नेपालको भूराजनीतिक अवस्था र छ दशक अघि संयुक्त राष्ट्रसंघमा बीपीले गरेको संवोधन : आजको सान्दर्भिकता

image

सानु मुलुकलाई ठूलो शक्तिशाली राष्ट्रको बरोबर मत दिने अधिकार छ, जसले गर्दा हामीमा अभूतपूर्व कारवाई र जिम्मेवारी आएको छ। हामीहरूको सामुमा यो जिम्मेवारी हामीले कुन हिसावबाट बहन गर्ने भन्ने प्रश्न आएको छ– हामी यताउति टाँसिनेमात्र हौँ अथवा हामी आफै आफ्नै खुट्टामा उभिने हौँ? हामी अहिले विश्वमा खतरानाक र गहिरो तौरले विभाजित एक अथवा अर्को शक्ति गुटसँग संलग्न हुने हौँ अथवा हामीहरूले आफ्नै विचार अथवा निर्णय गर्ने हौँ ? हामी संसारमा बगेको षडयन्त्रपूर्ण वातावरणले चालित हुने हौँ अथवा हाम्रो जनताको वास्तविक अभिलाषा हाम्रो आफ्नो विवेक र न्याय भावना बमोजिम चल्ने हो?

अध्यक्ष महोदय तथा साथी प्रतिनिधिहरू 
संयुक्त राष्ट्रसंघको जनरल एसेम्बलीको पन्ध्रौँ साधारण अधिवेशनको सफलताको लागि हाम्रो राजा श्री ५ महाराजधिराज महेन्द्र वीर बिक्रम शाहदेवको शुभकामना तथा मेरो सरकार र नेपालका जनताको तर्फबाट अभिनन्दन र बन्दना तपाईंहरूलाई सुनाउँदा म गौरवान्वित र हर्षित भएको छु।

अध्यक्ष महोदय
सबभन्दा पहिले तपाईंलाई जनरल एसेम्बलीको यो पन्ध्रौँ सभाको सभापतिको उच्च पदमा निर्वाचित हुनु भएकोमा बधाई दिन चाहन्छु। संयुक्त राष्ट्रसंघसँग सम्बन्धित कामको तपाईंको अनुभवको साथै तपाईंको भव्य ल्याकतले गर्दा अहिले लिनु भएको स्थान तपाईंका लागि उपयुक्त छ। तपाईंको बुद्धिमतापूर्ण निर्देशनद्वारा जनरल एसेम्बलीको यो पन्ध्रौँ सभाले आफ्नू काम राम्रोसँग पुरा गर्नेमात्र होइन, मानवजातिको कल्याण, समृद्धि र विश्व शान्तिको निमित्त स्थायी नतिजापनि निकाल्न सक्नेछ भन्ने कुरामा कुनै शंका मलाई लाग्दैन। 

यसै बखत अफ्रिका र अन्तबाट यस संस्थामा थप भएका तथा सदस्य देशहरूलाई म भन्दा पहिलेका वक्ताहरूबाट दिनु भएको स्वागत भाषणसँग आफ्नो हार्दिक सहमति व्यक्त गर्दछु। यी नयाँ देशहरू सदस्य भएबाट निसन्देह संयुक्त राष्ट्रसंघलाई आफ्नू विश्वव्यापीकतातर्फ वान्छित लक्ष्यको सन्निकट पुर्याएको छ र हामीलाई यस कुरामा विश्वास छ कि, यी नयाँ देशहरूले संयुक्त राष्ट्रसंघको कारवाहीमा गरेको योगदान र संलग्नताबाट हाम्रो संस्था (राष्ट्रसंघ) ले ठूलो लाभ उठाउनेछ। 

आजकल विश्वको परिस्थिति खासगरी एउटा ठूलो राष्ट्र भावनाले प्रभावित छ। यो भावना ठूला–ठूला राष्ट्रको मात्र नभई ठूला–ठूला राष्ट्रको झैँ स्थान लिन खोज्ने अरु राष्ट्रहरूमा पनि देखिन्छ र यस्ता राष्ट्रहरूले आपसमा त्यही ठूलो राष्ट्र भावना’ विकास गरेका छन्। म यो आशा व्यक्त गर्न चाहन्छु कि, अहिले भएका नयाँ सदस्य देशहरूले संसारका घटनाहरूमा ताजा किसिमको दृष्टिकोण ल्याउनेछन् र संयुक्त राष्ट्रसंघका कुनै किसिमको भावना नभएका देशहरूसँग संलग्न भई आफ्नू शक्ति लगाएर तिनीहरूलाई योगदान गर्नेछन्। 

नयाँ सदस्यहरूलाई स्वागत गर्दा मलाई यस्तो भावना आइरहेछ कि आज हामीले ती राष्ट्रहरूलाई स्वागत गर्दछौँ, जसको विश्वको आधारभूत समस्याहरूमा एक समान दृष्टिकोण छ। म एउटा सानू असंलग्न देशको प्रतिनिधिको हैसियतबाट बोल्दैछु, जुन देशको कुनै छलकपट छैन। आज नयाँ सदस्यहरूलाई स्वागत गर्दा मलाई लाग्दछ कि, हाम्रो दृष्टिकोणलाई बल प्राप्त हुन गएको छ। 

माननीय अध्यक्ष तथा साथीहरू, 
म यस कुरामा ध्यान आकर्षित गर्न चाहन्छु कि, कतिपय कारणहरूले गर्दा संसारका केही अरु देशहरू संयुक्त राष्ट्रसंघको सदस्य भएका छैनन्। हामीलाई आशा र विश्वास छ कि, अफ्रिका र अन्तका परतन्त्र उपनिवेशहरू चाँडै नै स्वतन्त्र हुनेछन् र विश्वमा स्वतन्त्र राष्ट्रहरूको यस सभामा आफ्नू हकपूर्ण स्थान ग्रहण गर्नेछन्। 

