मेलमिलाप दिवस : बीपीले इन्दिरा गान्धीसंग भनेका थिए -तिमीलाई महारानी मानेर बस्दिन, नेपाल फर्किन्छु (भिडियो सहित)

image

गान्धीका दुतलाई बीपीले भनेका थिए -तिम्रो प्रधानमन्त्रीलाई महारानी मान्नु भन्दा त म नेपालका राजालाई मानेर काम गर्छु । स्वदेश फर्किन्छु । आफ्नै भूमीबाट प्रजातन्त्रका लागि संघर्ष गर्छु ।

२०७९ पुष १६
पुष १६ । नेपाली राजनीतिका शिखर व्यक्तित्व बीपी कोइराला ८ वर्ष लामो भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिन । प्रजातन्त्र वहालीका लागि नेपाली कांग्रेसले गरेको क्रान्तिमा भारतबाट सहयोग पाउने आसाका साथ प्रवासमा गएका बीपीलाई तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले अपमानीत गरिन । भारतीय सत्ता पक्षको व्यवहारले आजित भएर उनी स्वदेश फर्किने निष्कर्षमा पुगे । फर्किनु अघि भारतीय प्रधानमन्त्री गान्धीले नेपालको सुरक्षा र विदेश मामिला सम्वन्धी अधिकार भारतलाई दिन तयार भए बीपीलाई नेपालको सत्ता राजनीतिमा स्थापित गरिदिने प्रस्ताव गरिन् । 
गान्धीका दुतलाई बीपीले भनेका थिए -तिम्रो प्रधानमन्त्रीलाई महारानी मान्नु भन्दा त म नेपालका राजालाई मानेर काम गर्छु । स्वदेश फर्किन्छु । आफ्नै भूमीबाट प्रजातन्त्रका लागि संघर्ष गर्छु । यस प्रसंगमा बीपीका भतिजा नरेश कोइरालाले भनेका छन् - राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु अघि मलाई दिल्लीमा बोलाउनु भयो । म एक जना भारतीय मित्र कहाँ बसेको थिए । भारतीय सत्ता राजनीतिसंग अत्यन्त निकट रहेका उनले भनेका थिए–जाउ बीपीलाई भन । सोसलिस्टहरूसँग लागेर प्रधानमन्त्री इन्दिरा गान्धीसँग किन झगडा गर्ने ? त्यसले कही पनि पुगिदैन । बरु बीपीले इन्दिरा गान्धीको कुरा मानेर, उनको सहयोगमा नेपाली सत्ता राजनीतिमा स्थापित हुने बाटो लिनु उचित हुन्छ । आफू प्रधानमन्त्री भएपछि गान्धीको कुरा मान्नु पर्ने अवस्था रहदैन ।  
मैले ति मेरा भारतीय मित्रको कुरा सुनाए । एकदमै रिसाउनु भयो । म काजी लेन्डुप दोर्जे हुने ? त्यो बेला सिक्कम भारतले लिइसकेको थियो । बाँकी अंश भिडियोमा । 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया