ओली रायमाझीको नयाँ अवतार बनेकै हुन् ?

image

हामी वसि रहेका थियौं, आचानक दरवारका विश्वासपात्र दामोदर शमशेर गाडी लिएर सम्मेलन स्थलमै आई पुगे । कसरी कहाँ के मिलाए थाहा छैन । रायमाझीले भने –हामी राजासंग कुरा गर्न दरवार हिड्यौं । 


२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी सात दशकको विचमा कति चिरा भयो गनि साध्य छैन । कम्युनिष्टहरुको संस्कार नै हो मिल्दा ठिक, नमिले फाइट टु फिनिस । गत निर्वाचनमा कार्यगत एकता गरी दुई तिहाई वहुमत पाएको नेकपा एमाले अहिले तीन चिरा भएको छ । दुवै पक्ष न्वारानदेखिको वल लगाएर एक अर्कोको भण्डाफोर गर्ने तहमा ओर्लिएका छन् । प्रधानमन्त्री केपी ओलीलाई उनकै सहयात्री माधवकुमार नेपालले रायमाझी पथमा लागेको आरोप लगाएका छन् । २०७५ साल असोजको पहिलो साता लेखकलाई पुराना वामपन्थी नेता विष्णुवहादुर मानन्धरसंग लामो भिडियो अन्तवार्ता गर्ने मौका मिलेको थियो । प्रस्तुत छ, रायमाझीपथका वारेमा मानन्धरसंग गरिएको कुराकानीको सम्पादित अंश । 

राजा र मुलुकको प्रथम निर्वाचित सरकार विचको सम्वन्ध विग्रदै गएको थियो । २०१७ सालको प्रारम्भ देखि काठमाडौंमा हल्ला चल्न थाल्यो –राजाले आज कु गर्छन् भोली गर्छन् । तर मलाई चाही पत्यार लागेको थिएन, गृह जिल्ला रौतहटमै थिए । यस विच महासचिव डा. केशरजंग रायमाझी रुस गए छन् । किन गए, कसरी गए थाहा थिएन । पछि उनले आफ्नो पुस्तकमा लेखेका छन्–म विदेश जानु अघि राजाले भने देशको स्थिती राम्रो छैन, तिमी विदेश जादैछौ । मैले भने जे गरे पनि व्यवस्था रहनु दिनुपर्छ सरकार ।
रायमाझीको यो भनाई सही हो वा गलत भन्न सक्दिन । हिजो आज जस्तो मिडिया थिएनन् । क्षण क्षणको समाचार पाउनलाई । २०१७ साल पुष १ गते यता काठमाडौंमा राजाले कु गरेछन् । प्रधानमन्त्री बीपी कोइराला सहितका नेताहरुलाई थुनेर । 
हाम्रा सांसद हरदयाल महतो घरमा झण्डा राखेर वसेका रहेछन् । प्रहरी आएर भनेछ –नेताजी हामीलाई अप्ठेरो नपार्नुस् । झण्डा झिकिदिनुस् । ल हाम्रो पार्टीले गल्ती गरेको छैन । कांग्रेसको गल्तीमा हामीले झण्डा किन हटाउने ? उनले वुझेनन् की त्यो कांग्रेस मात्र नभए प्रजातन्त्र र नागरिक अधिकार माथि प्रहार थियो । 
कम्युनिष्ट पार्टीमा सांसद तहका मानिसमा त्यस प्रकारको वुझाई थियो । कांग्रेस र कम्युनिष्ट प्रजातन्त्र जोगाउने मुद्धामा कसरी चुके भन्ने गतिलो उदाहरण हो यो । फाइदा राजाले लिए । प्रजातन्त्र माथि कु गरे । 
त्यो दिनभरी म वाराको कचरुवा गाँउमा मिटिङ गरी रहेको थिए । काम सकेर भारतको रेलवे स्टेशन पुग्दा मानिसहरुले भने –नेताजी मालुम हुआ बीपी गिरफ्तार हुए । प्रजातन्त्र चला गया । अनी तर्सिए । वार्डर मेरो घर पुग्न पाँच मिनेटको वाटो हो । मनमोहन अधिकारीका भाई माल अड्डाका हाकिम थिए । उनैले भने दाई विराटनगरवाट गिरफ्तार हुनुभयो । तपाई पनि आफ्ना जिम्मेवार साथीहरुलाई भारततिर पठाईदिनस् । 
