एक रुञ्चे प्रधानमन्त्री, जसले भारत भ्रमणमै रहदा राजिनामा पठाए, नेपाल फर्किएनन्

image

राजा त्रिभुवनका निजी सचिव माथेमा लेख्छन् – ‘महाराज रुनुभएको आवाज आयो र रेडियो बन्द भयो । राजाबाट हुकुम भयो – महाराज केही गर्न खोज्छ तर धेरै डरपोक छ, भाइहरुदेखि डराएर बोल्न सकेन ।’
 


तस्वीरमा चार प्रधानमन्त्री छन् । देव्रे तिरबाट क्रमशः बीपी कोइराला, मातृकाप्रसाद कोइराला,नेहरु (भारतका प्रधानमन्त्री) र पद्मशमशेर राणा (जो राणा शासनको अन्तिम कालखण्डका प्रधानमन्त्री हुन्) ।पद्मशमशेरलाई रुञ्चे प्रधानमन्त्रीका नामले समेत चिनिन्छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट विदा हुने क्रममा आँशु वगाएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल छ । मन्त्री झाँक्रीले किन त्यसो गरिन उनैले बताउलिन् । यो आलेख भने रुञ्चे प्रधानमन्त्री पद्मशमशेर माथि केन्द्रीत छ । 

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो । त्यसको प्रभाव नेपालमा पर्ने नै भयो । बीपी कोइरालाको पहलमा खुलेको नेपाली राष्ट्रिय कांग्रेसको पहलमा २००३ सालमा विराटनगरका मजदुरहरुले गरेको आन्दोलनले राणाहरुलाई समेत सुधारको वाटोमा जान दवाव परेको थियो । 
प्रधानमन्त्री पद्मशमशेर तुलनात्मक रुपमा सुधारवादी थिए । श्री ३ को कुर्सीमा वस्ना साथ उनले म जनताको नोकर हु भनेका थिए । मोहनशमशेर लगायत धेरै कट्टरपन्थी राणाहरुलाई उनको काम कारवाही चित्त वुझेको थिएन । 
महाराज विस्तारै जनतालाई अधिकार दिदै जाने पक्षमा थिए । सुवर्ण शमशेर र महावीर शमशेर जस्ता पढे लेखेका राणाहरुलाई उनले सल्लाहकार वनाएका थिए । भारतीय संविधानविद् श्रीप्रकाशको नेतृत्वमा टोली वनाएर संविधानको मस्यौदा वनाई नेपालको वैधानीक कानून २००४ घोषणा गरे । नेपालको पहिलो त्यो लिखित संविधानमा संसदको व्यवस्था थियो । जनतालाई मौलिक हक दिने कुरा थिए । 
तर आफ्नै परिवारका कट्टरपन्थी राणाहरु कुनै हालतमा अधिकार नदिने वरु खुकुरीको वलमा अरु सय वर्ष शासन लम्व्याउने भनेर महाराजमाथि दवाव वढाई रहेका थिए । 

यो आलेख सुधारवादी महाराज पद्मशमशेरको शासनकाल कसरी शुरु भएर छिट्टै उनले भाग्नु प-यो भन्ने विषयमा केन्द्रीत छ । 
शताब्दी पुरुष सत्यमोहन जोशीले तिनताका नोकरी सुरु गरिसकेका थिए । २००४ जागिरदारका नाममा उर्दी भयो –  मंसिर १४ गते सबै भारदार र जागिरवाला सिंहदरबारमा जम्मा हुनु ।
त्यस्तो उर्दीले धेरैलाई के हुन लागेको हो भनेर सशंकित बनाइसकेको थियो । विसं २०७२ को भूकम्पलगत्तै शताब्दी पुरुष जोशीले लेखकलाई सुनाएका थिए – सबै जागिरे सिंहदरबारमा हाजिर भए । म एउटा कुनामा बसेर रमिता हेरिरहेको थिएँ ।

गाइँगुइँ सुनियो महाराज राजपाट छोडेर स्वामी बन्ने रे १ 
केही समयपछि गेरु वस्त्रमा महाराज जुद्धशमशेर देखा परे । अनि सुरु भयो – जय जयकार । क्षणभरमै महाराजको घोषणासभा सुरु भयो । जोशीले त्यो क्षण सम्झिए – भाइ भारदारहरुबीच जुद्धशमशेर मुख्तियार पद्मशमशेरको टाउकोमा श्रीपेच लगाइदिए ।
मारकाट र भाइबन्धुको हत्याबाट शक्ति हत्याउने राणाहरुका लागि त्यो एक शान्तिपूर्ण सत्ता हस्तान्तरण थियो । 
त्यस दिन जुद्धले भनेका थिए – ल भाइ अब म जान्छु । तिमी राजकाज राम्रोसँग चलाउनू । प्रजाको हेरविचार गर्नू । रामराज्य चलाउनू ।
केही समय अघिसम्म हर बखत जुद्धको चाकडी गर्ने जति सबै पद्मतिर लागे । गेरुवस्त्रधारी जुद्धशमशेर बग्गी चढेर सिंहदरबारबाट बाहिरने तरखरमा थिए । नयाँ महाराज पद्मशमशेर दाजुको खुट्टामा ढोगेर डाँको छाडेर रुन थाले । शिरमा श्री ३ महाराजको श्रीपेच परेदेखि रुन थालेका उनी धेरैबेरसम्म रोइरहे । 
अरु प्रधानमन्त्रीको तुलनामा पद्म आर्थिक रुपले कमजोर थिए । धन बाँड्ने मामिलामा पनि पछि नै थिए । शक्ति र धनको उन्माद चढेका राणाहरु माझ आफूलाई कमजोर ठान्थे । 
उच्च तहका भारदारहरुले कुनै प्रकारको षड्यन्त्र गर्न नपाउन् भन्नका लागि हरेक दिन साँझ र बिहान दुई पटक प्रधानमन्त्री र रोलवाला राणाजीको दरबारमै पुगेर चाकरी गर्नुपथ्र्यो, संस्कार नै त्यही थियो । तर, आर्थिकरुपमा कमजोर भएका कारण प्रधानमन्त्री हुनुअघि पद्मशमशेरको दरबारमा पाइला नहालेका धेरै भारदार थिए । 
यस प्रसंगमा सरदार भीमबहादुर पाँडे लेख्छन् – रोलवाला राणाहरु ‘सिलेक टोपीमा ठूलाठूला हिरा जडेका ब्याज र ‘चेष्टर फिल्ड’ कोट लगाई बडेबडे मोटरकारमा सवार हुन्थे । तर, पद्मशमशेर ‘ढाकाको टोपी, मामुली खद्दरको लामो कोट लगाउँथे र प्रधानमन्त्री नहुँदासम्म ‘टी’ मोडलको पुरानो फोर्डकार चढ्थे ।
निजी बसोवासका लागि बनाइएको सिंहदरबारमा दुई दशकभन्दा बढी बसेपछि चन्द्र शम्शेरले अब उप्रान्त जो प्रधानमन्त्री हुन्छ ऊ सिंहदबारमा बस्नेछ भनेर सरकारलाई डेढ करोडमा बेचिदिएका थिए । त्यसपछि प्रधानमन्त्री हुनासाथ सिंहदरबार सर्ने चलन सुरु भयो । तर पद्मशमशेर प्रधानमन्त्री भएपछि पनि १ हजार ३५० कोठाको सिंहदरबार सरेनन् । विशालनगरको आफ्नै दरबारमा बसे । राजकाज चलाउनका लागिमात्र सिंहदरबार जाने र आउने गर्न थाले ।
राजा त्रिभुवनका सचिव दयारामभक्त माथेमाले लेखेका छन् – सरकारबाट बारम्बार हुकुम भएको मैले सुनेको छु ।
पद्मशमशेरले केही गर्न त खोज्छ तर एकदम डराउँछ ।
पद्मशमशेर सत्तामा आएपछि प्रजातान्त्रिक सुधारको प्रयास सुरु भयो । उनले उच्च शिक्षा हासिल गरेका सुवर्णशमशेर र महावीर शमशेरलाई सल्लाहकारका रुपमा नियुक्त गरेका थिए । देशलाई क्रमशः उदार बाटोमा लैजान चाहन्थे उनी । प्रधानमन्त्रीको दाहिने हात मानिने हजुरिया जर्नेलमा थिए  आधुनिक विचारधाराका कृष्णशमशेर । 
अर्कातिर अनुदार राणाहरु कुनै हालतमा सुधार हुन नदिने अडानमा थिए । चन्द्रशमशेरको २८ वर्षे शासनकालमा हजुरिया जर्नेल भै शासन प्रशासन बुझेका मोहनशमशेरले यस समूहको नेतृत्व गरिरहेका थिए । 
पद्मशमशेर प्रधानमन्त्री भएलगत्तै २००३ को अन्त्यतिर विराटनगर जुटमीलका मजदुरहरुले नेपालमै पहिलोपटक संगठित आन्दोलन सुरु गरे । एकै दिनमा चार पाँच हजारको जुलुस लाग्न थालेपछि राणाहरु आत्तिए । काठमाडौंबाट फौज पठाएर आन्दोलनकारीलाई पक्राउ गरियो । तीमध्ये बीपी, गिरिजा, तारिणी, मनमोहन अधिकारी, विकु आदि थिए । उनीहरुलाई विराटनगरबाट २१ दिनको बाटो पैदलै हिँडाएर काठमाडौं ल्याई पद्मशमशेरको विशालनगरस्थित दरबारमा राखिएको थियो । 
विद्रोहीलाई कडा कारबाही गर्ने वा चेतावनी दिएर छोडिदिने भन्ने विषयमा राणाहरुबीच ठूलो बहस चल्यो । मोहनशमशेर कडाइका साथ जानुपर्छ भन्ने पक्षमा थिए तर पद्मशमशेर भने आइन्दा त्यस प्रकारको काम नगर्ने सर्तमा सबैलाई रिहा गर्न चाहन्थे । कट्टरपन्थी पक्षको कडा विरोध हुँदाहुँदै पनि उनीहरुलाई जेलमा हैन सुविधा सम्पन्न बंगलोमा थुनियो ।
यस प्रसंगमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकलाई सुनाएका थिए – सान्दाइलाई छुट्टै राखिएको थियो । म, मनमोहन, तारिणीदाइ, विकु जाउलाखेलको एउटा बंगलामा थियौँ । खानका लागि एकदमै राम्रो व्यवस्था थियो । हरेक प्रकारका कपडा दिइएको थियो । बन्दी भए पनि त्यो जेलजस्तो थिएन । हिजोआज सुविधा सम्पन्न होटलमा बसेजस्तो । सबै सुविधा थियो । खाली त्यो घर कम्पाउन्डबाट बाहिर जान दिइँदैनथ्यो । 
मजदुर आन्दोलनसम्म आइपुग्दा महाराज पद्मशमशेर राणा शासनलाई जस्ताको तस्तै अघि बढाउन सकिँदैन भन्नेमा पुगिसकेका थिए । भारतबाट अंग्रेज फिर्ता जाने निश्चित हुनु त्यसको एउटा मुख्य कारण थियो । 
त्यसैले जनतालाई अधिकार दिँदै जानुपर्छ भन्ने बिन्दुमा पुगिसकेका थिए पद्मशमेशेर । उता मोहनशमशेर र बबर शमशेरहरु त्यसरी अधिकार दियो भने आफ्ना पुर्खाले ल्याएको शासन समाप्त हुन्छ भन्ने ठान्थे । जनतालाई अधिकार दिनुहुन्न बरु आफ्ना पुर्खाले सय वर्ष पहिले सुरु गरेको राजकाज तरबारको बलमा सय वर्ष अरु चलाउनुपर्छ भन्ने गर्थे । 
विसं २००४ को कुरा हो । हाल नेपाल विद्युत् प्राधिकरण रहेको स्थान -रत्नपार्क- मा ठूला ठूला लाउड स्पिकर लगाएर जनताले सुन्न पाउने गरी रेडियोको व्यवस्था गरियो । 
