जिउँदा महानिरीक्षकको 'अविच्युअरी'

image

गोर्खालीहरुले गरेको विद्रोह दवाउन सहज छैन भन्ने वुझेर मराठी फौज खटाइएको थियो । विद्रोहीहरु खेतमा सुतेका थिए । राति तीन वजे सेनाले चारैतिरवाट घेरेर मोर्टार प्रहार ग-यो । मुक्ति सेनाका वीस पच्चिस विद्रोही  मारिए । बाँकीलाई हात खुट्टा बाँधेर लातै लातले हान्दै–भकुर्दै, बन्दुकको कुन्दाले टाउकोमा हान्दै भैरहवा पु-याइयो । 

पूर्व प्रहरी महानिरिक्षक खड्गजीत वरालको २०७८ जेठ ५ गते ९३ वर्षको उमेरमा निधन भयो । प्रहरीको इतिहासमा स्नातकोत्तर उत्रिर्ण पहिलो महानिरिक्षक र ४४ वर्षको कलिलो उमेरमै सर्वोच्च नेतृत्वमा पुग्ने पहिलो अधिकृत पनि उनै हुन् । उनी नेपाल प्रहरीको सबैभन्दा दूरदर्शी र प्रभावशाली प्रहरी महानिरीक्षक मानिन्छन् । बराललाई २०६६सालमा नेपाल प्रहरीले लाईभटाईम एचिभमेण्ट अवार्ड प्रदान गरेको थियो । एक सफल प्रहरी महानिरीक्षकका रुपमा  बराल इतिहासमा जिवीत रहिरहने छन् । 

यो आलेख बरालको ''अविच्युअरी' हो । 

पूर्व प्रहरी महानिरिक्षक खड्गजीत बरालले भन्ने गर्थे –किन किन भैरहवाको नाम लिनासाथ मेरो मनले अपनत्व महसुस गर्छ । मुक्ति सेनामा आबद्ध भएर जनताको मुक्तिका लागि लडेको विगत मेरा सामु उपस्थित हुन्छ र मलाई त्यस समयको गौरव र गर्व महसुस गराउँछ । 
कलिलो उमेरमै राणा शासन विरुद्ध वन्दुक वोकेर नेपाली कांग्रेसको मुक्ति सेनामा भर्ना भएका बराल, भैरहवा मोर्चामा सकृय थिए ।
त्यो वेला भारतका विभिन्न शहरमा रहेका गोर्खा सैनिकलाई संगठित गरी राणा विरुद्ध शसस्त्र क्रान्ति चलाउने तयारी तिव्र वनाइएको थियो । 
२०७६ असार २१ गते बरालले लेखकलाई सुनाएका थिए — मेरो बा व्रिटिस भारतीय सेनामा कप्तान हुनुहुन्थ्यो । त्यो बेलाको समयमा कुनै नेपालीले पाउने माथिल्लो तहको पद थियो । पिताजीलाई भेट्न बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, डा केआई सिंह, गोपालप्रसाद भट्टराई, बालचन्द्र शर्मा आदि नेताहरू बरोबर आउँथे । बा लाई हाम्रो शासन आयो भने त तपाईलाई जस्ता योग्य मानिसको आवश्यकता पर्छ । प्रधानसेनापति नै वनाउने हो भनेर आश्वासन दिन्थे । मासुभात खान्थे र फर्किन्थे । 

भारतीय सेनामा रहेका नेपाली लाहुरेलाई उचाल्ने र क्रान्ति सफल वनाउने एउटा प्रमुख रणनीति वनेको थियो । त्यसका लागि सिंगो भारतभर कांग्रेसले आफ्ना मानिस खटाएको थियो । धेरै मानिसलाई राजनीतिक रुपमा प्रशिक्षित गरेर हैन की आफू सत्तामा आएपछि ठूलो ओहदा दिने प्रलोभनमा पारेर क्रान्तिका लागि तयार पारिएको थियो । 

