गृहमन्त्री, गृह सचिव र आईजीपीलाई बली चढाउनु परेको त्यो घटना

image

राजाले भनेछन् - प्रहरीले माओवादीको विरुद्धमा लड्न सक्दैन । माओवादीविरुद्धमा सेना प्रयोग गर्ने हो भने गृहमन्त्री गोविन्दराज जोशी, आईजीपी अच्युतकृष्ण खरेल र गृहसचिव पदमप्रसाद पोखरेललाई निकाल्नुपर्दछ ।

भनिन्छ इतिहास मेटन हुँदैन, लुकाउनु हुँदैन । अर्काको इतिहास मेट्न खोज्दा आफनो पनि इतिहास मेटिन्छ । वर्तमानप्रति इमान्दार नहुने मानिसको भविष्य पीडादायक हुन्छ । कुरा विगतकै हो, एक दिन म कान्तिपुर टेलिभिजन हेर्दै थिया । टेलिभिजनमा गिरिजाबाबुको आत्मवृतान्त प्रसारित भइरहेको रहेछ । मेरो ध्यान उहाँले डोल्पाको दुनै काण्डप्रति दिएको अभिव्यक्तिमा केन्द्रित थियो । सुरक्षा निकायले सहयोग नगरेको हुनाले दुने काण्ड पछि मैले गृहमन्त्रीलाई राजिनामा दिन लगाएको हुं भन्ने टिप्पणी सुने । मैले सोचे, त्यत्रो ठूलो व्यक्तित्वले किन साँचो कुरा नबोल्नु भएको होला ?
अनि मलाई लाग्यो मैले यसवारेमा सत्य कुरा लेख्नै पर्दछ । यो लेखमा यी र यस्तै केही घटनाहरु उल्लेख गरेको छु । डोल्पाको दुनै काण्ड प्रजातन्त्रविरुद्धको सुनियोजित षडयन्त्र थियो । गिरिजाबाबु प्रधानमन्त्री भएपछि वहाले आफना विस्थापित कार्यकर्ताहरुलाई त्यो साल दसैसम्ममा घर फर्काउने प्रतिज्ञा गर्नु भयो । गृहमन्त्रीको हैसियतले म स्वयं कालिकोट, रोल्पा, रुकुम, सल्यान, प्युठान र जाजरकोटको स्थलगत निरीक्षण गरे । 
गृहमन्त्रालयबाट एउटा योजना बनाइयो । त्यसैबेला डोल्पाको दुनैमा माओवादीले आक्रमण गरे । सदरमुकाम कव्जा गर्न सकेनन । बैंकको रु तीन करोड रुपैयाँ लगे । माओवादी आक्रमणको भोलिपल्टै तत्कालीन राजा बीरेन्द्रको डोल्पा जाने कार्यक्रम बनेको रहेछ । त्यो कार्यक्रम रोकी म आफै डोल्पा गए । माओवादीले सदरमुकाम आक्रमण गरेको भालिपल्टै राजा किन डोल्पा जान चाहन्थे ? त्यो अध्ययनको अर्को विषय हुनेछ । डोल्पाबाट फर्केपछि माओवादी प्रभावित ६ जिल्लामा प्रहरी अपरेसन हुने मन्त्रिपरिषद्बारा निर्णय भयो । त्यतिखेर मन्त्रिपरिषद्को सबै निर्णयहरु राजाकहाँ जान्थ्यो । 
तत्कालीन राजा माओवादीका विरुद्धमा कार्यवाहीको पक्षमा थिएनन । उनी माओवादीहरुसंग नरम देखिन्थे । माओवादीहरु पनि नेपाली सेनासंग भन्दा प्रहरीसंग डराएका हुँदा ससस्त्र प्रहरीको गठनपछि माओवादीहरुको लक्ष्य सशस्त्र प्रहरी बनेको थियो । त्यतिबेला प्रहरीलाई सबैले सहयोग गरेको भए माओवदीहरुले आजको सफलता पाउने थिएनन् । त्यही मन्त्रिपरिषद्को निर्णय पछि राजा संगको भेटमा राजाले गिरिजाबाबुलाई भनेछन् , प्रहरीले माओवादीको विरुद्धमा लड्न सक्दैन । माओवादीविरुद्धमा सेना प्रयोग गर्ने हो भने गृहमन्त्री गोविन्दराज जोशी, आईजीपी अच्युतकृष्ण खरेल र गृहसचिव पदमप्रसाद पोखरेललाई निकाल्नुपर्दछ । माओवादीसंग लडाइँको तयारी भइरहेको बेलामा किन यी तीनजना आँखाको तारो बने यो पनि अध्ययनकै विषय बनेको छ । गिरिजाबाबुले त्यो कुरामा राजा संग सहमति गर्नु भएछ । तीनैजनालाई आफ्नु पदबाट निकाल्नुभयो । 
मैले राजीनामा दिनुअघि गिरिजाबाबुलाई भनेको थिए, यो तपाईको गलत निर्णय हो । यसले तपाई , देश र कांग्रेस कसैलाई फाइदा गर्देन । वहाले मलाई पुन दसै पछि गृहमन्त्रीमा ल्याउँदछु भनेर फकाउनुभयो । विश्वमा कुनै प्रधानमन्त्रीले आप्mनो मन्त्रीलाई वलिवेदीमा चढाएर आफ्नो पद थाम्दैन । 
मैले भने मेरो राजीनामाले तपाईको पदावधि ६ महिना थपिन्छ । नभन्दै त्यस्तै भयो । 
६ महिना पछि होलेरी काण्डमा नेपाली सेनाले सहयोग नगरेको हुँदा उहाले प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो । हामीलाई हटाउनुको अन्तिम लक्ष्य पनि वहालाई प्रधानमन्त्रीबाट हटाउनु नै थियो । त्यो लक्ष्य पनि होलेरी काण्डले पूरा गरिदियो । अव म एउटा अर्को घटना उल्लेख गर्न लागिरहेको छु । नेकपा एमाले पार्टी फुट्यो र नेकपा माले र कांगे्रसको संयुक्त सरकार वन्यो । एमाले कसरी फुटयो र कसले फुटायो यो मेरो अहिलेको छलफलको विषय होईन । यस विषयमा अर्कै लेख भविष्यमा तयार हुनेछ । नेपाली कांग्रेस नेकपा मालेलाई सकेसम्म सरकारमा टिकाई राख्न अधिकतम सहुलियत दिन चाहान्थ्यो । त्यसपछि हुने प्रतिनिधि सभाको निर्वाचनमा २० सिटसम्म नेकपा मालेका नेताहरुले जसरी जित्दा पनि कांग्रेसले नबोल्ने विश्वास मालेका नेताहरुलाई गराइएको थियो । नेकपा माले सरकारमा रहिरहँदा एमालेलाई ठूलो नोक्सान हुन्थ्यो । त्यसैले एमाले स्वयं र एमालेलाई समर्थन गर्ने शक्तिकेन्द्रहरु कांग्रेरस मालेको गठबन्धन सरकार तोड्न चाहन्थे । यो कुरा सरकारले बुझेको थियो । यो गठवन्धन तोडने काममा माले स्वयं र कांगे्रसका केही नेताहरु प्रयोग भए । सुरु देखिनै आईजिपि अच्युतकृष्ण खरेललाई हटाउने अडान तत्कालीन माले महासचिव वामदेव गौतमले रखेका थिए । 
कांग्रेस नेता खुमबहादुर खड्काको पनि अच्युतकृष्ण खरेललाई हटाउदा राम्रो हुन्छ भन्ने राय थियो । केही दिन टर्दै गयो । अन्तमा कांग्रेस माले गठवन्धन तोडने यो राम्रो उपाय वन्यो । मालेले अडान लियो । आईजीपी अच्युतकृष्ण खरेललाई नहटाए सरकारमा नबस्ने भनेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई अन्तिम मौका दिइयो । यो घटना अत्यन्त रोचक छ । यो घटनाको लक्ष्य माले कांग्रेसको गठबन्धन तोड्नु थियो । 
त्यसमा कसरी नेकपा मालेनै प्रयोग भयो ? नेकपा मालेका नेताहरुलाई के विश्वासमा पारियो भने गिरिजाबाबुले सरकार छोड्नुभन्दा आईजीपीलाई निकाल्दछन् । त्यसैले त्यसमा अडान लिनुपर्दछ । मालेले त्यसमा आफनो कडा अडान राख्यो । बालुवाटारमा साँझ दुईदलका नेताहरुको बीचमा बैठक बस्यो । गिरिजाबाबुले ठूलो प्रयत्न गर्नु भयो मालेलाई सम्झाउन । तर वामदेव र वहाको टोलीले मानेन । किनभने अन्तत आईजिपिलाई निकाल्नु हुन्छ भन्ने विश्वास उहाँलाई थियो । 