कुनैपनि शक्ति जतिसुकै बलवान र शक्तिशाली भएतापनि इतिहास र समयको गतिलाई रोक्न सक्तैन र भाग्यले यी सबै कुराहरू निसन्देह नै ती देशहरूको पक्षमा छन्, जो आफ्नो स्वाधिनता र स्वतन्त्रताको आफ्नू जन्मसिद्ध अधिकारको लागि संघर्ष गर्दैछन्। यस्ता केही देशपनि छन्, जो विलकुलै अर्कै कारणले आजसम्म पनि यो संस्थाको सदस्य छैनन्। मलाई लागेका यस्ता देशहरू जर्मनी, कोरिया र भियतनाम हुन, जसको दोस्रो विश्वयुद्धको अन्तमा रहेको राजनीतिक र गुटबन्दीको परिणामले अप्राकृतिक विभाजन भएको हो। 

हामी आशा र प्रार्थना गर्दछौँ कि, आजको सम्बन्धमा राजनीतिक गुटबन्दीमा सुधार आई यी विभाजित राष्ट्रहरूले स्वतन्त्रता र एकता प्राप्त गरी हामीहरूको बीचमा आफ्नो स्थान प्राप्त गरुन्। 

यसै सिलसिलामा अध्यक्ष महोदय, म चीनको प्रतिनिधित्वका विषयमा पनि केही नबोली रहन सक्दिनँ। चीनको विषय एक खास किसिमको छ। हाम्रो रायमा, यस संस्था (संयुक्त राष्ट्रसंघ) मा गणतन्त्र चीनलाई यथोचित स्थान नदिउन्जेलसम्म न विश्वव्यापी हुन सक्दछ, न त यसले यस बाहिरको संसारमा रहेको राजनीतिक वास्तविकता प्रतिबिम्बित गर्न सक्दछ। गणतन्त्र चीनलाई सदस्यता प्रदान नगरुन्जेल संयुक्त राष्ट्रसंघले पुरा गर्नुपर्ने आफ्ना केही महत्वपूर्ण कामकारवाही राम्रो तौरले पुरा गर्न सक्नेछैन। 

संयुक्त राष्ट्रसंघको घोषणापत्रमा संयुक्त राष्ट्रका जनताको उल्लेख भएको छ। तर, (चीनका) ६३ करोड जनता संयुक्त राष्ट्रसंघको धेरै किसिमको कारवाहीको लाभ र रचनात्मक असरबाट बञ्चित रहुन्जेलसम्म यो संस्था विश्वका जनताको पूर्ण प्रतिनिधित्व गर्छ भन्न सकिँदैन। संयुक्त राष्ट्रसंघको आफ्नो बुद्धि र प्रभावको लागि महत्वपूर्ण यस्ता प्रश्नहरूमा संयुक्त राष्ट्रसंघले अहिलेसम्म देखाएको भन्दा बढ्ता दूरदर्शिता र विचारको जरुरत छ भन्ने मलाई लाग्दछ।

हामीलाई यो लाग्दछ कि, मंगोलिया गणतन्त्रको पनि यस संस्थाको सदस्य हुने उचित हक छ। 

यहाँ मैले यो कुरा दोहोर्याई रहन परोइन कि, हामीहरूले सदैव अल्जेरियाको स्वतन्त्रताको लागि समर्थन गर्दै आएका छौँ। फ्रान्सका राष्ट्रपतिले गत साल गर्नुभएको पवित्र घोषणापछि हामीलाई नयाँ फ्रान्सिसी नीतिले अल्जेरियालाई स्वतन्त्रता प्राप्त हुनेछ र अल्जेरियाकाको समस्या सधैँको लागि समाधान हुनेछ भन्ने आशा लागेको थियो। तर गत वर्ष भएको यस कुराको प्रगति हेर्दा फ्रान्सका प्रेसिडेन्टले थाल्नु भएको रचनात्मक कदमको केही तर्कपूर्ण समाधान निस्केन। यसको कारण अल्जेरियाईहरूले यसप्रति उदासिनता देखाएकोले होइन। फ्रान्सले आफूले पहिले प्रस्तावित वार्ताको विपरित अस्वाभाविक शर्तहरू समावेश गरी आलटाल गर्न खोजेकोले नै हो। 

अध्यक्ष महोदय
मध्यपूर्वको सम्बन्धमा हाम्रो विचार छ कि, त्यहाँको समस्या सुल्झाउन मध्यपूर्वको प्रचलित राजनैतिक वास्तविकता बुझेर त्यसलाई स्वीकार गर्नमा नै छ। अर्को शब्दमा भन्ने हो भने, त्यस क्षेत्रमा र विश्वमा पनि शान्ति स्थापना गर्ने काम अरब–इजरायली झगडा अन्त्य गर्न कुनै व्यावहारिक र वास्तविक समाधान निकाल्न सकेमा मदतगार हुन जानेछ। 

यस संस्थाको घोषणापत्र मस्यौदा गर्नेहरूले सो मस्यौदा तयार गर्दा ठूला–ठूला शक्तिहरूले संयुक्त राष्ट्रसंघलाई बलियो पार्न आपसमा प्रशस्त मात्रामा मतमा एकता राखी अगाडि बढ्नेछन् भन्ने आशा राखेका थिए। तर उनीहरूको यो आशा सबै पुरा भएको छैन र कहिलेकाहीँ शान्ति र सुरक्षाको सम्बन्धमा धेरै अन्तर्राष्ट्रिय समस्याहरूमा प्रतिस्पर्धा गरिरहेका दुई शक्ति गुटका बीच गम्भीर मतभेद रहेको छ। यस्ता नयाँ मागको प्रभावले गर्दा संयुक्त राष्ट्रसंघको कार्यवाहीमा पनि केही परिवर्तन भएको छ र साधारण सभाको कर्तव्यमा पनि नयाँ क्षेत्र थपिएको छ। जस्तो कि, इजिप्ट र लेवननमा उठेका संकटहरूको समाधानमा यसले गरेका कामबाट सिद्ध हुन्छ। यो तथ्य अन्तभन्दा हालै कङ्गो गणतन्त्रमा भएको घटनाले सावित गर्दछ, जहाँ संयुक्त राष्ट्रसंघले गडबडी अवस्थामा शान्ति स्थापना गर्ने जिम्मा आफैमा लिएको छ। 