                                               मुक्ति सेनाका काम गर्दा बराल


नेताहरुको आवत जावत हुन थाले पछि उनीहरुका कुरा सुनेर बराललाई पनि राणा विरोधी क्रान्तिमा सहभागी हुने प्रेरणा मिल्यो । सैनिक परिवारको सदस्यका नाताले गोर्खाली सेनामा उनको चिनजान थियो । त्यसैले बराल आफै भाक्सु, देहरादुन, हैदरावाद, सिलोङ, नागपुर, पुना जस्ता शहरमा पुगेर क्रान्तिको माहौल बनाउने र हतियार जम्मा गर्ने अभियानमा खटिए । मुक्ति सेनामा सुवाष चन्द्र वोसको आजाद हिन्द फौजमा काम गरेका धेरै तालिम प्राप्त लडाकु थिए । फेरी रवीन्द्रनाथ टाइगरले लेखेको भारतीय राष्ट्रिय गानको धुन नै रामसिंह ठाकुर भन्ने नेपालीले वनाएका थिए । त्यसैको प्रभावका कारण पनि धेरै नेपाली युवा राणा विरुद्धको संघर्षमा लड्न र सहिद हुन तयार थिए । 
बरालले ति दिन स्मरण गर्दै लेखकसंग भनेका थिए –सहिदौं की टोली निक्ली, शर पे कफन वाध के भनेर चार पाच दिनसम्म हिडिन्थ्यो । वल्ल वल्ल भारतका विभिन्न स्थानवाट जम्मा गरेका हतियार र गोली रेलमा राखेर ल्याउन खोज्थ्यौ । कति पटक त प्रहरीले रेलवाट झारिदिन्थ्यो । तैपनि वल्ल तल्ल सय, डेढसय राइफल र तीन चार हजार गोली जम्मा ग¥यौं । 
सबै तयारी भए पछि शसस्त्र क्रान्तिको निर्णय गर्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसले २००७ साल असोज १० र ११ गते भारत, विहारको बैरगनीयामा सम्मेलन वोलाएको बोलायो । मुक्ति सेनामा आवद्ध सबैलाई त्यो भाग लिन बोलाइएको थियो । बराल सहित भैरहवा मोर्चाका क्रान्तिकारीहरु नौतनहवावाट रेल चढेका मात्र के थिए रेल्वे अधिकारीले समाई हाले । 
२०७६ असार २१ गते महाराजगञ्ज स्थित निवासमा बरालले लेखकलाई सुनाएका थिए–कहाँ जा रहे हो तुम पहाडी लोग भनेर समाई हाले । हामीसंग टिकट थिएन । लामा लामा जुंगा पालेका केआई सिंह पनि के कम तम्हारा सरकार ने वुलाया है भनिदिए । उनलाई जान दियो । हामीलाई भने रोक्यो । 
यसरी पहिलो दिनको सम्मेलन उनले हेर्न पाएनन् । भोली पल्ट अर्को रेल चढेर बैरगनीय पुगे । उनी पुग्दा आपको वोट मुनि शसस्त्र क्रान्ति कसरी गर्ने, फौज र हतियार कसरी जम्मा गर्ने भन्ने विषयमा छलफल हुदै थियो ।
बैरगनिया सम्मेलनमा शसस्त्र क्रान्ति मार्फत राणा शाही हटाउने निर्णय भएको थियो । तर माइन्युटमा जुन सुकै उपायद्धारा राणा शासन समाप्त पार्ने भनिएको थियो । 
सम्मेलन सकिए पछि उनी गोरखपुर फर्किए । बाजेले वेलायतबाट ल्याएको एउटा ट्वीलोर वन्दुक बोकेर सिधै मुक्ति सेनाको क्याम्प पुगे । त्यो वेला पार्टीका शिर्ष नेताहरु मुक्ति सेनाको व्यारेक निरिक्षणका लागि भारतीय सिमा क्षेत्रको दौडाहमा थिए । यस क्रममा एक पटक बीपी नौतनवा पुगेका थिए । बरालले त्यो घटनाका वारेमा लेखकसंग भनेका छन्– उहाँले नेपालमा पाइला टेक्नु भएको थिएन । सिमा क्षेत्रमा वोलाएर आवश्यक निर्देशन दिनु हुन्थ्यो । राणा सरकारले समाउने डर थियो । मैले नै पहिलो पटक नौतनवामा दसगजा क्षेत्रबाट बीपीलाई नेपाल तिर पाइला राख्न लगाए। 
