सितल निवास एक : रुप, रंग र भूमिका अनेक

image

सितल निवास, कुनै समयको भारतीय दुतावास, विशिष्ठ अतिथीगृह, विवाह स्थल, प्रधानमन्त्री निवास, परराष्ट्रमन्त्रालय हुदै राष्ट्रपति भवन बनेको छ ।


गणतन्त्र स्थापनापछि राष्ट्रपतिको कार्यालय र निवासका रुपमा प्रयोग हुदै आएको शीतलनिवासको प्रमुख को हुने भन्ने चासो सर्वत्र छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिको रुपमा डा. रामवरण यादव निर्वाचित हुँदासम्म परराष्ट्र मन्त्रालय रहेको यो भवनलाई पछि सरकारले राष्ट्रप्रमुखको कार्यालय र निवास वनाइएको हो । यादवले ७ वर्ष र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दुई कार्यकाल राष्ट्रप्रमुखको रुपमा सितल निवासमा विताए । पुरा २०७९ फागुन २८ भित्र राष्ट्रपतिको चुनाव हुने छ । यो ऐतिहासिक भवन नयाँ राष्ट्रप्रमुखको स्वागतका लागि प्रतिक्षारत छ । 
तर यो आलेख भने राष्ट्रपति भवनको विगतमा केन्द्रीत छ । 
सितल निवास राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्ना छोरा कृष्णशमशेरका लागि वनाएका थिए । परराष्ट्र मन्त्रालयका पूर्व सचिव डा. मदनकुमार भट्टराईका अनुसार राणाकालमा विदेश मामिला सम्वन्धी महानिर्देशक, प्रधानमन्त्रीका हजुरिया जर्नेल र बेलायतका लागि नेपाली राजदुत भैसकेका कृष्णशमशेरले यो भव्य र आकर्षक भवनलाई शाही अतिथी गृहका रुपमा प्रयोग गर्न भनेर राज्यलाई उपहार दिएका हुन् । 
 

राजा त्रिभुवनको शरण स्थल 
राणा शासनको आखिरी दिनमा केही समयका लागि यो भवनमा भारतीय दुतावास रहको थियो । राजा त्रिभुवनले नारायणहिटी दरवारबाट भागेर यही शरण लिएका थिए । शिकार खेल्ने वहानामा निस्किएका राजाले सपरिवार शरण लिएको केही दिन यही विताएका थिए र सितलनिवासबाटै भारत सरकारले पठाएका जहाजमा सवार भै उनी दिल्ली पुगेका थिए । 
 

अतिथि गृह
राणा शासनको अन्त्य भएर २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि केही समयका लागि सितत निवास सरकारका विशिष्ठ पाहुनाहरुको अतिथीगृह वन्यो । वेलायती महारानी ऐलिजावेथ द्धितीय, भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसाद, स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहलाल नेहरु, म्यान्मारका शासक जेनरल नेविन, चिनका प्रधानमन्त्री चाउ एन लाई, जापनाका युवराज अकिहितो जस्ता अति विशिष्ठ पाहुनालाई सितल निवासले आतिथ्यता प्रदान गरेको थियो । 
 

प्रधानन्त्री निवास 
प्रजातन्त्र स्थापनापछि २००८ सालमा भएको रक्षादलको विद्रोहमा २४ घण्टाका लागि सिंहदरवार कव्जा गरेका डा. केआई सिंह पछि प्रधानमन्त्री वने । उनको छोटो कार्यकालमा यो भवन प्रधानमन्त्री निवास पनि वनेको थियो ।  

ज्ञानेन्द्र–कोमल विवाह
राजा महाराजाहरुका सन्तानको विहा गराउने स्थानका रुपमा समेत यसलाई उपयोग गरिएको थियो । २०७३ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निताकुशुम र पूर्व राष्ट्रपति रामवरण यादवका नाति अभिशेषको विवाह पनि यही भवनमा भएको हो ।

राजतन्त्र अन्त्य पछि पहिलो पटक त्यही विवाहमा सहभागी हुन पुगेका शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपा नेता पशुपतिशमशेर राणा र कमल थापालाई यो प्रसंग सुनाएका थिए । 
सितल निवासबाट राजा त्रिभुवनका तीन छोरीलाई समेत अन्माइएको इतिहास छ ।
 

राष्ट्रपतिको टेन्टमा बास
२०७२ सालको विनासकारी भूकम्पका बेला राष्ट्रपति डा. रामवरण यादव यही भवनमा थिए । जिर्ण भैसकेको राणाकालिन दरवारलाई महाभूकम्पले ठूलो क्षती भयो । भूकम्प गएका बेला आफ्नो सयन कक्षमा रहेका राष्ट्रपति यादवलाई अंगरक्षकहरुले चौरमा पु-याए ।

त्यसपछि केही दिन उनी सपरिवार टेन्ट लगाएर चौरमै वसे । त्यसपछि बाँकी कार्यकाल उनले सरकारले वनाई दिएको प्रिफ्याव घरमा विताए । 




प्रतिक्रिया