प्रधानमन्त्री सिंह र कोइराला अनी त्यो बुके

image

प्रधानमन्त्री कोइरालाका सुरक्षा अधिकारी सुरज राउतले भने जगतजी यदी माइण्ड गर्नु हुन्न भने यो बुके वोकिदिनु न ।

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह अस्पतालमा छन् । यो बेला उनको स्मरणमा केही शव्द लेख्न मन लाग्यो । पन्ध्र वर्ष अघिको कुरा हो, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजकीय भ्रमणमा मैले पनि कान्तिपुर टेलिभिजनको प्रतिनिधिका रुपमा सहभागी हुने अवसर पाएको थिए । जनआन्दोलनको वलमा प्रधानमन्त्री भएपछि कोइराला पहिलो पटक भारत भ्रमणमा निस्किएका थिए ।

                  कान्तिपुर दैनिकमा प्रकाशित समाचार

नेपाल बायुसेवा निगमको जहाज दिल्लीमा अवतरण गर्ना साथ उनको भव्य स्वागत भयो । भारतीय प्रधानमन्त्री सिंह आफै विमानस्थल पुगेर  कोइरालाको स्वागत गरे । त्यस अघि अमेरिकी प्रधानमन्त्री विल क्लिनटन र केही नेताले मात्र त्यो तहको स्वागत पाएको चर्चा भारतीय मिडियामा चलेको थियो । जनआन्दोलन कमाण्डरको हैसियतमा प्रधानमन्त्री भएका कोइरालाको स्वागत गर्दै सिंहले भनेका थिए गिरिजाबाबु दक्षिण एसियाकै महान नेता हुनु हुन्छ । 
विमानस्थलमा कोइरालाको स्वागत गर्दा सिंहले ठूलो बुके दिए । 
केही समय पछि प्रधानमन्त्री कोइरालाका सुरक्षा अधिकारी सुरज राउतले भने जगतजी यदी माइण्ड गर्नु हुन्न भने यो बुके वोकिदिनु न । यति धेरै फूल र माला छ की मलाई वोक्न गाह्रो भयो । मोटरसम्म पनि पु-याउन कठिन छ । भारतीय प्रधानमन्त्रीले कोइरालालाई दिएको त्यो बुके बोकेर म इम्पेरियल होटलसम्म पुगे । त्यो फूल समाएको एउटा तस्वीर सम्झनाका लागि राख्नु पर्ने । तर मैले होटलको लवीमा फूल छोडि दिए । आज आएर लाग्छ, एउटा तस्वीर खिचेर राखेको भए हुने । 
यति बेला भारतका पूर्व प्रधानमन्त्री सिंह विरामी भएर अस्पतालमा छन् । उनको स्वास्थ्य लाभको कामना गर्दै उनले त्यो बेला कोइरालालाई दिएको वुकेको तस्वीर ।




प्रतिक्रिया