अध्यक्ष महोदय 
गत दुई महिनादेखि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् कङ्गो गणतन्त्रको मामलामा अल्झिएको थियो, जुन देश अझै स्वाधिनताको प्रसवव्यथाले पीडित छ। कङ्गोका जनताप्रति हाम्रो सहानभूति छ, जो प्रत्येक किसिमको प्रशासनयन्त्र पूर्णतया नास हुनाले उत्पन्न राजनैतिक र आर्थिक संकटमा परेका छन्। हामी यो महसुस गर्छौं कि संयुक्त राष्ट्रसंघले कङ्गोलाई ठूलो सहायता गर्न सक्ने र गर्नुपर्ने कुरा यो छ कि, त्यहाँ साधारण राजनैतिक र आर्थिक जीवन सञ्चार गर्नु छ, जो भरपर्दो प्रशासनयन्त्रको स्थापनाले गर्न सकिन्छ। 

दुर्भाग्यवस कङ्गोका जनतालाई उनीहरूको आफ्नू साधारण जीन्दगी सुरु गर्ने र आर्थिक विकास गर्न मद्दत गर्ने मानवीय प्रश्न राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनैतिक ढाँचाका प्रश्नहरूसँग मिसिन गएको छ। संयुक्त राष्ट्रसंघले कङ्गोमा गरेको कारवाइसमेत विवादको विषय भएको छ र कुनै–कुनै क्षेत्रबाट यसमाथि तीब्र आलोचना भएको छ। मेरो सरकारले कङ्गोको प्रश्नको सम्बन्धमा आफ्नू नीति साधारणसभाको चौथो संकटकालिन विशेष बैठकमा वयान गरिसकेकोले म हाल छोटकरीमा कङ्गो समस्याप्रति हामीले लिन परेको विचार उल्लेख गर्न चाहन्छु। 

ती विचारहरू हुन्ः
१. कङ्गोको सार्वभौमिक प्रभुसत्ता र राजनैतिक स्वतन्त्रता कायम रहनु पर्छ। 

२. कङ्गोलाई दिने कुनैपनि सैनिक सहायता संयुक्त राष्ट्रसंघमार्फत् दिइनु पर्छ।यही बाटोबाट मात्र कङ्गोलाई शीतयुद्धबाट बाहिर राख्न र गुटबन्दी प्रतिद्वन्द्विताको चालबाट बचाउन सकिन्छ, ताकि कङ्गोली जनतालाई बाहिरको कुनैपनि दबाबविना आफ्नो इच्छा अनुसार आर्थिक र राजनैतिक व्यवस्था मिलाउन मद्दत हुनेछ। 

३. संयुक्त राष्ट्रसंघका सदस्यहरूको स्वेच्छाको देशबाट आर्थिक सहायता उठाउनु पर्दछ र संयुक्त राष्ट्रसंघको नियन्त्रणमा राखी कङ्गोका जनतालाई आफ्नै खुट्टामा उभिन मद्दत गर्नुपर्दछ। 

यस अधिवेशनमा भाग लिन आउनु भएका अफ्रिकी राजनीतिक मित्रहरू र देशहरूले स्वेच्छापूर्ण कारवाहीद्वारा कङ्गोलाई मद्दत गर्न सक्नुहुन्छ, यदि उहाँहरूले आफ्नू प्रयत्नद्वारा कङ्गोका नेताहरूको मतभेदलाई हटाउन कुनै एउटा उपाय खोज्न सक्नु भयो भने। 

अफ्रिकाका देशहरूले अहिलेको यो संकटकालिन स्थितिमा यो कुरा मनमा राख्नुपर्छ कि, प्रादेशिकता अथवा यस सम्बन्धमा राष्ट्रियताको भावनालाई पनि अरुसँग विलकूल भिन्न रहन खोज्न चरम सीमामा लैजानु हुँदैन।

हालै सेक्रेटरी जनरल र उहाँको अफिस उपर आलोचना भएको छ। आलोचनामा यो भनिन्छ कि, सेक्रेटरी जनरलले कङ्गोमा कुनै एउटा शक्ति गुट वा गुटहरूको नीतिको हतियार भै काम गर्नु भएको छ।’ 

यस आलोचनासँग हाम्रो केही सम्बन्ध छैन र यस्तो आलोचना हामी पूर्णरुपले अस्वीकार गर्दछौं। सो अस्वीकार गर्नाको कारण संकटकालिन विशेष बैठकमा हाम्रो प्रतिनिधिमण्डलले यस विषयमा बोल्दा दिइसकेको छ र तिनीहरू सभाको रिकर्डमा राखिएकै छन्। सेक्रेटरी जनरलको अफिसलाई तीन भागमा बाँड्ने सुझावको सम्बन्धमा मलाई लाग्दछ कि, यसले गंभीर संकटको बखत संयुक्त राष्ट्रसंघले लिनुपर्ने छिटो र प्रभावकारी कदम लिन असमर्थ गराउनेमात्र होइन कि संघको साधारण कर्तव्य र कारवाही गर्ने (क्षमतामा) समेत बाधा पुर्याउने छ। सेक्रेटरी जनरल संयुक्त राष्ट्रसंघको एक उच्च पदस्थ कर्मचारी मात्र होइनन्, घोषणापत्र बमोजिम यसको मुख्य अंग हुन्।

