प्रधानमन्त्री : जनताको नजर युवा तर्फ

image

नेपालमा सात वटा संसदीय निर्वाचन भए । ति चुनावबाट १३ जना प्रधानमन्त्री बने । कति नेता त पटक पटक प्रधानमन्त्री भए । तर पूरा कार्यकाल कुनै पनि प्रधानमन्त्रीले काम गर्न पाएनन् । अव को प्रधानमन्त्री को होला ? पुरा कार्यकाल सरकार चल्न सक्ला वा नसक्ला ? नेताहरुको प्राथमिकता विकास र सुशासन होला की नहोला ? 

आम निर्वाचनको नतिजा सार्वजनीक हुने क्रमसंगै भावी प्रधानमन्त्री को हुने भन्ने चर्चा शुरु भएको छ । यो चर्चा खाली प्रधानमन्त्रीको कुर्सीमा को पुग्ने भन्ने मात्र होइन । युवा पुस्ता अव परिवर्तन र विकास दिने नेतृत्वको खोजीमा छ । तर पार्टीहरु भित्रको शक्ति सन्तुलन हेर्दा युवाले देश हाँक्ने अवसर लिन ठूलै विद्रोह श्रृजना गर्नु पर्ने देखिन्छ । 
खास गरी नेपाली कांग्रेस भित्र प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. केशखर कोइराला आकांक्षी छन् । पुरानो पुस्ताका नेतालाई महामन्त्री गगन थापाले नेतृत्व हस्तान्तरणका लागि तिव्र दवावमा राखेका छन् । 
कांग्रेस संसदीय दल भित्र पार्टीको भविश्य र जनताको परिवर्तनको चाहनालाई कति संवोधन गर्न सक्छ ? त्यो हेर्न भने केही दिन कुर्नै पर्ने छ । 
नेपाली कांग्रेसको इतिहासमा बीपी ४५ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए । त्यसपछि युवा उमेर (५३) मा प्रधानमन्त्री बन्ने देउवा नै हुन् । पाँच पटक प्रधानमन्त्री भएका उनी सहजै छोड्न तयार छैनन् । 

हेरौ विगतमा संसदले वनाएका सरकारहरुको तस्वीर ।

२०१५ मा पहिलो संसदीय निर्वाचन हुनु अघि मुलुकको कार्यकारी प्रधानमन्त्री यात रोलक्रमबाट आउने गर्थे वा राजाको स्वविवेकमा नियुक्त हुन्थे । जनताका प्रतिनिधिले प्रधानमन्त्री चयन गर्ने प्रकृया पहिलो आम निर्वाचनपछि प्रारम्भ भएको हो । नेपालमा पहिलो पटक सम्पन्न प्रतिनिधिसभा निर्वाचन पछि नेपाली कांग्रेसका सभापति विश्वेश्वरप्रसाद (बीपी) कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री भए । उनको सरकार अठारसम्म कायम भयो । राजा महेन्द्रले २०१७ साल पुष १ गने निर्वाचित सरकार र संसद भंग गरी पञ्चायती शासन शुरु गरे । ३० वर्षसम्म राजनीतिक दलमाथि प्रतिबन्ध लाग्यो । यसबीच राजाबाट मनोनीत र राष्ट्रिपञ्चायतबाट निर्वाचित व्यक्ति प्रधानमन्त्री भए । 

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि सम्पन्न २०४८ को संसदीय चुनावमा नेपाली कांग्रेसले स्पष्ट बहुमत पायो । त्यो पार्टीको संसदीय दलका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त भए । पार्टी भित्रको अन्तरिक कलहका कारण कोइरालाले संसद् भङ्ग गरेपछि २०५१ कात्तिक २९ गते मध्यावधि निर्वाचन भयो । 