तिन ताका को कुरा हो भारतीय समाजवादी नेता डा। राममनोहर लोहिया पनि नेपालका क्रान्तिकारीलाई सघाउन बेला बखत नेपाल आउने जाने गरि रहन्थे । यस क्रममा कैयौं दिन उनी नेपाली वस्तीमा बसेका थिए । बरालले लेखकसंग भनेका छन्– एक पटक उनलाई लिएर हामी चार पाँच जना गाँउ गएका थियौं । मानिसहरुका घरमा हिजो आज जस्तो लत्ता कपडाको व्यवस्था कहाँ हुनु । उनलाई  घुमायौ । राती नेपाली वस्तीमै सुतियो । विहान पो लोहिया भन्छन् अरे बे वकुफ नेपाली लोग, तुम से क्रान्तिकारी तो तुम्हारे ओ चिल्लड है । हम को रात भर सोने नही दिया । उपिया उडुसले सताएपछि उनले त्यस्तो भनेका रेहछन् । 
काँधमा बन्दुक वोकेर नेताहरुका कुरा सुन्दा उनी कम रोमाञ्चक हुदैनथे । केही दिनसम्म हतियारको चलाउने तालिम भयो । अनी क्रान्ति शुरु भै हाल्यो । 
पहिलो पटक भैरहवा आक्रमण गर्न जादाँ नेताहरुले भनेका थिए—तिमीहरु तयारी अवस्थामा वस्नु हतियार ठाँउमै पुग्छ । मुक्ति सेना,सरकारी फौजको आँखा नपुगने दुर्गम ठाँउमा बस्थ्यो । रातभर हिडेर बरालको टोली भैरहवा पुग्यो । तर त्यतिञ्जेल हतियार चलाउन जान्ने लडाकु पुगेकै थिएनन् । जति थिए, उनीहरुले नै  भैरहवामा धावा बोल्यो । हातहतियारले सुसज्जित राणाको सय, डेढ सयको फौजका अघि मुक्ति सेनाको केही लागेन । निरजंग राणा वडाहाकिम थिए । डटेर सामना गरे । 
उता मुक्ति सेनालाई हतियार दिएको सूचना सार्वजनिक भएपछि कतिपय गोर्खा सैनिक भारतीय सेनाको कोर्ट मार्शलमा परे । कतिले हतियार फिर्ता मागे । यस प्रसंगमा बरालले लेखकलाई भनेका थिए – भएका वन्दुक समेत हामीले गुमायौं । कति साथी मारिए पनि । त्यसपछि हामीसंग जम्मा जम्मी पचास साठी वन्दुक जम्मा भए । तिनैको वलमा लड्यौ । 
भएका लडाकु कति मारिए । कति छिन्न भिन्न भए । नयाँलाई तालिम भनेर एक जना मानिस भर्ति गरिएको थियो । उनी आफूलाई कस्मीरको कर्णेल हु भन्थे । 
उमेरले नब्बे नाघेका बरालले उन्मुत्तल हाँसोका साथ लेखकलाई सुनाए —उसले हतियार सिकाउने भनेर हामी सबैलाई खोलाको किनारमा लग्यो । तर उसैलाई केही नआउदो रहेछ । कस्तो कर्णेल हो कुन्नी । सम्झदा आज पनि अचम्म लाग्छ । 
पहिलो प्रयासमा असफलता भोग्नु परे पनि मुक्ति सेनाले भैरहवामा दोस्रो आक्रमणको तयारी ग¥यौं । जसका लागि डण्डा खोलाको पुलवाट राणा फौजलाई छिर्न नदिने रणनीति थियो । बराल सहित मुक्ति सेनाका जवानहरु बेलुका नौ वजे रवाना भए ।  तर नाइकेले विहान भाले वास्ने समय अर्थात ३ वजेसम्म पनि भैरहवा पु¥याउन सकेनन् । विद्रोही आउदैछन् भन्ने हल्ला उनीहरु भन्दा पहिले नै पुगि सकेको थियो । 
राणा फौजले प्रतिकारको तयारी गर्ने मौका पायो । बरालले सुनाएका थिए—उनीहरु माथि भए, हामी तल प¥यौं । हाम्रा १४ साथीको ज्यान गयो । लास समेत जलाउन पाएनौ । दुई वाहेक सबै वन्दुक राणा फौजले कव्जामा लियो । मेरो बाजेले वेलायतवाट ल्याएको वन्दुक समेत त्यही लुटियो । 

हजुरबुबाको हतियार चोरेर मुक्ति सेनामा भर्ना भै भैरहवा मोर्चाबाट लड्दा बरालमा बेग्लै रोमाञ्चकता थियो । 
तर, जब दिल्ली सम्झौता भएर अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको नेतृत्वमा संयुक्त सरकार बन्यो । 
बरालको मोर्चाले त्यसलाई नमान्ने निर्णय ग¥यौं । प्रधानमन्त्री मोहनशमशेर नै भए पछि राणा शासन कै निरन्तरता त भयो नी भन्ने उनीहरुको भनाई थियो । 
अन्तमा समस्या समाधानका लागि गृहमन्त्री बीपी कोइराला र गणेशमान सिंह स्वयं पटना हुदै जहाजमा भैरहवा पुगे । बरालले सम्झिए– तैपनि हामी नेताहरुको भनाईमा सहमत भएनौ । अनी भारत सरकारको सहयोगमा हामीलाई पक्राउ गरियो । त्यो कामको जिम्मेवारी पनि गोरखपुरमा रहेको भारतीय फौजलाई दिइएन । 
गोर्खालीहरुले गरेको विद्रोह दवाउन सहज छैन भन्ने वुझेर मराठी फौज खटाइएको थियो । विद्रोहीहरु खेतमा सुतेका थिए । राति तीन वजे सेनाले चारैतिरवाट घेरेर मोर्टार प्रहार ग-यो । मुक्ति सेनाका वीस पच्चिस विद्रोही  मारिए । बाँकीलाई हात खुट्टा बाँधेर लातै लातले हान्दै–भकुर्दै, बन्दुकको कुन्दाले टाउकोमा हान्दै भैरहवा पु-याइयो । 
बरालले ति दिन स्मरण गर्दै भनेका थिए –सानो कोठामा सय डेढ सय मानिसलाई थुनिएको थियो । एक माथि अर्को खप्टिएर वस्नुको विकल्प थिएन । दिसा पिसाप पनि भित्रै गर्नु पर्ने । कस्तो दुगन्धित । ति दिन अहिले म कल्पना गर्न पनि सक्दिन । नुन छरेको भात थुनुवा कोठामा फालिदिन्थे । त्यही डल्ला टिपेर खानु पर्ने । तीन महिना त्यसरी वसियो । त्यस्तो विजोगले मानिसलाई थुनेको मैले देखेको छैन । 
मुक्ति सेनाका लडाकुको त्यो विजोग देखेर एक जना वकिलले गृह मन्त्रालयमा पत्रचार गरिदिए । अनी गृहमन्त्री बीपी कोइरालाले भैरहवा प्रशासनलाई आदेश पठाए–विद्यार्थी जति सबैलाई छोडि दिनु, अरुको हकमा छानविन आयोग गठन हुन्छ । गृहमन्त्रीको त्यसै सिफारिसका आधारमा बराल सहित २७ जना छुटे । 
बरालले त्यो घटना सुनाउदै लेखकसंग भनेका थिए–त्यो दिन बा मलाई लिन जेलमै आउनु भएको थियो । उहाँले भन्नु भयो अव त क्रान्ति वुझिस् होला नी हैन । जे भयो भयो । चिन्ता नगर । मेरो नोकरी अझै दुई तीन वर्ष वाँकी छ । गएर पढाई गर । अनी जे गरे पनि हुन्छ । क्रान्तिमा लागेका कारण बीएससीको पढाई विचमै छोडेको थिए । फेरी राजनीति शास्त्र विषय लिएर बीएमा भर्ना भए ।  
यता क्रान्ति पछि विद्रोही नेता काठमाडौंको शासन सत्तामा हावी भए । उनीहरुका लागि राणाका दरवारमा वस्ने व्यवस्था मिलाइयो । हरेक दरवारमा दुई तीन सय दासी युवती हुन्थे । नेताहरु त्यही भूलभुलैयामा हराए । 
ति दिन बराल भने उता गोरखपुरमा मेहनतका साथ पढ्दै थिए । राजनीतिशास्त्रमा एमए पछि उनी काठमाडौं आए । लोकसेवा आयोगले प्रहरी इनिष्पेक्टरमा विज्ञापन खुलाएको थियो । दर्खास्त दिए । मौखिक अन्तर्वाता पछि प्रहरीको जागरि शुरु गरे । एमए पास गरेर प्रहरीमा भर्ना हुने बराल नै पहिलो अधिकृत थिए । २०१३ तिरको कुरा हो । जीबी याकथुम्बा, पूर्णसिंह खवास, दिलमानसिंह थापा लगायत मुक्ति सेनाका धेरै कमाण्डरहरु प्रहरी मै थिए । 
बरालले ४४ वर्षको कलिलो उमेरमै प्रहरी महानिरिक्षक बनेर इतिहासमा नाम लेखाए । सामान्यतया प्रहरी प्रमुखको कार्यकाल ४ वर्षको हुन्छ तर बरालले छ वर्ष त्यो पदमा रहेर सेवा गरे । 
संयोगले २०३३ सालमा बीपी र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किदा बराल प्रहरी महानिरिक्षक थिए । शुरुको केही समय दुवै नेतालाई सेनाको मातहतमा रहेको सुन्दरीजल वन्दीगृहमा राखियो । निजामति प्रशासन मातहतमा राजकाज मुद्धा चलाउने निष्कर्षमा पुगेपछि राजा बीरेन्द्रले दुवै नेतालाई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा राख्न चाहे । ।  
राजा आफैले बराललाई बोलाएर भने –बीपी माथि मुद्धा चलाउनु पर्ने भयो । शहरको विचमा कहाँ राख्ने । उनीहरुलाई भेट्न दैनिक ठूलो संख्यामा मानिस आए र आन्दोलनको माहौल बन्यौ भने सरकार अप्ठेरोमा पर्छ । 