उता गिरिबाबुलाई तर्साउन एमाले अध्यक्ष मनमोहन अधिकारीलाई कांग्रेससंग मिल्नु भन्दा वरु तपाईलाईनै प्रधानमन्त्री मान्न तयार छौ भनेर मालेका नेताहरुले भनेका थिए । त्यो खवर गिरिजावावु कहाँ पु¥याईएको थियो । यसै विच विहान वालुवाटारमा वैठक वस्यो कांग्रेस नेताहरुको । त्यहाँवाट मालेसंग कुरागर्न जाने टिम खटाईयो । टिममा खुम वहादुर खडका , अर्जुन नरसिंह केसि समेतका साथिहरु माले कहाँ कुरा गर्न जानु भयो । मालेका नेताहरुले गृहमन्त्री गोविन्द राज जोशी र आईजिपि अच्युत कृष्ण खरेललाई हटाएमा माले सरकारमै वसिरहने खुसिको खवर लिएर आउनु भयो । कांग्रेसको सरकार टिकि रहन्छ भने गृहमन्त्री र आईजिपिको राजिनामा राजनितिमा खासै ठुलो कुराहोईन । यो नाटकको पटाक्षप भनेको कांग्रेस र मालेका गठवन्धन तोडनु थियो । 
एकातिर साथिहरु सरकार टिकाउन गृहमन्त्री र आईजिपिलाई हटाउने अव को गृहमन्त्री वन्ने अभियानमा थिए । यो दौडमा त्यतिखेर खुम वहादुर खडका र अर्जुननरसिंह केसि थिए । यस विषयमा करिव करिव निस्कर्षमा पुग्न लागी रहेकै वेला मेरो मोवाईलमा टेलिफोनको घण्टि आयो । माले सरकारवाट हटदैमा नडराउनु होस । एमाले तपाईहरुकै सर्तमा सरकारलाई सहयोग गर्न तयार छ । गिरिजावावु र म माधव नेपालको निवास कोटेश्वरमा गयौ । वहाले खातिरदारी साथ हामिलाई स्वागत गर्नु भयो । नभन्दै कुरा साँचो रहेछ । नेकपा एमाले वाहिर वाटनै हामिलाई समर्थन दिन तयार रहेछ चुनाव सम्म । हामिलेनै एमालेलाई वाहिर राख्दा समर्थन फीर्तालिने खतरा देखेर सवै रोजेको मन्त्रालय कांग्रसले लिई कांग्रेस एमालेको संयुक्त सरकार वन्यो । माले सरकारवाट वाहिरियो । यसैले भनिन्छ राजनितिमा जसलाई सिध्याउनुछ शक्ती केन्द्रहरुले त्यसैलाई प्रयोग गर्नु राम्रो हुन्छ । यो सिद्धान्तमा सतर्क नरहने नेताहरुको अवस्था मैले माथि उल्लेख गरेको जस्तो हुन्छ । इतिहासले हामिलाई सिकाएको पाठ यहि हो । 
सुरुमा माओवादी आन्दोलनको निसामा नेपाली कांग्रेस थियो । कांंग्रेस र मावोवादीको लडाई जस्तो देखिदा कांग्रेस वाहेकका सवै शक्तीहरु माओवादीलाई सहयोग गर्न पुगे । दुने काण्ड पछि सेनाको सहयोग मावोवादीका विरुद्ध प्राप्त हुन्छ भनि विश्वासमा रहनु भएका गिरिजा प्रसाद कोइराला होलेरी काण्डमा सेनाको समर्थन लिन असफल भए पछि माओवादी संग वार्ताको कुरा अघि वडाउनु भयो । गिरीजावावु स्वयंले दिल्लिमा प्रचण्ड र डा। ववुराम भटराई संग कुरा गर्ने व्यवस्था मिलाईयो । वार्तामा भएका कुराहरु काठमाण्डौमा गोप्य र सुरक्षित तरीकाले छलफल गर्न सकिने व्यवस्था मिलाईएको थियो र भयो पनि । त्यहि निष्कर्षको आधारमा अर्को औपचारीक वार्ता दिल्लिमा भयो । दिल्लिमा स्वयं गोविन्द राज जोशी र डा। शेखर कोईराला सहभागि भयौं । दिल्लिमा दुई दिन १२ घण्टा हाम्रो टोली र डा। वावु राम भटराई , कृष्ण वहादुर महरा र देव गुरुड।