार बन्यो । हामीले अस्थिायी स्टुडियो बनाएको ठाउँमा आएर क्यामरामा (पिस टु क्यामरा) वोल्ने विदेशी पत्रकारहरु भनिरहेका हुन्थे । बीबीसी, सीएनएन, र अलजजिरा टिभी अनी धेरै भारतीय मिडियाले कान्तिपुर टेलिभिजनका वारेमा समाचार बनाउदै भनेका थिए ‘नेपालको अग्रणी टेलिभिजन स्टेशन कान्तिपुरले सडकबाट प्रशारण गरि रहेको छ । समाचार कक्ष, आईटी, इन्जिनियरिङ, एमसीआर, एनसीआर, स्टुडियो सबै यही सडकमा छ ।’ 
पहाड धामी झै हल्लिएको क्षण 
बैसाख १२ को भूकम्पपछि सडकबाट स्टुडियो भवनको भूई तलामा अफिस अस्थायी रुपमा सारिएको थियो । बैसाख २९ को कुरा हो । रिपोटिङका लागि पहिलो पटक म राजधानी वाहिर सिन्धुलीको दुम्जा गएको थिए । काठमाडौंको सडक स्टुडियोमा वस्दा वस्दा दिक्क लागेर । विहान दुम्जामा बीपी राजमार्गसंगैको होटलमा खाना खाएर चुठ्न जादै थिए । एकै पटक जमिन भयानकसंग हल्लियो । पक्कि सडक नै हुत्तिर सरी । 
ठूलो धुलोको मुस्लो पहाड तिर उडेको देखियो । मानिसहरु भूकम्प भूकम्प भनेर कराउन थाले । कोही नारायण भगवनाको नाम जप्तै थिए । क्षणभरमै पहाडतिरवाट ठूलो ढुंगा आएर राजमार्गमा वजारियो । अलिकतिले बाचियो नत्र त्यही ठहरै हुने । छेउ छाउका घर हेर्दा हेर्दै गल्यामगुर्लुम गरी ढले । 
भाई हेमन्त कटवालले मोटरबाट क्यामरा झिक्न खोजे । गाडी हल्लिएर एक छिन सकेनन् । बल्ल तल्ल झिके क्यामरा । यसो पूर्व तिर हरेको त अग्लो पहाड गाउँ घरमा धामी हल्लिए झै अल्दिै थियो । धुलोको मुस्लो अकासतिर गैरहको छ । मैले क्यामराको अघि उभिएर सिन्धुलीको दुम्जामा भर्खरै शक्तिशाली भूकम्प गएको छ । तपाई दृष्यमा हेर्न सक्नु हुन्छ । पहाड हल्लिएर धुलोको मस्लो उडेको । आसपासका घर ढलेका छन् । मानिसहरुमा कोलाहल मच्चिरहेको छ । 
केही समय पछि हामी जानु पर्ने ठाउँमा नगएर त्यहीबाट काठमाडौं तिर फर्कियौं । पहाडवाट झरिरहेका ढुंगा छल्दै यात्रा तय ग¥यो । त्यो दिनको घटनापछि मलाई लाग्यो काल नआई कोही नमर्ने रहेछ । 
अफिस पुगेपछि थाहा भयो, फेरि स्टुडियो सडकमा सारिसकिएको रहेछ । तिनकुनेमा पुगेपछि आफूले रेकर्ड गरेको टेप वजाउन दिए । जनकपुर केन्द्रविन्दु भएर गएको ६.८ रेक्टर स्केलको भूकम्पबाट बचेर आफूस आएको म क्यामरा अघि उभिएर भूकम्पको लाईभ वयान सुनाउन थाले । 
फोहर थन्क्याउने स्टोरमा स्टुडियो
दोस्रो पटक बैसाख २९ गते ठूलो भूकम्प आएपछि हाम्रो स्टुडियो जडिवुटी स्थित कान्तिपुर पत्रिका छाप्ने प्रेस रहेको ठाँउमा सारियो । कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, नेपाल, नारी पत्रिकाका सहकर्मीहरु बैसाख १२ देखि नै त्यहाँ सरि सकेका थिए । कोही टेन्टमा, कोही पालमा त कोही टिनको टहरोमा । 
टेलिभिजनको भागमा प¥यो, प्रेसका कवाडी सामान थन्क्याउन प्रयोग भएको टिनको कटेरो । एयर प्रुफ, साउण्ड प्रुफ, लाइटको राम्रो व्यवस्था र एयर कण्डिसनमा मात्र स्टुडियो हुनु पर्छ भन्ने सुनेका हामी त्यहाँको वातावरण देखेर छक्क प¥यौं ।
त्यो कटेरोबाट समाचार पढ्न सम्भव थिएन, नजिकै विमानस्थल छ । केही मिनेटको अन्तरमा उड्ने र ल्याण्ड गर्ने त्यो ठाउँ जहाजको आउना साथ समाचार रोकेर विज्ञापन वा गीत बजाउनु पर्ने । पानी प¥यो भने पनि पढ्दै गरेको समाचार रोक्नु पर्ने । 
अचम्म लागेर एजीएम भूषण दाहाललाई सोधे –दाई यस्तो ठाउँ  स्टुडियो देखेर तपाईलाई कस्तो लागि रहेको छ ? दाहालले भनेका थिए –यहाँ जे भैरहेको छ, म कल्पना पनि गर्न सकि रहेको छैन । प्राकृतिक विपत्ति भन्दा वलवान केही रहेन छ । जीवनमा आफैले यस्तो स्टुडियो बनाउनु पर्ला भन्ने लागेको थिएन ।’’ 

मुख्यालय फर्किन एक महिना 
महाभूकम्पको २८ दिन पछि बल्ल कान्तिपुर टेलिभिजन आफ्नो कार्यालयमा फर्कियो । त्यो २८ दिनले हामीलाई नयाँ ज्ञान, अनुभव मात्र दिएको थिएन, कल्पनावाहिर गएर सिमित श्रोत साधनका बावदुद जनतामा मिडियाको लोप्रियता वढाउन सकिदोरहेछ भन्ने सिकाएको थियो । 
महाभूकम्पको कठिन अवस्थाबाट पार भएर तिनकुने स्थित मुख्यालयमा फर्किदा हामीले विपद्, त्यसमा पनि भूकम्प मात्र हेर्ने नयाँ बिट श्रृजना गरि सकेका थियौं । 
जेठ ८ गते वेलुका ८ बजे कान्तिपुर टेलिभिजनको तीन कुने स्थित स्टुडियोबाट रुपेश श्रेष्ठले समाचार प्रारम्भ गरे ‘नमस्कार कान्तिपुर समाचारमा स्वागत छ । महाभूकम्पपछि पेस्सिकोला स्थित प्रेस परिसरमा सारिएको कान्तिपुर स्टुडियो तिनकुनेमा  स्थान्तरण । समाचारका साथै नियमित कार्यक्रम पनि सुचारु ग्रिदै ।’’ 
निष्कर्ष 
प्राकृतिक विपत्तिले विनास मात्र गर्दैन, हरेक क्षेत्रलाई चुनौती र अवसर पनि दिन्छ भन्ने पाठ महाभूकम्प २०७२ ले दिएको छ । राजनीतिक विषय बस्तुलाई मात्र वढी प्राथमिकता दिदै आएका मूलधारका नेपाली मिडियालाई यो घटनाल विपद् पत्रकारिताको महत्व वुझाई दिएको छ । प्राय मिडियाले भूकम्प, वाढी, पहिरोका समाचारलाई उच्च प्राथमिकता दिइरहेका छन् । उद्दार, राहत र पुनस्र्थापनाको काममा सहयोगी भूमिका खेलि रहेका छन् । 
 




प्रतिक्रिया


  1. Hello would you mind sharing which blog platform you're using? I'm looking to start my own blog soon but I'm having a tough time deciding between BlogEngine/Wordpress/B2evolution and Drupal. The reason I ask is because your design seems different then most blogs and I'm looking for something completely unique. P.S Apologies for getting off-topic but I had to ask!

    I have read so many articles or reviews about the blogger lovers but this post is in fact a good post, keep it up.

    image Puedes comprar cleocin en línea sin receta médica

    Fabulous, what a web site it is! This blog gives useful facts to us, keep it up.

    Hey! This post couldn't be written any better! Reading through this post reminds me of my previous room mate! He always kept chatting about this. I will forward this write-up to him. Pretty sure he will have a good read. Thanks for sharing!

    image Les services supplémentaires offerts lors de l'achat de tranexamic acid en ligne

    Paragraph writing is also a fun, if you be acquainted with after that you can write if not it is complex to write.

    Hello there, I think your website could be having web browser compatibility issues. When I take a look at your website in Safari, it looks fine however, when opening in I.E., it has some overlapping issues. I simply wanted to give you a quick heads up! Aside from that, fantastic blog!

    Hi, every time i used to check blog posts here early in the daylight, because i love to find out more and more.

    Simply want to say your article is as astonishing. The clarity for your submit is simply spectacular and i can suppose you're knowledgeable on this subject. Fine with your permission allow me to clutch your RSS feed to stay updated with impending post. Thank you 1,000,000 and please keep up the gratifying work.

    What's up i am kavin, its my first time to commenting anyplace, when i read this paragraph i thought i could also make comment due to this good paragraph.

    Good day! I know this is kinda off topic however , I'd figured I'd ask. Would you be interested in exchanging links or maybe guest authoring a blog article or vice-versa? My blog discusses a lot of the same topics as yours and I think we could greatly benefit from each other. If you are interested feel free to shoot me an email. I look forward to hearing from you! Terrific blog by the way!

    My brother recommended I would possibly like this web site. He was once entirely right. This submit actually made my day. You cann't consider just how a lot time I had spent for this info! Thanks!

    Hi! I simply wish to give you a big thumbs up for your excellent information you've got right here on this post. I will be coming back to your blog for more soon.

    image acquista fusiwal in Italia senza prescrizione medica in Belgio

    Quality content is the important to interest the viewers to pay a quick visit the website, that's what this web site is providing.

    You can definitely see your enthusiasm in the article you write. The sector hopes for even more passionate writers like you who are not afraid to say how they believe. At all times go after your heart.

    Hi, I do believe this is a great blog. I stumbledupon it ;) I'm going to come back yet again since I book-marked it. Money and freedom is the greatest way to change, may you be rich and continue to guide others.

    image бейбітшілік дегеніміз не задачи на комбинаторику 5 класс

    Hi! I've been following your site for a while now and finally got the bravery to go ahead and give you a shout out from Humble Texas! Just wanted to say keep up the fantastic work!

    I am really impressed with your writing skills as well as with the layout on your weblog. Is this a paid theme or did you modify it yourself? Either way keep up the nice quality writing, it is rare to see a great blog like this one these days.

    Spot on with this write-up, I seriously feel this amazing site needs much more attention. I'll probably be back again to see more, thanks for the information!

    Great weblog here! Also your site loads up very fast! What host are you using? Can I get your associate hyperlink in your host? I wish my website loaded up as fast as yours lol