प्रेमिकासँग विवाह गर्न नपाउने हो भने म राजीनामा गर्छु भनेर युवराजले राजा त्रिभुवनलाई पत्रै थमाएका थिए तर उनको त्यो राजीनामा केवल धम्की मात्र थियो । राजा पनि के कम, महेन्द्रको राजीनामा सबैले देख्ने गरी कोटको खल्तीमा राख्तै भनिदिए— ‘भैगो, तेरो राजीनामा स्वीकृत गरिदिन्छु र भाइलाई युवराज बनाउँछु । मन लागेको गर ।’
राजा महेन्द्र : जन्म १९७७ जेठ ३० - मृत्यु २०२८ माघ १७
पहिली पत्नी इन्द्रराज्यको निधनपछि तत्कालीन युवराज महेन्द्र साली रत्नको प्रेममा पागल भइसकेका थिए । तर राजा त्रिभुवन राणापुत्रीसँग छोराको विवाह हुन नदिने अडानमा थिए । बाबुले खोजेकी केटीसँग विवाह गर्न दिएको दबाब युवराज महेन्द्रलाई मन परेको थिएन । राजा भने राणा परिवारसँग सम्बन्ध विस्तार गर्ने पक्षमा थिएनन् । सो विवाद लामो समय चल्यो । बीपीले भनेका छन्— “म गृह मन्त्री छँदाको कुरा हो । एक दिन युवराजाधिराज महेन्द्र बेलुका म बसेको रङ्गमहलमा टुप्लुक्क आइपुगे । त्यस दिन बिहान मेरी छोरीको मृत्यु भएको थियो ।
अचानक युवराज आएको देखेपछि बीपीले सोधे— ‘सरकार, बिनासूचना सवारी ? के त्यस्तो हतार भयो ? किन ?
युवराजले भने— ‘मैले युवराजबाट राजीनामा दिन थालें । अब म साधारण मानिस भएर बस्छु ।’ उनले राजा त्रिभुवनलाई सम्बोधन गरेर लेखिएको चिठी देखाउँदै थपे— ‘म एउटी केटीसँग बिहा गर्न खोज्छु । बुबाचाहिँ हुँदैन हुकुम हुन्छ । त्यति मात्र होइन । एउटी केटी खोजिदिएको छ, उसैसँग बिहा गर हुकुम हुन्छ । एक त आफूले चाहेकी केटीसँग विवाह गर्न नपाउनु । अर्को उहाँले खोजेकै सँग गर्नुपर्ने ? त्यसैले आफ्नो प्रेमका खातिर मैले पद त्याग गर्नुको विकल्प देखिनँ ।’
युवराज महेन्द्रलाई आश्वस्त पार्दै बीपीले भने— ‘राजासँग कुरा गरेर मिलाउँला । सरकारले राजीनामा दिने कुरा छैन ।’
केही दिनको अन्तरालमा बीपी र त्रिभुवनबीच कुरा भयो— ‘सरकार, अस्ति मकहाँ युवराजाधिराज सवारी भएको थियो । राजीनामाको कुरा गरिबक्सन्थ्यो ।’ अनि राजाले भने— ‘राणाकी छोरीसँग बिहे गर्छु भन्छ । म राणाहरुसँग सम्बन्ध टुटाउनुपर्छ भन्छु, मान्दैन । ठीक छ, उसलाई भनिदिनु— बिहा गर्ने भए म राजीनामा स्वीकृत गर्छु, भाइ हिमालय राजा हुन्छन् ।’
राजाको कुरा सुनेर छक्क पर्दै बीपीले भने— ‘सरकार, बरू युवराजका जेठा छोरा वीरेन्द्र राजा हुन्छन्, हिमालय हुँदैनन् । प्रजातन्त्र आएपछि पनि मन पराएकी केटीसँग बिहा गर्न नपाउने कुरा जायज हुन्छ र सरकार ?’ उनले राजा त्रिभुवनलाई सम्झाउन खोजे ।
बीपीकै मध्यस्थतामा त्रिभुवन र महेन्द्रबीच एउटा सम्झौता भयो— छ महिनासम्म युवराजले बिहा गर्छु नभन्ने र राजाले पनि राणाकी छोरीसँग बिहा नगर भनेर कर नगर्ने ।
