दरवार हत्याकाण्ड : संसदमा छलफल गराएको भए यति छिट्टै जाने थिएन राजतन्त्र

image

त्यो वेला दुई वटा विचार आए । पहिलो : तत्काल राजा नियुक्त गर्ने । किन भने एक छिन पनि राजगद्वि खाली गर्नु हुन्न भन्ने परम्परा थियो । अर्को विचार थियो, राजाको वंश नाश भएको छ । यो घटनाका विषयमा संसदमा वहस चलाउनु पर्छ । राजतन्त्र राख्ने वा नराख्ने भन्ने विषय संसदवाटै टुङो लगाउनु पर्छ । 

धेरैलाई अहिले पनि विश्वास छ –दरवार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएपछि संसद वोलाएर राजतन्त्र अनुमोदन गराएको भए मुलुकमा यति छिटो गणतन्त्र आउने नै थिएन ।  राजसंस्था जाने कारण के होला भनेर मैले केही वर्ष यता भेटेका धेरैलाई सोध्ने गरेको छु । ति मध्ये अधिकांशको विचार छ –हत्याकाण्ड वारे संसदमा छलफल गराउनु पथ्यो । संसदले राजतन्त्र वारे निर्णय लिनु पथ्यो । नकी राजपरिषद् स्थायी समितिले । 
राष्ट्र प्रमुख राजा वीरेन्द्र र उनको वंश नाश हुदा समेत जनताको सार्वभौम संस्था संसदले त्यो मुद्धामा वहस गरेर उचित निर्णय लिन नसक्दाको परिणाम हो गणतन्त्र । घटनाक्रमले पनि त्यही देखाउछ । दरवार हत्याकाण्ड भएको सात वर्षमै राजतन्त्रको अन्त्य भै मुलुकमा गणतन्त्र स्थापना भयो । 

यस प्रसंगमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका राजनीतिक सल्लाहकार पुरञ्जन आचार्यले लेखकलाई सुनाए–त्यो वेला दुई वटा विचार आए । पहिलो ः तत्काल राजा नियुक्त गर्ने । किन भने एक छिन पनि राजगद्वि खाली गर्नु हुन्न भन्ने परम्परा थियो । अर्को विचार थियो, राजाको वंश नाश भएको छ । यो घटनाका विषयमा संसदमा वहस चलाउनु पर्छ । राजतन्त्र राख्ने वा नराख्ने भन्ने विषय संसदवाटै टुङो लगाउनु पर्छ । 
जनता मस्त निद्रामा रहेका वेला २०५८ जेठ १९ गते राती दरवार हत्याकाण्ड भएको थियो । धेरैले घटना वारे विहान मात्र थाहा पाए । राजा रानीको मृत्यु भैसकेको थियो । घाइतेको सैनिक अस्पताल छाउनीमा उपचार हुदै थियो । प्रधानमन्त्री कोइरालाले एकोरो चुरोट तानेर त्यो रात अस्पतालमै काटे । विहान उनी फर्किए पछि वालुवाटारमा मन्त्री र निकट मानिसहरुको घुइचो शुरु भयो । धेरैले सोधे—के भएको रहेछ गिरिजाबाबु । थकित गलित, वृद्ध प्रधानमन्त्रीले भने–के हुने यार म पुग्दा राजा रानीको मृत्यु भैसकेको थियो । युवराज दीपेन्द्र कोमामा छन् । डाक्टरहरुले सुनाए अनुसार उनको पनि वाँच्ने सम्भावना शुन्य छ रे । 

यस प्रसंगमा प्रधानमन्त्री कोइरालाका राजनीतिक सल्लाहकार आचार्यले लेखकलाई सुनाए –गिरिजावावुले मलाई वेडरुममा बोलाएर सोध्नुभयो ‘महेश (रक्षामन्त्री महेश आचार्य) संग कुरा ग¥यौ के छ तिम्रो र महेशको विचार । मैले भने गिरिजादाजु जे भयो भयो, अव दरवार हत्यकाण्ड वारे संसदमा वहस चलाउनु पर्छ । महेश दाको पनि यही विचार छ । दुई चार दिन राजा नियुक्त नगर्दा केही फरक पर्दैन । आज राजपरिषद् स्थायी समितिको कार्यालय बहादुर भवन नजाउ ।’ 
तर त्यस अघि नै कोइराला छाउनी अस्पतालमा नयाँ राजा नियुक्ति गर्ने सहमति जनाउदै कार्यविधिमा सही गरेर आई सकेका थिए । यस प्रसंगमा कोइराला सरकारका राज्यमन्त्री डा. सुरेश मल्लले लेखकसंग भनेका छन्– घटना हुँदा पोखरामा रहेका अधिराजकुमार ज्ञानेन्द्र विहान हेलिकप्टरवाट काठमाडौं आई पुगे । आर्मी अस्पतालमै उनले आफूलाई राजा घोषित गर्न गिरिजावावुलाई भनेका थिए । गिरिजावावुले भन्नुभयो ‘सरकार यो जुन माहौल भड्किएको छ । यसलाई शान्त पार्न पनि त मलाई समय चाहियो । अर्को कोही मानिस छैन, सरकार वाहेक कसलाई वनाउने ?यो सेटल गर्न मलाई टाइम लाग्छ ।’ 
दरवार हत्याकाण्डमा ज्ञानेन्द्रको संलग्नता छ भन्ने हल्ला व्यापक चलाइएको थियो । आम जनता उनलाई हत्याराको रुपमा हेर्थे । सडकमा ज्ञानेन्द्र र उनका छोरा पारसलाई फाँसी दिनु पर्ने नारा चर्किएको थियो । 
यता वालुवाटार भने हत्याकाण्ड वारे छलफल गराउन संसद वोलाउने वा नवोलाउने वहसमै थियो । जनता अलमलमा थिए । सरकारी सञ्चार माध्यमले लगातार शोक धुन वजाए पनि दरवार हत्याकाण्डको समाचार प्रशारण गरेका थिएनन् । 
कांग्रेस भित्रको एउटा पक्ष राजतन्त्रको परम्परा अनुसार नयाँ राजा वनाई हाल्नु पर्ने पक्षमा थियो भने अर्को चाँही राजाका सन्तान समेत वाँकी नरहेको अवस्थामा राजतन्त्र सकियो । त्यसैले नयाँ राजतन्त्र वनाउने की नवनाउने भन्ने विषयमा संसदमा वहस चलाउनु पर्छ भनिरहेको थियो । २०४७ को संविधानले राजतन्त्र वारे सदनमा वहस चलाउन रोक लगाएको थियो । त्यो समुहको तर्क थियो– इतिहास वनाउने यो एउटा मौका हो । त्यसैले राजसंस्था वारे संसदबाट निर्णय लिनु पर्छ । 
दरवार हत्याकाण्ड भएको रात प्रधानमन्त्री कोइरालाका विश्वास पात्र रक्षा मन्त्री महेश आचार्य विराटनगरमा थिए । विहानै कोइरालाले उनलाई लिन हेलिकोप्टर पठाई सकेका थिए । यता वालुवाटारमा प्रधानमन्त्रीका निकट सहयोगीहरु भन्दै थिए–यत्रो घटना भएको छ गिरिजादाई । यस विषयमा संसदमा वहस चलाउनु पर्छ । गिरिजादाई इतिहास वनाउने यो एउटा मौका हो ।
त्यो क्षण स्मरण गर्दै कोइरालाका राजनीतिक सल्लाहकार पुरञ्जन आचार्यले लेखकसंग भने—गिरिजा दाजुले सोध्नु भयो तिमीहरु संसद बोलाउ वोलाउ भन्छौ । महेश (रक्षा मन्त्री) पनि यही भन्छन्’ मैले भने ‘हो गिरिजादाई । महेश दाको पनि यही विचार छ ।’ 
छलफल चलिरहदा महेश टुप्लुक्क पुगि हाले । त्यो दिनको घटना महेश आचार्यले लेखकलाई यसरी सुनाए – आउने वित्तिकै मैले भने संसदमा छलफल गराउ गिरिजावावु । जनतामा यत्रो आक्रोश छ । वास्तविकता के हो ? जनताले संसद मार्फत थाहा पाउनु पर्छ । यो व्यवस्थाको मर्म र भावना पनि त्यही हो । नयाँ राजा वनाउन किन हातर गर्ने ? छलफल गर्दा राम्रो हुन्छ । उहाँ अलि रिसाए जस्तो पनि गर्नुभयो । कहाँ यार यस्तो वेलामा  । सामान्य कुरा भए त वाहिर जान्छ । नराम्रो असर पर्छ भन्नुभयो । 
प्रधानमन्त्री निवासको निलो बैठक कक्षमा छलफल चलिरहेको थियो । कोइराला जुरुक्क उठे र माथिल्लो तलामा रहेको वेडरुम तिर उक्लिए । सिढि चढ्नु अघि भने–पुरञ्जन, पुरञ्जन । 
त्यो क्षण पुरञ्जनले लेखकलाई यसरी सुनाए –आफ्नो शयन कक्ष नजिकै पुग्दा गिरिजादाईले भन्नुभयो ‘त्यो महेशलाई किन जान्ने हुनु परेको ? नरहरी आचार्यले त भने भने महेशले किन वोल्न परेको ? वहादुर भवन जानु पर्छ । राजा नियुक्त गर्नु पर्छ । नत्र कम्युनिष्टहरुले टेक ओभर गर्छन् । कम्युनिष्टहरुलाई खुल्ला छोड्ने ? कस्तो नवुझेको त्यो महेशले । सम्झाउ ।’ मैले भने ‘तपाई सम्झाउनुस् न गिरिजादाई । म माथि वोलाउछु । तपाईलाई सम्झाउने मानिस मैले सम्झाएर मान्नुहुन्छ र ?’ हैन पहिला तिमी कुरा गर । फर्किएर महेशदा नजिक गए र भने ‘गिरिजादाई राजा नियुक्त गर्ने भन्दै हुनुहुन्छ ।’ महेश दाई भन्न थाल्नुभयो ‘हैन भाई वहस त चलाउनु पर्छ । त्यो राम्रो देखिन्छ, जनताले पनि सबै कुरा त वुझ्नु प-यो नी ।’ यति कुरा गरे पछि महेश दाई गिरिजादाजुको कोठामा छिर्नुभयो । 
प्रधानमन्त्री कोइराला र रक्षामन्त्री आचार्य विच केही समय एक्लैमा कुरा भयो । आचार्यले संसदमा छलफल गराएर अघि वढ्न राम्रो हुने आफ्नो धारणा सुनाए । जुन कोइरालालाई चित्त वुझि रहेको थिएन । त्यो वेला प्रधानमन्त्रीको मुड रक्षामन्त्री आचार्यले लेखकलाई यसरी सुनाए–अलि रिसाए जस्तो पनि गर्नुभयो । कहाँ यार यस्तो वेलामा  । सामान्य कुरा भए त वाहिर जान्छ । नराम्रो असर पर्छ भन्नुभयो । बहादुर भवन जानु पर्छ । नयाँ राजा बनाउनु पर्छ । कोइरालाले उनलाई सम्झाउदै भनेका थिए–‘नरहरी आचार्यले वोलेको ठिकै छ तर तिमीले वोल्दा महेश दरवार र सेना दुवैले मैले वोलेको ठान्छन् । त्यसकारण वोल्नुहुन्न ।’
छलफल जारी थियो डा. रामवरण यादव भयानकसंग रिसाउदै प्रधानमन्त्रीको वेडरुममा पुगे । उनी भन्दै थिए–कांग्रेस र राजाको सम्वन्ध विगार्न यहाँ केही मानिस सकृय छन् । 
संविधानले राजतन्त्र वारे सदनमा वहस चलाउन रोक लगाए पनि राजाका सन्तान समेत वाँकी नरहेको अवस्थामा राजतन्त्र सकियो । नयाँ राजा कसलार्य वनाउने ? बनाउने की न वनाउने ? यी यावत मुद्धाको टुङो संसदले नै गर्नु पर्छ भन्ने शसक्त विचार थियो । 
तर राजनीतिक रुपमा संसद वोलाएर यो विषयमा छलफल चलाउने तहमा प्रधानमन्त्री थिएनन् । राजनीतिक रुपमा कोइराला अत्यन्त कमजोर थिए । सबै तिरवाट उनैलाई एक्ल्याउने प्रयास भएको थियो । लाउडा जहाज भाडा प्रकरणमा भ्रष्टाचार भएको आरोप लगाउदै उनको राजिनामा मागेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार ५७ दिन सदन अवरुद्व गरेको थियो । पार्टी भित्र कृष्णप्रसाद भट्टराई समुहले राजिनामा मागिरहेको थियो । भारतसंग पनि एक पछि अर्को गर्दै पट्री मिलेको थिएन । दरवार त झन उनी र कांग्रेसलाई कमजोर वनाएर आफ्नो गुमेकको अधिकार पुनस्थापित गर्ने दाउमा छदै थियो । 
त्यही माहौललाई साम्य पार्न हत्याको आरोप लगाइएका, होसमा नभएका र शतप्रतिशत बाँच्ने सम्भावना सेमत नरहेका दीपेन्द्रलाई राजा घोषणा गरियो । ज्ञानेन्द्र राज्य प्रमुख भए । दुई दिनमै दीपेन्द्रको मृत्युको घोषणा भयो । 
ज्ञानेन्द्र राजा वने । ति दिन दाजुको हत्या गरेर राजा वनेको भन्दै चौतर्फी आरोप खेपी रहेका ज्ञानेन्द्रलाई प्रधानमन्त्री कोइरालाको व्यक्तित्वको छायाँमा अडिएर राजा हुने अवसर मिल्यो । नयाँ राजाले असहयोग गर्दैनन् भन्ने परेको थियो कोइरालालाई पनि । तर राजा भए देखि नै ज्ञानेन्द्रका सबै व्यवहार कसरी संसदीय पद्वती समाप्त पार्ने भन्नेमै केन्द्रीत भए । अन्त: दरवार हत्यकाण्ड नै राजतन्त्र समाप्तिको प्रस्थान विन्दु बन्न पुग्यो । २३८ वर्ष लामो राजसंस्थाको अन्त्य भयो । मुलुक गणतन्त्रमा प्रवेश ग-यो । 
पूर्व राज्यमन्त्री डा. सुरेश मल्लको विचारमा त्यो वेला संसद वोलाएर राजतन्त्रलाई अनुमोदन गराएको भए यति छिटो राजसंस्था जादैनथ्यो । 


 




प्रतिक्रिया


  1. Inspiring quest there. What occurred after? Take care!

    I used to be suggested this website by means of my cousin. I'm now not certain whether this submit is written by means of him as no one else realize such particular about my problem. You are amazing! Thanks!

    This blog was... how do you say it? Relevant!! Finally I have found something which helped me. Kudos!