 

                                                                राजा बीरेन्द्रका साथ बराल

बरालले २०७६ असार २१ गते लेखकसंग भनेका थिए–मैले भने ठिक छ सरकार हामी सबै व्यवस्था मिलाउछौं । हतार हतार दुवै नेताका लागि बस्ने र खाने व्यवस्था मिलायौं । बीपीलाई बस्न सफा ठाँउ र राम्रो खाना चाहिने, कुखुराको सुप खान मन पराउनुहुन्थ्यो । कैदीको हैसियतमा पाउने दुई, साढे दुई रुपियाले के हुने । प्रहरीका तर्फवाट हामीले भान्से राखेर राम्रो खानाको प्रवन्ध मिलायौ 
अर्को एउटा रमाइलो प्रसंग पनि बरालले सुनाएका थिए– गणेशमानजी तीन घण्टासम्म वाथरुममा विताउनु हुन्थ्यो । सुरक्षाका लागि चौविसै घण्टा प्रहरी पहरा राख्नु पर्ने हाम्रो वाध्यता । गणेशमानजी वाथरुम छिरे पछि ननिस्कदासम्म प्रहरी ढोका अघि वसि रहन्थ्यो । राणाकालमा जेल तोडेर उहाँ भागेका कारण प्रहरीलाई आशंका हुने, कतै उहाँ भाग्ने त होइन । धेरै बेर उहान् वाथरुमवाट वाहिर नआएपछि हाम्रा केटाहरु ढोका ढक ढक गर्दा रहेछन् । गणेशमानजी चुपचाप वस्नुहुदो रहेछ । कतै भागि हाल्नुहुन्छ भयो की भने यता प्रहरीको सातो पुत्लो जान्थ्यो । कुरैकुरामा एक दिन गणेशमानजीलाई भने तपाई ट्वाइलेटमा वस्दा हाम्रा प्रहरीहरु त आत्तिएर हैरानै हुन्छन् । कम से कम ढोका ढकढक गर्दा वोलि दिए हुन्छ नी । उनीहरु ढुक्क त हुन्छन् । गणेशमानजी भन्न थाल्नु भयो के कुरा ग¥या । वडो मुस्किलले वल्ल वल्ल दिसा आउन लागेको हुन्छ । वोल्दा त्यो पनि भित्र जान्छ । त्यति कठिन थियो गणेशमानजीको जिवन । 

                                                                                   गणेशमान सिंहका साथ बराल

यस विच बीपीको स्वास्थ्य विग्रिदै गएपछि उपचारमा संलग्न डा. मृगेन्द्रराज पाण्डेले राजा बीरेन्द्रलाई उनको स्वास्थ्य अवस्था बारे जानकारी गराए । अनी मध्यरातमा बीपीलाई दरवार लगियो । राजा बीरेन्द्रसंग डेढ घण्टा कुरा गरेपछि उनी रातको एक वजेतिर प्रहरी तालिम केन्द्र फर्किए । 
त्यो दिनको घटना बारे बरालले लेखकसंग भनेका थिए–बीपी नफर्किदासम्म गणेशमानजी जाग्रामै वस्नु भएको थियो, त्यो पनि सधै संगै खाना खाने वानी भएकाले भोकै । दरवारवाट फर्किना साथ आफ्ना परममित्र गणेशमान सिंहलाई बीपीले भन्नुभयो गणेशमानजी तपाई राजालाई गाली मात्र गर्नुहुन्छ । राजा त गोरो, न गारो राम्रो हुनुहुदो रहेछ । म जस्तै पाइप ९धुम्रपान० खानुहुदो रहेछ । तपाई पनि पाइप खाएर राजा हुने की । 
बीपीको कुरा सुनेर गणेशमानजीले हाँसो रोक्न सक्नु भएन । लामो हाँसो पछि भन्नुभयो –हो बीपी गोरो भएकाले त राजाले हामीलाई ठगि रहेको छ । 




प्रतिक्रिया


  1. Today, I went to the beach front with my children. I found a sea shell and gave it to my 4 year old daughter and said "You can hear the ocean if you put this to your ear." She placed the shell to her ear and screamed. There was a hermit crab inside and it pinched her ear. She never wants to go back! LoL I know this is entirely off topic but I had to tell someone!

    Wonderful work! That is the kind of info that are supposed to be shared around the web. Disgrace on Google for now not positioning this post higher! Come on over and seek advice from my web site . Thank you =)

    excellent issues altogether, you just gained a brand new reader. What might you recommend about your submit that you just made a few days in the past? Any certain?

    My partner and I absolutely love your blog and find most of your post's to be just what I'm looking for. Do you offer guest writers to write content for you personally? I wouldn't mind writing a post or elaborating on many of the subjects you write related to here. Again, awesome weblog!

    Hi there, I desire to subscribe for this weblog to take most up-to-date updates, thus where can i do it please assist.

    I am genuinely thankful to the owner of this site who has shared this great post at at this place.

    image poker 2 çiftinde veya bir tür grubun 3'ünde daha mı yüksek

    Fastidious answers in return of this question with firm arguments and describing the whole thing about that.

    Wow, superb blog layout! How long have you been blogging for? you made blogging look easy. The overall look of your website is great, as well as the content!