२०५१ को मध्यावधि निर्वाचनपछि नेकपा एमालेका मनमोहन अधिकारी २०५१ मंसिर १४ गते प्रधानमन्त्री नियुक्त भए । उनी मुलुक प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री हुन् । २०५२ भदौ २० गते संसद्मा अविश्वास प्रस्ताव पारित भएपछि अधिकारीले राजीनामा दिए र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा २०५२ भदौ २६ गते प्रधानमन्त्री नियुक्त भए । प्रधानमन्त्री देउवाले संसद्मा बहुमत देखाउन नसकेका कारण फागुन २३ मा राजीना गरे । 
यसपछि नेकपा एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्द २०५३ फागुन २७ र सोही पार्टीका अर्का नेता सूर्यबहादुर थापा नेपाली कांग्रेस र नेपाल सद्भावना पार्टीको समर्थनमा २०५४ असोज २० गते प्रधानमन्त्रीमा नियुक्त भए । 
थापा पछि २०५४ चैत ३० गते नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए ।
कोइराला नेतृत्वको सरकारले २०५६ वैशाख २० र जेठ ३ गते दुई चरणमा चुनाव गरायो । कांग्रेस नेता कृष्णप्रसाद भट्टराई २०५६ जेठ १३ गते प्रधानमन्त्रीमा नियुक्त भए । 
पार्टीको आन्तरिक विवाद चुलिँदै गएपछि २०५६ चैत पहिलो साता उनले राजिनामा गरे र २०५६ चैत ७ गते नेपाली कांग्रेसका सभापति 
कोइराला नेतृत्वको सरकार २०५८ साउन ४ गतेसम्म चल्यो । अनी कांग्रेसकै नेता शेरबहादुर देउवा २०५८ साउन ७ गते प्रधानमन्त्रीमा नियुक्त भए । 
पार्टीको आन्तरिक विवादका कारण २०५९ जेठ ८ गते संसद् विघटन गरी देउवाले आमचुनाव घोषणा गरे । 
माओवादी विद्रोहका कारण शान्तिसुरक्षाको अवस्था ठिक थिएन । देउवाले चुनाव सार्न सिफारिस गरे लगत्तै राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई बर्खास्त गरी लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र फेरि शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्त गरे । 
२०६१ माघ १९ मा राजाले देउवालाई बर्खास्त गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल घोषणा गरे । राजाको कदम विरुद्ध २०६२–०६३ को जनआन्दोलन भयो । अनी २०६३ वैशाख ११ गते राजाबाट विघटित प्रतिनिधिसभा पुनस्र्थापन भयो । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । कोइराला नेतृत्वको सरकारले २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभा निर्वाचन सम्पन्न ग¥यो । 

पहिलो संविधानसभा निर्वाचनले बन्दुकको नालबाट राज्य सत्ता कब्जा गर्ने उद्देश्यले दश वर्ष सशस्त्र विद्रोह चलाएको नेकपा माओवादीलाई जनादेशबाट मुलुकको ठूलो पार्टीका रूपमा स्थापित गरिदियो । पहिलो संविधानसभाबाट पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने तर जनादेश वमोजिम संविधान दिन नसकेर २०६९ जेठ १४ गते संविधानसभा स्वतः विघटन भयो । 
यसपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी मन्त्रिपरिषद् गठन गरी २०७० मा दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भयो । 
 
दोस्रो संविधानसभाबाट कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बने । उनको नेतृत्वमा २०७२ असोज ३ मा संविधान जारी भयो । त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । ओलीपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । 
नयाँ संविधान बमोजिम २०७४ मंसिर १० र २१ गते गरी दुई चरण मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले दुई तिहाई नजिक बहुमत हासिल गरेपछि गठबन्धनका नेता केपी ओली २०७४ फागुन ५ गते प्रधानमन्त्री बने । 
पार्टीको आन्तरिक कचिलो बढ्दै जाँदा प्रधानमन्त्री ओलीले २०७७ पुस ५ प्रतिनिधिसभा विघटन गरिदिए । सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा पुनस्र्थापना ग¥यो । २०७८ वैशाख २७ मा ओलीले संसदमा विश्वासको मत पाउन नसकेर पदमुक्त भए । त्यसको चार दिन २०७८ वैशाख ३० गते राष्ट्रपतिबाट उनी संसद्को ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री भए । 
२०७८ जेठ ७ गते प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरिदिए । प्रतिनिधिसभाका बहुमत सदस्यको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले देउवालाई २०७८ असार २९ भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेपछि देउवा प्रधानमन्त्री बने । 
अवको प्रधानमन्त्री को हुने  ?




प्रतिक्रिया