बीपी : राजनीतिमा मात्र होइन, लेखनमा पनि उत्तिकै अव्वल राजनेता (भिडियो सहित)

image

शैलजा आचार्यले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास लेखून् भन्ने चाहना बीपीको थियो । त्यसैले धेरैजसो पार्टीका उच्चस्तरीय बैठक र महत्त्वपूर्ण व्यक्तिहरुसँगको वार्तालापमा उनलाई सहभागी गराउँथे । विसं २०१७ साल पुष १ को शाही ‘कु’ पछि आठ वर्ष सुन्दरीजल बन्दीगृहमा बिताएर रिहा भएका बीपी भारत प्रवासमा गए । त्यहीँबाट सशस्त्र क्रान्तिको तयारी थाले । त्यस क्रममा ‘तरुण’ पत्रिकाको प्रकाशन थालियो । शैलजालाई त्यसको पहिलो सम्पादक बनाइनुको आशय पनि सायद त्यही थियो । 

आठ दशक यता नेपाली राजनीतिको केन्द्रविन्दुमा रहिआएका नेता बीपी कोइरालाको जीवनमा पुस महिना निकै महत्त्वपूर्ण हुन पुगेको देखिन्छ । 

एक : मुलुककै पहिलो जननिर्वाचित संसद् र उनको नेतृत्वको सरकारलाई सैन्य बलमा अपदस्थ गरी २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले निरंकुश पञ्चायती शासन सुरु गरेका थिए । 

दुई : देशको राष्ट्रियता संकटमा परेको विश्लेषण गरेपछि प्रजातन्त्रको हत्या गरेर विनापूर्जी आफैँलाई आठ आठ वर्ष जेल हाल्ने राजासँग राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पुष १६ गते आठ वर्ष लामो भारत निर्वासनपछि उनी स्वदेश फर्किएका थिए । 

कुनै पनि नेताको परीक्षण उसले देश र जनताका लागि चाल्ने निर्णय र कठोर कदमबाट हुने गर्छ । त्यतिबेला नेपाल प्रवेश गर्नासाथ मृत्युदण्ड पनि हुन सक्छ भन्ने जानकारी बीपीलाई नभएको होइन । उनीमाथि राजद्रोहसम्बन्धी आठ मुद्दा अदालतमा विचाराधीन थिए । कुनै पनि बेला मारिन सक्ने अवस्था थियो । त्यस्तो प्रतिकूलताका बीच राष्ट्रियता जोगाउन मेलमिलापको नीति लिएर स्वदेश फर्किए पछिका दिनमा बीपीको राजनीतिक व्यक्तित्व शिखरमा त पुग्यो नै उनी नेपाली राजनीतिका सबैभन्दा अग्ला वृक्षका रुपमा स्थापित भए । यस अर्थमा पनि पुस महिनाको महत्त्व बढेको छ । 

यहाँ अर्को संयोग पनि छ – यी दुवै घटनाले उनलाई पुर्‍यायो, सुन्दरीजल बन्दीगृह । 

पुस १ पछि राजाले आठ वर्षसम्म बन्दी नबनाएको भए साहित्य लेखनमा बीपीले यति ठूलो योगदान गर्न सक्थे होलान् र ?  ‘राजनीतिक व्यस्तता र समय अभावका कारण सक्तैन थिए होलन् । (उनको पहिलो कथा संग्रह दोषी चस्मा २००६ सालमा जनक्रान्तिभन्दा पहिले छापियो । त्यसको एक दशक उनी राजनीतिमा अत्यन्त सक्रिय रहे । उनका साहित्यिक कृति छापिएनन् । राजा महेन्द्रले २०१७ सालमा कैद गरेपछि अधिकांश उपन्यास उनले लेखे । दोस्रोपटक जेलमा पर्दा पनि उनले ‘फेरि सुन्दरीजल’ लेखे )

राजनीति मात्र होइन, साहित्यमा समेत उत्तिकै योगदान दिएका छन् उनले । बीपीका अप्रकाशित कृतिको खोजी गर्न सकियो भने त्यसले मुलुकको प्रजातान्त्रिक आन्दोलन र साहित्यिक क्षेत्रलाई झनै टेवा पुग्नेछ । 