संयुक्त राष्ट्रसंघको कङ्गो विषयका निर्णयहरू कार्यान्वित गर्न सेक्रेटरी जनरलद्वारा भएको निष्पक्षता र लगनशीलताको विषयमा अरु मुलुकका प्रतिनिधिहरूको अतिरिक्त अफ्रिकाकै प्रतिनिधिहरूले जुन उत्साह र दृढताका साथ समर्थन गर्नुभयो, त्यो एउटा साँच्चिकै चित्त प्रसन्न हुने कुरा भएको छ। 

अध्यक्ष महोदय, 
म यो मौकामा आफ्नू कार्यावधिभित्र संयुक्त राष्ट्रसंघको स्थान यति उच्च तहमा पुर्याउनु भएकोमा सेक्रेटरी जनरलप्रति खास सम्मान व्यक्त गर्न चाहन्छु। वहाँले संयुक्त राष्ट्रसंघलाई दुई भिन्न शक्ति गुटमध्ये एउटाले पैदा गरेको रिक्तस्थान पुरा गर्न सक्ने एउटामात्र उपाय बनाउनु भएको छ, जो हालको कङ्गोको परिस्थितिबाट देखिएको छ। 

प्रत्येक राष्ट्रको परराष्ट्र नीतिको मुख्य ध्येय आफ्नू राजनैतिक स्वाधिनता, प्रभुसत्ता र सुरक्षा कायम राख्नु र विश्वशान्ति तथा सहयोग बढाउनु हुन्छ। माननीय अध्यक्ष, नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको घोषणा पत्रमा उल्लेखित सिद्धान्त र उद्देश्यले पूर्णतया प्रेरित छ। संयुक्त राष्ट्रसंघलाई हामीले आफ्नू स्वतन्त्रता र सुरक्षाको प्रहरीमात्र होइन कि हाम्रो आफ्नो हक र आजादीको संरक्षक पनि सम्झेका छौं। हामीले संयुक्त राष्ट्रसंघलाई राष्ट्रहरूको बीच शान्ति र न्यायको विकास गर्ने एउटा साधन मानेका छौं। हामीलाई दृढ विश्वास छ कि, चीरस्थायी शान्ति र स्थिर विश्व व्यवस्था स्वतन्त्रता र न्यायको आधारमा मात्र प्राप्य छ। यही लक्ष्यको निमित्त संयुक्त राष्ट्रसंघको परिधिभित्र रही हामी अरु राष्ट्रहरूसँग सहयोग गर्न चाहन्छौं।
 
नेपाल आर्थिक, सैनिक साधन र बलको हिसावले एउटा सानु मुलुक हो। तर हामी आफ्नु जवाफदेही र राष्ट्रसंघको सदस्यको हैसियतबाट गर्नुपर्ने कारवाहीप्रति पूर्णतया सचेत छौं। संयुक्त राष्ट्रसंघ वा हाम्रो काममाथि उल्लेख गरिएका सिद्धान्त र विचारहरूद्वारा सधैँ निर्देशित रहनेछन्। (हामी संयुक्त राष्ट्रसंघले) विश्व मामिलाहरूमा स्वतन्त्र निधो गर्ने कुरामा विश्वास राख्छौं।

बखत–बखतमा आइपर्ने अन्तर्राष्ट्रिय समस्याहरूमा हामी आफ्नू स्वतन्त्र निर्णय दिन चाहन्छौँ र यदि हामी संसारका शक्ति गुटबाट तटस्थ रहने नीति अपनाउछौँ भने यसको कारण यो हो कि हामी कुनै मुद्दामा पनि अगाडिबाटै कुनै एक पक्षप्रति समर्थन गर्न, संलग्न हुन चाहदैनौँ। हाम्रो विनम्र रायमा यहीमात्र एउटा बाटो छ, जसबाट हामी संसारमा बखत–बखत परिआउने समस्याहरूको यथार्थ र निष्पक्ष परीक्षा गर्न सक्छौँ। हामीलाई ठीक लागेको कुरा प्रष्ट र जोसँग भन्न हामीले कहिल्यै हिचकिचाएका छैनौँ। शक्ति गुटहरू कुनैसँग पनि नलाग्नु हाम्रो नीति आफ्नू जवाफदेहीबाट हट्न खोजेको अथवा तमाशा हेर्न खोज्ने होइन, हामीले विश्व समाजको सदस्यको नाताले आफ्नू स्वतन्त्र राय व्यक्त गर्ने जिम्मेवारी त्याग्न खोजेको (पनि) होइन। हाम्रो यो दृष्टिकोण कुनै अकृयाशील अथवा अनैतिक कुरा होइन। 

यदि कहिल्यै हामीले एउटा प्रष्ट रुप लिन अनकनाएका छौँ भने ती त्यस्ता बखतमात्र भएका छन्, जब ती निधो गर्नुपर्ने कुराहरू नै प्रष्ट थिएनन्। जे भएतापनि यो महसुस गरिनेछ कि यस सम्बन्धमा विकल्पहरू विल्कुलै खराब वा असल रुपमा हाम्रो सामु प्रस्तुत हुनेछन्। 

