पूर्व राजा ज्ञानेन्द्रले दरवार छोडेको दिन : जनमत गुमाएका नेतालाई कुर्सी कति प्यारो

image

अन्त्यमा, राष्ट्राध्यक्षको रूपमा नेपाल र नेपालीको हितमा काम गर्दा मैले कसैको र कुनै प्रकारको अधिकार हनन हुने किसिमबाट काम गरेको थिइन । म वा मेरा परिवारका कुनै सदस्यले विगतमा भए(गरेको कामबाट कसैलाई पीडा पर्नगएको वा कसैको अधिकार हनन हुनगएको भएमा अन्जानमा यस्तो काम हुनगएको वास्तविकता सबैले बुझिदिनुहुने नै छ भन्ने आशा लिएको छु ।

नेपाली जनताको सात दशक लामो संघर्षवाट मुलुकमा गणतन्त्र स्थापना भयो । आम नेपालीलाई नेताहरुले भन्ने गरेका थिए–प्रजातन्त्र र विकासका लागि राजतन्त्र वाधक भयो । गणतन्त्र आएपछि अव कसैले  अधिकारका लागि लड्नु पर्दैन । त्यसपछिको युग भनेको तिव्र विकास र सम्वृद्धिको हुने छ । 
जनचाहना अनुसार संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र बनायो । जनताको त्यो निर्णयको सम्मान गर्दै शाह वंशका अन्तिम राजा ज्ञानेन्द्रले शान्तिपूर्ण रुपमा नारायणहिटी दरवार छोडिदिए, २०६५ जेठ २९ मा । त्यस पछिका दिनमा उनी आम नागरिक सरह जिवन यापन गरि रहेका छन् ।

गणतन्त्र आएपछि सत्तामा पुगेका नेताहरु आफूलाई नयाँ राजाको अवतारका रुपमा प्रस्तुत गर्दैछन् । जनतालाई दिइएका आश्वासन र विगतका बाचा भूलेर । राजनीतिमा विकिृति, विसंगति मौलाएको छ । संसदको विश्वास गुमाउदा समेत प्रधानमन्त्री र मुख्यमन्त्रीहरु कुर्सीमा टाँसी रहने संस्कार वसाई रहेका छन् । दुई तिहाईका प्रधानमन्त्रीले सदनको विश्वास मात्र गुमाएका छैनन्, दुई दुई पटक संसद भंग गरेर चुनाव घोषणा गरेका उनी सत्ता टिकाउन जस्तो सुकै हथकण्डा अपनाई रहेका छन् । प्रधानमन्त्रीका हरेक निर्णयलाई राष्ट्रपति विद्या भण्डारीले आँखा चिम्लेर छाप लगाउदै आएकी छन् । 
नेतृत्वको यस्तो कृयाकलापले आम जनतालाई निराशा वाहेक केही दिन सकेको छैन । 
पढौं, शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले नारायणहिटी दरवार छोड्नु अघि दिएको यो वक्तव्य । 