कसरी लेखक भए

बीपी आफैँले भनेका छन् राजनीतिमा नलागेको भए म एक साहित्यकार हुन्थे होला । केटाकेटीदेखि बीपी कथामा एकदमै चाख दिन्थे । हरेक साँझ आमा दिव्याको काखमा परीका दन्त्यकथाहरु सुन्दासुन्दै निदाउँथे उनी । अलि ठूलो भएपछि महाभारतका कथा दोहोर्‍याई तेहेर्‍याई पढ्न थाले । एवं रीतले कथा र कविता लेखनमा उनको रुचि बढ्दै गयो । 

चौध वर्षका विश्वेश्वर एक दिन कागज कोरेर बसिरहेका थिए । साथी शान्तिप्रिय द्विवेदी उनको कोठामै पुगे । बीपी आफ्नो कथामा लेख्छन् ‘शान्तिप्रियले भने ‘हेरुँ हेरुँ के लेख्यौ ? मैले लेखेका टुक्राटुक्रीहरु हेरे र मैत्री भावले प्रेरित भएर भने – खुब राम्रो लेख्दा रहेछौ । ल्याऊ ल्याऊ अरु हेरुँ ।’

भर्खरैमात्र आफ्नो कविता संग्रह प्रकाशित गरेका शान्तिप्रियले त्यस दिन भनेका थिए – ‘छपाउनु पर्छ, बिसु । तिमीमा साहित्यिक रुचि छ । लेखक, कवि, कथाकार हुन सक्छौ ।’

त्यसै दिनदेखि आफूमा साहित्यकार हुने सपना जागेको बताउँदै बीपी लेख्छन् – ‘केही दिनपछि मेरो एउटा सानो लघु कथा मासिक पत्रिका ‘हंस’ मा छापिएर आयो । शान्तिप्रियले तिमी लेखक भयौ लेखक भन्दै पत्रिका दिए । मैले पत्याउँदै नपत्याएर आफ्नो त्यो लेखलाई टुलुटुली हेरिरहेँ । असम्भव कुरा घटित भयो जस्तो लाग्यो । आनन्दले भरिएको भनेको त्यही स्थिति होला, जसमा मानिस वाक्यहारा हुन्छ ।’ 

त्यसपछि लेख्ने पढ्ने कामलाई उनले खुब महत्त्वका साथ अघि बढाउँदै लगे । बीपी आफैँले भनेका छन् ‘किताबप्रति अनुराग भएर म पैसा बचाउन थालेँ । किताब किन्न भनेर । पछि कलकत्तामा पढ्न लागेको बानीको जोरले मलाई जहिले पनि नौ आनाको सिनेमा हेर्ने कि नौ आनाको पेङगुइन सिरिजको किताब किन्ने द्विविधाले सताउँथ्यो । नयाँ सिनेमाको चित्र छाड्ने कि नयाँ किताब ।’

स्कूल पढ्दादेखि सुरु भएको लेखन अभियानलाई बीपीले जीवनको उत्तरार्धसम्म कायम राखे । प्राण त्याग्नुभन्दा केही समय अघिमात्र पनि उनी आफैँ एकान्तमा बसेर प्रजातान्त्रिक आन्दोलनको इतिहास लेख्न चाहन्थे । जयवागेश्वरीस्थित निवासमा भेट्न आउने कार्यकर्ता र शुभचिन्तकको भिड लाग्ने भएकाले चावहिलको एउटा घर भाडामा लिइएको थियो । वरिष्ठ अधिवक्ता गणेशराज शर्माले भनेका छन् – ‘राजनीतिक व्यस्तता, शारीरिक असमर्थता र रोगले गर्दा उहाँले त्यो काम पूरा गर्न पाउनु भएन ।’ 

बनारसी फ्याक्ट्री

लेखन क्षेत्रमा बीपीको योगदान बारे अध्ययन गर्ने क्रममा केही वर्ष यता मैले धेरै मानिसहरुलाई भेट्ने अवसर पाएँ । 