अध्यक्ष महोदय
हामीले प्रत्येक अन्तर्राष्ट्रिय समस्यामा कसैको डरभर नमानी यसको गुण–दोष विचार गरी निर्णय लिने गरेका छौं। स्वेज नहर र हंगेरीको समस्या र लेबनन र कङ्गोको परिस्थितिहरूमा हामीले अपनाएका नीतिले मैले माथि भनेको कुराको पुष्टि गर्दछन्। हामीले संयुक्त राष्ट्रसंघमा लगातार र इमान्दारीपूर्वक यही नीतिलाई अवलम्बन गर्दै आएका छौँ। किनभने हाम्रोजस्तो देशले यही एक बाटोबाट मात्रै संयुक्त राष्ट्रसंघको काममा लाभदायक देन दिन सक्छ भन्ने कुरा हामीले ठहराएका छौँ। कुनै झगडामा नफसेको र बहुतै कम संलग्न भएकोले नै सायद अरु ठूला–ठूला सदस्य देशहरू भन्दा हामीलाई आफ्नू फैसला दिन शायद कम बाधा परेका होलान्। यसको मतलव हाम्रो फैसलाहरूको महत्ताको दावी होइन, परन्तु संयुक्त राष्ट्रसंघको कामलाई निष्पक्ष र रचनात्मक हुने हाम्रो इच्छाप्रतिको प्रयत्नको सूचक मात्र हो। 

हामी यस तथ्यप्रति पनि सचेत छौँ कि, सानु मुलुक भएकोले यस विश्व संस्थाले आज सामना गर्नु परेका शीतयुद्ध र निशस्त्रीकरण जस्ता ठूला र गम्भीर समस्याहरूको समाधानमा हामीले सीमित रुपमा भाग लिन सक्छौँ। यस्ता कुराहरूमा हामी ठान्दछौँ कि, शान्ति र विश्वमा तानातानी घटाउने जस्ता काममा संयुक्त राष्ट्रसंघमा रहेका हामी जस्तै विचार भएका देशहरूसँगको संयुक्त प्रयासबाट हामी रचनात्मक कार्य गर्न सक्दछौँ। 

आजकल यो भनाई छ कि, विश्वका विभिन्न समस्याहरूमा साना–साना राष्ट्रहरूले पनि आ–आफ्नो रायको सुनवाई बढी मात्रामा प्राप्त गर्ने भएका छन्। साँच्चि नै यस सभामा हाम्रो जस्तो हरेक सानु मुलुकलाई ठूलो शक्तिशाली राष्ट्रको बरोबर मत दिने अधिकार छ, जसले गर्दा हामीमा अभूतपूर्व कारवाई र जिम्मेवारी आएको छ। हामीहरूको सामुमा यो जिम्मेवारी हामीले कुन हिसावबाट बहन गर्ने भन्ने प्रश्न आएको छ– हामी यताउति टाँसिनेमात्र हौँ अथवा हामी आफै आफ्नै खुट्टामा उभिने हौँ? हामी अहिले विश्वमा खतरानाक र गहिरो तौरले विभाजित एक अथवा अर्को शक्ति गुटसँग संलग्न हुने हौँ अथवा हामीहरूले आफ्नै विचार अथवा निर्णय गर्ने हौँ ? हामी संसारमा बगेको षडयन्त्रपूर्ण वातावरणले चालित हुने हौँ अथवा हाम्रो जनताको वास्तविक अभिलाषा हाम्रो आफ्नो विवेक र न्याय भावना बमोजिम चल्ने हो?

अध्यक्ष महोदय
मेरो ता यो धारणा छ कि हामीले आफ्नो चित्तमा लागेको कुरा कसैको डरभर नमानी स्पष्ट र खुला दिलले भन्नु पर्दछ। हाम्रो देशले कहिले नगुमाएको स्वतन्त्रताको हामी चौपट्टै गर्व गर्दछौँ। १० वर्षअघि हामीले देशभित्र रहेको सामन्ती स्वेच्छाचारी शासनबाट मुक्ति पायौँ। डेढ वर्षअघि हाम्रो पहिलो आम निर्वाचन भयो। स्वतन्त्र नागरिकहरूको हैसियतले हामी पुनर्निर्माण र विकासको नयाँ बाटोमा अग्रसर भएका छौँ। हामीलाई यस काममा हाम्रा मित्र राष्ट्रहरू– जस्तो कि भारत, संयुक्त राज्य अमेरिका, चीन, सोभियत संघ, संयुक्त अधिराज्य र अरु देशहरू तथा यस संस्थाबाट प्राप्त सहायताको हामी स्वागत गर्दछौँ र यसको लागि कृतज्ञ छौँ। तर हामी यो चाहदैनौँ कि कुनै देशले हामीले कस्तो विचार गर्नुपर्छ अथवा हामीले आफ्नो भित्री मामिलामा कस्तो कारवाई गर्नुपर्छ भनी सिकाओस्। 

हामीले बाहिरबाट प्राप्त गर्ने सहायता पूर्णतया नभएपनि, धेरैजसो संयुक्त राष्ट्रसंघको माध्यमबाट पाएदेखि हामीलाई आनन्दको अनुभव हुनेछ। किनकी संयुक्त राष्ट्रसंघले हाम्रो घरेलु राजनैतिक समस्याहरूमा कुनै किसिमको हस्तक्षेप नहोस् भन्ने निरन्तर ख्याल राखी काम गरेको छ। 

यहाँ अहिले प्रतिनिधित्व पाएका अरु मुलुकहरू जस्तै हामीहरू पनि अन्य सामाजिक व्यवस्थाको बल र कमजोरीको लेखाजोखा गरी हामीलाई जस्तो व्यवस्था उचित लाग्छ, सोही व्यवस्था अपनाउन चाहन्छौँ। हामी प्रचारले प्रभावित हुन चाहँदैनौँ। अरुले हाम्रो विचार बनाइदिने कुरा पनि हामीलाई मन पर्दैन, नत हामी कुनै शंका र घृणाको वातावरणमा आफ्नो निर्णय लिन चाहन्छौँ। हामी शीतयुद्धमा घचेटिन अथवा कुनै एउटा शक्ति गुटको हतियार बन्न चाहदैनौँ। यसको कारण, लडाईं भएको खण्डमा हामी यसमा घचेटिन्छौँ भन्नेमात्र होइन। यसको कारण गहिरो छ। हामी हाम्रो जस्तै विचार भएका संसारका अरु राष्ट्रहरूसँग संलग्न हुन चाहन्छौँ। किनकी साना राष्ट्रहरू स्वतन्त्र बाटो ली (लिई) विश्व शान्तिको निमित्त एउटा ठूलो बल हुन सक्नेछन्। 

संयुक्त राष्ट्रसंघमा धेरै साना राष्ट्रहरू पनि सदस्य छन्। यी साना राष्ट्रहरूले इच्छा गरेमा आजको संसारमा एउटा उत्तरदायी तथा ठोश भाग लिन सक्दछन्। यसको लागि ठूला–ठूला राष्ट्रहरूले शीतयुद्धको चालवाजीप्रति उदासीनता देखाएरमात्र हुँदैन। विभिन्न राजनैतिक र आर्थिक व्यवस्थामा विभाजित विश्वको प्रत्येक समस्यामाथि ठोस र रचनात्मक राय दिनसक्ने बानी हामीले बनाउनु परेको छ।

संयुक्त राष्ट्रसंघको मुख्य काम आजको समयमा भरोशा तथा विश्वासको वातावरणको सृजना गर्नु अथवा पुनर्सिर्जना गर्नु हुनेछ। गत वर्ष हामी यहाँ भेला हुँदा हामीले ठूला राष्ट्रहरूको शिखर सम्मेलनप्रति ठूलो आशा र अभिलाषा लिएर हेरिरहेका थियौँ। तर विश्वका राजनीतिज्ञहरूले बडो परिश्रमसाथ योजना गरी बनाएको शिखर सम्मेलन अपर्झटसँग भङ्ग भयो र यसको फलस्वरुप हामी सबै फेरि अविश्वास र शंकाको दुनियाँमा पुग्यौँ। शिखर सम्मेलनको असफलताको कारणबाट हाम्रो भाग समेतको संसारमा फेरि बढी सतर्कताको वातावरण जरुरत हुन आएको छ, जुन शिखर सम्मेलन सफल भएको भए जरुरत हुने थिएन। 

शिखर सम्मेलनको विफलताले हामीलाई निरुत्साह पारेको छ भने विश्वका राजनीतिज्ञहरूको संयुक्त राष्ट्रसंघको साधारण सभाको यो चालु अधिवेशनमा भेला हुने नयाँ प्रयत्नले हामीमा केही आशा पनि सिर्जित भएको छ। 

आधुनिक विज्ञानमा भएको क्रान्तिले विश्व झन् सानु हुन गएको कारणबाट विश्वका राजनीतिज्ञ र नेताहरूले एउटै टेबिलको वरिपरि आमुन्ने–सामुन्ने बसी महत्वपूर्ण समस्याहरूको विषयमा छलफल गर्ने आवश्यकता झन् बढ्दै गएको छ। यो आशा गर्न सकिन्छ कि, संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालयमा भेला हुनु भएका विभिन्न सरकारका प्रमुखहरूको यो जमघटले प्रदान गरेका सम्भावना र अवसरको अनावश्यक भेदभाव र सम्मानको भ्रामक विचार नली (नलिई) विश्वशान्तिका लागि पूर्णतया फायदा उठाइनेछ। 

अध्यक्ष महोदय
मेरो विचारमा मतभेद हटाउने गम्भीर प्रयत्न गर्न यो एउटा अद्धितीय अवसर प्राप्त भएको छ, जुन अवसर निकट भविष्यमा पुनः प्राप्त गर्न सम्भव छैन। म यो अवसरमा राष्ट्रपति आइजन हावर (अमेरिका) र चेयरमान ख्रुश्चेव (सोभियत संघ) को बीच अविलम्ब मिटिङ्ग होस् भन्ने प्रेसिडेन्ट नासिर (इजिप्ट) को प्रस्तावको हार्दिक समर्थन गर्छु। यो विश्वको तानातानी हटाउने एउटा प्रयत्न पनि हो। 

साना–साना राष्ट्रहरूले पनि यस परिस्थितिमा निकै रचनात्मक काम गर्न सक्छन्। उनीहरूले यस्तो कार्य गर्छन् या गर्दैनन्, हेर्नुछ। यो काम सजिलो छैन। इतिहास, भाषा, परम्परा र संस्कृतिमा हाम्रो विभिन्नता भएतापनि हामीमा एकता हुनु ज्यादै नै आवश्यक भैसकेको छ। सो एकता ल्याउन नसकेसम्म हाम्रो बल छरिएर खेर जानेछ। 

यस्तो एकता हामीले कसरी ल्याउन सक्छौँ? मेरो विचारमा यो एकता भूगोल अथवा जातिको आधारमा हुन सक्दैन। न त कुनै आदर्श वा दक्षिणी अथवा वामपन्थी विचारधाराबाट नै यो सम्भव छ। यस्तो एकता यस संस्थाको सिद्धान्तप्रति हामी सबैको समान झुकावबाट सम्भव होला। यसका लागि साना–ठूला सबै राष्ट्रहरूको बराबर हकको मान्यता दी (दिई) सबैले पूर्व–पश्चिमका ठूला–ठूला शक्ति गुटको बीच रहेको खतरनाक विभाजनलाई ठण्डा दिलले घटाउन्, न कि बढाउन्। एकै प्रकारको दृढताका साथ आफ्नू बढ्दो प्रभाव लगाउनु छ। हाम्रो भौतिक शक्ति नगन्य हुन सक्छ। तर हाम्रो नैतिक शक्ति– यदि हामी आफैप्रति र जसको निमित्त हामी यहाँ प्रतिनिधित्व गर्छौँ, तिनीहरूप्रति सच्चा छौँ भने– महान् हुन सक्छ।

हामीले यो इच्छा गरेपनि, नगरेपनि यो अति महत्वपूर्ण अधिवेशनको सामुन्ने आएका समस्याहरूमा हामीले भाग लिनु परेको छ। 