त्यसपछि धेरै साथीले सिमा काटे । सांसद महतोले भने मानेनन् । उनी साडे २ वर्ष जेल परे । म चाँही वोर्डरमा भूमिगत भए । 
त्यो वेला राजाले चाहेको भए काठमाडौंमै रहेका पुष्पलाललाई गिरफ्तार गर्न सक्थे । तर म कांग्रेस विरोधी मात्र हु, कम्युनिष्टको होइन भन्ने सन्देश दिन वामपन्थी नेताहरुलाई समाएनन् । पुष १ को काण्डमा मनमोहन अधिकारी वाहेक कम्युनिष्ट नेता थुनामा परेनन् । 
कम्युनिष्ट पार्टीको सम्मेलनमा भाग लिन मस्को पुगेका महासचिव डा. रायमाझी, कमर शाह, कृष्णराज वर्मा लगायत पाँच शिर्ष नेतालाई नेपालको घटनाक्रम वारे राम्ररी थाहा भएन । रायमाझी इलाजको लागि भनेर उतै वसे । पछि वर्माले सुनाएका थिए–मलाई केही थाहा थिएन, सरासर घर गए पक्राउ परे । 
देशमा प्रजातन्त्रको हत्या भएको छ । राजाले शासन सत्ता हातमा लिएका छन् । यस्तो अवस्थामा पार्टीको रणनीति बनाएर जानु पर्छ महासचिवलाई वोलाउनु प¥यो भन्ने सल्लाह भयो हाम्राविच । साथीहरुले दिल्ली गएर त्यहाँको पार्टीसंग सम्पर्क गरी रायमाझीलाई मस्कोवाट फिर्ता गराउने व्यवस्था मलिाउने जिम्मेवारी मलाई दिए ।  
भारतीय कम्युनिष्ट पार्टीका महासचिव अजय घोषलाई भेटेर रायमाझीलाई खवर पठाउने व्यवस्था मिलाए । 
उनी फर्किए पछि एक महिनासम्म दरभंगामा चलेको प्लेन बैठकमा तीन वटा लाइन आए । पुष्पलाल, तुल्सीलाल, हिक्मत सिंह सहित चार जना विघटित संसदको पुनस्र्थापनाको पक्षमा उभिए । रायमाझी लगायत वहुमत कार्यसमितिको प्रस्ताव थियो, राजाले त्यसै कदम उठाएका होइनन्, हामी विपक्षमा हुनुहुदैन । रायमाझी समर्थकले पुष १ गते देशका विभिन्न भागमा दिपावली मनाएको थियो । रायमाझी पक्षको प्रस्ताव थियो—विघटित संसद फिर्ता गर्न गाह्रो हुने भएकाले संसदीय व्यवस्था पुनस्र्थापनाको मुद्धा अघि सार्नु पर्छ । मोहनविक्रम सिंहले संविधानसभा चुनाव हुनु पर्ने र त्यसका लागि राजा तयार नभए हतियार वन्द आन्दोलन गर्नु पर्छ भन्ने प्रस्ताव राखे । 
पुष्पलालहरुले के देखे भने वहुमत संसदीय व्यवस्था पुनस्र्थापनाको पक्षमा छ । हाम्रो प्रस्ताव विफल हुन्छ । रायमाझीले जित्नु मोहनविक्रमको प्रस्तावमा मतदान गर्ने रणनीति उनीहरुले बनाए । 
तीनै वटा प्रस्तावलाई मतदानमा लगियो । मोहन विक्रमको संविधानसभामा जाने प्रस्तावको पक्षमा वहुमत भयो । पुष्पलालले  पाँच भोट पाए ।
प्लेनममा मोहनविक्रमको प्रस्ताव पारित भए पनि केन्द्रीय मितिमा उनी वाहेक सबैले संविधानसभाको मार्गचित्र अस्वीकार गरे । अन्तमा रायमाझीकै प्रस्ताव नै पारित भयो । 
नौ महिना भित्र महाधिवेशन गर्ने र नेपाल भित्र काम वसेर काम गर्न गाह्रो हुने भएकाले भारत प्रवासबाटै गतिविधि सञ्चालन गर्ने भनेर पाँच वटा अञ्चल कमिटी बनाइए । 