नागरिक अधिकार दिनका लागि महाराजले सम्बोधन गर्ने चर्चा थियो । महाराजबाट के घोषणा होला ? सबैलाई चासो हुने नै भयो । 
तिनताका नारायणहिटी दरबारमा पिँजडाको चराजस्तो बन्दी रहेका राजा त्रिभुवन पद्मशमशेरको सम्बोधन सुन्न आतुर थिए ।
आफ्ना सहयोगी दयारामभक्त माथेमालाई रेडियो खोल्न लगाई भाषणको प्रतीक्षामा थिए राजा । महाराजको भाषण सुन्न भनेर टुँडिखेल आसपास पनि ठूलो संख्यामा सर्वसाधारण उत्सुकताका साथ प्रतीक्षारत थिए । 
ठीक समयमा महाराज पद्मको भाषण सुरु भयो । ‘मेरा प्यारा प्रजा’ उच्चारण गर्नासाथ उनी रुन थाले । राजा त्रिभुवनका निजी सचिव माथेमा लेख्छन् – ‘महाराज रुनुभएको आवाज आयो र रेडियो बन्द भयो । राजाबाट हुकुम भयो – महाराज केही गर्न खोज्छ तर धेरै डरपोक छ, भाइहरुदेखि डराएर बोल्न सकेन ।’
चार पाँच पटक महाराजबाट आज भाषण हुँदैछ भनेर प्रचार गरिएको थियो । तर, भाषण गर्नुअघि नै ‘रुवाइ फुस्किने गर्नाले भाषण कार्यक्रम रद्द गरिएको सूचना जारी गरिहाल्नु पर्ने अवस्था  आइहाल्यो । उनको यस्तो व्यवहारले सुधारवादी भए पनि निर्णय क्षमता नभएका कारण पद्मशमशेरबाट केही हुन्न भन्ने चर्चा शिक्षित युवाबीच चलिरहेको थियो । जति हल्ला चलेको थियो त्यसभन्दा धेरै चलाइएको थियो मोहनशमशेर गुटका तर्फबाट । 
भारतवाट आमन्त्रित संविधानविद् श्रीप्रकाशको टोलीले तयार गरेको मुलुकको वैधानिक कानुन लागु गर्ने प्रतिबद्धता महाराज पद्मको थियो । अर्कोतिर मोहनशमशेर समूह कुनै हालतमा अधिकार दिनुहुन्न र संविधान लागु गर्नुहुन्न भन्ने दबाब बढाइरहेको थियो । यस समूहको तर्क थियो –‘वैधानिक कानुन लागू भए श्री ३ को वार्षिक तलब तीन लाख तोकिनेछ र तीन लाखे महाराज भएर बस्नुपर्छ । यस्तै भनेर उनीहरु सुधारको आलोचना गर्थे ।
देशको राजस्व प्रधानमन्त्रीको निजी ढुकुटी सरह हुने त्यस जमानाका लागि बजेट पेस गर्ने, जनतालाई मौलिक हक दिने, विधायिका बनाउने, आम चुनाव गराउनेजस्ता घोषणा महाराजले गरेका थिए । कट्टरपन्थी राणाहरुमा राजनीतिक सुधार गरे राणा शासन नै रहँदैन भन्ने त्रास थियो । त्यसैले उनीहरु पद्मशमशेरलाई तर्साएर, धम्क्याएर सत्ताच्युत गर्ने षड्यन्त्रमा थिए । चन्द्रशमशेरका छोराहरुबाट आफ्नो हत्या हुनसक्ने डर स्वयं पद्मशमशेरलाई थियो ।
महाराजले प्रधानमन्त्री भएको दुई वर्षपछि २००४ साल माघ १३ गते विशालनगर दरबारमा मुलुकको पहिलो संविधान घोषणा गरे । संविधान घोषणा गरी महाराज पद्म भारततिर लाग्ने र मोहनशमशेर प्रधानमन्त्री हुने अनि वैशाख १ गतेबाट संविधान लागू गर्ने सहमति त्यसअघि नै बनिसकेको थियो । ‘सभालाई संवोधन गरेपछि विशालनगर दरबारको झ्यालबाट सभा विसर्जन गर्दा उनी क्वाँक्वाँ रोएका थिए ।