आठ वर्ष लामो भारत प्रवासबाट स्वदेश फर्किने निर्णय लिएपछि आफूले विभिन्न कालखण्डमा लेखेका डायरी, पुस्तक, लेखलगायतका सामग्री टाइप गरी व्यवस्थित गर्न उनी आफैँले लगाए । कोइराला परिवारका सदस्य लक्ष्मणबहादुर बस्नेतले लेखकलाई सुनाएअनुसार ‘२०३३ साल भदौ तिर म बनारस गएको थिएँ । त्यसको चार महिनापछि पुसमा उहाँ नेपाल फर्किनु भयो ।

सारनाथस्थित कोइराला निवासबाट मुस्किलले सय दुई सय मिटरको दूरीमा समाजवादी नेता जयप्रकाश नारायणका पीए (ब्रह्मानन्द) ले बीपीका सारा डायरी र लिखित सामग्री धमाधम टाइप गराउँदै गरेको देखेँ । एउटा घरको भुइँ तलाको फ्ल्याटमा एउटै कोठामा चार पाँच वटा टाइपराइटर एक साथ चलेका छन् । अखवारको एउटा कुनामा कतै खाली ठाउँ भेटिए पनि बीपीले लेख्नुभएको रहेछ । तिनलाई पनि जतनका साथ टाइप गरिँदै थियो । यस्तो लाग्थ्यो, मानौ बीपीका डायरी र लिखत टाइप गर्न एउटा फ्याक्ट्री चालु छ । 

स्वदेश फर्किनुअघि बीपीले दुईवटा महत्त्वपूर्ण निर्णय गरेको देखिन्छ । एउटा सशस्त्र क्रान्तिका लागि भनेर बनारसलगायत भारतका विभिन्न स्थानमा जम्मा गरेर राखिएका हतियार गंगाजी र तलाउहरुमा समाधि लगाउने । 

अर्को आफूले लेखेका सबै कागजातलाई टाइप गरेर व्यवस्थित र सुरक्षित गर्ने । 

आज पनि नेपाली बजारमा सर्वाधिक विक्री हुने पुस्तकको सूचीमा बीपीका कृति पनि छन् । उनीसँग सम्बन्धित विषय वस्तुलाई  मिडियाले समेत ‘हट केक’का रुपमा प्रस्तुत गर्दै आएका छन् । 

कहाँ होलान् सामग्री 

बीपीसँग सम्बन्धित विषय वस्तुको अध्ययन गर्ने क्रममा लेखकले पाएको जानकारी अनुसार बीपीसँग सम्बन्धित लिखत दिल्लीस्थित नेहरु मेमोरियलमा संग्रहित छन् । तीमध्ये केही प्रकाशित भइसकेका छन् भने केही अझै अप्रकाशित ।  

सुन्दरीजल बन्दीगृहमा रहँदा २०२० साल मंसिरताका बीपीले आफ्ना चार सन्तानका लागि चारवटा किताब लेख्ने अठोट गरेका थिए । दुई नाटक, आत्मकथा र नेपालको प्रजातान्त्रिक इतिहास लेख्ने बीपीको चाहना थियो । हाल प्रकाशित धेरैजसो उनका कृति (आफ्नो कथा, जेल जर्नल, नरेन्द्र दाई, सुम्निमा, तीन घुम्ती, मोदीआइन, हिटलर र यहुदी, आमा, बाबु र छोरा,  श्वेत भैरवी, आदि) सुन्दरीजल बन्दीगृहमा बस्दाकै उपहार हुन् ।  

मदन पुस्तकालय 

बीपीको आत्मवृत्तान्त, जेल जर्नल, फेरि सुन्दरीजल र राजा, राष्ट्रियता र प्रजातन्त्र पुस्तकका संकलक वरिष्ठ अघिवत्ता गणेशराज शर्माले पुस्तक सम्पादनपछि सबै दस्तावेज पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालयलाई संरक्षणका लागि हस्तान्तरण गरेका छन् । 

