कम्युनिष्टलाई क्यान्सर: अहिलेका २८ से र उहिलेका ३६ से

image

त्यति बेलाका प्रधानमन्त्री कोइरालाको अपरिपक्व निर्णयबाट कांग्रेसमा लागेको क्यान्सरका कारण देशले लामो समय पिडा भोग्नु प-यो । अहिलेका प्रधानमन्त्री ओलीको चरम महत्काकांक्षा र समकक्षी तथा विपक्षीलाई अपमानित गर्ने प्रवृत्तिले देशलाई कहाँ पु-याउने हो, त्यो त भविश्यले वताउला । तर कम्युनिष्ट सत्तामा आए भने जनताको हितमा काम गर्छन् र राजनीतिक स्थायीत्व हुन्छ भन्ने भ्रम चाही सदाका लागि अन्त्य भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास लिन राखेको प्रस्ताव (२०७८ बैसाख २७) प्रतिनिधिसभाको वहुमतबाट अस्वीकृत भएको छ । आफू माथि संसदको विश्वास छ भनेर प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा ९३ विपक्षमा १२४ मत परेको छ । बैठकमा उपस्थित २३२ सांसद मध्ये १५ जना तटस्थ बसे भने एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल सहित २८ (एमालेका १२१ सदस्य मध्ये) सांसद मतदानमा अनुस्थित रहे । जनता समाजवादी पार्टीमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर १५ जना तटस्थ वसे भने डा. वावुराम भट्टराई र उपेन्द्र यादव पक्षधर प्रस्तावको विपक्षमा मतदान गरे । 
नेपालको संसदीय इतिहासमा यति धेरै सांसद आफ्नै पार्टीको सरकारले राखेको प्रस्ताव माथिको मतदानमा अनुपस्थित भएको यो दोस्रो पटक हो । यस अघि २०५१ मा सरकारको नीति तथा कार्यक्रम माथिको मतदानमा नेपाली कांग्रेसका ३६ से समुहका सांसद अनुपस्थित भएका थिए । त्यही कारण प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद भंग गरी मुलुकलाई मध्यावधी चुनावमा होमेका थिए । यति बेला कम्युनिष्ट पार्टीको दुई तिहाई वहुमतको सरकारले संसदको विश्वास पाउन सकेन । यो घटना भविश्ष्मा कम्युनिष्ट पार्टीका लागि क्यान्सर सरह हुने छ । जसरी ३६ से समुहले नीति तथा कार्यक्रम माथिको मतदान वहिस्कार गदा नेपाली कांग्रेसमा लागेको रोग अझै निको भएको छैन । 

त्यति बेलाका प्रधानमन्त्री कोइरालाको अपरिपक्व निर्णयबाट कांग्रेसमा लागेको क्यान्सरका कारण देशले लामो समय पिडा भोग्नु प-यो । अहिलेका प्रधानमन्त्री ओलीको चरम महत्काकांक्षा र समकक्षी तथा विपक्षीलाई अपमानित गर्ने प्रवृत्तिले देशलाई कहाँ पु-याउने हो, त्यो त भविश्यले वताउला । तर कम्युनिष्ट सत्तामा आए भने जनताको हितमा काम गर्छन् र राजनीतिक स्थायीत्व हुन्छ भन्ने भ्रम चाही सदाका लागि अन्त्य भएको छ । 