का विच छलफल भयो । संसदको अधिनमा सेना राख्ने , कार्यकारी अधिकार संपुर्ण रुपले मन्त्री परीषदमा रहने र संविधानका अन्य धाराहरु लोकतान्त्रीक पद्धतिअनुसार संसोधन हुने भए २०४७ सालको संविधान संसोधन गर्दा मावोवादीलाई मान्य हुने गरी सहमतिका साथ हामि काठमाण्डौ फक्र्यौ । त्यतिखेरको देउवा सरकार त्यसको लागी वाधक हने कुरा सहमतिको अर्को विषय थियो । गिरिजा वावुले मावोवादी संग वार्ता गरेर म समस्याको निकास निकाल्दछु भनेर वहाको मावोवादीहस् संग भेट भए पछि तत्कालिन राजालाई भनी सक्नु भएको रहेछ । राजा कांग्रेसको हातवाट मावोवादी समस्या समाधान नहोस भन्ने चाहान्थे । राजाको दृष्टिमा मावोवादी जन आन्दोलन कांग्रेस समाप्तीका लागी हो भन्ने थियो । उनलाई त्यसको जानकारी दिनु गलत रणनिति थिया । त्यहि कारण कांग्रेस पनि फुटयो । हाम्रो प्रयास सफल भएन । परीणाम जे हुनु थियो आज त्यहि भयो । त्यतिखेर नेपालका राजनैतिक शक्तीहरुको विचको सहमतिको कुनै सैद्धान्तीक आधार थिएन । कांग्रेस वाहेक सवै शक्ती कांग्रेसको विरुद्धमा एकै ठाउमा देखिन्थे । कांग्रेसका विरुद्ध माओवादी जडगलवाट लडने र एमाले लगाएतका दलहरुले ५७ दिन सदन अवरुद्ध गरेर अन्तत गिरिजावावुले प्रधानमन्त्रीको पदवाट राजिनामा दिनु भयो । दलहरुको विचको दोन्घका कारण अप्रजातान्त्रीक शक्तीहरुले फायदा लिने संभावना वडदै गएको हुदा कांग्रेस र एमालेको विचको साझा सहमति आवश्यक थियो । ५७ दिन सम्मको सदन अवरुद्धको चोट कांग्रेसका लागी ठुलै थियो । यो लेखक र वर्तमान संविधान सभाका सभामुख सुभास नेवाड। को लगातारको दुई महिनाको प्रयासले माधव कुमार नेपाल र गिरिजा प्रसाद कोइरालाका विचमा समझदारी भयो । भरत मोहन अधिकारीजी पनि वार्ताका कतिपय समयमा सहभागि हुनुहुनथ्यो । समझदारी अनुसार तत्कालिन सरकार कांग्रेसको हुदा कांग्रेस संसदीय दलले सरकारको नेतृत्व परीवर्तन गर्ने र त्यस पछि वनेको सरकारलाई एमालेले सहयोग गर्ने सहमति भएको थियो । एमालेको भातृ संगठन प्र ।रा।यु। संघले गिरिजावावुलाई आफनो वार्षिक समारोहमा प्रमुख अतिथि वनाउने र वहाले सम्वोधन गर्ने र अहिले सम्मको विवाद समाप्त पार्ने तय भयो । कांग्रेसले आफना ११४ जना सांसद मध्य ६१ जना सांसदको सेर वहादुर देउवाको विरुद्ध अविश्वासको प्रस्ताव राख्न भनि हरुताक्षर गराए पनि संसदीय दलको नेतामा अविश्वास राख्दा सदननै भग हुने र त्यसको दोष गिरिजावावु माथि लाग्ने हुनाले वहाले दलमा अविश्वासको प्रस्ताव राख्न सक्नु भएन । आखिर संसद भग भयोनै । सहमति कार्यान्वयन भएन । म ञहा अर्को एउटा घटना उल्लेख गर्न चाहान्छु । २०६२ माघ १९ गते तत्कालिन राजाले शाशन सत्ता आफनो हातमा लिए । त्यतिवेला म दमौलिमा गीरफतार भए । केहि दिन पछि म छुटे । म काठमाण्डौ आउदा सम्म कांग्रेसका कुनै नेताहरुको शाहि कदमको विरुद्धमा कुनै आवाज निक्लिएको थिएन । स्वयं गिरिजावावुको पनि कुनै प्रतिकृया थिएन । सभापति र महामन्त्री जेलमा हुनु हुन्छ । यो ईंतिहासको एउटा गलत कदम हो । परीणामले आज त्यहि प्रमाणित गरेको छ । यसका विरुद्धमा कांगेसले केहि गरेन भने नेपालको ईतिहासमा कांग्रेसले ठुलो मुल्य वेहार्नु पर्दछ । त्यतिवेला म पार्टिको सह महामन्त्री थिया । मैले वाहिर भएका साथिहरुलाई भेटेर २०६२ साल फाल्गुण ७ गते देखि काग्रेसले आन्दोलन गर्नु पर्दछ भनेर तयारी गरे । अन्य दलहरु संग सम्वन्ध राख्ने कामको जिम्मा केहि साथिहरुलाई दिईयो । के वी गुरुड। , वल वहादुर राई , वल देव मजगैया , राम शरण महत , अर्जुन नर सिंह केसी , दिल वहादुर धर्ति आदि केन्द्रिय सदस्यहरु संग परामर्ष भयो । देश भरीका साथिहरु लाई संपर्क गरेर फल्गुण ७ गते वाट आन्दोलन गर्ने निर्णय भयो । केवी गुरुड। पार्टिको निर्वाचन आयोगको अध्यक्ष हुनाले वहालाई भुमिगत राखियो । मेरो आव्हानमा आन्दोलन गर्नु भन्दा घरमै नजरवन्द रहनु भएका पार्टि सभापति गिरिजा प्रसाद कोईरालाको नाम वाट गर्न उचित लागेको हुदा २०६२ साल फाल्गुण ७ गते वाट शाहि कदमको विरुद्धमा नेपाली कांग्रेले आन्देलनको आव्हान गरेको जानकारी पछि कृष्ण चन्द्र झा मार्फत गिरिजा वाुवु काहा दिए । सूरुको दिन अर्थात२०६२ साल फाल्गुण ७ गते सांसद एवं कनांग्रेस नेता शुरेश मल्ल र कांग्रेस नेता चिरन्जिवि तेवारीको अगुवाईमा आन्दोलन सुरु भयो । वहाहरुले जुलुसवाट गिरफतारी दिनु भयो । गिरिजावावुले मेरो नाम वाट किन आन्दोलनको घोषणा गरेको त भन्नु भएन । मुख्य सचिव सोभाकर पराजुलिले कार्यालय संचालनको गोप्य व्यवस्था मिलाउनु भयो । दृई महिना आन्दोलन चल्यो । गिरिजा वावु जेलवाट निस्किए पछि कांग्रेस केन्द्ीय कार्यसमितिका साथिहरुको वैठकमा वहाले भन्नु भयो मैले नजरवन्द वाटनै आन्दोलनको संचालन गर्न केहि केन्द्रीय सदस्यलाई जिम्मा दिएको थिया । त्यतिवेला सम्म आन्देलन कसरी चल्यो एक शव्द पनि वहाले सुन्न चाहनु भएन । शायद आन्दोलनको पुर्ण श्रेय आफैले लिन खोज्नु भएको थिया । मलाई अहिले लाग्यो आन्दोलन असफल भएको भए मेरो के हविगत हुनेरहेछ । अनि म पनि सतर्क रहन थाले । ईतिहासवाट सवैले फाठ सिक्नु पर्ने रहेछ । मैले यो कुराहरु सहभागि पात्रहरुको जिवनकालमानै व्यक्त गर्न उचित ठाने र उल्लेख गरे । सत्ताको लोभले नेताहरुलाई अन्धो वनाउदछ रे । त्यसैले सत्तामा रहदा सधै कार्यकर्ताको भिडभडाक भई रहने नेताको जीवनकालको अन्त कार्यकर्ता विहिन र पिडादाई भएको । ईतिहासले हामिलाई सिकाएको पाठ यहि हो । ईतिहास वाट पाठ नसिक्ने हो भने जीवनमा सफलता मिल्दैन । जुन दिन कार्यकर्ताले आफु नेतावाट प्रयोग मात्र भएको छु भन्ने महसुस गर्दछ ,त्यस दिन कार्यकर्ताले नेतालाई छोडछ । विस्वासमा कार्यकार्ताले नेतालाई ज्यान दिन्छ । विश्वास गुम्यो भने कार्यकर्ताले नेतालाई सोलखेको धुलो पनि दिदैनन । कार्यकर्ताहरु कामको कदर चाहदा रहेछन । मुल्य चाहदा रहेनछन । त्यस्रैले सधै भनिने गर्दछ नेताले कार्यकर्ताको मन जित्न पर्दछ । 
(२०६६ चैत्र १ र २०६६ चैत्र ८ गते देशान्तर साप्ताहिकमा प्रकाशित)




प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |