मदन भण्डारी राजनीतिक जीवनको उत्कर्षमा थिए । काठमाडौं क्षेत्र नं १ मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई विरुद्ध चुनावी मैदानमा उभिएपछि उनी चर्चाको शिखरमा थिए । टुडिखेलको एउटा आमसभामा भण्डारीले राजा वीरेन्द्रलाई चुनौती दिदै भनिदिए ‘महाराज । आखा नचम्काई वक्सियोस्, हात नलम्काईवक्सियोस् । यदी राजनीति गर्ने नै मन भए श्रीपेच खोलेर मैदानमा आईवक्सियोस् (खनाल,२०७३ ः २१९)।’
२०४६ सालको जनआन्दोलन सफल भएर पहिलो पटक (२०४८) मा संसदीय निर्वाचन हुदै थियो । ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्यका लागि मिलेर आन्दोलन गरेका नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिश्पर्धीका रुपमा देखिएका थिए ।
त्यही समय हो, मदन भण्डारी राजनीतिक जीवनको उत्कर्षमा थिए । काठमाडौं क्षेत्र नं १ मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई विरुद्ध चुनावी मैदानमा उभिएपछि उनी चर्चाको शिखरमा थिए । टुडिखेलको एउटा आमसभामा भण्डारीले राजा वीरेन्द्रलाई चुनौती दिदै भनिदिए ‘महाराज । आखा नचम्काई वक्सियोस्, हात नलम्काईवक्सियोस् । यदी राजनीति गर्ने नै मन भए श्रीपेच खोलेर मैदानमा आईवक्सियोस् (खनाल,२०७३ ः २१९)।’
भण्डारीको भाषणले मिडियामा ठूलो स्थान पायो । जसबाट राजा वीरेन्द्र समेत चकित भए । मुलुकमा संसदीय व्यवस्था र संवैधानीक राजतन्त्रको अभ्यास शुरु हुनै लाग्दा भण्डारीले गरेको भाषणका लागि समेत अप्रत्यासित थियो । कम्युनिष्टहरु जन्मजात गणतन्त्रवादी । समान्ती व्यवस्थाको उन्मुलन गरी जनवादी व्यवस्था स्थापना उनीको मुल सिद्धान्त ।
दरवार शसंकित हुन अस्वभाविक थिएन । त्यो बेला दरवारको प्रमुख सचिव रहेका रवतीरमण खनालले आफ्नो जीवनीमा राजाका् अनुमति लिएर एक बेलुका टेलिफोनमा एमाले महासचिव भण्डारीसंग कुरा गरेको प्रसंग उल्लेख गरेका छन् ।
खनाल ः म दरवारको प्रमुख सचिव रेवतीरमण खनाल बोलेको । एक पटक कुरा गर्नु पर्ने, महासचिवज्यूको समय पाऊ भन्नलाई हजुर ।
मदन ः चुनावमा व्यस्त छु ।
खनाल ः एकछिन जुनसकै बेला समय मिलाउनु होस् ।
त्यसपछि मदन भण्डारीले रातको १२ वजे विच सडकमा मोटरमै भेट्ने प्रस्ताव गरे ।
खनाल लेख्छन् ‘राती १२ वजे बालाजु वाईपासको तीनकुनेमा भेट्ने सहमति भयो । उहा“ले मोटरको रंग र नम्वर वताए पछि म भेट्न गए । ४५ मीनेट कुरा भयो । त्यो वेला मदनले भनेका थिए, त्यो भाषण त चुनाव जित्ने रणनीति मात्र हो । त्यस पछि भण्डारीले भाषणमा राजालाई मुछ्ने काम गरेनन् (खनाल, २०७३ ः २२०)।’
त्यो घटना लगत्तै राजा वीरेन्द्र र एमाले महासचिव भण्डारी विच सम्वादको ढोका खुल्यो । लगत्तै भण्डारीले राजालाई राष्ट्रवादी शक्तिको रुपमा स्वीकार गरे । अनी राजा वीरेन्द्रसंग उनको फेस टु फेस भेट वार्ता भयो ।
राजासंग भण्डारीको पहिलो भेट वारे राजा वीरेन्द्रका एडीसी टीका धमला लेख्छन् ‘दरवार आउदा उहा तनावमा हुनहुुन्थ्यो । बस्नुस् भन्दा पनि मान्नु भएन । पुग्नासाथ सोझै राजासंग कुराकानी गर्नुभयो । वाहिर निस्किएपछि कुर्सीमा थचक्क बस्नुभयो । पानी माग्नु भयो । कालो टोपी लगाउनु भएको थियो । सरकारले अर्को मान्छे भेट्ने समय भैसकेको थियो । मदनजी तनावमा रहेको विषयमा हामीले जानकारी दिए पछि राजाले भन्नु भयो केही भयो की ? मोटर मगाएर पठाई देउ । हामीले मोटर मगाई सकेका थियौ । उहा जानुभयो । त्यो भेट पछिको भाषणमा भण्डारीले भन्नुभयो ‘राजा पनि यो देशका शक्ति हुन् ।
त्यसको केही समय पछि संसदीय निर्वाचनका लागि मतदान भयो । भण्डारीले काठमाडौं १ का जनताको मन जिते ।
निष्ठा, आदर्श र सिद्वान्तको राजनीतिमा सिंगो जीवन अर्पेका सन्त नेता भट्टराईकै नेतृत्वमा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको थियो । भट्टराई हार्ने कल्पना आम कांग्रेसीले गरेका थिएनन् । एमाले महासचिव भण्डारी (२७३७२) संग प्रधानमन्त्री भट्टराई (२६६२१) ७५१ मतको अन्तरमा पराजित भए । प्रधानमन्त्रीलाई नै हराएपछि त भण्डारीको राजनीतिक उचाईले शिखर चुम्यो ।
प्रतिक्रिया