यो आलेख नेपाली कांग्रेसमा ३६ सेको विजारोपण कसरी भयो भन्नेमा केन्द्रीत छ । 

दासढुंगामा भएको जीप दुर्घटनामा (२०५० जेठ ३) तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको मृत्य भए पछि रिक्त काठमाडौं क्षेत्र नं १ मा भएको उप निर्वाचनमा एमालेले उनकै विधवा विद्यादेवी भण्डारीलाई उम्मेद्वार वनायो । यता कांग्रेसवाट सभापति कृष्णप्रसाद भट्टराई प्रतिश्पर्धी भए । अघिल्लो चुनावमा मदनसंग पराजित भएका उनी उप चुनावमा विद्यासंग पनि हारे । 
भट्टराईको उम्मेद्धवारीको पराजयसंगै कांग्रेसको आन्तरिक कलह भूसको आगो सरह सल्कियो । संसदमा विपक्षी मात्र होइन, आफ्नै पार्टीका सांसदहरुले समेत प्रधानमन्त्री कोइरालाको राजिनामा मागि रहेका थिए । 
यस विच ‘प्रधानमन्त्री कोइरालाले वोलाएको पार्टी संसदीय दलको एउटा बैठक भट्टराई पक्षका तीन दर्जन (३६ से) सांसदले वहिस्कार गरे । सरकारले संसदमा नीति तथा कार्यक्रम पेश गर्नु अघि यो घटना भएको थियो ।’ ३६ सांसद समुहले संयुक्त वक्तव्य जारी गरी प्रधानमन्त्रीलाई संसदीय दलमा बहुमत देखाउन चुनौती दिएको थियो ।’
संसदमा सरकारको नीति तथा कार्यक्रम पारित गर्नु पर्ने समय नजिकैदै गर्दा कांग्रेसको विवादले उग्र बन्यो । ‘यस विच राष्ट्रियसभा अध्यक्ष वेनिवहादुर कार्कीको जाउलाखेल स्थित निवासमा प्रधानमन्त्रीले केही समय अघि अपमानजनक रुपमा हटाएका छ (वासुदेव रिसाल, शेख इद्रिस, ढुण्डिराज शास्त्री, तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ र चिरञ्जीवी वाग्ले)  सहित केही सदस्य थप गरेर मन्त्रीमण्डल विस्तार गर्ने र ३६ सेहरु मतदानमा सहभागी हुने सहमति भयो । विश्वासका लागि त्यस अघि प्रधानमन्त्रीले सांसदहरुलाई वोलाउने भनिएको थियो ।’
यसो गर्दा गर्दै मतदानको दिन आई हाल्यो । नीति तथा कार्यक्रम माथि मतदान हुने दिन विहान ११ वजे प्रधानमन्त्री वालुवाटारवाट सिंहदरवार जाने तयारीमा थिए । हिड्नु अघि ‘बेनीवहादुर कार्की र तारानाथ रानाभाटलाई फोन गरे । विद्राहीले आउछौ भनेका थिए । तै पनि मनमा आशंका छदै थियो । वालुवाटार छोड्ने वेला भने ‘खै विश्वास त छैन, जाउ अव ।’ 
प्रधानमन्त्री संसद परिसरमा पुग्दा ३६ सेहरु आई पुगेका थिएनन् । त्यो दिन सभामुख दमननाथ ढुंगाना विरामी भएको भनेर सदनमा अनुपस्थित थिए । प्रधानमन्त्रीका विश्वास पात्र उपसभामुख महन्थ ठाकुरले बैठक शुरु गरि हाले ।
स्थानीय विकास मन्त्रीको हैसियतमा त्यस दिनको बैठकमा भाग लिएका कांग्रेस नेता रामचन्द्र पौडेलले लेखकलाई सुनाए ‘नीति तथा कार्यक्रम पास गर्नु पर्ने । हाम्रा मानिस छैनन् । प्रस्ताव फेल हुने भयो । सांसदले उठाएका प्रश्नको जवाफ दिनु पर्ने प्रधानमन्त्री कोइरालाले एकदमै असहज महसुस गरे जस्तो लाग्यो मलाई । जुरुक्क उठे र भने सम्माननीय सभामुख महोदय, आज प्रधानमन्त्रीलाई आराम नभए जस्तो छ । त्यसैले यो सदन केही समय रोकियोस् ।’ 
लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता मनमोहन अधिकारीले भने ‘सभामुख महोदय, एक घण्टाका लागि सदन रोकियोस् ।’ विपक्षी दलकै नेताले यस्तो प्रस्ताव राखे पछि एमालेहरु आफ्नै नेता विरुद्व खनिए । छत्तिसे ल्याएर सरकार जोगाउन कांग्रेसले समय मागेको छ । तपाईले किन सदन रोक्न भनेको ।’ निष्ठा र इमान्दारिताको राजनीति गर्ने वृद्व नेता अधिकारी आफ्नो दलका सांसदहरुको विरोधका कारण अप्ठेरोमा परे । अनी बैठकको अध्यक्षता गरि रहेका उपसभामुख ठाकुरले एक घण्टाका लागि सदन स्थगित भएको घोषणा गरे । 
त्यस पछि ग्यालरी बैठक (पुरानो संसद भवन) स्थित आफ्नो चेम्वरमा छिरेका प्रधानमन्त्री कोइराला एक सुरले चुरोट तान्न थाले । ‘चेनस्मोकर उनी तनावका वेला यस्तै गर्थे ।’ चुराट सल्कायो, अलिकति तान्यो, फाल्यो, फेरी सल्कायो गर्दै तारानाथ रानाभाट र बेनीवहादुर कार्कीसंग फोनमा कुरा गरे । अनायसै उनको मुखबाट यस्तो शव्द आयोे ‘ल यीनीहरुले धोका दिए, किशुनजीलाई फोन लगाउ ।’ त्यति वेला विद्रोही जति चिरञ्जीवी वाग्लेको अनामनगर स्थित डेरामा थिए । 
अनी विद्रोहीलाई लिन भनेर गृहमन्त्री शेरवहादुर देउवा र स्थानीय विकासमन्त्री रामचन्द्र पौडेललार्ई हस्याङ फस्याङ गर्दै सांसद वाग्लेको डेरा अनामनगर पुगे । गएर उनीहरुलाई ल्याउने जिम्मेवारी दिए । केही वेर मन्त्रीद्वय र सांसदहरु विच सवाल जवाफ नै चल्यो । 
वलवहादुर केसी ः तपाईहरु प्रधानमन्त्रीले पठाएर आएका हौ की आफै ।  
देउवा र पौडेल ः प्रधानमन्त्रीले पठाएरै आएका हौ । 
बलवहादुर केसी ः त्यसो भए हाम्रा माग पुरा गर्न सक्नुहुन्छ त ? 
देउवा र पौडेल ः (निक्कै जोड गर्दै) संसदमा जाउ त्यही कुरा गरौला । 
बलवहादुर केसी ः माग पुरा गर्न सक्नु हुन्छ भने जान तयार छौ । 

