तस्वीर : कुनै बेलाका क्रान्तिकारी, कुनै बेला शासक

image

तस्वीरमा देखिएका दुई पात्र नन्दबहादुर पुन र वर्षमान पुन कुनै सयम माओवादी शसस्त्र विद्रोहका नायक थिए ।पछि राज्यकै नेतृत्वमा पुगे ।

समय सबै भन्दा वलवान छ । तस्वीरमा देखिएका दुई पात्र नन्दबहादुर पुन र वर्षमान पुन कुनै सयम माओवादी शसस्त्र विद्रोहका नायक थिए । माओवादीले चलाएको १० वर्ष लामो शसस्त्र विद्रोहका क्रममा दुवैले सैन्य कमाण्डरको हैसियतमा ठूला ठूला फौजी आक्रमणको नेतृत्व गरी सरकारी सुरक्षा फौजलाई हायल कायल बनाएका थिए । रोल्पामा जन्मिएका यि दुई क्रान्तिकारी मुलुकमा आमूल राजनीतिक परिवर्तन गर्ने मिसनका साथ माओवादी विद्रोहमा सरिक भएका हुन् । २०६३ सालमा माओवादी शान्ति प्रकृयामा आएपछि एक जना मुलुकको उपराष्ट्रपति बने । अर्का पटक पटक मन्त्री । युद्ध लड्दा दुवैले कुनै दिन सत्तामा पुगिन्छ र मुलुकको नेतृत्व गरिन्छ भन्ने कल्पना गरेका थिएनन् । 




प्रतिक्रिया