पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला किन नेपालमै मर्न चाहन्थे !

image

एक दिन उनले उपप्रधानमन्त्री अमिक शेरचनलाई भने, ”अमिकजी, मेरो स्वास्थ्य खराब छ, जुन बेला जे पनि हुन सक्छ । मलाई अन्तिम समयमा पार्टीका साथीहरुले उपचारका लागि भारत लैजाने भनेर मार्न सक्छन् । म भारत हैन, नेपालमै मर्न चाहन्छु । मेरो आत्मामा यो कुरा छ । मेरो यो इच्छा अन्तिम अवस्थामा मात्र तपाईंले मेरा साथीहरुलाई भनिदिनु होला । तपाईंलाई विश्वास लागेर मात्र भनेको हु ।” 

हरेक निर्णयमा आफूलाई सोध्नुपर्ने भनेर भारतीयहरुले दिएको दबाबबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दिक्क थिए । एक दिन उनले उपप्रधानमन्त्री अमिक शेरचनलाई भने, अमिकजी, मेरो स्वास्थ्य खराब छ, जुन बेला जे पनि हुन सक्छ । मलाई अन्तिम समयमा पार्टीका साथीहरुले उपचारका लागि भारत लैजाने भनेर मार्न सक्छन् । म भारत हैन, नेपालमै मर्न चाहन्छु । मेरो आत्मामा यो कुरा छ । मेरो यो इच्छा अन्तिम अवस्थामा मात्र तपाईंले मेरा साथीहरुलाई भनिदिनु होला । तपाईंलाई विश्वास लागेर मात्र भनेको हु ।” 

शेरचनले लेखकलाई सुनाए, “त्यही बेला मैले गिरिजाबाबुसँग सोधेको थिएँ— सुजाता मैयाँलाई त भने होला नि । उहाँले हुन्न हुन्न भन्नुभयो । मैले त्यो कुरा गोप्य नै राखेको थिएँ ।”

यस प्रसंगमा प्रधानमन्त्री कोइरालाका भतिजा डा. शेखर कोइरालाले लेखकसँग भनेका छन्, “सानोबुबा सिरियस हुनुहुन्थ्यो । कार्यवाहक सभापति सुशील कोइराला, सिटौला र म छौं । सुजाता देशबाहिर थिइन् । एयर एम्बुलेन्सबाट भारत लगौं भन्ने कुरा भयो । सानोबुबाले म जान्नँ भन्नुभयो । तैपनि स्थिति नाजुक हुँदै गएकाले हामी तीनै जनाले दबाब दिएर जानुपर्छ भन्यौं ।” 

ती दिन भारतीय राजदूत दिल्लीमा थिए । डा. शेखरले राजदूत छिका आलोक सिन्हालाई फोन गरेर एयर एम्बुलेन्सको व्यवस्था गरिदिन आग्रह गरे । त्यतिबेलै सिन्हाले भनेका थिए, ‘डाक्टर साहेब हमको मालुम है गिरिजाबाबु सिरिएस है । आप लोग प्रेसर कर रहे है उनको इन्डिया ले जानेके लिए । लेकिन व जायेंगे नहीं । फिर भी हम लोग लगे हुये है लेजाने के लिए । हमको एक चिठी भेज दिजिए । हम इन्तजाम करेंगे ।’

अब दुतावासलाई पत्र कसले लेख्ने डा. शेखर र गृहमन्त्री कृष्णप्रसाद सिटौलाले कार्यवाहक सभापति सुशील कोइरालालाई आग्रह गरे । उनी भन्न थाले, ‘कहाँ चिठी लेख्ने ? भने भइहाल्यो नि ।’

दुवैले धेरै कर गरेपछि सुशीलको नाममा पत्र तयार भयो । फ्याक्स गरेर दुतावास पठाइयो । पत्र पाएपछि दुतावासले एयर एम्बुलेन्सको व्यवस्था ग-यो पनि । त्यो बेला सिन्हाले डा. शेखरसँग भनेका थिए, ‘देखिए डाक्टर साहेब, एयर एम्बुलेन्सका इन्तजाम हो गया । फिर भी गिरिजाबाबु नहीं जायेंगे ।’ नभन्दै अन्तिम समयमा सानोबुबाले जान्न भनिदिनु भयो ।”