कोइराला परिवार
जेल जर्नल प्रकाशन गर्नुअघि गणेशराज शर्मालाई समेत बीपीका सबै कागजातको साँचो गिरिजाप्रसाद कोइरालासँग छ भन्ने लागेको रहेछ । तर, जेल जर्नल पढेपछि नोना कोइरालाले पठाएको एक भावुक र मर्मस्पर्शी पत्र उनको हातमा पर्‍यो । शर्मालाई बीपीका सामाग्री सुरक्षित रहेनछन् भन्ने थाहा भयो । उनले लेखेका छन् – ‘नोना कोइरालाबाट बीपीका लिखित सामग्री गिरिजाबाबुसँग सुरक्षित छैनन् भन्ने जानकारी पाएपछि अर्को आघातको अनुभव भयो ।’ नोनाले पत्रमा लेखेकी थिइन् – ‘हामी बीपीका लागि ज्यान दिन सक्थ्यौँ तर उहाँका यी अमूल्य सामग्रीहरुको संरक्षण गर्न हामीले सकेनौ ।’

विसं २०१७ सालको ‘कु’पछि कोइराला परिवारका अधिकांश सदस्य जेलमा थिए । बाँकी भारत प्रवासमा । ती दिनमा बीपीलाई सहयोग गर्ने पात्र थिइन्, रोसा कोइराला (भाइ तारिणीकी पत्नी) । यस प्रसंगमा रोसाले भनेकी छन् – ‘बनारसमा बीपीका सामान सार्दा म र मेरा पति तारिणीबाबुले बीपीलाई लेखेका पत्र कहाँ हराए थाहा पाउन सकिएन ।’

बीपीको जीवनी लेख्ने क्रममा आफूले केही कागजात शैलजासँगै छोडिदिएको गणेशराज शर्माले उल्लेख गरेका छन् । जसमा तत्कालीन राजा महेन्द्रले तपाइँजस्तो प्रधानमन्त्रीसँग काम गर्न पाउनुलाई मैले अहो भाग्य ठानेको छु भनेर लेखेको एउटा पत्र पनि थियो । बीपीको सानिध्यमा रहेर लामो समय काम गरेकी नेतृ शैलजा आचार्यले यसै प्रसंगमा भनेकी छन् – ‘बनारसमा खोजी गर्दा बीपीका डायरी र उहा“ले विभिन्न समयमा सुन्दरीजल बन्दीगृहबाट लेख्नु भएका कुनै पनि पत्र फेला पार्न सकिएन ।’ शैलजाको मृत्यु भैसकेकाले उनको अनुभव पनि लोप भइसकेको छ । 

भारत प्रवासमै हुँदा बीपीका कतिपय पुस्तक र सामग्री प्रकाशन गर्ने जिम्मेवारी सुशील कोइराला (पूर्व प्रधानमन्त्री)ले लिएका थिए । यस प्रसंगमा गिरिजाप्रसाद कोइरालाले एक पटक भनेका थिए – ‘सुशीलले बनारसमा सान्दाजुका डायरी पढेर आएछ । भारतले दिनुसम्म दुःख दिएको लेख्नु भएको रहेछ भन्दै थियो ।’

कुनै समय पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रमुख नीजि सचिव समेत रहेका राजनीतिक विश्लेषक हरि शर्माले एक दिन लेखकलाई सुनाए – ‘सुशील दा‘ले एकपटक दुखी हुँदै सुनाउनु भएको थियो । यार हरिजी ! सान्दाइका कतिपय महत्त्वपूर्ण कागजात बाढी आएका बेला भिजेर नष्ट भए । हरिले सुनाएअनुसार कोइराला परिवारका अत्यन्त निकट सहयोगी तथा कांग्रेसका नेता वीरेन्द्र दाहालसँग बीपीका कागजातको अर्को एउटा ट्याङका (वाकस) छ भन्ने सुनेको थिएँ । त्यो पनि खोज्न सके इतिहासका धेरै विषय उत्खनन गर्न सहयोग पुग्न सक्थ्यो ।’

बीपीको सपना अधुरै

शैलजा आचार्यले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास लेखून् भन्ने चाहना बीपीको थियो । त्यसैले धेरैजसो पार्टीका उच्चस्तरीय बैठक र महत्त्वपूर्ण व्यक्तिहरुसँगको वार्तालापमा उनलाई सहभागी गराउँथे । विसं २०१७ साल पुष १ को शाही ‘कु’ पछि आठ वर्ष सुन्दरीजल बन्दीगृहमा बिताएर रिहा भएका बीपी भारत प्रवासमा गए । त्यहीँबाट सशस्त्र क्रान्तिको तयारी थाले । त्यस क्रममा ‘तरुण’ पत्रिकाको प्रकाशन थालियो । शैलजालाई त्यसको पहिलो सम्पादक बनाइनुको आशय पनि सायद त्यही थियो । 

