गिरिजाप्रसाद कोइराला : जन्म १९८१ असार १८, पुर्नजन्म २०५८ जेठ २०

image

कोइरालाले त्यो घटनाबारे मसँगको अन्तर्वार्तामा भनेका थिए, 'जीवनमा मैले धेरैपटक आक्रमणको सामना गर्नुपरेको छ तर यसप्रकारको खतरनाक आक्रमण भने कहिल्यै बेहोर्नुपरेन । त्यो आक्रमण स्वतस्फूर्त भएको होइन । सुनियोजित रूपमा गराइएको हो । त्यो मलाई मार्ने नै योजना थियो '

यो तस्वीर मुलुकको कार्यकारी प्रधानमन्त्री सवार मोटरको हो । २०५८ जेठ २० गते राजा रानीको शव यात्रामा सहभागी  प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मोटरमा भयानक आक्रमण भयो । बुलेट प्रुफ मोटरको अवस्था तस्वीरमा देख्न सकिन्छ । त्यो घटना बारे मैले तत्कालीन प्रधानमन्त्री कोइरालाका सुरक्षा अधिकारी महेन्द्र मरासिनी र चालक विष्णुप्रसाद लामिछानेको मुखबाट लाइभ सुन्ने मौका पाए । तर कल्पना गरे भन्दा भयानक आक्रमण रहेछ भन्ने चाँही मेरा मित्र दस्तुर सिंह बस्नेतले पन्ध्र वर्ष अघि यो तस्वीर उपलव्ध गराएका दिन भयो । यो तस्वीरलाई जुम गरेर हर्दा हेलमेट लगाएका प्रधानमन्त्री कोइरालाको नाक र चम्मा प्रष्ट देख्न सकिन्छ । घटनाबारे गिरिजाबाबुले मसंग भनेका थिए जीवनमा कति आक्रमण भए कति । तर ज्यान मार्ने उद्देश्यकता साथ त्यो दिन म सवार मोटरमा भयानक आक्रमण भयो । म कसरी बाँचे । सुरक्षाकर्मीले कसरी बचाँए, सम्झदा आफै चकित हुन्छु । त्यसैले जेठ २०, २०५८ मेरो नयाँ जन्म हो । 

