राणा प्रधानमन्त्री चन्द्रशमशेरले जीवनी छाप्न खर्चिएका थिए १ लाख ६५ हजार भारतीय रुपैयाँ

image

आफूले तयार गरेको पुस्तक बेलायती लेखकको नाममा प्रकाशित हुदा समेत खुसी लागेको भन्दै राममणी लेख्छन्–पुस्तक छपाउन महाराजबाट वडाकाजी मरिचमान मार्फत १ लाख ६५ हजार भारतीय रुपैया बक्सेको थियो । कुनै नेपाली वा भारतीयको नाममा पुस्तक छपाएको भए त्यति महत्व पाउने थिएन । एक डेढलाख वुद्धि पु-याएर  खर्च गर्नाले महाराजको इच्छा शाकार भएको देख्दा खुसी लागेको छ ।’’

बि.सं. १९७२ साल साउन १३ गतेको कुरा हो । महाराज श्री ३ चन्द्रशमशेरले आफ्ना विश्वासी कारिन्दा काशीनाथ आचार्य दीक्षितलाई भने–ए काशीनाथ तिम्रो छोराले मेरो जीवन चरित्र लेख्छु भनेको होइन ? लौ भोली तिम्रो छोरालाई यहाँ डाक । म कुरा गर्छु ।’
महाराजको आदेश वमोजिम भोली पल्ट अपरान्ह्र १२ वजे काशीनाथले छोरा राममणि आचार्य दीक्षितलाई सिंहदरवारमा महाराजाका सामु हाजिर गराए । यस प्रसंगमा राममणिले आफ्नो पुस्तक पुराना सम्झनाको पृष्ठ ११३ लेखेका छन्–शीतलचोसोमा महाराज राज भएको रहेछ । माथि गए । कोही थिएन । महाराज र म मात्र थियौं । नानीहरु १–२ जना यताउती गर्दथे । विल्कुल शान्त वातावरण थियो । दर्शन गरेर महाराजको अगाडी उभिएँ । महाराजबाट हुकुम भयो–तिमीले मेरो जीवनी लेख्छु भनेको होइन ? मैले भने–हो महाराज म लेख्छु ।’’
यसरी महाराज चन्द्रशमशेरको जीवनी लेख्ने तय भयो । त्यही बेला उनले खुसी भएर रामणिसंग भनेका थिए–लौ लेख । तिमीलाई जे सोध्नु छ । आएर मलाई जति बेला सोधे पनि हुन्छ । तिम्रा लागि सिंहदरवार २४ सै घण्टा खुल्ला छ ।’’
महाराजले भने–१९६९ मै एक पण्डितले जीवनी लेख्ने वचन दिएका दिए । काम अघि नवढाएनन् । कलमै चोपेका रहेनछन् ।’
महाराजसंगको कुराकानी पिछि दाम राखेर दर्शन गरी राममणी फर्किए । त्यसै दिन बेलुका महाराजका डोलेहरुले राममणिको निवासमै कितावका भारी पु¥याई दिए । यी तिनै पुस्तक थिए, जो त्यस अघि जीवनी लेख्ने जिम्मेवारी पाएका पण्डित कहाँ महाराजले नै पठाएका थिए । उनले काम अघि नवढेकाले महाराजको आदेशमा फिर्ता गरी ति पुस्तकहरु राममणि कहाँ पु¥याइएको थियो । 
महाराज जिवनी लेखाएर आफ्नो कीर्ति राख्न आतुर थिए । महाराजाको त्यही आसय बुझेर राममणिले लेख्न शुरु गरे । वंशावली खोजे । महाराजले उनका लागि २४ सै घण्टा सिंहदरवार खुल्ला गरेका थिए । दुई वर्ष लगाएर वाल्यकाल देखिका घटनाक्रम समेटिएको महाराजको जीवनीको मस्यौदा तयार भयो । त्यसलाई अंग्रेजीमा उल्था गर्न थप दुई वर्ष लाग्यो । 
बि.सं. १९७६ फागुन देखि महाराजलाई सविस्तार सुनाएर लेखकले जीवनमा थप घट गरे । यस क्रममा कतिपय परिवारक सदस्यहरुको राय सल्लाह लिने काम समेत भयो । 
बि.सं. १९८० जेठ १८ कि दिन राममणिले पुस्तकमा समावेश गर्ने तस्वीर छनौटका लागि तस्वीरहरुको वण्डल महाराज सामु राखिदिए । महाराज श्री ३ चन्द्र आफैले तस्वीर छनौट गरे । अनी जीवनी तयार गरेकोमा लेखकलाई धन्यवाद दिए । 
राममणिले तयार गरेको त्यही पाण्डुलिपी श्री ३ चन्द्रले अंग्रेज लेखक पर्सिवल ल्याण्डनलाई नेपाल वोलाएर अध्ययनका लागि हस्तान्तरण गरे । त्यसको केही समयपछि बेलायतबाट महाराज चन्द्रशमशेरको जीवनी ‘नेपाल’ दुई भागमा प्रकाशित भयो । पुस्तकमा लेखकको नाम छ पर्सिवल ल्याण्डन रहेको छ । आफूले तयार गरेको पुस्तक बेलायती लेखकको नाममा प्रकाशित हुदा समेत खुसी लागेको भन्दै राममणी लेख्छन्–पुस्तक छपाउन महाराजबाट वडाकाजी मरिचमान मार्फत १ लाख ६५ हजार भारतीय रुपैया बक्सेको थियो । कुनै नेपाली वा भारतीयको नाममा पुस्तक छपाएको भए त्यति महत्व पाउने थिएन । एक डेढलाख वुद्धि पु-याएर  खर्च गर्नाले महाराजको इच्छा शाकार भएको देख्दा खुसी लागेको छ ।’’
 




प्रतिक्रिया


  1. Pretty! This has been an extremely wonderful post. Thank you for supplying these details.

    Thank you for the auspicious writeup. It actually was once a leisure account it. Glance advanced to more introduced agreeable from you! However, how can we keep in touch?