राजदरवार पुग्दा त्यही रातीको ११.३० वजेको थियो होला । पुरै सुनसान छ । खाली एकजना आर्मी मात्र देख्छु म । कोही छैन । सुनसान एकदमै सुनसान । म घटनास्थलमा पुग्दा त रगतका टाटा केही थिएनन् । घटनास्थल पानीले पखालेर सफा पारि सकिएको थियो ।
दरवार हत्याकाण्ड भएको त्यो रात (२०५८ साल जेठ १९ गते) म सुति सकेको थिए । रातीको करिव ११ वजे शिवध्वज बस्नेतजीले उठाउनु भयो । एकदमै आत्तिए जस्तो लाग्यो ।
बस्नेतजीले भन्नुभयो–गिरिजावावु फोन आएको छ ।
राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजंग रायमाझी रहेछन् । कुरा गर्दा उनले भने—राजालाई सैनिक अस्पताल लगेको छ म जादैछु । तपाई आउनुहोला । यति मात्र भने । राजालाई हर्टएट्याक भएछ भन्ठाने । ल हुन्छ म अस्पताल आउछु भने । गाडी तयार गर्न भनेर कपडा लगाउदै थिए ।
राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनको फोन आयो । उनले भने–सम्मानीयज्यू, म आउदै छु । हुन्छ भनेर कपडा लगाउदै थिए ।
महर्जन वालुवाटार पुगि हाले । अली नर्भस जस्ता थिए । दरवारमा गोली चलेको र राजा रानीको हत्या भएको उनैले सुनाए ।
म त अस्पताल जान भनेर तयार भएको थिए । सुरक्षाकर्मीहरुलाई म कहाँ जादैछु भन्ने केही थाहा थिएन ।
महर्जनवाट घटना वारे थाहा पाएपछि सोचे– आर्मी अस्पताल हैन, पहिला म दरवार जान्छु ।
महर्जनले सोधे—पहिला अस्पताल जाने की दरवार । मैले भने—पहिला दरवार जान्छु । महर्जन डराए जस्तो लाग्यो । उनले भने—हजुर म पनि हजुरको मोटरमा अटाउछु की । हुन्छ बस्नुस् न भने । उनी मेरै मोटरमा गए । राजदरवार पुग्दा त्यही रातीको ११.३० वजेको थियो होला । पुरै सुनसान छ । खाली एकजना आर्मी मात्र देख्छु म । कोही छैन । सुनसान एकदमै सुनसान ।
म घटनास्थलमा पुग्दा त रगतका टाटा केही थिएनन् । घटनास्थल पानीले पखालेर सफा पारि सकिएको थियो । के भएको रहेछ भनेर हेर्छु भनेको त केही थिएन ।
महर्जनले छोटकारीमा के भयो, कसरी भयो भनेर सामान्य व्रिफ गरे । राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत सबै घाइतेलाई अस्पताल लगिएको वताए ।
अनी म अस्पताल तिर लागे । अस्पतालको वातावरण एकदमै तनावग्रस्त थियो । नयाँ परिस्थतीमा म अस्पताल पुगेको थिए । कस्तो छ भनेर सोधे । राजारानीको मृत्यु भैसकेको जानकारी पाए । त्यसको केही समय पछि जव म ट्वाइलेट तिर गएर फर्किदै थिए । पशुपतिभक्त महर्जन हो की कसले हो मलाई भने -मुमा वडामहारानी, मुमा वडामहारानी । पछाडी आईवक्सदै छ । म चाँही जोडले लम्केर हिडि रहेको थिए । उनी मलाई भेट्नका लागि पछि पछि थिइन ।
मुमा वडामहारानी रत्नले भनिन्—प्रधानमन्त्री अव देशलाई वचाउनु पर्छ । यस्तो गर्नु पर्छ, उस्तो गर्नु पर्छ । मैले भने—मैले गर्ने जे पनि गर्न म तयार छु । फेरी देशको निम्ति मैले गर्नु पर्ने जिम्मेवारी पुरा त गर्नै पर्छ ।
त्यहाँ आर्मीहरुको रुप त्यति रामो देखिरहेको थिएन ।
प्रधानसेनापतिलाई वोलाएर सबै तिर अलट रहन भने । उनले सतर्कता अपनाईएको वताए । राजारानीको मृत्यु भैसकेको र राजपरिवारका सबै सदस्य घटनामा परेकाले पोखरामा रहेका अधिराजकुमार ज्ञानेन्द्रलाई जसरी भए पनि छिटो राजधानी ल्याउनका लागि तत्काल हेलिकप्टर पठाउन भने । पानी अलिअलि परेको थियो । हेलिकप्टर गयो तर खराव मौसमका कारण पोखरामा अवतरण गर्न नसकेर फर्कियो ।
मैले भने–मोटरमा अधिराजकुमार ज्ञानेन्द्रलाई उतावाट जहाँसम्म आउन सकिन्छ आउन भन्ने र नजिकमा पर्ने सेनाको व्यारेकवाट हेलिकप्टरमा ल्याउने व्यवस्था गर्नु उचित होला । विहान अस्पतालमा मन्त्रीहरु, प्रधानन्यायाधिस र उच्चअधिकारीहरु आईसके पछि अधिराजकुमार ज्ञानेन्द्र आईपुगे । उनले सबै हरे । हामी अस्पतालमै थियौं । राजापरिषद्को बैठक वोलाइयो । त्यही अधिराजकुमार ज्ञानेन्द्रसंग मेरो कुरा भयो । त्यो वेला उनी राज्य सहायकका रुपमा थिए । मैले भने—सरकारले घोषणा गरेर घटनाको छानविनका लागि एउटा उच्चस्तिरीय आयोग वनाउनु पर्छ ।
उनले सोधे—आयोग वनाउने, तर कस कसलाई राख्ने । मैले भने—प्रधानन्यायाधिस केशवप्रसाद उपाध्याय, प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपाल र सभामुख तारानाथ रानाभाटलाई राख्दा राम्रो हुन्छ । मैले नै माधव नेपालसंग कुरा गरे । उहाँ वस्न राजी हुनुहुन्थ्यो । छाउनी अस्पतालवाट फर्किदा मसंग माधवजीले भन्नुभयो—हैन मलाई समितिमा राजाले राख्लान र ? मैले भने कुरा भए पछि नराख्ने भन्ने प्रश्न नै आउदैन । अनी हामी सिधै राजपरिषद्को कार्यालय वहादुर भवन पुग्यौं । माधवजी खुसी नै हुनुहुन्थ्यो ।
मलाई पनि लाग्यो त्यत्रो घटना भएको छ, कम से कम छानविनका लागि उच्चस्तरीय समिति बन्ने भयो । समिति घोषणा त भयो तर माधवजीलाई पार्टीवाट दवाव प-यो र उहाँले नवस्ने वताउनुभयो । माधवजीलाई सम्झाउन प्रधानन्यायाधिसलाई पठाइयो तर पार्टीले नै निर्णय गरेका कारण उहाँलाई गाह्रो भयो । पछि भरतमोहन अधिकारी लगायतका एमाले नेताहरु मसंग भेट्न आएका थिए । उनीहरुले भने—महासचिव नेपाल वस्न मिलेन । पार्टीकै अरु कसैलाई राख्नु प-यो । मैले भने -एक पटक घोषणा भएको समिति पुनः फेर्नु भनेको राम्रो होइन । नेपालले नवस्ने भने पछि राजाले मलाई के गर्ने भनेर सोधेका थिए . मैले भने—पार्टीले निर्णय गरे पछि माधवजीलाई गाह्रो परेको होला । प्रधानन्यायाधिस र सभामुख रहेको दुई सदस्यीय समितिले काम थाल्छ भैहाल्छ । राजाले एक पटक गरेको घोषणा फेर्नु राम्रो हुदैन ।
पत्रकार जगत नेपालको पुस्तक आफ्नै कुराबाट_
प्रतिक्रिया