क्यान्सरपीडित बीपीले राजनीतिक व्यस्तता हुँदाहुँदै पनि जीवनभर लेखन कार्यलाई निरन्तरता दिइरहे । ‘किताब कलमविनाको जीवन कुनै यातना भन्दा कठोर हुन्छ’ भन्ने गर्थे बीपी । उनलाई कापी कलमभन्दा टाढा राख्नु भनेको जेल सजायभन्दा बढी दुख दिनु सरह थियो । 

चिकित्सकहरुले आफ्नो आयु छ महिना मन्दा बढी छैन भन्ने जानकारी गराए पनि बीपीले वरिष्ठ अधिवक्ता गणेशराज शर्मालाई जीवनी रेकर्ड गर्ने जिम्मेवारी दिए । शैलजा आचार्यको उपस्थितिमा शर्मा दिनहुँ उनको अनुभव रेकर्ड गर्थे । बीपीको आत्मवृत्तान्त त्यही कुराकानीका आधारमा तयार भएको हो । 

ती दिन बीपीको उपचारका लागि चौबीसै घन्टा खटिएका डा. रामवरण यादव (नेपालका प्रथम राष्ट्रपति)ले लेखकलाई सुनाए – ‘एक चिकित्सकको हैसियतमा भन्नुपर्दा बीपीजस्तो अनुशासित बिरामी मैले कमै भेटेको छु । किमोथेरापीका कारण एकदमै कमजोर रहेका बेलासमेत उहाँ डाक्टरले दिएको सल्लाहअनुसार चलिरहनु भयो । कहिल्यै दुखी र कमजोर महसुस गर्नु भएन । बेडमा सुतेर भए पनि जीवनमा आफूले भोगेका घटना भावी पुस्ताका लागि सुरक्षित गराउनु भयो ।’

बीपीको ‘आत्मवृत्तान्त’ जहाज अपहरण प्रकरणको विवरण नदिँदै सकिएको छ । आत्मवृत्तान्तको भूमिकामा गणेशराज शर्मा लेख्छन् – ‘यसभन्दा अघिका घटना मलाई जति शैलजालाई पनि थाहा छ । उसले भन्न सक्छे । त्यसभन्दा बढी गिरिजालाई थाहा छ ।’ शैलजा र गिरिजा दुवैको मृत्यु भइसकेकाले उनीहरुका अनुभवसमेत अब लोप भइसकेका छन् । 

बीपीकी सहोदर बहिनी विजया लक्ष्मी जाकी (बुनु) ले पनि नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास लेख्ने चाहना राखेकी हुन् । आठ वर्ष लामो प्रवासबाट मेलमिलापको नीति लिएर स्वदेश फर्किएका बीपीलाई सुन्दरीजल जेलमा थुनिएको थियो । उनी माथिका आठ राजकाजसम्बन्धी मुद्दामा बहस हुने बेलामा महाराजगन्ज स्थित प्रहरी तालिम केन्द्रमा राखियो । ती दिनमा उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले राजा वीरेन्द्रको आदेशमा कैद मुक्त गरी सिधै अमेरिका पठाइयो । त्यतिबेला बीपीको सहयोगी र सल्लाहकारको हैसियतमा बुनु पनि अमेरिका गएकी थिइन् । पाकिस्तानी कूटनीतिज्ञकी पत्नी बुनु एकदमै तीक्ष्ण महिला थिइन् । तर, लेखनको काम पूरा गर्न नपाउँदै क्यान्सरबाट उनको पनि निधन भयो । आत्मवृत्तान्तको भूमिकामा शर्मा लेख्छन् – ‘बुनुको सम्झनाका सबै कुरा उनीसँगै लोप भएर गए ।’