२०५८ जेठ १९ 

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला शयन कक्षमा गएसँगै वालुवाटारमा रातिको ड्युटीमा खटिने सुरक्षाकर्मी र सहयोगीबाहेक अधिकांश सहयोगी घर फर्किए । २०५८ जेठ १९ गते राति १० बजेर पाँच मिनेट जाँदा प्रधानमन्त्रीका निजी सचिव गोकर्ण पौडेलको फोन बज्यो । काठमाडौं प्रहरी प्रमुख सागर थपलियाले भने, 'राजदरवारमा गोली चल्यो । लगत्तै दरबारबाट दुईजना हतियारधारी बाहिर निस्किए । जसमा एकजना शाहज्यादा पारस हुन् भन्ने हल्ला छ ।'पौडेलले फोन राख्न नपाउँदै राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजंग रायमाझीको फोन आयो, 'दरबारमा सबै मरे भन्छन् । मैले सम्माननीयजी -प्रधानमन्त्री) सँग कुरा गर्न खोजेको सकिनँ । लौ न हजुरले भनिदिनुपर्‍यो ।' पौडेलले तत्काल बालुवाटारमा फोन लगाए र रायमाझीलाई कोइरालासँग कुरा गराउनु अह्राए । त्यति नै बेला बालुवाटारका सहकर्मीले पौडेललाई, 'भर्खरै दरबारका सचिव पशुपतिभक्त महर्जनको फोन आएको थियो, सायद उनी आउँदै छन्' भन्ने जानकारी गराए ।दरबार हत्याकाण्ड भएको झन्डै एक घन्टापछि रायमाझीले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराए, 'सम्माननीयज्यू, सरकारलाई (राजा) सैनिक अस्पताल (छाउनी) लगेको छ म जाँदैछु । तपाईं आउनुहोला ।' कोइरालालाई लाग्यो- राजालाई हर्ट एट्याक भएछ । 'ल हुन्छ, म पनि अस्पताल आउँछु' भनेर फोन राखिदिए । गाडी तयार गर्न लगाएर प्रधानमन्त्री कपडा लगाउन थाले । कोइरालाका साथी शिवध्वज बस्नेत पनि बालुवाटारमै बस्थे । तत्क्षण राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनको फोन भन्दै बस्नेतले प्रधानमन्त्रीलाई रिसिभर थमाए । फोनमा महर्जनले भने, 'प्रधानमन्त्रीज्यू म त्यहीँ आउँदै छु ।'केहीबेरमै बालुवाटार पुगेका महर्जन अलि नर्भसजस्ता थिए । दरबारमा राजारानीको हत्या भएको र गोली चलेको जानकारी कोइरालालाई उनैले दिए । अस्पताल जान तयार भएका कोइरालाले दरबार जाने निर्णय गरे ।महर्जन डराएका थिए । उनैले कोइरालासँग भने- म पनि हजुरको मोटरमा अटाउँछु कि ! प्रधानमन्त्रीकै मोटरमा उनी दरबार गए । बालुवाटारबाट दरबार पुग्दा रातिको ११.३० भइसकेको थियो । दरबार पूरै सुनसान थियो । खालि केही आर्मी मात्र देखिन्थे । महर्जन र सैनिक सचिव विवेककुमार शाहले प्रधानमन्त्रीलाई घटनाबारे बि्रफ गरे ।कोइरालाले २०६४ सालमा पंक्तिकारसँगको अन्तर्वार्तामा भनेका थिए, 'म घटनास्थल पुग्दा त त्यहाँ रगतका टाटा केही थिएनन् । घटनास्थल पानीले पखालेर सफा पारिसकिएको थियो । के भएको रहेछ भनेर हेर्छु भनेको त केही थिएन ।'उता प्रधानमन्त्रीका निजी सचिव पौडेल समाचारमूलक विदेशी च्यानल घुमाउँदै थिए । सीएनएन, बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा दरबार हत्याकाण्डको ब्रेकिङ न्युज आइसकेका थिए । त्यसैबेला भारतीय राजदूत केभी राजन, अर्थसचिव विमल कोइराला, दर्जनौंका फोन एकपछि अर्को गर्दै आउन लागे । अनि पौडेल बालुवाटारतर्फ हानिए ।प्रधानमन्त्री निवासको सुरक्षाका लागि हरेक दिन फरक-फरक कोड शब्द तय गरिन्छ । सुरक्षाको दृष्टिले त्यो कोर्ड बालुवाटारका सीमित कर्मचारी र सुरक्षाकर्मीबाहेक सेना र प्रहरीप्रमुखलाई समेत थाहा हुँदैन । कामका लागि अनुमति लिएर भेट्न आउने विशेष मानिसलाई सुरक्षा कोर्ड दिइएको हुन्छ । मध्यरातको आसपास प्रधानमन्त्री निवास पुगेका पौडेललाई त्यो दिनको कोर्ड थाहा थिएन । उनले तत्काल प्रधानमन्त्रीका एडीसीसँगलाई सोधेर कोर्ड थाहा पाए, 'तिमी हाम्रो हो मित्र ।' कोड भनेर पौडेल बालुवाटारभित्र पुग्दा प्रधानमन्त्री कोइराला दरबार गइसकेका थिए ।

