किसुनजीले राजालाई दिएको त्यो सुनको बट्टा

image

फागुन २०, पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा 


प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण सकेर किसुनजी भर्खरै मात्र फर्किनु भएको थियो । ति दिन हामी हर हमेसा उहाँसंगै हुन्थ्यो । एक दिन भन्नु भयो–ल बाबु तपाईले धेरै दुःख गर्नु भएको छ । मैले तपाईका लागि केही गर्न सकिन । भारतका प्रधानमन्त्री अटलविहारी बाजपेयीले पान राख्ने सुनको यो बट्टा मलाई  उपहार दिएका छन् । यो तपाई नै राख्नुस् ।’ त्यति भने पनि किसुनजीले सुनको बट्टा मेरो हातमा राखि दिनु भयो । हेरे । एकदमै राम्रो थियो । मैले हातमा लिए । एक दुई दिन घरमा राखे । पछि सोचे । म रहदासम्म त रहला । मेरे भने छोराहरुले बाडेर खान्छन् र राष्ट्रिय कृति नास हुन्छ । यही कुरा सोच्दा सोच्दै मलाई निद्रा लाग्नै छोड्यो  एकाविहानै किसुनजीलाई भेटेर त्यो सुनको बट्टा फिर्ता गरिदिए । 
त्यसपछिको भेटमा किसुनजीले राजासंग भन्नु भएछ–सरकार हाम्रो पार्टीमा राजेन्द्र खरेल जस्ता इमान्दार कार्यकर्ताहरुको कुनै कमी छैन । उनले जीवनभर पार्टीको सेवा गरे । मैले त्यस्ता इमान्दार कार्यकर्ताका लागि केही गर्न सकेको थिइन । यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री बाजपेयीले उपहारमा दिएको यो सुनको बट्टा खरेललाई दिए । केही दिन राखेपछि म त सुत्नै सकिन भनेर फिर्ता गरिदिए । यि सरकार यो त्यही सुनको बट्टा, हो । उनले मलाई नै फिर्ता गरिदिए । यो बट्टा संग्राहलयमा राख्ने व्यवस्था मिलाउन म सरकारलाई हस्तान्तरण गर्छु सरकार ।’
यसरी प्रधानमन्त्री भट्टराईले राजालाई त्यो बट्टा हस्तान्तरण गरे । ति दिनसम्म राजा र राजपरिवार वाहेक अरुको समाग्री संग्राहलयमा राख्ने चलन थिएन । किसुनजीले म्युजियममा राख्ने भनेर दिएको त्यो सुनको बट्टा राजाले के गरे थाहा भएन । मैले त्यसको फोटो खिचेर राखेको भए पनि हुने । त्यो पनि गरिन । कहाँ होला ? कि मासियो होला ? 
 




प्रतिक्रिया


  1. I do agree with all the ideas you've offered in your post. They are really convincing and will definitely work. Still, the posts are very short for starters. May just you please prolong them a little from subsequent time? Thanks for the post.

    you are in point of fact a just right webmaster. The web site loading pace is amazing. It sort of feels that you're doing any distinctive trick. Moreover, The contents are masterpiece. you have performed a magnificent task in this subject!

    I quite like looking through a post that will make men and women think. Also, many thanks for allowing me to comment!