दुई वर्षअघि दाजु जुद्धशमशेरले शिरमा आफ्नै हातले ३ चाँद लगाई ६२ वर्षीय पद्मशमशेरलाई श्री ३ महाराज बनाएका थिए ।
त्यतिबेला आशिष दिँदै उनले भनेका थिए – ‘नेपालमा राम राज्य ल्याएस् ।’ महाराज जुद्धशमशेरले जंगिलाठ मोहनशमशेरलाई अर्ती दिएका थिए – ‘भरतले गरेकोजस्तै सेवा दाजुको गरेस् ।
दाजुको आशीर्वचन पाएदेखि राम राज्य चलाउने भूत सवार भएका पद्मशमशेरलाई भाइ मोहन शमशेरले भने वनवास जान बाध्य बनाई छाडे । तीन चाँद शिरमा परेपछि कसैसँग नझुक्ने राणा प्रधानमन्त्रीको परम्परा थियो । तर, जुद्धशमशेरले चाँद लगाई दिएपछि पद्मले उनलाई ढोगेकाले तीन चाँद गिरी उनको शक्ति गएको गयै भयो भन्ने गर्थे कतिपय कट्टर रोलवाला राणाहरु ।  
अन्य राणाहरुको चाल चलन विपरीत प्रधानमन्त्री हुनेबित्तिकै उनले भनेका थिए – ‘म जनताको सेवक हु ।’ राणाहरु आफूलाई जनताको मालिक ठान्थे । त्यसैले चन्द्रशमशेरका छोराहरु त्यसै दिनदेखि पद्मशमशेरको विरोधमा सक्रिय भएका थिए । 
अंग्रेजको आडमा टिकेको राणा शाही भारत स्वतन्त्र भएसँगै मक्किदै थियो । प्रधानमन्त्री पद्मशमशेर एकैपटक भारत सरकार र भारतमा बसेर राणा विरोधी अभियान चलाइरहेका कांग्रेसी नेताहरुसँग सम्पर्क राख्न खोजिरहेका थिए । यही वातावरणबीच उच्च रक्तचापको उपचार गराउने बहानामा २००४ साल चैत्र दोस्रो साता उनी बग्गीमा बसी रुँदैरुँदै टुँडिखेलको बाटो भएर नेपालबाट बाहिरिए ।  त्यसपछि नेपाल फकिएनन् । भारतबाटै राजीनामा पठाइदिए । यसरी प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएका पद्मशमशेर स्वदेश फर्किनै पाएनन् । उतैबाट राजिनामा पठाउनु प-यो । 
कट्टरपन्थी मोहनशमशेरका भाईहरुले मार्छन् भन्ने डरले उनी नेपाल नफर्किएको कतिपय इतिहासकारहरुले लेखेका छन् । २००७ सालको क्रान्ति चलिरहदा उनले भारतबाट राणा शासन विरुद्ध वक्तव्य जारी गरेका थिए ।

 




प्रतिक्रिया


  1. Cheap Vardenafil 20mg <a href=https://iverstromectol.com/>buy stromectol pills for scabies</a>

    <a href=http://buycialikonline.com>buy cialis non prescription</a> generic cialis mexico

    नेपालीमा उखान छ दुध धेरै उम्लियो भने पोखिन्छ त्यस बेलामा गरेका कुकर्म आज आएर नाति पंलातिहरुले भोग्न बाध्य भएका छ्न पुर्व राजा शाहबाट पनि एउटा गल्तिले गर्दा राजगद्दी छाड्नु पर्यो ज्वलन्त उदारणहरु छ्न त्यसैले अहिलेका पार्टी चलाउने र सत्ता चलाउनेहरुले पनि हेक्का राखुन बालेन्द्र र साम्पाङ जस्ता धेरै नजन्मन भन्न सकिन्दैन समय बलवान छ तपाईको लेख उदारणीय छ धन्यवाद ।

    VxecJYNgE

    QzsHrICAPa

प्रतिक्रिया दिनुहोस्

तपाइँको ई-मेल गोप्य राखिनेछ ।