महात्मा गान्धीका नाती भन्छन् –दक्षिण एसियाका नेता दुईजिब्रे र कपटी (पुरा अंश PDF )

image

नेतृत्वले विश्वसनीयतामा जोड दिन्छ र त्यो निष्कपट तथा हदैसम्मको सत्यनिष्ठ हुन्छ । नेतागिरी लोकप्रियता खोज्छ, यो दुईजिब्रे र कपटी हुन्छ । नेतृत्वका अनुयायीहरू हुन्छन्, नेतागिरीका अभिकर्ताहरू हुन्छन् । 

म एउटा काल्पनिक संवादबाट आजको प्रवचन सुरु गर्न चाहन्छु । त्यो संवाद मेरो र यहाँ उपस्थित कुनै पनि व्यक्तिबीच हुन सक्छ । 
के तपाईं दक्षिण एसियाली नेता हुनुहुन्छ ? 
होइन, होइन । 
दक्षिण एसियाली त हुँ, तर ‘नेता’ भने होइन । 
उसो भए, सायद असफल नेता पो हुनुहुँदो हो कि ? 
होइन बाबा, मैले नेता हुने प्रयास कहिले पनि गरिनँ । 
ए, अभिलाषी नेता हुनुहुन्छ क्यार ? 
होइन, तर सबैको प्रशंसा वा वाहवाह पाउने वा भनौँ अगुवा बन्ने सपना नदेखेको चाहिँ होइन । 
अगुवा ? 
कस्तो अगुवा ? 
फसाद नै त्यसैको छ । खासमा कुनै कुराको अगुवा होइन । मेरो कुनै खास ध्येय नै छैन ।

कुनै ध्येय छैन ? 
वाहवाही र प्रशंसा कमाउनेबाहेक तपाईंको कुनै उद्देश्य छैन ? 
यस कुराबाट परिचित हुनुहुन्छ र यो सुनेर तपाईंलाई दिक्क पनि लाग्न सक्छ, मलाई थाहा छ । 
हो, थाहा छ । यतिका नेता छन्, तर उनीहरूलाई वाहवाही कमाउनु र मान्छे पछि लगाउनुबाहेक केही मतलब छैन । 
हो, त्यही भनेको । नेताहरू जो ताली चाहन्छन्, तालीको गडगडाहट चाहन्छन् र झ्न् ठूलो गडगडाहट चाहन्छन् । त्यसपछि नारा, जुलुस, पोस्टर, ¥याली, भाषण मञ्च चाहन्छन् । आफूपछाडि समर्थकहरूको झुन्ड चाहन्छन्, तिनले आफूलाई माथि उचालेको, आफूलाई पत्याएको र सत्तामा पु-याएको हेर्न चाहन्छन् । 
तपाईंलाई पत्याउने आधार के ? 
जनतामाझ तपाईंले ठाउँ बनाउन पाउने अधिकार के हो ? 
त्यस्तो मसित केही पनि छैन । तर पारिवारिक इतिहास भन्ने हुन्छ नि त्यसले धेरै कुरा बताउँछ । 
ए, तपाईंको परिवारमा नेताहरू थिए, त्यसैले तपाईं पनि नेता बन्न चाहनुहुन्छ, होइन ? 
त्यसै भनी बुझनुहोस् न । वास्तवमा कुरा त्यही हो । 
उसो भए, नेता परिवारको सदस्य भएपछि नेतृत्वमा हक लाग्छ भनेको हो ? 
होइन, त्यस प्रकार कसैको हक लाग्दैन । राजनीतिक परिवारमा जन्मदैमा कसैलाई राजनीतिमा प्रवेश गर्ने अधिकार हुँदैन । तर दक्षिण एसियामा यस्तै परम्परा चलेको छ । यो परम्परा त्यति पुरानो त होइन, तैपनि यो स्थापित भइसकेको छ । अनि यो परम्परा राजनीतिमा मात्र होइन अन्य क्षेत्रमा पनि स्थापित भइसकेको छ । यसलाई ‘जन्मका आधारमा माथि उक्लने’ परम्परा पनि भन्न सकिन्छ । 
अँ, अ’सेन्ट बाई डि’सेन्ट । यो कुरा मलाई मन प-यो त । तर अङ्ग्रेजीमा अ’सेन्ट भनेको उक्लनु या चढ्नु हो र डि’सेन्ट भनेको ओर्लनु हो । 
के उसो भए तेन्जिङ शेर्पाले सगरमाथाबाट ओर्लेर त्यसमा चढेका हुन् त ? 
यहाँ मैले “डि’सेन्ट” भन्नुको तात्पर्य वंशपरम्परा हो । पर्वत चढ्ने परम्परा र सीप तेन्जिङको रगतमै थियो, उनको डी.एन.ए.मै थियो । हो कि होइन ? 
त्यसैले उनको वंशपरम्पराले ठूलो भूमिका खेलेको पक्कै थियो । त्यसैले उनलाई उचाल्यो, ठेल्यो र टुप्पामा नपुगेसम्म घचेटिरह्यो । 
हुन सक्छ । उनको डी.एन.ए.मा त्यो थियो, पक्का हो । तर उनी भिडे र लागिपरे । उनले आफ्ना हाड, छाला र मांसपेशीका एक–एक तन्तु त्यसमा घोटे । आफ्नो मन–मस्तिष्क र शरीरलाई त्यसमा लगाए । उनलाई कसैबाट कुनै लाभ मिलेको थिएन । बरु त्यसको विपरीत तेन्जिङको कथा एक व्यक्तिले प्रत्येक पाइलाका लागि सङ्घर्ष गर्नु परेको कथा हो । त्यो एक व्यक्तिको अथक परिश्रमको कथा हो । त्यो उनी आफैले प्राप्त गरेको सफलता हो । 
तपाईंले ठीक भन्नुभयो । तेन्जिङ वास्तवमै नेतृत्वको प्रतिमूर्ति थिए । नेतृत्व दिनु भनेको के हो त्यो उनको जीवनले बताउँछ ।

जवाहरलाल नेहरूले भनेका थिए भाग्य भत्रे कुरा हुन्छ, त्यसलाई आफैले खेलाउन सक्नुपर्छ । त्यसलाई कसरी खेलाउनुहुन्छ, त्यसैमा सफलता पनि निहित हुन्छ ।

पुरा पढ्नका लागि

http://asd.org.np/wp-content/uploads/2015/03/asd_lecture_booklet0.pdf
 




प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |