नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त 

image

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा दावी गरे पछि दाहालले नेकपा एमालेसंग सत्ताका लागि सहमति गरेका हुन् । 
 

२०७९ पुष १० 
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका छन् । २०७९ पुष १० गते नेकपा एमाले, रास्वपा, राप्रपा लगायतका दलको समर्थनमा उनी प्रधानमन्त्री भएका हुन् ।
दश वर्ष लामो शसस्त्र विद्रोहबाट शान्ति प्रकृयामा आएपछि २०६४ मा भएको पहिलो संविधानसभामा माओवादी सबै भन्दा ठूलो दलका रुपमा उदाएपछि दाहाल २०६५ मा पहिलो पटक नौ महिनाका लागि प्रधानमन्त्री भएका थिए । 
दोस्रो संविधानसभाबाट संविधान जारी भएपछि २०७३ साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । कम्युनिष्ट पार्टीका तर्फबाट तीन कार्यकाल प्रधानमन्त्री हुने दाहाल एक मात्र नेता हुन् । 
 




प्रतिक्रिया