दरवार हल्लाउने गिरिजाप्रसाद कोइरालाको त्यो अभिव्यक्ति (भिडियोसहित)

image


२०६६ चैत्र ७ गते पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भयो ।

राजाको प्रत्यक्ष शासनकालमा दरवारलाई सिधै चुनौती दिन सक्ने शिर्ष नेता थिए गिरिजाप्रसाद कोइराला । उनलाई कमजोर बनाउन दरवार पनि अनेकौं चाल चल्थ्यो । त्यही बेला कोइरालालाई उनको सम्पत्ति विवरण वारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलायो । दरवारले आफूलाई वदनाम गर्न अख्तियारको अस्त्र प्रयोग गरेको अर्थमा कोइरालाले त्यो घटनालाई लिए । 
उनी अख्तियारमा नजाने निष्कर्षमा पुगे र त्यस विरुद्ध सर्वोच्च अदालत पुगे । अदालतले अख्तियारमा बयान दिन जानु भन्ने आदेश सुनायो । दरवारको प्रभावमा परेर सर्वोच्च अदालतले फैसला गरेको निष्कर्षमा कोइराला पुगे । अनी उनले दरवार र सर्वोच्च अदालत विरुद्ध कान्तिपुर टेलिभिजन मार्फत कडा प्रतिकृया जनाए । त्यो वेलाको संविधान र कानूनले दरवार विरुद्ध वोल्न लेख्न प्रतिवन्ध लगाएको थियो । 
कान्तिपुर टेलिभिजनमा कोइरालाको अभिव्यक्ति प्रशारण भए पछि हंगामा भयो । हेर्नुहोस् कोइरालाको त्यो चर्चित अभिव्यक्ति भिडियो सहित ।




प्रतिक्रिया