अन्तिम समयमा गिरिजाबाबुलाई किन दिल्ली लगिएन त ? पूर्व उपप्रधानमन्त्री अमिक शेरचनले त्यस विषयमा लेखकसँग भनेका छन्, “गंगालाल अस्पतालमा जब उहाँ बोल्न नसक्ने गरी अन्तिम अवस्थामा हुनुहुन्थ्यो । म भेट्न गएँ । गिरिजाबाबुलाई उपचारका लागि दिल्ली लैजाने तयारी हुँदै रहेछ । मैले उहाँसँग अनुमति लिएँ । गिरिजाबाबु अब तपाईंको अन्तिम इच्छाबारे अब सार्वजनिक गरे हुन्छ त भन्दा हुन्छ भनेर टाउको हल्लाउनुभयो । अनि मैले सुशील कोइराला लगायत त्यहाँ उपस्थित नेता र परिवारका सदस्यहरुलाई गिरिजाबाबुले मसँग भनेको कुरा सुनाइदिएँ । सबैले गिरिजाबाबुतिर हेरे । उहाँले टाउको हल्लाएर अमिकजीले जे भन्नुभएको छ, त्यही हो भनेर संकेत गर्नुभयो । त्यो रहस्य थाहा पाएपछि दिल्ली लैजाने योजना रद्द भयो ।”

महाराजगन्जस्थित भाडाको निवासबाट अस्पताल गएका कोइराला फेरि फर्केर त्यहाँ गएनन् । २०६६ फागुन २८ गते अस्पतालबाट सीधै उनलाई छोरी सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा लगियो । बिहान १० वजे अक्सिजन माक्स लगाएका उनलाइ ह्वील चेयरमा राखेर मोटरमा चढाइएको दृश्य हामीले क्यामरामा कैद ग-यांै ।

२०४६ सालको जनआन्दोलन यताको २० वर्षमा नेपाली राजनीतिको शीर्ष स्थानमा रहेका एक मात्र नेता कोइराला २०४८ पछि सधैं सत्ता र शक्तिको केन्द्रमा रहे । कहिल्यै आफूलाई कमजोर देखाएनन् । कोइराला पहिलो पटक कमजोर बिरामीका रुपमा क्यामरामा कैद भएका थिए । जतिसुकै कमजोर भए पनि उनी बाहिर देखाउँदैनथे ।

डा. गिरीको अन्तिम आग्रह

कोइरालाको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि एक दिन पूर्व प्रधानमन्त्री डा. तुलसी गिरी उनलाई भेट्न गएका थिए । त्यही बेला उनले भनेका थिए, “गिरिजाबाबु, म तपार्इंको समकक्षी पनि होइन, तपाईंका दाजु बीपीको साथी हुँ । अहिले तपाईंको स्वास्थ्य अवस्था बुझ्न र एउटा आग्रह गर्न आएको हुँ । इतिहासले कुनै मानिसलाई कुनै खास समयमा अगाडि ल्याइदिन्छ । त्यो बेला त्यस मानिसको महङ्खव एकदम बढेको हुन्छ । उसको बोलीबाट होल सिचुएसन बदलिन सक्छ । त्यही अवस्थामा आज तपाईं हुनुहुन्छ । त्यसैले आज म तपाईंलाई अनुरोध गर्छु । अहिले पनि ढिला भएको छैन, एउटा वक्तव्य दिनुस् । राजतन्त्र फालेर गल्ती भयो भन्ने व्यहोराको । राजतन्त्र राख्ने वातावरण बनाऊँ । देश जोगाऊँ । तपार्इंले चाहनुभयो भने अहिले पनि स्थिति कन्ट्रोलमा लिन सक्नुहुन्छ । यो राष्ट्र बचाउनुस् ।”

यस प्रसंगमा बीपीका माइला छोरा श्रीहर्षले लेखकलाई सुनाए, “त्यो भेटपछि मैले डा. गिरीलाई सोधें— के भन्नुभयो त काका सानोबुबाले तुलसी गिरी काकाले भन्नुभयो— ‘आई नो ही वाज हेल्पलेस ।’ गिरिजाबाबु केही वोल्नुभएन रे ।”

 




प्रतिक्रिया


  1. magnificent submit, very informative. I ponder why the opposite specialists of this sector don't realize this. You must continue your writing. I'm confident, you've a great readers' base already!