देउवा र पौडेल ः पार्टीको यो अवस्था छ । तपाईहरुका  कुरा प्रधानमन्त्रीसम्म पु¥याउछौ । हिड्नुस् । 
सांसदहरु ः त्यसो भए तपाईहरु जानुस् । हामी जादैनौ । 
त्यति नै वेला सभापति कृष्णप्रसाद भट्टराईको फोन आयो । सबैले सुन्न मिल्ने गरी ह्ण्याड फ्रि फोनमा उनी वोलेको सुनियो ‘गिरिजावावुलाई तिमीहरुले चिनेकै छौ । जे जे भए पनि गएर खुरुक्क सरकारको पक्षमा मतदान गर ।’ यस प्रसंगमा पूर्व मन्त्री चिरञ्जीवी वाग्लेले लेखकलाई सुनाए ‘हामीले भन्यौ खै त किसुनजी तपाईको सामुन्ने बेनीवहादुजीको घरमा भएको सहमति कार्यान्वयन भएन हामी कसरी मतदानमा जाने ?’
भट्टराई भन्दै थिए ‘तपाईहरु खुरुक्क गएर मतदान गर्नुस् । हैन जानु भएन भने यस्तो भाडभैलो पार्टीको कुनै आवश्यकता छैन । म वानेश्वरको पार्टी कार्यालयमै ताला लगाई दिन्छु ।’ म सभापति पनि छोडिदिन्छु । सबै छोडि दिन्छु । मरे मर ।’ 
यति भनेर फोन काटियो ।  
छत्तिसेहरुमा जे भए पनि भोट हाल्न त जानु पर्छ भन्ने वारे छलफल शुरु भएको मात्र के थियो । संसद भवनबट देउवा र पौडेललाई खवर आयो । ल तपाईहरु छिटो आउनुस् । सदन शुरु हुन लाग्यो मन्त्रीहरु नै वाहिर पर्नु होला ।’ 
कांग्रेस नेता रामचन्द्र पौडलले लेखकलाई सुनाए ‘त्यही नेर नियोजित थियो जस्तो लाग्छ । नेपालको संसदीय इतिहासमा १५ मिनेटका लागि स्थगित गरिएको सदन घण्टौ शुरु नभएका घटना छन् । कुरा नमिलेसम्म संसदको घडि त उल्टो घुम्छ नी त । तर त्यस दिन ६० भन्दा ६१ मिनेट नपाउने ? जवकी हामीले ३६ सेहरुलाई गलाई सकेका थियौ । मन्त्री नै गयल त हुनु भएन नि भनेर संसद तिर दौडियौं । नभन्दै हामी पुग्दा त, संसदको ढोका वन्द गर्न लागि सकेका थिए । ठ्याक्कै हामी पसे पछि ढोका लाग्यो ।’ 
उता वाग्ले निवासमा सभापतिको प्रष्ट निर्देशन आई सके पछि जे भए पनि जानु पर्छ, जाउ भनेर आनन्द ढुंगाना र रमेश रिजाल साथीहरुलाई सम्झाउन खोज्दै थिए । ‘तिमीहरुले वालुवाटारको पैसा खाएर आएका छौ की क्या हो ?’ भन्ने आफ्नै साथीहरुले प्रश्न सुनेर हच्किए । ढुंगानाले लेखकलाई सुनाए ‘साथीहरुको त्यस्तो वचनले झनै हिनतावोध भयो । दुवै आदर्शको राजनीतिमा लागेर जेल वसेका । हामी मात्र जादा पनि प्रस्ताव पास हुने अवस्था थिएन । चाहेर पनि जान सकिएन ।’ 
उता संसद भवनमा एकोरो चुरोट तान्दै बसेका  प्रधानमन्त्रीले नीति तथा कार्यक्रम पास नहुने वुझे पछि संसद सचिवालयका सचिवलाई आफ्नै चेम्वरमा वोलाएर भने ‘पास भएन भने के हुन्छ, नियम हेर्नुस् त ?’ सरकार विरुद्व अविश्वास प्रस्ताव नआएको अवस्थामा नीति तथा कार्यक्रम पास भएन भने नैतिकताको आधारमा राजिनामा दिने र संसद विघटन गर्ने मानसिकतामा कोइरालाले त्यति बेलै बनाई सकेका थिए ।’ 
