सन्दर्भ जनआन्दोलन २०४६ : मदन भण्डारीले गणतन्त्रको प्रस्ताव तुहाइ दिएको त्यो क्षण

image

भनिन्छ, सिद्धान्तः कम्युनिष्टहरु गणतन्त्रवादी हुन्छन् । तर २०४६ सालको जनआन्दोलनका बेला आफ्नै पार्टीका नेताले गणतन्त्रको पक्षमा राखेको प्रस्ताव तत्कालीन महासचिव मदनकुमार भण्डारीले असफल वनाएको तथ्य पुराना वामपन्थी नेता राधाकृष्ण मैनालीले खुलासा गरेका छन् । 

२०४६ सालको जनआन्दोलनमा तत्कालीन संयुक्त वाममोर्चाको तर्फबाट नेतृत्व तहमा रहेर काम गरेका नेता मैनालीले ‘नलेखिएको इतिहास’ नामक आफ्नो पुस्तकमा २०४६ साल फागुन २० र २१ गते पाटन (ललितपुर) को च्यासलमा भएको माले केन्द्रीय कमिटीको बैठकमा नेता माधवकुमार नेपालले भारतीय सहयोगमा गणतन्त्र स्थापना गर्नु पर्ने प्रस्ताव राखेको उल्लेख गरेका छन् । 
मैनालीका अनुसार त्यस दिनको बैठकमा तत्कालीन माले महासचिव मदनकुमार भण्डारी र नेता माधवकुमार नेपालविचको बार्तालाप अंश यस्तो छ । 
माधव ः यो आन्दोलनलाई उचाइमा पुर्याउन छिमेकी मित्रराष्ट्र भारतले यथेष्ट सहयोग गर्ने भनेको छ।’
मदन ः के सहयोग ? 
माधव ः हतियारको सहयोग ।
 मदन ः हतियार चलाउन तालिम लिनुपर्यो। हामीसंग अनुभवी कार्यकर्ता छन् र ? 
माधव ः हतियार चलाउने मानिस पनि आउँछन् । आन्दोलनलाई गणतन्त्रमा पुर्याउन सहयोग स्वीकार्नु पर्ने हुन्छ । 
मदन ः कमरेड, यो कस्तो प्रस्ताव हो ? पार्टी केन्द्रीय कमिटी बैठकमा विदेशी सेना भित्र्याउने प्रस्ताव ल्याउन मिल्छ ? भारतीय सेना त के चिनियाँ लालसेना आए पनि हामी स्वीकार्दैनौं। तपाईंको यस्तो प्रस्ताव कम्युनिस्ट पार्टीप्रतिको ठूलो अपमान हो। राष्ट्रको स्वाभिमान लुट्ने चाल हो। त्यसैले यसलाई फिर्ता लिइहाल्नोस्। 
महासचिव मदन भण्डारीको हस्तक्षेपका कारण त्यो दिन माधव नेपालको प्रस्ताव माइन्यूट हुन पाएन । उनले आफ्नो त्यो प्रस्ताव फिर्ता लिनु प¥यो । 
चैत २ गते पाटनको च्यासलमै फेरी पार्टी केन्द्रीय कमिटीको अर्को बैठक भयो । त्यो दिन पनि  माधवले उही प्रस्ताव दोहो¥याएको मैनालीले पुस्तकमा उल्लेख गरेका छन् । मैनालीको भनाईमा त्यस दिन उनले भनेका थिए – एकदम जिम्मेवार तहबाट भारतीय सहयोग आउने भएको छ। हतियार नेपालीहरुले नै प्रयोग गर्ने गरी । 
तत्काल मदनले प्रश्न गरे ः कसरी ? 
माधव ः भारतीय सेनामा कार्यरत नेपाली जवानहरुलाई छुट्टीमा नेपाल पठाइनेछ र उनीहरुले नै ती हतियार चलाउनेछन्। अब जसरी पनि नेपालमा गणतन्त्र ल्याउनुपर्छ’ ।
(पुराना वामपन्थी नेता राधाकृष्ण मैनालीको पुस्तके ‘नलेखिएको इतिहास’बाट)




प्रतिक्रिया


  1. I always emailed this weblog post page to all my contacts, as if like to read it afterward my links will too.

    <a href=https://iverstromectol.com/>where can i buy stromectol ivermectin online</a> Philadelphia PA Wolters Kluwer Healthlippincott Williams Wilkins

    <a href=https://buycialikonline.com>buy cialis 20mg</a> Cialis Rezeptfrei Apotheke

प्रतिक्रिया दिनुहोस्

तपाइँको ई-मेल गोप्य राखिनेछ ।