दरबारबाट कोइराला सिधै सैनिक अस्पताल हानिए । कोइरालाले मलाई दिएको अन्तर्वार्तामा भनेका छन्, 'त्यहाँ एउटा नयाँ माहोल छ । वातावरण एकदमै तनावग्रस्त । सेनाको चालामाला मैले ठीक पाइनँ ।' कोइरालाको निधनपछि मात्र मलाई थाहा भयो त्यो दिन प्रधानमन्त्रीलाई सैनिक अस्पतालको एउटा कोठामा कसैसँग सम्पर्क गर्न नदिएर अत्यन्त अपमानजनक रूपमा राखिएको थियो । जीवनभर कोइरालाले त्यो दिन आफूमाथि भएको व्यवहार र अपमान सार्वजनिक गरेरनन् ।अत्यन्त निकट विश्वास पात्रसँग मात्र गोप्य सूचना बाँड्ने स्वभावका कोइरालाले त्यस रातको घटनाबारे बालसखा भीम नौलखालाई भनेका थिए, 'त्यो दिन म झन्डैले बाँचें । युवराज दीपेन्द्रले त्यो दिनको पार्टीमा मलाई पनि बोलाएका थिए । मैले राजा वीरेन्द्रसँग कुरा गरें- सरकार म बूढो मान्छे । राति पार्टीमा किन आउनुपर्छ र ? युवराजधिराजबाट निम्ता बक्सेको छ ।' राजाले पीएम तपाईं आउनुपर्दैन भनेकाले म जेठ १९ गते राति दरबारको पार्टीमा जानुपरेन र बचें । नत्र त्यही राति राजा-रानीसँगै मलाई पनि मार्ने सुनियोजित षड्यन्त्र रहेछ । राति अस्पतालमा पनि मसँग राम्रो व्यवहार गरिएन ।'त्यसै दिन राति पुल्चोकस्थित मन्त्री क्वाटरमा रहेका मन्त्री रामकृष्ण ताम्राकारलाई एकजना आफन्तले फोन गरेर दरबारमा राजा-रानीसहित राजपरिवारका सवै सदस्य मारिएको समाचार सुनाए । ताम्राकारलाई झट्ट सुन्दा विश्वास लागेन । तत्काल बालुवाटारमा सम्पर्क गरे । प्रधानमन्त्रीलाई राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले दरबार लिएर गएको जानकारी पाउनेबित्तिकै उनी झसंग भए । राजा-रानीसहित राजपरिवारका सबै सदस्य मार्नेले प्रधानमन्त्रीलाई के बाँकी राख्लान् ? हिजोआजजस्तो सबैको पहँुचमा मोबाइल थिएन । दुई चार राउन्ड फोन गरेपछि ताम्राकारलाई थाहा भयो, 'रानीसहित सबै घाइते सैनिक अस्पताल छन् । प्रधानमन्त्री पनि ।' ताम्राकार ढुक्क भए । ल प्रधानमन्त्रीलाई केही भएको रहेनछ ।