त्यो दिन मतदान गर्न जानै  हुन्नु भनेर जोड वल गर्ने मध्येका एक थिए भट्टराई निकट कांग्रेस केन्द्रीय सदस्य कुवेर शर्मा । राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिए पछि उनी शाही सरकारको मन्त्री भए । धेरै पछि मात्र कांग्रेसीलाई महसुस भयो पार्टीको नीति आदर्श र सिद्वान्तवाट च्युत भएर उनीहरु त अरुकै एजेण्डामा गैसकेका रहेछन् । यस सन्दर्भमा पूर्व मन्त्री चिरिञ्जीवी वाग्लेले लेखकलाई भने ‘हामी भोट हाल्न गएको भए, प्रधानमन्त्री कोइरालाको सरकार  हटाए पनि संसद जोगिन्थ्यो । फेरी कांग्रेसकै सरकार बन्थ्यो । मत हाल्न नजानु हाम्रो गल्ति भयो ।’ 
धन्यवादको प्रस्ताव असफल भएकै दिन प्रधानमन्त्री कोइरालाले राजिना गरी प्रतिनिधिसभा विघटनको सिफारिस गरे । ‘प्रधानमन्त्रीको राजिनामा तत्काल स्वीकृत भयो । तर विघटनको सिफारिस दरवारले ३८ घण्टा परामर्शका निम्ति रोक्यो । 
राजाले सर्वोच्च अदालतको राय मागे । कांग्रेस विभाजन भएको थिएन । कोइरालाको पक्षमा ७४ र विपक्षमा ३६ सदस्य थिए । प्रतिनिधिसभामा बैकल्पिक सरकार वन्न सक्ने अवस्था नभएकाले २०५१ भदौ २७ मा सर्वोच्च अदालतका वहुमत न्यायाधिसले प्रधानमन्त्रीको निर्णय सदर गरे । अनी कात्तिक २७ गते नयाँ चुनावको मिति भय भयो । यसरी काँग्रेसको आन्तरिक किचलोबाट ३ वर्ष दुई महिनामै संसद भंग हुन पुग्यो । 
यो घटना प्रति तिव्र प्रतिकृया दिदै सर्वोच्च नेता गणेशमान सिंहले असार २८ गते भने ‘गिरिजाले प्रजातन्त्र दरवारमा बुझाए ।’ 
ससद बिघटनको ११ वर्ष पछि तत्कालीन प्रधानमन्त्री कोइरालाले लेखकसंगको अन्तवार्तामा भनेका थिए ‘बिगतमा म आफै र अरु प्रधानमन्त्रीहरुले गरेका मध्यावधि घोषणामा दरवारको भूमिका रहेको छ । मैले पनि प्यालेसलाई चिनेको थिइन । अहिले चिने, अव त्यस्तो गल्ति हुने छैन ।’ ति दिन प्रधानमन्त्रीको प्रेस सल्लाहकार रहेका पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताले लेखकसंग भनेका छन् ‘संसद बिघटन गराउन दरवारले प्रधानमन्त्रीलाई सेना र प्रहरी लगाएर तपाईलाई बहुमत ल्याउन सहयोग गर्छु पी.एम. भन्ने आश्वासन दिएको थियो ।’ 
यस सन्दर्भमा पूर्व प्रधानमन्त्री कोइरालाले लेखकसंग भनेका थिए ‘सदन विघटनामा दरवारको भूमिका थियो । केही हाम्रा मानिसहरुलाई पनि उचालिएको थियो । त्यो त दरवारले गथ्यौं नै । आफ्नो भूमिका वढाउन त जसले पनि खोज्छ नै । हामीहरुले त्यसलाई रोक्न सक्नुपथ्यो ।


 




प्रतिक्रिया