रायमाझी राजा प्रति नरम हुदै गए । जसले गर्दा उनी प्रति आशंका उत्पन्न भयो । त्यसलै उनको चलखेल रोक्न महासचिव पद निलम्वन गरी रायमाझी, डीपी अधिकारी र सम्भुराम श्रेष्ठ तीन जनाको सचिवालय वनाइयो । हामी वसि रहेका थियौं, आचानक दरवारका विश्वासपात्र दामोदर शमशेर गाडी लिएर सम्मेलन स्थलमै आई पुगे । कसरी कहाँ के मिलाए थाहा छैन । रायमाझीले भने –हामी राजासंग कुरा गर्न दरवार हिड्यौं । 
मेरो राजनीतिक जीवनमा त्यही निर ठूलो गल्ती भयो । त्यसको विरोध गर्नु पर्ने म चुप लागेर वसे । चुप लाग्नुको कारण के थियो भने तीन जनाको सचिवालयमा रायमाझी र अधिकारी एक भए पनि सम्भुराम, पुष्पलाल पक्षधर थिए । दरवार जाने विषय सचिवालयमा छलफल भएको होला भन्ने लागेको थियो मलाई, तर सम्भुरामलाई नलगिएको चाल पाएपछि मात्र त्यो रायमाझीको चाल रहेछ भन्ने थाहा भयो ।  
धेरै वर्ष पछि रायमाझीको किताव पढेर थाहा पाए त्यो वेलाको कुराकानीमा राजाले भने छन्–देशकै लागि मैले कदम उठाएको हो । अहिले म तिमीहरुलाई रेस्पोन्स गर्न सक्दिन । आफ्नो शासन चलाउछु । देशको सार्वभौमिकता वचाउनु छ । 
रायमाझीले सोधे छन् – सरकार हामीलाई वाहिर समाउछ की समाउदैन । राजाले भने छन्–दरवार भित्र त समाउदैन । वाहिर के हुन्छ, म भन्न सक्दिन । त्यसको सिधा अर्थ थियो । समाउन पनि सक्छ । भित्रि रुपमा रायमाझीको दरवारसंग साँठगाँठ थियो । दरवारवाट सिधै घर गए र चुपचाप वसे । समातिए । महिना दिन जेल वसेर छुटे । विरामी भएको निहुमा पासर्पोट पाए र उपचारका लागि मस्को तिर लागे । 
रायमाझी दरवार पसेपछि यता पुष्पलाल महाधिवेशनको तयारी थाल्यो । दुई तिहाई जिल्ला कमिटीहरुले संयुक्त रुपमा माग गरे महाधिवेशन वोलाउन सकिन्छ भन्ने पार्टी विधानको प्रावधानका आधारमा । 
दुई तीन महिना समय राखेर महाधिवेशन गरौ । जुन लाईन पास हुन्छ, त्यसैलाई मानेर अघि वढौ भन्ने प्रस्ताव लिएर पार्टीले पुष्पलालसंग कुरा गर्न म र कमर शाहलाई खटाइयो । पुष्पलालसंग भेट भएन । तुल्सीलालले हाम्रो प्रस्ताव मानेनन् । 
यसरी २०१९ सालमा पुष्पलाल पक्षले बनारसमा महाधिवेशन ग-यो । पहिलो पटक कम्युनिष्ट पार्टी फुट्यो । पुष्पलाल महासचिव भए ।
पुष्पलालको जीवनमा एउटा घटना के भएको छ भने २००६ सालमा उनकै अगुवाईमा पाँच जना मिलेर पार्टी गठन भयो । पुष्पलाल संस्थापक महासचिव बने । तर जीवनकालमा उनी महाधिवेशनवाट कहिल्यै महासचिव चुनिएनन् ।
त्यो घटना पछि रायमाझी पक्षले काठमाडौंमा भूमिगत रुपमा महाधिवेशन ग-यो । त्यही वेला देखि पञ्चायतका जनवर्गिय संगठनहरुमा आफ्नामा मानिस घुसाएर जन सम्पर्कको काम गर्ने र भूमिका खेल्ने प्रस्ताव पनि पास भयो । 
रायमाझीका छोरा सेनामा कर्णेल थिए । उनकै घरमा हाम्रो घरमा मिटिङ हुने । रायमाझी भन्थे–केही छैन, हाम्रै मानिसहरु हुन् । हामी त विरोध पनि गर्न नसक्ने । चुप लाग्थ्यौ । मिटिङ गर्दैनथ्यौ । यो सव हुदा पनि म रायमाझी समुहमा किन वसे ? राजिनामा किन दिइन ? 
विश्व कम्युनिष्ट आन्दोलनमा रसियन र चाइनिज कम्युनिष्ट पार्टीको ठूलो भूमिका थियो । दुवै ध्रुवमा नवसेर अलग स्वतन्त्र रुपमा कम्युनिष्ट पार्टी सञ्चालन गर्ने कुरा मनको लड्डु हुन्थ्यो । 
सोभियत कम्युनिष्ट पार्टीको पूर्ण समर्थन रायमाझीलाई थियो । त्यसवाट उनलाई विमुख गराउने मेरो मुख्य अभिप्राय थियो । त्यो नगरुञ्जेल म उनीसगै बसे । 
२०३४ सालमा हाम्रो चौथो सम्मेलन भयो । पहिलो पटक अध्यक्ष र महासचिव पद कायम भयो । म महासचिव र रायमाझी अध्यक्ष भए । 
हामी नेपालबाट पञ्चायती व्यवस्थाको अन्त्य वारे छलफल गर्न थाल्यौ । यस क्रममा भारतका सोसलिष्ट जोसंग बीपीको सम्वन्ध थियो । सोसलिष्ट र कम्युनिष्टहरु विच पार्टीगत रुपमा कुरा भएछ । नेपालमा कांग्रेस र कम्युनिष्ट यी दुई पार्टीलाई मिलायो भने पञ्चायत विरोधी आन्दोलन उचाईमा जान्छ भनेर उनीहरु मार्फत कुराकानी शुरु भयो । भारतीय कम्युनिष्ट पार्टीले हामीलाई खवर ग-यो । हाम्रो तर्फबाट रायमाझी र म उताबाट बीपी र शैलजा थिए । 
भारतीय कम्युनिष्ट पार्टीको अफिसमा एउटा अग्लो मानिसको फोटो छ । भाकपाका महासचिवले मलाई सोधे–इट इज सेम कोइराला । मैले भने एस । बीपीको तस्वीर राखेको रहेछ त्यहाँ । अनी उनले सुनाए–कुनै समय कोइराला स्वयं फेडरेशनका मेम्वर थिए र मेरो मातहतमा काम गर्थे ।  
कुराकानी भयो । हामीले प्रस्ताव राख्यौं । आन्दोलन देश भित्रैवाट खडा गरौं । हतियार नउठाउ । प्रजातन्त्रको कुरा गरी खाने वर्गले बुझ्दैन, अधिकारको लडाई गरौ, प्रजातन्त्र नभनौ । 
हाम्रो प्रस्ताव अस्वीकार गर्दै बीपीले भने–यो राजा हठी छ । बन्दुक सिवाय कसैको बोली बुझ्दैन । अहिले देश भित्र वसेर काम गर्न सकिदैन । वन्दुक बाटै लड्नु पर्छ । 
अर्को कुरा प्रजातन्त्र वाहेक अरु नारा दिनु हुदैन । त्यसो गर्दा जनमत विभाजित हुन्छ । अन्तमा हामी सबै विषयमा असहमति जनाउन सहमत भयौ । 

बीपी चार पाँच कदम अघि वढी सकेका थिए । 
के सोचे कुन्नि, फेरी फकिए । यो त राम्रो भएन । यो तहमा कुरा भयो, केही न केही समझादारी गर्नु प-यो भने । 
अनी बीपी आफैले भने–एउटा काम गरौ । तपाईहरु आफ्नो काम गर्दै जानुस् । हामी आफ्नो वाटो जान्छौं । एक अर्काको वाटोमा अवरोध नगरौं । अनी दुई वटा सहमति भए । यो गोप्य बैठकको कुरा सार्वजनीक नगरौं । 
