‘जय नेपाल’ को प्रयोग कसरी भयो (भिडियो सहित)

भारतमा अंग्रेजहरुको उपनिवेशीक शासन थियो । त्यो बेला स्वतन्त्रता आन्दोलनमा लागेका भारतीय कांग्रेस र समाजवादी नेताहरु आपसमा जय हिन्द भनेर संवोधन गर्थे । बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायत धेरै नेपाली युवाहरु भारतीय स्वतन्त्रता आन्दोलनमा सकृय रुपमा सहभागी थिए । भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन अन्त्य गर्न सकिदैन भन्ने उनीहरुको वुझाई थियो । भारत स्वतन्त्र हुने करिव करिव तय भएपछि नेपालमा राजनीतिक दलहरु खुल्न थाले । नेपाली कांग्रेसका नेताहरु बीच जय नेपाल भनेर संवोधन गर्ने चलन त्यही बेला शुरु भएको हो । 

 

गोपालप्रसाद रिमाल र शुक्रराज शास्त्रीले जय नेपाल भन्ने चलन चलाए भन्ने पनि छ । तर त्यसको आधिकाररिक रेकर्ड पाइदैन । नेपालमा राणा शासन छदा कै कुरा हो । भारतमा अंग्रेजहरुको उपनिवेशीक शासन थियो । त्यो बेला स्वतन्त्रता आन्दोलनमा लागेका भारतीय कांग्रेस र समाजवादी नेताहरु आपसमा जय हिन्द भनेर संवोधन गर्थे । 
बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायत धेरै नेपाली युवाहरु भारतीय स्वतन्त्रता आन्दोलनमा सकृय रुपमा सहभागी थिए । भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन अन्त्य गर्न सकिदैन भन्ने उनीहरुको वुझाई थियो । 
भारत स्वतन्त्र हुने करिव करिव तय भएपछि नेपालमा राजनीतिक दलहरु खुल्न थाले । नेपाली कांग्रेसका नेताहरु बीच जय नेपाल भनेर संवोधन गर्ने चलन त्यही बेला शुरु भएको हो । 
त्यो बेलासम्म नेपाललाई गोर्खा भनिन्थ्यो । काठमाडौंलाई मात्र नेपाल भन्थे । पछिसम्म पनि त्यो चलन थियो । हामी भन्दा अघिको पूस्ताले काठमाडौंलाई नेपाल नै भन्थे । 
नेपाली कांग्रेसमा खास गरी बीपीलाई के लाग्यो भने काठमाडौंलाई काठमाण्डौं र मेची देखि महाकालीसम्मलाई नेपाल भन्ने चलन चलाउनु पर्छ । २००७ सालको क्रान्ति देखि त्यसलाई आन्दोलनकै रुपमा अघि वढाइयो । मुक्ति सेनाका जवानहरु विच भेट्दा र छुट्टिदा जय नेपाल भन्ने चलन शुरु भयो ।  त्यसैको आधारमा पुलिसले अहिले पनि जय नेपाल नै भन्ने गरेको छ । 
२००७ सालको क्रान्ति सफल भएपछि मुक्ति सेनाका धेरै कमाण्डर आईजीपी भए । जसमा जीबी याकथुम्वा, पूरण सिंह खवास, रोमवहादुर थापा र डीबीलामा लगायत थिए । 
त्यसै गरी रेडियो नेपालमा अहिले पनि जय नेपाल भनिन्छ । किन भने नेपाली कांग्रेसले क्रान्तिको वेला तारिणीप्रसाद कोइरालाले खोलेको प्रजातन्त्र रेडियोले जय नेपाल भनेर प्रशारण शुरु गथ्यो । पछि विराटनगरबाट त्यही रेडियोलाई काठमाडौं ल्याएर रेडियो नेपालमा परिणत गरियो । त्यसैले रेडियो नेपालले अहिले पनि प्रशारण शुरु गर्दा जय नेपाल भनेर प्रशारण शुरु गर्छ । 


प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |