कहाँ छ, पूर्व राजा ज्ञानेन्द्रले प्रयोग गरेको लाल बाकस

image

राजदरबारमा हुने कागजात र दस्तावेजको भण्डारण स्थल लाल बाकसआज कहाँ छ ? यसबारे कसैलाई थाहा छैन । त्यही बाकसमा राजाको छाप हुन्थ्यो । ल टाढा किन जाने ? ज्ञानेन्द्रको छाप अहिले कहाँ छ त ? ज्ञानेन्द्रले लालमोहर लगाउने छाप कहाँ छ त ? हो, जुहारत भएको हुनाले सबैको आँखा श्रीपेचमा गयो, अरू कागजातमा कसको के ध्याउन्न रहन्थ्यो र ?

त्रिखण्डी शिक्षा (१०० मा ३३ नम्बर ल्याएर पास हुने) पद्धतिका विरुद्ध शतप्रतिशत पढ्ने, बुझ्ने र प्रयोग गर्ने गुरुकुलीय पाठशालाले जन्माएका थोरै विद्यार्थीमध्येका एक हुन्– डा. महेशराज पन्त । जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट ‘संस्कृत लेक्सिकोग्राफी’ मा विद्यावारिधि गरेका पन्तको नेपालको इतिहास सच्याउने र अभिलेखीकरणमा अग्रणी भूमिका छ ।

इतिहासविद् नयराज पन्तले २००९ सालमा २१ सदस्य लिएर सुरु गरेको इतिहास संशोधन–मण्डलमा अहिले महेशराज र उनका भाइ प्राध्यापक दिनेशराज मात्रै सक्रिय छन् । संशोधन मण्डलले २०२१ सालदेखि प्रकाशन गर्न थालेको अनुसन्धानमूलक पत्रिका ‘पूर्णिमा’ १४४ अंक निस्किएपछि दुई वर्षयता बन्द छ । इतिहासमा भइरहेको लहडबाजी, संशोधन र सच्चिन नसकेको संस्कारका बारे प्रस्तुत छ पन्तसँगको कुराकानी :

राजनीतिक र सामाजिक परिवर्तनका हिसाबले छोटो समयमा नेपालले लामो फड्को मारेको देखिन्छ । तर ऐतिहासिक दस्ताबेज खोज्दा भेटिँदैन । हामी नेपाली जाति आफ्नो विगत छिट्टै बिर्सिनेमा पछौं कि के हो ?

यो म नजन्मँदैको कुरा हो । जुद्धशमशेरका पालामा हाम्रा एक जना आफन्त थिए– रामजी तिवारी । कुनै सरकारी अड्डामा काम गर्ने रामजीलाई हनुमानढोकामा भएका काम नलाग्ने जति कागजात धुल्याउनका लागि खटाइएको रहेछ । छान्दै जाँदा त्यहाँ त बोराका बोरा इतिहासका लागि उपयोगी कागज भेटिएछ । सय थान जति फाल्न नहुने कागजात बटुलेर ल्याएर उनकै जीवनकालमा केही प्रकाशमा पनि आए । पछि रामजीको देहान्तपछि कतिपय कागजात हामीले ‘पूर्णिमा’ मा पनि छपाइदियौं ।

सरकारले ‘धुल्याउने’ भनेको कागजको त्यो थुप्रोमा एउटा कागज यस्तो पनि पाइयो जहाँ संवत् १८७१ नेपाल–अंग्रेजको लडाइँ हुँदा पश्चिम मोहडाबाट राजधानीमा राजालाई पठाएको चिठी पनि थियो । राजधानीबाट पूर्वपश्चिममा आफ्ना भारदारलाई चिठी पठाइन्थ्यो, त्यसैगरी भारदारहरूले पनि प्रत्युत्तर पठाउँथे । त्यस्ता चिठी अंग्रेजले बाटोमै जफत गर्दो रहेछ । चिठीको लिपि देवनागरी र भाषा नेपाली हुन्थ्यो, यो हिन्दीजस्तै सहजै बुझ्न सकिने भएपछि अंग्रेजले हाम्रो रहस्य थाहा पाउने भए भनेर सरकारले चिठी नेवारी लिपि र नेवारी भाषामा लेख्ने निर्णय गरिएको रहेछ । त्यो कागजातको ढेरमा यस्तै एउटा चिठी पनि पाइएको छ तर त्यो एकदम खण्डित छ । मैले आजभन्दा ७ वर्षअघि ‘राजधानी’ पत्रिकामा अमरसिंह मृत्यु दिवसको अवसर पारेर पश्चिम मोहडाबाट लेखिएको त्यो चिठी छापेको थिएँ । यस्ता दुर्लभ कागजात र अभिलेख त कति थिए होलान्, सम्झी हेरौं ।