कांग्रेससंग सहकार्य गर्ने हाम्रो प्रयास असफल भयो । कांग्रेस शसस्त्र क्रान्तिमा गयो, पुरै असफल भयो । यो घटना पछि बीपी २०३३ सालमा मेलमिलापको नीति लिएर फर्किए । जेलवाट छुटेपछि म उनको निवास चावहिलमा भेट्न गए । अंगालो हालेर महासचिवमा निर्वाचित भएकोमा बधाई दिदै हाम्रो दिल्ली वार्ता अघि वढाउ भने । तर दुभाग्र्य उनको स्वास्थ्य विग्रदै गयो । हाम्रो कुरा हुन पाएन । 
त्यस पछि दिल्लीमा हामी विच भएको कुराकानी वारे म वोल्न थाले । पछि बीपीले हाम्रा तीनै प्रस्ताव मान्नु प-यो
यस्तैमा एक दिन अचानक रायमाझी मेरो घरमा आएर पञ्चायतको -यालीमा जान पाउ भनेर सहमति माग्न थाले । मैले उनको त्योे प्रस्ताव मानिन । भनिदिए– प्रजातन्त्रको विरोधमा लागेका राजाको भेलामा जाने विचार तपाईलाई किन आयो । त्यस पछि हाम्रो पार्टीमा रायमाझीलाई निकाल्ने प्रस्ताव कमर शाहले प्रस्ताव राखे ।
घोषणा भए पछिको कुरा हो म रायमाझी कहाँ गए । मैले भने–यो षड्यन्त्र हो प्रजातन्त्र दिन होइन । झुलाउन हो । रायमाझीले भने –म बक्तव्य दिन्छु किन जनमत गर्ने सिधै वहुदल घोषणा गरे भयो नी । अन्तमा बक्तव्य दिए, राजा किन मतदान गराउछौं । सिधै बहुदल घोषणा गरिदिए भन्ने व्यहोराको ।
जनमतसंग्रह भयो । बीपी ८० प्रतिशत मत वहुदलको पक्षमा आउछ भन्थे भने रायमाझी भने ७५ प्रतिशतको कुरा गर्थे । अन्तिमा पञ्चहरुले राजा राख्ने की बीपी राख्ने भनेर कु प्रचार गराए । वहुदल हा-यो । 
स्थायी कमिटि बैठक नगरी रायमाझीले सुझाव दिए । मैले त्यसको विपरित वक्तव्य दिए । विवाद वढ्दै गयो । 
मेरो कामबाट सोभियत संघ सन्तुष्ट थियो । यस विच सन् १९८० मा दिल्लीबाट भिसा लिएर म मस्को पुगे । ओलम्पिक गेम चलि रहेको थियो । धेरै घुमे । यही क्रममा मैले सोभियत कम्युनिष्ट पार्टीलाई कन्भिन्स गरे रायमाझीलाई राख्ने हो भने नेपालमा हाम्रो पार्टी समाप्त हुन्छ भनेर । 
रुसको साथ हामीलाई हुने पक्का भएपछि रायमाझीलाई पार्टीवाट निष्कासन गरियो । २०३८ को कुरा हो, पछि रायमाझी दलवल सहित औपचारिक रुपमै पञ्चायतमा प्रवेश गरे । 
रायमाझीले पसेको औपचारिक घोषणा गरेलगत्तै पञ्चायती व्यवस्थाको अन्त्य भयो । वहुदल स्थापना पछि २०४७ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारमा पुरस्कार स्वरुप राजाले रायमाझीलाई मन्त्री बनाए । उनी २०५२ मा राजपरिषद् स्थायी समितिको सदस्य र ०५५ मा सभापति बने ।
२०५८ को दरबार हत्याकाण्डका बेला राजपरिषद्को सभापति थिए २०४७ सालको संविधान अनुसार शुरुमा मरेका युवराज दीपेन्द्र र केही दिन पछि अधिराजकुमार ज्ञानेन्द्रलाई उनले नै राजा घोषणा गर्नु प-यो । 
 




प्रतिक्रिया