अध्यक्ष महोदय तथा साथी प्रतिनिधिहरू 
हाम्रो सामुन्ने निशस्त्रीकरणको ठूलो समस्या पनि छ। यस विषयमा हामीले आफ्नू राय पटक– पटक पेश गरिसकेकै छौँ। हाम्रो विचार छ कि दुई शक्ति गुटको बीच प्रभावसून्य सम्बन्धको साथ साधारण र पूर्ण निशस्त्रीकरण सम्भव हुनु पर्दछ। यस अधिवेशनको प्रारम्भमा हामीले सुनेको कुराबाट पहिलेका वार्ताको दुखदायी रिकर्ड हटेको छैन। अहिलेसम्म हामीले बहुतै कम सुनुवाई पाएको, तर हामीलाई प्रशस्त खतरा रहेको निशस्त्रीकरणको ठूलो समस्या हल गर्न हामी सबै संलग्न नभएका देशहरूले केही योगदान दिन सक्ने केही नयाँ कुरो छ? 

म विश्वास गर्छु कि त्यस्तो कुरो छ। 

यो ता सबैले मानिआएकै कुरा हो कि, बढ्दो अचम्मलाग्दो शस्त्रीकरणको दौड चालू नै रहनु आत्मघातक छ। तैपनि आफ्नो आफ्नै वैरीभावपूर्ण स्थितिमा रहेका शक्ति गुटहरूको बीच सम्झौताको कुनै आधार अझैपनि उत्तिकै टाढा देखिन्छ। कुनै सम्झौतामा पुग्न यस सभाबाट केही बाटो निकाल्ने प्रयास निश्चय नै जारी रहनु पर्दछ। 

मलाई लाग्दछ, सबै पार्टीको हितको निमित्त अहिलेसम्म यसले पाउनु पर्ने ध्यान नदिइएको एउटा अर्को बाटो पनि छ। यो बाटो हो, प्रगतिशील निशस्त्रीकरणको। साथसाथै, एउटा विश्व पुलिस दल अथवा शान्ति दलको स्थापना र विकास। यो शान्ति दल सम्पूर्ण मानव जातिप्रति उत्तरदायी रहनेछ र जुन क्रमशः कुनै एक राष्ट्रिय शक्ति अथवा शक्तिहरूको गुट भन्दा बलियो हुनेछ। यो दलको एकमात्र काम विश्व शान्तिको संरक्षण गर्नु हुनेछ। 

अध्यक्ष महोदय
म खुद संयुक्त राष्ट्रसंघको संगठनको प्रश्नमा केही भन्न चाहन्छु। 

यस विषयमा हाम्रो असंलग्न साना राष्ट्रहरूको आफ्नै विचार हुनुपर्छ। यसैमा हाम्रो मतहरूको महत्व छ। हामी यस संस्थालाई विभिन्न शक्ति गुटको भकुण्डो हुन दिन चाहँँदैनौँ। मेरो प्रतिनिधिमण्डलको रायमा संयुक्त राष्ट्रसंघलाई बलियो गराउन अरु कुराको अतिरिक्त एउटा विश्व पुलिस दल अथवा सुरक्षा संगठन र संसारको तीन खण्डमा बढ्दै गएको गरिवी– जो सबैको शान्ति र समृद्धिको लागि खतरा भएको छ, त्यसलाई हटाउन कुनै किसिमको राजनैतिक हस्तक्षेप नगरी आर्थिक सहायताको प्रशासन व्यवस्थाको निमित्त एक बृहत् किसिमले विस्तारित कार्यक्रम यस संस्थाभित्र हुनु पर्दछ। 

विश्वका सामु आएका राजनैतिक समस्याहरूको हाँक अत्यन्तै ठूलो छ। विश्वका कुनै भागको आ–आफ्नो मूल विचार र जीवनको मूल्यलाई नै असर गर्ने यी जटिल प्रश्नहरू हुन्। मेरो देशले स्वतन्त्र चुनावद्वारा जनताले प्रकट गरेको आफ्नो इच्छा अनुसार संरक्षण गरिने जीवनको उदार मूल्यहरू अपनाएको छ। तर, जतिसुकै बलियो र सच्चा भएपनि राजनैतिक आकांक्षा सून्यमा काम गर्न सक्दैन। यसको निमित्त हामी चाहन्छौँ कि संयुक्त राष्ट्रसंघले ज्यादा मात्रामा संसारका विभिन्न क्षेत्रमा रहेका बढ्दो आर्थिक समस्याहरूप्रति आफ्नो ध्यान देओस्।
 
यदि हामीले विचार गरी संसारको समस्याको अध्ययन गर्यौँ भने हामी पाउँदछौँ कि, राष्ट्रका धनी र गरिवहरूमा झैँ विभिन्न देशहरूको आपसको आर्थिक स्थितिको विभिन्नता नै संसारमा रहेको तानातानी र झगडाको कारण हुन्। के यो आवश्यक छ कि कोही व्यक्तिलाई गरिव राखेर कोही धनी भएर बसेझैँ, कुनै एक देशलाई धनी बनाई राख्न अरु देशहरू गरिब नै भएर बस्न परोस्? के मानवजातिको एक भागको भोकले सधैँ हाम्रो मुख ताकिरहनु पर्ने हो? हाम्रो विनम्र रायमा– विज्ञानको क्रान्तिकारी प्रगति र छिटो बृद्धिले गर्दा सबैको सहयोगबाट धनी देशका जनतालाई गरिब नपारिकन पनि गरिब देशका जनताको जीवनस्तर उठाउन सकिन्छ। हाल प्राप्त हुनसक्ने मानवीय, भौतिक र प्राविधिक साधनहरू एकत्रित गरी अविकसित देशका जनताको जीवनस्तर उठाउन संयुक्त राष्ट्रसंघले कारवाही गर्ला भन्ने आशा लिदा उपयुक्त होला?