बिहेको टुङ्गो नलाग्दै राणा–कांग्रेस सरकार विघटन भई मातृकाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसको एकल सरकार बनिसकेको थियो । राजाको इच्छा बमोजिम प्रधानमन्त्री मातृका पनि युवराजको प्रेमको विपक्षमा अर्थात् महेन्द्रले राजाको चाहना बमोजिम गैरराणा केटीसँग विवाह गर्नुपर्छ भन्ने पक्षमा सक्रिय भए, जुन युवराज महेन्द्रलाई मन पर्ने कुरै थिएन ।
भर्खरै स्थापना भएको प्रजातन्त्र र सङ्क्रमणकालीन राजनीतिक वातावरणलाई दाजु भाइ (मातृका र बीपी) र बाबु छोरा (राजा र युवराज) को झगडाले असर गरिरहेको थियो । २००९ सालतिरको कुरा हो, युवराजको प्रेम विवाद नारायणहिटी दरबारको चार घेराबाट बाहिरिएर सतहमा छताछुल्ल भयो । युवराजको विवाह प्रसङ्गमा राजा त्रिभुवनले भारतीय प्रधानमन्त्री जवाहलाल नेहरुसँग २००९ भदौ २० गते सल्लाह लिँदा नेहरुले राजालाई सुझाएछन्— ‘युवराज वास्तवमै एउटी खास केटीसँग लहसिएका छन् र विवाह गर्न पनि चाहन्छन् भने त्यसलाई लामो समय रोक्नु उचित हुँदैन ।’
प्रेमिकासँग विवाह गर्न नपाउने हो भने म राजीनामा गर्छु भनेर युवराजले राजा त्रिभुवनलाई पत्रै थमाएका थिए तर उनको त्यो राजीनामा केवल धम्की मात्र थियो । राजा पनि के कम, महेन्द्रको राजीनामा सबैले देख्ने गरी कोटको खल्तीमा राख्तै भनिदिए— ‘भैगो, तेरो राजीनामा स्वीकृत गरिदिन्छु र भाइलाई युवराज बनाउँछु । मन लागेको गर ।’ बाबुलाई घुक्र्याउने प्रयोजनका लागि थियो महेन्द्रको राजीनामा तर ‘साँच्चै स्वीकृत गरिदिए भने के गर्ने’ भनेर उनी फसादमा परे र सहयोगको हात थाप्तै बीपीको शरणमा पुगे । राजा त्रिभुवन र प्रधानमन्त्री मातृका विपक्षमा रहेकाले बीपी बाहेक उनको अर्को सहारा बाँकी थिएन । यस्तैमा एक रात युवराज महेन्द्र रत्नका साथ नयाँ सडकस्थित रञ्जना हलमा पुगे । बीपी र महेन्द्रबीच लामो संवाद भयो । सकेसम्म राजालाई सम्झाएर राजीनामा स्वीकृत गर्नबाट रोक्ने वचन बीपीले महेन्द्रलाई दिए । त्यही भेटमा महेन्द्रले पदवी छोड्नै परे नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा आउने चाहना राखेका थिए तर बीपीले मानेनन् ।
बीपी महेन्द्रलाई उनको गद्दीसिद्ध अधिकार दिलाउन चाहन्थे । दुवैको निकट मित्रता थियो । युवराज बीपीको निवासमा आइरहन्थे । अरुलाई थाहा नहोस् भनेर पछि दुई जनाको अधिकांश भेट कांग्रेस नेता सूर्यप्रसाद उपाध्यायको भाटभटेनीस्थित घरमा हुन थाल्यो ।
बीपीका कान्छा भाइ गिरिजाप्रसादले एक दिन कोट लगाएको एउटा मानिस बीपीको बेड रूममा सुतिरेहको देखे । सुतेका ती व्यक्ति नै महेन्द्र हुन् भन्ने उनलाई थाहा भएन । गिरिजाबाबुले त्यो प्रसङ्ग सुनाउँदै लेखकसँग भनेका थिए— म सान्दाजु नजिक पुगें । उहाँले भन्नुभयो, ‘ए त्यहाँ नजा न ।’ कांग्रेस नेता सुवर्णशमशेर पनि बीपीसँगै थिए । केही समयपछि बीपी निवासबाट बाहिरिने क्रममा युवराज महेन्द्रले भने, ‘रत्नसँग विवाह गर्न पाइनँ भने म गद्दी छोडिदिन्छु ।’ युवराजलाई सान्त्वना दिँदै बीपीले भने, ‘प्रजातन्त्र आइसकेपछि पनि मन पराएकी केटीसँग विवाह गर्न नपाउने भन्ने हुन्छ र ? भविष्यको राजालाई यस्तो कुरामा टेन्सन दिनु हुँदैन । म महाराजाधिराजसँग कुरा गर्छु, सम्झाउँछु ।’ त्यही विषयमा सम्झाउन गएका बेला राजाले भने, ‘बीपी, तपाईं प्रजातन्त्रमा मन पराएको केटीसँग विवाह गर्न पाउनुपर्छ भन्नुहुन्छ । तर मेरो छोरालाई मैले जति चिनेको छु, तपाईंले चिन्नुभएको छैन । यसले दुःख दिएपछि थाहा पाउनु हुनेछ ।’
एकातिर रत्नसँग महेन्द्रको प्रेम प्रसङ्ग उत्कर्षमा थियो, अर्कोतिर राणाकी छोरीसँग युवराजको विवाह हुन नदिने राजाको धम्की ।
फेरि बरू राजगद्दी छोड्ने तर प्रेम मर्न नदिने युवराज मेहन्द्रको अडान ।
युवराज महेन्द्रलाई ससुरा हरिशमशेरले आडभरोसा दिएका थिए । जमलस्थित सेतो दरबारमा भेटघाट र योजना बन्थे । आफ्ना विश्वासपात्रलाई कुराकानीका लागि महेन्द्र पनि त्यहीँ बोलाउँथे ।
राजा त्रिभुवन पनि के कम, महेन्द्रको राजीनामा स्वीकृत गरी उनका भाइलाई राजा बनाउने भए । यसैबीच दरबारमा महेन्द्रलाई पदच्युत गरी गोरखा दरबार धपाउने र हिमालयलाई उत्तराधिकारी बनाउने अभियान सुरू भयो ।
प्रधानमन्त्री मातृका राजाकै पक्षमा लागेर महेन्द्रलाई गोरखा पठाउने तयारीमा थिए । मातृका प्रधानमन्त्री भए पनि राजनीतिमा पकड भएका नेता बीपी नै हुन् भन्ने युवराज महेन्द्रलाई थाहा थियो । आफूमाथि आइपरेको सङ्कट समाधानका लागि महेन्द्रले गोप्य रुपमा बीपीसँग सहयोग मागेका थिए । युवराज महेन्द्रले सूर्यप्रसाद उपाध्यायको घरमै पुगेर बीपीसँग भने, ‘मलाई निकाल्ने अन्तिम योजना बनेको छ, तपाईंले रोक्नुप-यो ।’ बीपी महेन्द्रको गद्दीसिद्ध अधिकारको पक्षमा थिए । उनले प्रधानमन्त्री मातृकालाई कुनै हालतमा युवराजलाई गोरखा धपाउने त्यस्तो अप्रिय निर्णय नगराउन दबाब दिए । त्यही दिन बीपीले महेन्द्रलाई आश्वस्त पार्दै भनेका थिए— ‘युवराजबाट राजीनामा नगर्नू र भाग्ने काम पनि नगर्नू, परिआयो भने हामी सैनिकको साथ लिएर ‘कु’ सम्म गरौंला ।’
राजाको जेठो छोरो गद्दीको उत्तराधिकारी हुने परम्परा जोगाउन गोप्य योजना बनाउँदै बीपीले आफ्ना विश्वासपात्र विश्वबन्धु थापासँग भने— ‘हेर न विश्वबन्धु, युवराज रत्नसँग बिहे गर्न नपाए क्राउन प्रिन्सको पदवी छोड्छु भन्दै छन् । त्रिभुवन पनि आफूले खोजेकी केटीसँग विवाह गरेन भने उसको भाइलाई युवराज बनाइदिन्छु भनेर धम्क्याउँदै छन् । भोलि राजा हुने मान्छेले आफूले मन पराएकी केटीसँग बिहा गर्न नपाउने पनि हुन्छ त प्रजातन्त्रमा ! म राजालाई सम्झाउँछु, भएन भने कसरी मिलाउने सोच्नुपर्छ । प्रेम गरेकी केटीसँग विवाह गरेको अभियोगमा कसैलाई गद्दी त्यागको सजाय दिनु त अति नै हुन्छ ।’ ‘सम्झाउँदा पनि राजाले मानेनन् भने के गर्ने ?’ विश्वबन्धुको जिज्ञासासँगै बीपीले उपाय सुझाए— ‘आवश्यक परे सैनिक कु गरेर भए पनि उनलाई गद्दीको अधिकार दिलाउनुपर्छ ।’
कु का लागि गोप्य योजना बन्यो । सैनिक अधिकारीसँग कुरा मिलाउने काममा खटिएका थापा भन्छन्— ‘बीपीको निर्देशन बमोजिम मैले जनरलहरुसँग कुरा गरें । उनीहरुले यो योजनामा बीपी र युवराज महेन्द्र एक ठाउँमा छन् भनेर कसरी विश्वास गर्ने भन्ने प्रश्न उठाए । हामीले सिनेमा देखाउने निहुँमा सैनिक अधिकारीहरुलाई गोप्य तबरबाट जय नेपाल हलमा बोलाउने, त्यहीँ बीपी र युवराज महेन्द्रले हात हल्लाएर दुवै एकसाथ रहेको सन्देश दिने व्यवस्था मिलायौं ।’ सैनिक कु गरेर त्रिभुवनलाई हटाउने र युवराज महेन्द्रलाई राजा बनाउने योजना अन्तिम चरणमा पुगिसकेको थियो । यसैबीच त्रिभुवन र महेन्द्रबीच कुरा मिल्यो । अनि त्यो योजना गुपचुप राखियो ।
अन्तिम समयमा आफ्नो अडानबाट पछि हटेर त्रिभुवनले भनेका थिए— ‘ठीक छ, प्रजातन्त्र उसलाई लागेको छ भने मलाई पनि लागेको छ । ऊ चाहेकी केटीसँगै विवाह गरोस्, म रोक्तिनँ तर म विवाह समारोहमा सहभागी हुन्न । बम्बै जान्छु ।’ राजाले फैसला सुनाइदिए ।
त्रिभुवनले रत्नसँग छोराको विवाह त रोकेनन् तर विवाहको समयमा आफू चाहिँ बम्बैतिर हिडिदिए । नयाँ दुलहीलाई नारायणहिटीमा भित्राउन दिएनन् । वि.सं. २००९ माघ २५ मा नागार्जुन दरबारमा बडागुरूज्यूकी दुलहीले रत्नलाई भित्राइन् । त्यति बेलै राजा त्रिभुवनले कांग्रेसी नेताहरुसँग भनेका थिए— ‘बीपीले महेन्द्रका लागि मसँग निकै कर गरे । उनको राजीनामा स्वीकार नगर्न दबाब दिए । यिनले युवराजलाई के चिनेका छन् । यसले तपाईंहरुलाई धुरूधुरू रूवाउनेछ । मैले चिनेको छु यसलाई ।’
Keep up-to-date on world events, policy changes, and game results. Our dedicated reporters bring you up-to-the-minute reporting 24/7. Cnn
Stay informed on global happenings, policy changes, and game results. Our dedicated reporters bring you real-time reporting 24/7. Chatgpt
консультаци¤ психолога цена москва бесплатная помощь психолога по телефону
Get the latest scoop on world events, policy changes, and sports highlights. Our seasoned journalists bring you real-time updates around the clock. Dollar general
у психолога