त्यही बेलाको पत्राचारको सामग्रीलाई अंग्रेजहरूले ‘पेपर्स रेस्पेक्टिङ द नेपाउल वार’ नामले सन् १८२४ मा छापे । हो, अंग्रेजले भने इतिहासको रक्षा यसरी पनि गरेका छन् । हामीकहाँ भने न इतिहासको जगेर्ना छ, न सोधखोज ।

इतिहास अभिलेखीकरणमा अहिले पनि हामी लापर्बाह नै छौं ?

धेरै अघिका कुरा नगरौं । दुई वर्षअघि मात्रै यस्तै घटनाका बारे सुनेको थिएँ । २०७२ सालको भूकम्पमा डिल्लीबाजार मालपोत कार्यालय भत्किएको थियो, स्थिति सम्हालिनसक्नु बनेको थियो । त्यहाँका ऐतिहासिक महत्त्वका कागजात संग्रह गर्न, संकलनमा राख्न नसकेको अवस्थामा त्यहीं खनेर ती कागजातको डंगुर गाडिएको रहेछ, यो सुनेर म अचम्ममा परेको थिएँ ।

अर्को उदाहरण मेरै परिवारमा छ । संवत् १८४८ मा भएको कुमाउ–गोर्खाको सन्धिमा मेरा हजुरआमाका पुर्खाका तर्फबाट सन्धि गर्न गएका थिए । उनले सन्धि गरेर आएपछि त्यो सन्धिपत्र आफ्नै घरमा राखिदिए । अन्त भए त्यो फालिन्थ्यो होला, हामीकहाँ भएकाले रहिरह्यो । त्यो कागजात प्रकाशनमा आइसकेको छ ।

अहिले मसँग जुम्ला राज्यको एउटा नक्सा छ, अंग्रेज युद्धपछि र जंगबहादुर काल अगाडिको । त्यो नक्सा हातैले लेखिएको छ र त्यो हाम्रै पद्धतिबाट बनेको नक्सा हो । अहिले हामीलाई के भ्रम पारिएको छ भने नक्साजति सबै अंग्रेजले ल्याएका हुन् । त्यसो होइन, नक्सा हामी आफैंले बनाउँथ्यौं । त्यसबेला जुम्लाको नक्सा बनेको थियो भने दार्चुलाको पनि बनेकै थियो होला । अहिले नयाँ नक्सा र लिम्पियाधुरासम्मको बहस–विवाद चलेका बेला यस्ता ऐतिहासिक सोधखोज बाहिर आउन सक्नुपर्‍यो नि ।

हामीकहाँ पनि राष्ट्रिय अभिलेखालय, पुरातत्त्व विभागहरू छन् नि ?

छन् नि । केही वर्ष अगाडि अभिलेखालयका स्टाफहरूलाई दक्षिण कोरियाले भ्रमण गराउन लगेछ । घुमेर आएपछि उनीहरूले ‘हामी यति थोरै मान्छेले यसरी अभिलेखालय चलाएका रहेछौं, दक्षिण कोरियाको अभिलेखालय काममा ६ सय जना कर्मचारी रैछन्’ भनेर गफ दिएको सुनियो । हो, दक्षिण कोरियाली अन्वेषणकर्ताले ठूला–ठूला किताब छापेका छन् । शोध–अनुसन्धानका प्रशस्त काम गरेका छन् । मैले एकपटक हाम्रो अभिलेखालयका कर्मचारीलाई सोधेको थिएँ– तिमीहरूले के–के काम गरेका छौ ? जवाफ थिएन । एउटा पत्रिका आउँछ, ‘अभिलेख’ नाममा । त्यो पनि ‘आउटसोर्सिङ’ मा चलेको छ । हाम्रा अर्काइभको जनशक्ति इतिहास–संस्कृतिका कुराहरू रेडिमेड किताबमा पढ्छन् । उनीहरूलाई लिपि पढ्न भनिएको छ, तर लिपि के हो, थाहा छैन ।

लुम्बिनीको अशोक स्तम्भबारे लेख भन्यो भने रेडिमेड किताबकै पाठ सार्छन् । त्यस्तै अर्को अभिलेख उही प्राचीन भाषामा लेख भन्यो भने पसिना निकाल्छन् । अहिले लिपुलेक–लिम्पियाधुराबारे आएका कागजात लगेर पढ्न दिनुस् त, उनीहरू हाट्टहुट्ट गर्लान् तर राम्रोसँग पढ्न सक्दैनन् । हाम्रो अभिलेखालयमा बस्नेमध्ये भारतबाट अभिलेखालय विज्ञान पढेर आएका एक जनाले भनेका थिए– ‘हामी त ‘अर्काइभ’ गर्न जान्दछौं, अभिलेखको सुरक्षा गर्ने काम हाम्रो हो । लिपि पढ्ने वा बुझ्ने काम हाम्रो होइन ।’

हामी ब्रिटिस लाइब्रेरीको कुरा गछौं भारतकै नेहरू पुस्तकालयको कुरा गछौं तर आफूमा इन्स्टिच्युसनल मेमोरीराख्ने विषयलाई किन कहिल्यै जरुरी ठानेनौं ?

यो एउटा व्यक्तिले गर्ने कुरा होइन । केही व्यक्तिको समूह मिलेर चलाएको ‘संशोधन मण्डल’ ले त इतिहास शुद्धाशुद्धिमा केही काम गर्न सकेको छ, राज्यले र तपाईंले भनेजस्तो ‘इन्स्टिच्युसनल मेमोरी’ पद्धति भइदिएको भए देखिने गरीको काम हुन्थ्यो होला । अब हाम्रो परराष्ट्रकै कुरा गरौं न । परराष्ट्रका सामग्रीहरू, जैसीकोठादेखिका कागजातहरू अभिलेखालयमा जिम्मा लगाइएको १० वर्षभन्दा बढी भइसक्यो । अहिले सीमा समस्यासहितका विषयमा बहस चर्किएका बेला ती ऐतिहासिक सामग्रीको उत्खनन, अध्ययन–मनन हुन सके धेरै कुरा पाइन्थ्यो कि ?

मलाई नै चार/पाँच जनाको जनशक्ति दिएर त्यहाँ खटाउने हो भने म त्यसलाई विषयको छ्यान गर्न सक्ने थिएँ, सामग्री सूचीकृत हुन सक्थ्यो । तर उनीहरू आफू पनि गर्दैनन्, अरूलाई पनि गर्न दिन्नन् । त्यतिखेर राजदरबारमा हुने कागजात र दस्तावेजको भण्डारण स्थल ‘लाल बाकस’ आज कहाँ छ ? यसबारे कसैलाई थाहा छैन । त्यही बाकसमा राजाको छाप हुन्थ्यो । ल टाढा किन जाने ? ज्ञानेन्द्रको छाप अहिले कहाँ छ त ? ज्ञानेन्द्रले लालमोहर लगाउने छाप कहाँ छ त ? हो, जुहारत भएको हुनाले सबैको आँखा श्रीपेचमा गयो, अरू कागजातमा कसको के ध्याउन्न रहन्थ्यो र ?

इतिहास जित्नेको मात्रै लेखिन्छभनिन्छ नि । तर हामीकहाँ न जित्ने न हार्नेकै सच्चा इतिहास लेखिएको छ । तपाईंलाई के लाग्छ ?

इतिहास भनेको त अब जसले प्रचार गर्छ, उसैको न आउने हो– लिखित रूपमा । नेपालमा भने पीडितहरूको इतिहास जहिले पनि हामीले कोट्याएरै खोज्नुपर्ने हो । किनभने उनीहरू त उत्पीडित थिए । नेपालको हकमा राजा–महाराजा, उच्च पदस्थ र कुलीनहरूले इतिहास लेखे । रैतीका कुरा छोपिएरै रहे । यहाँ न जितको सही इतिहास छ, न हारकै ।

मलाई एउटा गजब लागेको कुरा भन्छु है । तपाईंलाई त थाहै होला– चित्तधर हृदय नामका कविका बारे । उनी नेवारी भाषाका कवि हुन् । १२/१३ सालमा राजा महेन्द्रले उनलाई कविकेशरीको उपाधि दिएर महिनाको २ सय रुपैयाँ भत्तासमेत दिन थाले । चित्तधरले त्यो कुरा कहिल्यै सोचेका होलान् त, जहाँ कालीमाटीमा महेन्द्रको सालिक ढालेर त्यही ठाउँमा उनको सालिक राखिएला भनेर ? अब यिनै चित्तधरको सालिक पनि कुनै दिन फालिँदैन भन्ने के ग्यारेन्टी छ र ?

अब अहिले हेर्नुस् न, जहाँ पनि गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीका नाममा हस्पिटल बनाइएको छ । के नेपालको सामाजिक–राजनीतिक इतिहासमा यी मात्रै शिलालेखमा उभिनुपर्ने नामहरू हुन् र ? बरु पञ्चायतकालमा कान्ति ईश्वरी विद्यालय त उनीहरूले आफ्नै खर्चमा बनाएका हुन्, त्रिभुवन विश्वविद्यालय पनि स्थापना गर्दाताका सरकारको खर्च लागेको थिएन । अहिले भने हाम्रा शासकले जानीजानी सरकारकै खर्चमा पजनी गर्ने काम गरिरहेकै छन् ।

‘म र मेरो’ को घेरा अहिले डरलाग्दो बनेको छ । बरु पञ्चायतकालकै एउटा घटना म सम्झन्छु । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट सूर्यविक्रम ज्ञवालीको ‘नेपाल उपत्यकाको मध्यकालीन इतिहास’ पुस्तक छापिएको थियो । हामी संशोधन मण्डलका तर्फबाट उक्त पुस्तकमा भएको त्रुटि देखाउँदै धूवाँदार खण्डन गर्‍यौं । पछि राजदरबारमा भएको एउटा पत्रकार सम्मेलनमा राजा महेन्द्रलाई सोधिएको रहेछ– तपाईं कुलपति रहेकै प्रज्ञा प्रतिष्ठानले छापेको पुस्तकमा भएको गल्तीबारे बाहिर चर्चा छ, के भन्नुहुन्छ ?

राजाले जवाफमा भनेका रहेछन्– ‘जे जहाँबाट भए पनि सत्य कुरा बाहिर आउनुपर्छ ।’ हो, त्यसबेला यतिसम्म पारदर्शिता र सत्य कुराको सुनुवाइ भएको स्थिति थियो । अहिले शासन, सत्ता र शक्ति भएपछि ‘म र मेरो’ घेराबाट कोही पनि अघिपछि गर्नै नचाहेको स्थिति छ ।

परराष्ट्रमातहतका सामग्रीहरू त अभिलेखालयमा आइसकेको छ । यसमा ‘क्लासिफाइड’ गर्दै भनेर छुट्याइएको छ रे । यसमा त हाम्रो पहुँच हुने कुरा पनि भएन । केही दस्तावेज दरबारमै अड्किएका छन् कि ? मालपोतमा पनि हुन्छन् पुराना डकुमेन्टहरू । पहिले तेजारथ अड्डा भन्ने पनि थियो । यस्ता अड्डाहरूमा खोजीनिती गर्‍यो भने फेला पार्न सकिन्छ । तर कसले कसलाई के भन्ने ? यस्ता सामग्री खोजीनिती गर्न बनाइएका समितिहरूमा हामीले ठाउँ पाउँदैनौं ।

काठमाडौंको गुठी संस्थानमा को ‘विज्ञ’ बसेको छ ? गुठीमा हुन सक्ने कागजातका बारे को–कति जानकार छ ? कलकत्ता युनिभर्सिटीमा हिन्दुवादी आशुतोष मुखर्जी उपकुलपति भएर आएपछि उनले त्यहाँका समाजवादी र हिन्दु धर्मका विरोधीहरूलाई पनि छानीछानी लगेर विश्वविद्यालयमा जागिर दिएका थिए रे । काम निकाल्ने, काम देखाउने त यसरी हो नि । तर हामीकहाँ न अध्ययन, न अनुसन्धानको थिति देखियो ।

नोट :  प्राध्यापक पन्तको यो अन्तर्वाता २०७७ जेष्ठ २५ गते कान्तिपुरमा प्रकाशित भएको थियो । अनुसन्धानका क्षेत्रमा रुचि राख्नेहरुका लागि उपयोगी हुने ठानेर हामीले त्यसको मुख्य अंश साभार गरेका हौं ।

अन्तर्वाताको पूर्ण अंश पुरै पढ्न यो लिंकमा जानु होला

https://ekantipur.com/Interview/2020/06/07/1591504016352462.html

 




प्रतिक्रिया


  1. image медициналық сақтандыру телефон

    үйде жалғыз қалғанда 1 толық нұсқа қазақша, үйде жалғыз қалғанда 3 толық нұсқа freedom card для нерезидентов, карта фридом финанс казахстан отзывы финансист күніне құттықтау, қаржы қызметкерлерін құттықтау как починить зарядку от самсунга, замена аккумулятора самсунг цена

    image күкірт қышқылы реакция теңдеуі

    калькулятор доллара, курс кз калькулятор как мастер лишился дома, мастер и маргарита сколько читать өзгеріс желі макмиллан, д.элазар саяси мәдениет нейрондық желінің түрлеріне түсінік беріңіз және мысал келтіріңіз, нейрондық желінің жұмыс принципі

    image describing the symptoms of stress and giving advice on how to reduce stress перевод

    қазақстан көлік нөмірі бағасы, автокөлік нөмірлері рейтинг турецких сериалов на сегодня, турецкие сериалы 2022 топ 10 достық жеңілмейтін күш қазақша толық нұсқа, балапан программа на завтра банк тартиби, ұлттық банк мақсаты

    image ұстаз ұлы тұлға тәрбие сағаты 3 сынып

    қыдыр ата батасы, қыдыр ата наурыз қабылдау бөліміне іштің тұйық, медициналық бұйрықтар 96 что такое бил, бил мектеп көп дәрі ішсе не болады, дәрілер түрлері

    image acquisto online di lotriderm senza ricetta a Milano

    médicaments en vente libre au canada cristers Vaulx-en-Velin Preis für Medikamente in Kanada

    Acheter de la médicaments en ligne sans ordonnance en Belgique Actavis Gumpoldskirchen medicijnen online kopen: de beste manier om snel verlichting te krijgen

    расписание электричек караганда темиртау, темиртау караганда расписание мукагали макатаев стих казахстан, мукагали макатаев стих родина моя ғашықтың тілі тілсіз тіл абай, ғашықтың тілі тілсіз тіл көзбен көр де ішпен біл қоян жылын сипаттау, қоян жылы қандай жыл 2023

    hey there and thank you for your information – I've definitely picked up something new from right here. I did however expertise a few technical points using this web site, as I experienced to reload the web site lots of times previous to I could get it to load correctly. I had been wondering if your hosting is OK? Not that I am complaining, but slow loading instances times will often affect your placement in google and could damage your quality score if ads and marketing with Adwords. Anyway I'm adding this RSS to my email and could look out for a lot more of your respective fascinating content. Ensure that you update this again soon.

    My relatives all the time say that I am killing my time here at web, except I know I am getting know-how daily by reading such good articles.