नेपाली दाजुभाइ, दिदीबहिनीहरू † 
चार चार जात छत्तीस जातको साझा फूलबारीका रूपमा आजभन्दा दुई सय चालीस वर्षघि हाम्रा पूर्वज बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहबाट कल्पना र स्थापना गरिबक्सेको मुलुक आज अत्यन्त गम्भीर र समवेदनशील संक्रमणको स्थितिबाट गुज्रिरहेको छ । देश र जनताको सुखदुःखमा सहधर्मी एवं सहकर्मी रहेको नेपाली राजसंस्था नेपाली जनताकै समृद्धि तथा समुन्नतिमा अनुप्रँणित हँदै आएको र्सवविदितै छ । इतिहासको प्रत्येक कालखण्डमा राजा र नेपाली जनताको संयुक्त प्रयासबाट भएको एकीकरण, प्रजातन्त्रीकरण एवं आधुनिकीकरण पनि यसको ज्वलन्त उदाहरण हो । राष्ट्र, राष्ट्रियता, र्सार्वभौम नेपाल एवं राष्ट्रिय अखण्डतालाई हामी नेपालीले सधैं जीवनमूल्य मानिआएका छौं । यस मूल्य र मान्यताप्रति हाम्रो निष्ठापूर्वक उर्त्र्सग भावना हिजो थियो, आज छ र भोलि पनि रहनेछ । 
देशमा आजभन्दा ७ वर्षअगाडि एउटा असहज, दुःखद र अनपेपेक्षित घटनाका कारण संविधान र परम्पराअनुसार राष्ट्राध्यक्ष्ँको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्रधर्म, कूलधर्म र राजपरम्परा अनुरूप मुलुकको र्सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरू कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउ“छु । तत्कालीन हिन्दू अधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आओस् भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो, त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु । त्यसपछिका घटनाक्रम र परिणाम सबैका सामु किताबजस्तै खुला छन् । 
मैले हिजो पदीय दायित्वका कारण व्यक्त गर्न नसकेको तर मेरो अन्तरआत्मामा गुज्रिरहेको केही कुरार् इश्वरलाई साक्ष्ँी राखी आज म पत्रकार मित्रहरूमार्फ नेपाली दाजुभाइ, दिदीबहिनी एवं अन्तर्रराष्ट्रिय समुदायसमक्ष राख्न चाहन्छु । नियति नै भन्नुपर्ला म एउटा अबोध बालक छँदा मेरो शिरमा पहिर्‍याइएको श्रीपेच चुपचाप थाप्ने बाध्यताबाहेक मेरो न चाहना थियो, नत इच्छा, नत कुनै भूमिकाको गुञ्जायश नै थियो । त्यस्तै ०५८ साल जेठ १९ गते राति दोस्रो पटक फेरि एउटा अकल्पनीय त्रासदीपूर्ण घटना राजदरबारमा घट्दा मेरो पूजनीय दाजु-भाउज्यू लगायत आफ्ना आत्मीय परिवारको वीभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आसु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जञ्जीरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन । यसै अवस्था र घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापूर्वक म र मेरो परिवारमाथि लगाएका कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न कुनै उपाय नै थियो, नत हाम्रँेतर्फाट बोलिदिने नै कोही थिए । तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन म र मेरो परिवारप्रति पूर्वाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बदनाम गर्ने काम निरन्तर रूपमा भइरह्यो, जुन मेरोलागि अति दुःखदायी थियो र छ पनि । दरबारमा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जीवित सदस्यहरू अझै पनि जीवितै छन् । उनीहरू त्यसका प्रत्यक्ष साक्षी पनि हुन् । सोही घटनामा घाइते भई बाँचेकी मेरी श्रीमतीको शरीरमा प्रँविधिक कारणले निकाल्न नसकिएका गोलीका टुक्राहरू अझै रहेका छन् । यस सम्बन्धमा उपचारमा संलग्न चिकित्सकहरूबाट सत्यतथ्य पनि बाहिर आएकै थियो । उच्चस्तरीय छानबिन आयोगले घटनाबारे सत्यतथ्य जनसमक्ष ल्याएकै हो । समस्त नेपाली जनता र राजसंस्था शोकविह्वल रहेको अवस्थामा यस्तो प्रकारसंग आक्षेप लगाउनु मानवीय समवेदनासँग मेल नखाने तथा राजसंस्थाप्रति नेपालीसामु रहेको सद्भावलाई बिगार्ने र मात्र दुर्भावना फैलाउने रणनीति रहेको देखिन्छ । 
यस्तै अर्को कुरा मैले मेरो सम्पत्ति विदेशमा राखेको छ भन्ने जस्ता लाञ्छनायुक्त प्रचार भएको पनि सुनेको छु । मेरो सम्पूर्ण सम्पत्ति नेपालमै छ । मैले विदेशमा चल-अचल सम्पत्ति राखेको छैन । नेपालको कानुनअनुसार पूर्वजबाट मेरो नाममा आएका सम्पत्तिहरू पनि मैले व्यक्तिगत नाममा नराखी संस्थागत रूपमा राख्ने व्यवस्थासमेत गरी त्यसको संरक्षण गरेको छु । विगत ७ वर्षमा मैले कुनै थप सम्पत्ति जोडेको छैन । परम्परागत सम्पत्ति घटाउने काम पनि भएको छैन । राजपरिवारका कुनै पनि सदस्यको सम्पत्तिको हक छिनेको पनि छैन । नेपालको प्रचलित कानुनअनुसार निजी सम्पत्ति राख्न पाउने हक मलाई पनि हुने नै छ भन्ने विश्वास लिएको छु । 
जनताको चाहना र इच्छालाई नै र्सर्वोपरि मान्ने राजपरम्परा अनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निणर्यलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु । मैले देश छाडेर जाने सोच बनाएको पनि छैन । म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु । यसका लागि सबै क्षेत्रबाट सहयोग हुने नै छ भन्ने आशा लिएको छु । 
हामी नेपालीका महान पूर्वजहरूको रगत-पसिना र बलिदानले बनेको स्वतन्त्र र र्सार्वभौम रहदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताको निम्ति म जुनसुकै अवस्थामा र हैसियतमा रहे पनि सदा समर्पित रहने प्रण गर्दछु । मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ । स्वतन्त्र राष्ट्रको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ । स्वाभिमानी आमनेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ । परम्परागत रूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षित रूपमा राख्नेगरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्तरण गरेको छु । अन्त्यमा, राष्ट्राध्यक्षको रूपमा नेपाल र नेपालीको हितमा काम गर्दा मैले कसैको र कुनै प्रकारको अधिकार हनन हुने किसिमबाट काम गरेको थिइन । म वा मेरा परिवारका कुनै सदस्यले विगतमा भए(गरेको कामबाट कसैलाई पीडा पर्नगएको वा कसैको अधिकार हनन हुनगएको भएमा अन्जानमा यस्तो काम हुनगएको वास्तविकता सबैले बुझिदिनुहुने नै छ भन्ने आशा लिएको छु । विगत ७ वर्षो कार्यकालमा मलाई सहयोग गर्ने समस्त नागरिक, संवैधानिक निकाय, न्यायिक क्षेत्र, सुरक्षा निकाय, राष्ट्रसेवक, शिक्षक, प्राध्यापक, विद्यार्थी, किसान, मजदुर, उद्योगपति, व्यापारी, बुद्धिजीवी, युवा, धार्मिक संघ(संस्था, नागरिक समाज, पत्रकार, राजप्रासाद सेवाका कर्मचारी लगायत विभिन्न तह र तप्कामा आबद्ध सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा म आभार व्यक्त गर्न चाहन्छु । नेपालको सधैं भलो चिताउने छिमेकी मित्रराष्ट्रहरूका साथै अन्तराष्ट्रिय जगत र कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई पनि धन्यवाद दिन चाहन्छु । साथै नेपाल सरकारको तर्फाट राजदरबारमा खटिई काम गर्ने सुरक्षा एवं व्यवस्थापन समितिका सदस्यहरूलाई पनि धन्यवाद दिन चाहन्छु । नेपाल सरकारबाट वर्तमानमा भएको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा पनि आवश्यक सहयोग प्राप्त हुने नै छ भन्ने आशा लिएको छु । 
श्री पशुपतिनाथले हामी सबैको 
कल्याण गरुन् । 
जय नेपाल । 
२०६५ जेठ २९


 




प्रतिक्रिया


  1. This post will help the internet viewers for building up new blog or even a weblog from start to end.

    I don't even know the way I finished up here, but I assumed this publish was once great. I don't realize who you might be however certainly you're going to a well-known blogger should you are not already. Cheers!

    Hi there, You've done a great job. I will certainly digg it and personally suggest to my friends. I'm confident they'll be benefited from this web site.

    Hi there to all, how is everything, I think every one is getting more from this site, and your views are pleasant in favor of new viewers.

    Wonderful items from you, man. I have bear in mind your stuff prior to and you are just too fantastic. I really like what you have got right here, certainly like what you are stating and the way in which wherein you assert it. You're making it enjoyable and you continue to care for to stay it wise. I can not wait to read far more from you. This is really a wonderful web site.

    Hi there, everything is going perfectly here and ofcourse every one is sharing facts, that's genuinely excellent, keep up writing.

    I do agree with all the ideas you've offered for your post. They are really convincing and will certainly work. Nonetheless, the posts are too quick for newbies. May you please lengthen them a little from subsequent time? Thanks for the post.