राष्ट्रपति आइजन हावरले त्यति राम्रो शब्दमा यी साधनहरू रचनात्मक दिशातर्फ लगाउनको निमित्त अपिल गर्नुभयो। निशस्त्रीकरण हुन सकेमा प्रशस्तमात्रामा भौतिक तथा प्राविधिक साधनहरू यस्ता रचनात्मक कार्यहरूमा लगाउन सम्भव हुनेछन्। श्री खु्रश्चेवले पनि निशस्त्रीकरणको आवश्यकतामा जोड दिँदै भन्नु भएको छ, निशस्त्रीकरण हुन सकेमा अविकसित देशहरूको विकासको लागि प्रशस्त धन र दक्षता प्राप्त हुनेछ।’

मेरो विचारमा यो आर्थिक विकासको हाँक राजनैतिक हाँक भन्दा गम्भीर कुरा हो। हामीलाई आशा छ, पछि संयुक्त राष्ट्रसंघले आफूले हासिल गरेको राजनैतिक सफलताहरू जस्तै विश्वका कतिपय आर्थिक विकासको सफलता पनि प्राप्त गर्नेछ। 

विश्व शान्ति र विश्वको समृद्धि लगायत अन्य कतिपय विश्वका समस्याहरूको वास्तविक समाधान संयुक्त राष्ट्रसंघको अख्तियारलाई बलियो पारी बढाउँदै लगेमामात्र सम्भव छ। यस्तो अख्तियार त्यस बखत बढ्छ, जब संयुक्त राष्ट्रसंघको फैसलाहरूलाई साना ठूला सबै शक्तिहरूले इमान्दारीपूर्वक सम्मान गर्दछन्। संयुक्त राष्ट्रसंघको निर्णयहरू कार्यान्वयन गर्दा हामीले मानिसको जाति, धर्म र राष्ट्रको विचार होइन, उसको आत्माप्रति मात्र सच्चा हुनु पर्दछ। 

श्री ५ को सरकारको इच्छा छ कि संयुक्त राष्ट्रसंघले यही बाटोको विकास गर्दै जाओस् र यस्तै विचार–वादहरूलाई बढावा दिने नीतिहरूको समर्थन गरोस्। 

अध्यक्ष महोदय
धेरै धेरै धन्यवाद। 




प्रतिक्रिया


  1. Its like you read my mind! You appear to know a lot about this, like you wrote the book in it or something. I think that you could do with a few pics to drive the message home a little bit, but other than that, this is magnificent blog. An excellent read. I will certainly be back.

    Today, I went to the beach front with my kids. I found a sea shell and gave it to my 4 year old daughter and said "You can hear the ocean if you put this to your ear." She put the shell to her ear and screamed. There was a hermit crab inside and it pinched her ear. She never wants to go back! LoL I know this is totally off topic but I had to tell someone!

    You made some decent points there. I looked on the net for more info about the issue and found most people will go along with your views on this website.

    Hello! I've been following your weblog for a while now and finally got the bravery to go ahead and give you a shout out from Austin Texas! Just wanted to mention keep up the fantastic work!

    яндекс новости на сегодня россии и мира яндекс новости главные новости сегодня россия и мире сегодня новости на этот час сегодня Яндекс Новости России Сегодня Последние Свежие https://bitbin.it/GetFOtXw/ посмотреть новости дня новости россии и мира сегодня свежие яндекс

    image ponstel 250 mg ohne ärztliche Verschreibung kaufen

    Thank you a bunch for sharing this with all of us you really recognise what you are talking about! Bookmarked. Kindly also seek advice from my website =). We will have a hyperlink change contract between us

    Helpful information. Fortunate me I discovered your site by accident, and I'm stunned why this twist of fate didn't happened earlier! I bookmarked it.

    Does 123 movies work. watch free movie online Is movies 123 legal.

    image hdmi кабель купить алматы integraal asbestprotocol gemeente gilze en rijen

    Have you ever considered about adding a little bit more than just your articles? I mean, what you say is fundamental and all. Nevertheless imagine if you added some great photos or videos to give your posts more, "pop"! Your content is excellent but with images and video clips, this website could undeniably be one of the most beneficial in its field. Fantastic blog!

    Does your blog have a contact page? I'm having problems locating it but, I'd like to send you an e-mail. I've got some ideas for your blog you might be interested in hearing. Either way, great site and I look forward to seeing it expand over time.

    В чем разница между понятием и определением. Значение цветов психология цвета. Способность использовать предметы данные природой это биологическая или социальная природа. Предмет психологии как науки душа сознание поведение психика. Человеческое общество отличается от животного наличием потребностей навыков. Photo logo. Сущность и личность. Сообщение на тему я личность 6 класс обществознание.

    Также сделать. Синоним к слову конкретный. Различие понятий человек индивид личность. Тест на тип друга. Как называется дальтонизм когда видишь только черный и белый. Цвет ассоциации. Нарушение восприятия целостных зрительных образов. Пройти тесты онлайн.

    К каким событиям явлениям чертам человеческого характера. 3 психика может быть правильно понята только если она рассматривается. Что является предметом изучения психологии. Из чего состоит личность. Операции мышления обществознание. Пропаганда кто придумал эту любовь слушать. К свойствам личности не относится. Соционика тест на определение типа личности.

    I'm really impressed with your writing skills as well as with the layout on your blog. Is this a paid theme or did you customize it yourself? Anyway keep up the excellent quality writing, it is rare to see a nice blog like this one these days.

    Hi, I think your blog might be having browser compatibility issues. When I look at your blog in Opera, it looks fine but when opening in Internet Explorer, it has some overlapping. I just wanted to give you a quick heads up! Other then that, awesome blog!