न्युयोर्कमा उपचार गराइरहेका बीपीलाई एकजना नोवेल पुरस्कार विजेता साहित्यकारले जीवनी लेख्न प्रोत्साहित गर्दै त्यस काममा सहकार्य गर्न आफू तयार रहेको वचन समेत दिएका थिए । अमेरिकामै रहँदा बीपीले अंग्रेजीमा आफ्नो जीवनी लेख्न सुरु गरेका थिए । कुनै नेपाली राजनीतिज्ञको जीवनी नोबेल पुरस्कार प्राप्त लेखकबाट लेखिन सकेको भए नेपालको उचाइ र सम्वृद्धि बढ्ने थियो भनेर शर्माले आत्मवृत्तान्तको भूमिकामा उल्लेख गरेका छन् । 

बीपी आफैँले लेखेको त्यो पाण्डुलिपि फेला पार्न सके इतिहासका कैयौं तथ्य बाहिर आउन सक्ने थिए । 

दायित्व कसको ?

बीपीका सामग्री खोजी गर्ने क्रममा २०६२ ताका मैले केलटोलमा पन्नालाल श्रेष्ठलाई भेटे । तारिणीप्रसाद कोइरालासँग लामो समय काम गरेका श्रेष्ठसँग नेपाल पुकार, दियालो, कल्पनालगायत बीपीका लेखरचना छापिएका पत्रिकाको ‘आर्काइभ’ छ भन्ने जानकारीका आधारमा । तर, श्रेष्ठको जबाफ सुनेर निराश हुँदै फर्किएँ । उनले भनेका थिए – ‘हेर्नुस् बाबु कांग्रेसभित्र अहिले बौद्धिक नेताका रुपमा स्थापित एक जना साथीले आएर पत्रिका हेर्न दिनुस् दाइ भने । म सोझो मानिस सरक्क दिए । उनी त वदमास रहेछन् । सान्दाइका लेख, रचना र अन्तवार्ता छापिएका पेज च्यातेर लगेछन् । मैले पछिमात्र उनको बदमासी थाहा पाएँ ।’

पन्नालाल श्रेष्ठको निधन भएको पनि दशक हुन लागिसक्यो । 

नेपालमात्र होइन, संसारमै सर्वाधिक कृति प्रकाशित हुने नेताको सूचीमा बीपी पनि छन् । उनका कति कृति अझै कहाँ कहाँ छरिएर रहेका छन् वा कति लोप हुने अवस्थामा छन् ? खोजी गर्ने दायित्व कसको हो ? सरकार, नेपाली कांग्रेस वा व्यक्ति अनुसन्धानकर्ताको ? 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. Pretty! This was an extremely wonderful article. Thanks for providing this information.

    Thank you for the good writeup. It in reality was once a entertainment account it. Look complex to more delivered agreeable from you! By the way, how can we keep up a correspondence?

    Wow, incredible blog layout! How long have you been blogging for? you made blogging look easy. The overall look of your website is great, let alone the content!

    image kup actonel online w Katowicach bez potrzeby recepty

    I used to be able to find good advice from your blog posts.

    Hello! Quick question that's totally off topic. Do you know how to make your site mobile friendly? My web site looks weird when viewing from my iphone. I'm trying to find a template or plugin that might be able to fix this issue. If you have any recommendations, please share. Thanks!

    This text is worth everyone's attention. When can I find out more?

    image достопримечательности казахстана эссе базис-а руководство

    If you want to take a good deal from this piece of writing then you have to apply such methods to your won webpage.

    This blog was... how do I say it? Relevant!! Finally I've found something which helped me. Kudos!

    This is a topic which is near to my heart... Best wishes! Exactly where are your contact details though?

    Interesting blog! Is your theme custom made or did you download it from somewhere? A theme like yours with a few simple tweeks would really make my blog jump out. Please let me know where you got your theme. Thank you

    I was recommended this website by my cousin. I am not sure whether this post is written by him as nobody else know such detailed about my trouble. You're incredible! Thanks!

    Hey there! Do you use Twitter? I'd like to follow you if that would be okay. I'm undoubtedly enjoying your blog and look forward to new updates.

    Everything is very open with a very clear description of the issues. It was truly informative. Your website is extremely helpful. Many thanks for sharing!

    It's nearly impossible to find knowledgeable people on this subject, however, you sound like you know what you're talking about! Thanks

    Great beat ! I would like to apprentice even as you amend your site, how could i subscribe for a weblog web site? The account aided me a appropriate deal. I had been tiny bit familiar of this your broadcast offered brilliant clear concept