बिहान ४ बजे सबै मन्त्रीलाई एक घन्टाभित्र प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा हुनू भन्ने प्रधानमन्त्री कोइरालाको खबर प्राप्त भयो । सबै हतार-हतार बालुवाटर गए पनि मन्त्रीहरूले प्रधानमन्त्रीसँग भेट्न पाएनन् । उनीहरूलाई 'मैलपोस सुरुवालमा आर्मी हस्पिटलमै जम्मा हुनू भन्ने प्रधानमन्त्रीको सन्देश सहयोगीहरूले सुनाए । अनि सबै उतै हानिए । अस्पताल परिसरमा मन्त्रीहरूका लागि ठाउँ छुट्याइएको थियो । केही मेच र टेबल राखिएको त्यो ठाउँ न कोठाजस्तो सेपरेट, न त बरन्डाजस्तो खुला । आधा घन्टा बस्दासम्म मन्त्रीहरूको खोज खबर भएन । न त उनीहरूले त्यहाँ पनि प्रधानमन्त्री भेट्न पाए ।फेरि बालुवाटारमै भेट्ने प्रधानमन्त्रीको सन्देश लिएर उनीहरू फर्किए । बालुवाटारको छोटो भेटमा मन्त्रीहरूले जिज्ञासा राखे, 'गिरिजाबाबु तपाईंले सबै कुरा हेर्न पाउनुभयो ?''नकराऊ न यार । कस कसलाई हेर्ने ? म दरबार पुग्दा सबैलाई हस्पिटल पुर्‍याइसकेको रहेछ । राजा-रानी र युवराजको अनुहार मात्र हेरें । कहाँ गोली लागेको रहेछ हेर्न पाइएन । राजा-रानीको प्राण थिएन । युवराज दीपेन्द्र कोमामा छन् । बाँच्ने अवस्था छैन,' कोइरालाले बताए । सबैले प्रधानमन्त्रीको अनुहार मात्र हेरे । केही बोलेनन् ।सरकारी नियन्त्रणमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनमा लगातार शोक धुन बजिरहेको थियो । तर किन त्यो धुन बजाउनुपरेको भन्ने विषयमा सञ्चारमाध्यम मौन थिए ।राजपरिषद् स्थायी समितिको बैठक बस्ने सूचना पाएका मन्त्रीहरू हाल निर्वाचन आयोग रहेको बहादुर भवनमा अपरान्ह जम्मा भए । अधिकांशलाई राजपरिषद्को कार्यालय कहाँ छ, त्यसको संरचना के हुन्छ भन्ने समान्य जानकारीसम्म थिएन । कति त पहिलोपटक त्यहाँ पुगेका थिए । राज उत्तराधिकारी सम्बन्धी कानुन र नियमावली थिएन । राजा, रानीको मृत्य भइसक्यो, कोमामा रहेका युवराजाधिराजलाई हत्याको आरोप छ । उनको पनि मृत्यु भइसकेको छ । अर्कोतर्फ गद्दी एकछिन पनि खाली राख्न नमिल्ने परम्परा ! लामो छलफलपछि हत्याराको रूपमा चित्रण गरिएका र मरिसकेका युवराज दीपेन्द्रलाई राजा बनाउने निर्णय भयो । दीपेन्द्र कोमामा रहेकाले अधिराजकुमार ज्ञानेन्द्रलाई राज्य सहायक बनाइयो ।

बहादुर भवनबाट प्रधानमन्त्री सिधै छाउनी पुगे । राजा, रानीको लास एउटै ठाउँमा राखिएको छ । रानीको टाउको नै उडेकाले गुडिया बनाएर जोडिएको छ । बेलुका चार बजे आसपास शवयात्रा चलाइयो । शवको ठीक पछाडि राज्य सहायक ज्ञानेन्द्र, अनि प्रधानमन्त्री कोइरालाको मोटर थियो ।शवयात्रा स्वयम्भू नजिक पुग्दा चर्को नाराबाजी सुरु भयो । 'हत्यारा ज्ञाने-पारसलाई फाँसी दे । गिरिजा चोर देश छोड ।' कपाल मुण्डन गरेका मानिस असंख्य देखिन्थे । बाटोमा पाइला राख्ने ठाउँ छैन । चर्को नाराबाजी चलिरहँदा कसैले अश्लील भाषामा प्रधानमन्त्रीलाई गाली गरेको आवाज प्रधानमन्त्रीका चालक विष्णुप्रसाद लामिछानेको कानमा ठोकियो । तत्काल उनले मोटरका सबै सिसा बन्द गर्नका लागि अटोमेटिक स्विच थिचे ।शवयात्रा सुरु भएको १० मिनेटमै बाटोको छेउमा निर्माणाधीन एउटा चारतले घर माथिबाट प्रधानमन्त्री चढेको मोटरमाथि चार पाँच किलोको ढुंगा फालियो । प्रधानमन्त्रीको ज्यानलाई केही नभए पनि गाडीको छत कच्याककुचुक्क भयो । असुरक्षा महसुस गर्दै प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका प्रहरी पछाडि हटे । स्थिति नियन्त्रणबाहिर पुग्यो । मोटरमा कोइराला, उनका अंगरक्षक र ड्राइभर थिए । कोइराला बोलेनन् । अंगरक्षक र ड्राइभरले जीवन रक्षाका लागि भगवान्को नाम पुकारे । गाडीको अघिल्लो सिटमा रहेका अंगरक्षक सुनील श्रेष्ठ कोइरालासँगै मोटरको पछिल्लो सिटमा बसे । सुरक्षाका लागि कोइरालासहित तीनैलाई हेलमेट लगाइयो । मोटरमा लगातार ढुंगा-मुडा भइरह्यो । पछाडिपट्टकिो सिसा पत्रपत्र हुँदै पुरै फुट्यो ।अधिकांश मन्त्रीहरू ज्यान जोगाउन शवयात्रा छोडर भागे । मन्त्री चक्र बास्तोला भीडबाट खुसुक्क स्वयम्भूतर्फ रिङरोडमा पुगे र त्यहींबाट भाडाको ट्याक्सी चढेर मन्त्री निवासतर्फ लागे । शवयात्रामा अन्तिम समयसम्म प्रधानमन्त्रीसँगै रहेका वाणिज्यमन्त्री रामकृष्ण ताम्राकार सम्झन्छन्, 'प्रधानमन्त्री चढेको मोटरका सबै सिसा फुटिसकेका थिए । उहाँको काख र सिटमा इँटा, ढुंगा, सिसाका टुक्रा मात्र देखिन्थ्यो ।'चारैतिरबाट प्रधानमन्त्रीलाई ताकी-ताकी प्रहार हुन थालेपछि चालक लामिछानेले मोटर सुरक्षित स्थानतर्फ लैजाने प्रयास गरे । तर कुनै उपाय थिएन । सिसा नै नभएपछि अराजक र उद्दण्ड मानिसहरूले मोटर नजिकै आएर प्रधानमन्त्रीलाई लाठीले घोच्न थाले । त्यसपछि प्रधानमन्त्रीको विशेष सुरक्षा हेर्ने जिम्मेवारी पाएका सई महेन्द्र मरासिनीले पहिलो हवाई फायर गरे ।प्रधानमन्त्रीको मोटरमा उनीसँगै अगाडिको सिटमा बसेका प्रहरी महानिरीक्षक प्रदीपशमशेर राणाले मरासिनीलाई हवाई फायर मात्र गर्न भनिरहे । डीएसपी मिलन बस्नेतले पनि फायर खोले । स्थिति नियन्त्रणमा नआएपछि अंगरक्षक -क्याप्टेन) सुनील श्रेष्ठले एक हातले प्रधानमन्त्री कोइरालाको कम्मरमा समाएर जिउको सुरक्षा गरे र अर्को हातले हवाई फायर गर्न थाले । आक्रमण चरम स्थितिमा पुगेपछि चार तलामाथिबाट ढुंगा हानिरहेको एउटा युवकलाई अश्लील गाली गर्दै श्रेष्ठले 'तँलाई उँडाइदिउँ' भनेर रिभल्वर तेस्र्याए । ऊ घरको भित्तामा टाँसियो र केही नबोली नमस्कार गर्न थाल्यो । कोइरालाले भने, 'गोली नचलाऊ है ।' उनले हवाई फायर गरे ।अंगरक्षकले आवेशमा कोइरालालाई पनि बेस्कन समाएका थिए । कोइरालाले 'दुख्यो मलाई छोडिदेऊ केही हुँदैन' भने । श्रेष्ठले भने, 'एकै छिन हो ठीक हुन्छ । तपाईंको जीवन खतरामा छ, दुखे पनिएक छिन सहनुपर्‍यो ।' कोइरालामाथि भइरहेको आक्रमणको दृश्य सीएनएनका क्यामराम्यानले खिचिरहेका थिए । सुनीलले ती क्यामराम्यानलाई दृश्य नखिच्न आग्रह गरे । तर क्यामराम्यानले मानेनन् । उनले 'म तँलाई सुट गरिदिऊँ कि भाग्छस्' भनेपछि ऊ क्यामरा लिएर दौडियो ।त्यो दिन २१ राउन्ड हवाई फायर भएको थियो । त्यसमा सातवटा फायर सई महेन्द्र मरासिनीले गरेका थिए । मरासिनी सम्झिन्छन्, 'फायर खोल्दासमेत स्थिति नियन्त्रणमा आएन । सुरक्षाकर्मीहरू भन्न थाले, हैन अब त गोली पनि सकियो के गर्ने ?'

शवयात्रा विष्णुमति पुल नजिक पुगेको थियो । लासलाई पुल तराउनु हुँदैन भन्ने मान्यताका कारण शवयात्रा विष्णुमति नदीबाट अघि बढाउन थालियो । त्यही मौकामा कोइरालाको मोटर पुल माथिबाट शवयात्रालाई उछिन्दै शोभाभगवति मन्दिरतर्फ हानियो । गाडीको प्रवेशमा रोक लगाउन मोटा फलामका सिक्रीले बाटो बन्द गरीएको थियो । चालकले तीव्रगतिमा साङ्लो तोडेर मोटर अघि बढाए । अगाडिको बाटो गाडी गुड्नका लागि नभई मानिस हिँड्नका लागि मात्र थियो । त्यहाँ भर्‍याङ थिए । चालकले तीव्र गतिमा गाडी गुडाएर भर्‍याङ कटाए । गाडी उफ्रिएकाले कोइरालाको टाउको गाडीको छतमा ठोक्कियो ।विष्णुमतिको किनारै-किनार प्रधानमन्त्रीको मोटर चक्रपथतर्फ (सोह्रखुट्टे भ्याली कोल्ड स्टोरतिर) मोडियो । महाराजगन्ज हुँदै क्षत विक्षत अवस्थामा प्रधानमन्त्रीको मोटर बालुवाटार पुग्यो । त्यति बेलासम्म कोइरालाको कोटको खल्तीमा झन्डै आधा किलो जति सिसाका टुक्रा जम्मा भइसकेका थिए । उनको हात काटिएर रगत बगिरहेको थियो । कोइरालाले पछि मसँगको अन्तर्वार्तामा भने, 'कपडा फेरेर फेरि राजारानीको अन्तिम संस्कार कार्यक्रममा भाग लिन आर्यघाट जान्छु भनें । आक्रमणबाट मेरो बुलेट प्रुफ गाडी त्यसरी ध्वस्त भइसकेको छ भन्ने मलाई त थाहै थिएन । सबै सिसा चकनाचुर भएको रहेछ । छत कच्याक कुचुक्क भएको रहेछ । त्यो देखेर कसरी म सकुशल आउन सफल भएँ भन्ने लाग्यो !'केही समय बालुवाटारमा आराम गरेपछि राजारानीको अन्तिम संस्कारका लागि प्रधानमन्त्री आर्यघाट जानुपर्ने त थियो नै । मन्त्रीहरूलाई उनले भने, 'म पनि घाटमा जान्छु तिमीहरू पनि आउनू ।'सहयोगीहरूले प्रहरीको मोटरमा चढेर जान सल्लाह दिए तर कोइरालाले आफ्नै मोटरमा चढेर जान्छु भने जिद्दी गर्न थाले । कच्याककुचुक्क भएको मोटर चढेर जाँदा सबैले चिन्ने र पुनः आक्रमण हुने डर थियो । सुरक्षकर्मीले त्यसै कारण प्रहरीको मोटरमा जान सल्लाह दिएका थिए ।अपरान्ह बल्ल-बल्ल बचेर आएका सुरक्षाकर्मी (स्कटिङ गर्ने) समेत 'प्रधानमन्त्रीज्यू सुरक्षाको अवस्था त्यस्तो छ कसरी जाने ?' भन्न थाले । चालक स्टेरिङ समाउन हिच्किचाए । कोइरालाले मुख फोरेरै भने, 'ठीक छ तिमीहरू जाने भए हिँड, नत्र म आफंै मोटर चलाएर जान्छु ।' कोइराला ड्राइभर सिटमा बसेपछि त चालकले स्टेरिङ समाउनै पर्‍यो । सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ चढ्ने मोटर चढेर कोइराला आर्यघाट गए । उनी त्यहाँ पुग्दा राजारानीको शवमा दागबत्ती दिने बेला, राति भइसकेको थियो । कोइरालालाई देख्नेबित्तिकै भिडबाट नाराबाजी सुरु भयो, 'गिरिजा चोर देश छोड !' स्वर्गवासी राजाको चिरायुको कामना कसैले गरेन । कोइरालाले त्यो घटनाबारे मसँगको अन्तर्वार्तामा भनेका थिए, 'जीवनमा मैले धेरैपटक आक्रमणको सामना गर्नुपरेको छ तर यसप्रकारको खतरनाक आक्रमण भने कहिल्यै बेहोर्नुपरेन । त्यो आक्रमण स्वतस्फूर्त भएको होइन । सुनियोजित रूपमा गराइएको हो । त्यो मलाई मार्ने नै योजना थियो ।'

 




प्रतिक्रिया


  1. image король пентаклей: значение в отношениях

    девятка мечей действия, 9 мечей мысли мужчины к чему снятся опарыши на собаке, к чему снятся опарыши в пальце 5 элементов человека, 5 элементов в буддизме таро с фиолетовой рубашкой, карты таро с зеленой рубашкой значение числа 890

    image таро толкование и значение карт ленорман

    что означает имя ника у мусульман король кубков измена, колесница измена аркан значение слова мужчина водолей-крыса в постели евровидение-2009 2 место, евровидение 2010 результаты

    Excellent article. I am facing many of these issues as well..

    Wonderful website you have here but I was curious about if you knew of any forums that cover the same topics discussed in this article? I'd really love to be a part of group where I can get feed-back from other experienced people that share the same interest. If you have any suggestions, please let me know. Thank you!

    Thanks a lot for sharing this with all folks you really realize what you're talking approximately! Bookmarked. Kindly also discuss with my web site =). We could have a hyperlink exchange contract among us

    Thanks a lot for sharing this with all folks you really realize what you're talking approximately! Bookmarked. Kindly also discuss with my web site =). We could have a hyperlink exchange contract among us

    Hmm it appears like your site ate my first comment (it was extremely long) so I guess I'll just sum it up what I had written and say, I'm thoroughly enjoying your blog. I too am an aspiring blog writer but I'm still new to the whole thing. Do you have any tips for newbie blog writers? I'd certainly appreciate it.

    I do not know if it's just me or if everyone else experiencing problems with your website. It appears as if some of the written text on your content are running off the screen. Can somebody else please provide feedback and let me know if this is happening to them as well? This may be a issue with my browser because I've had this happen previously. Many thanks

    It's the best time to make some plans for the future and it is time to be happy. I have read this post and if I could I wish to suggest you some interesting things or tips. Maybe you could write next articles referring to this article. I wish to read more things about it!

    This piece of writing provides clear idea in support of the new visitors of blogging, that in fact how to do running a blog.

    Hi there colleagues, pleasant post and pleasant arguments commented at this place, I am really enjoying by these.

    Greetings! I know this is somewhat off topic but I was wondering which blog platform are you using for this website? I'm getting tired of Wordpress because I've had issues with hackers and I'm looking at options for another platform. I would be awesome if you could point me in the direction of a good platform.

    Greetings, I believe your blog could possibly be having browser compatibility issues. When I look at your web site in Safari, it looks fine but when opening in IE, it has some overlapping issues. I merely wanted to give you a quick heads up! Besides that, excellent website!

    Very great post. I simply stumbled upon your blog and wished to mention that I have truly loved surfing around your weblog posts. In any case I will be subscribing in your feed and I am hoping you write once more soon!

    When I originally commented I clicked the "Notify me when new comments are added" checkbox and now each time a comment is added I get four e-mails with the same comment. Is there any way you can remove me from that service? Appreciate it!

    Highly energetic article, I liked that bit. Will there be a part 2?

    I am regular visitor, how are you everybody? This article posted at this web page is in fact pleasant.

    image On her when Vanderpump Rules season 11 airs...after

    Wow, amazing weblog structure! How lengthy have you ever been blogging for? you made running a blog glance easy. The whole look of your web site is magnificent, as smartly as the content!