प्रसंग जनआन्दोलन २०४६ : प्रधानमन्त्री पद त्याग्ने गणेशमान

image

बहुदल घोषणापछि राजाले अन्तरिम सरकारको प्रधानमन्त्री बन्न गरेको आग्रह अस्वीकार गर्दै सर्वोच्च नेता गणेशमान सिंहले कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नाम सिफारिस गरे । प्रधामन्त्री पद अस्वीकार गरेर सिंहले त्यागको नमुना मात्र प्रस्तुत गरेका थिएनन्, राजा दिने र जनताले लिने प्रथा अन्त्य भएको र जनप्रतिनिधिको सिफारिसमा प्रधानमन्त्री बन्ने युग प्रारम्भ भएको सन्देश दिएका थिए ।

राजा महेन्द्रले २०१७ साल पुष १ मा शुरु गरेको निरंकुश पञ्चायती व्यवस्था २९ वर्ष पछि २०४६ साल चैत्र २६ गते उनका छोरा बीरेन्द्रको कार्यकालमा अन्त्य भयो । बहुदल घोषणापछि राजाले अन्तरिम सरकारको प्रधानमन्त्री बन्न गरेको आग्रह अस्वीकार गर्दै सर्वोच्च नेता गणेशमान सिंहले कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नाम सिफारिस गरे । प्रधामन्त्री पद अस्वीकार गरेर सिंहले त्यागको नमुना मात्र प्रस्तुत गरेका थिएनन्, राजा दिने र जनताले लिने प्रथा अन्त्य भएको र जनप्रतिनिधिको सिफारिसमा प्रधानमन्त्री बन्ने युग प्रारम्भ भएको सन्देश दिएका थिए । अनी राजाले वाम मोर्चालाई समेत समेटेर मन्त्रीमण्डलको नाम सिफारिस गर्न सिंह मार्फत भट्टराईलाई सन्देश पठाए । दरवारबाट फर्किए लगत्तै सिंहले चाक्सीवारीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी भट्टराई प्रधानमन्त्रीमा मनोनीत भएको जानकारी दिए र बैसाख ६ गते राजाबाट भट्टराईको अध्यक्षतामा अन्तरिम मन्त्रीमण्डल घोषणा भयो । यससंगै राष्ट्रिय, अन्तराष्ट्रिय मिडियामा नेपाली प्रधानमन्त्रीको चर्चा शुरु भयो । सिद्वान्त वमोजिम सादगी जिवन यापन गर्ने भट्टराईसंग सम्पत्तिको नाममा पानी राख्ने माटाको एउटा सुराही, एउटा छाता, केही पुस्तक र एउटा टिनको वाकस वाहेक केही छैन । यसरी मुलुकमा संवैधानीक राजतन्त्र र वहुदलीय प्रजातन्त्रको अभ्यास प्रारम्भ भयो । एक वर्ष भित्र संविधान बनाएर आम चुनाव सम्पन्न गर्ने जिम्मेवारी पाएको भट्टराई सरकारलाई विधायिकाको समेत अधिकार थियो । 
 




प्रतिक्रिया