अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवस : सरकार प्रमुखको सपथमा होहल्ला भएपछि ...

image

राष्ट्रपति यादव प्रवेश गरे लगत्तै कार्यक्रम शुरु भयो । राष्ट्रिय गानको धुन कानमा गुञ्जियो । सयौ थुङगा फूलका हामी, एउटै माला नेपाली । क्षणभरमै सपथग्रहण प्रारम्भ भयो । म खिलराज रेग्मी मुलुक र जनता प्रति पूर्ण वफादार रहदै भन्ने शव्द उच्चारण के भएको थियो पछाडिबाट होहल्ला शुरु भैहाल्यो । 

नेपालको राजनीतिमा पहिलो पटक प्रधानन्यायाधिस खिलराज रेग्मी कार्यपालिका प्रमुख भए । संसद नभएको बेला प्रधानन्यायाधिस नै अन्तरिम चुनावी मन्त्रीपरिषद्को अध्यक्ष भएसंगै सरकारका तीनै अंग कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकाको प्रमुख भएर रेग्मीले २०६९ चैत्र १ गते नया“ इतिहास रचे । तर चैत्र २ का नागरिक वाहेक सबै जसो पत्रिकाले रेग्मीको सपथ ग्रहणको तस्वीर प्रकाशन गर्न पाएनन् नत कुनै टेलिभिजन च्यानलले त्यो राम्रो दृष्य देखाउन सके । 
कुन दैनिक पत्रिकामा के फोटो छापियो 
१) कान्तिपुर — अध्यक्ष रेग्मी, गृह तथा पराष्ट्रमन्त्री माधव घिमिरे र कानूनमन्त्री हरी न्यौपाने सहिद स्मारकमा लैनचौरमा बसेको ।
२) गोरखापत्र—अध्यक्ष रेग्मीले पदवहाली गरेको ।
३) द राइजिङ नेपाल—अध्यक्ष रेग्मीले मन्त्रीहरुलाई सपथ गराएको । 
४) राजधानी— अध्यक्ष रेग्मी, गृह तथा पराष्ट्रमन्त्री माधव घिमिरे र कानूनमन्त्री हरी न्यौपाने सहिद स्मारकमा लैनचौरमा बसेको ।
५) राष्ट्रपति कार्यालयका फोटोग्राफर किरण पन्थले समेत अध्यक्ष रेग्मीलाई राष्ट्रपतिले सपथ गराएको तस्वीर खिच्न पाएनन् । 
चैत्र १ गते विहान ९ रेग्मीको सपथ कार्यक्रम तय भए पछि हामी पनि प्रत्यक्ष प्रशारण गर्ने आउटसाइड ब्रोडकाष्टिङ भ्यानका (ओबी भ्यान) साथ विहान ८ वजे नै राष्ट्रपति भवन सितल निवास पुग्यौ । राष्ट्रपति भवनको माथिल्लो तलाको एउटा हलमा (जहा“ पहिला मन्त्रीहरुको सपथ हुने गथ्यो) राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिस, विभिन्न राजनीतिक दलका प्रमुख र नेताहरु, संवैधानीक निकायका प्रमुख र विदेशी कुटनीतिक नियोगका प्रमुखहरु छन् । हलको पछाडिको भागमा त्यो ऐतिहासिक घटनाको समाचार संकलनका लागि पाइला टेक्न नमिल्ने गरी पत्रकार, टेलिभिजन क्यामरापर्शन र फोटो पत्रकार छन् । 
राष्ट्रपति यादव प्रवेश गरे लगत्तै कार्यक्रम शुरु भयो । राष्ट्रिय गानको धुन कानमा गुञ्जियो । सयौ थुङगा फूलका हामी, एउटै माला नेपाली । क्षणभरमै सपथग्रहण प्रारम्भ भयो । म खिलराज रेग्मी मुलुक र जनता प्रति पूर्ण वफादार रहदै भन्ने शव्द उच्चारण के भएको थियो पछाडिबाट होहल्ला शुरु भैहाल्यो । 
हैन कस्तो झुर व्यवस्थापन । कसरी खिच्ने केही पनि देखिदैन । क्यामराम्यानको नाम लिदै ए फलाना बस त । ए न धकल न यार ।  
त्यतिकैमा सुरक्षाकर्मीको आवाज सुनियो हैन यो भन्दा अघि नसर्नु न । भिभिआईपी बस्ने ठा“मा नजानुस् । कहा“बाट खिच्ने भन्नुस् नत ? फेरी अर्को तिरबाट आवाज आयो । ए बस न वस । अव राष्ट्र प्रमुखले सरकार प्रमुखको सपथ गराई रहेका बेला कसरी बस्ने । विशिष्ठहरु सुनेको नसुन्यै गर्न वाध्य भए । 
समारोहको गरिमाका लागि पनि बोल्न मिलेन । फेरी पछाडीबाट आवाज आयो । फोटो नै खिच्न पाइएन । बर्वाद भयो । यस्तो झुर व्यवस्थापन कसरी खिच्ने । वलिया बाङगा फोटो पत्रकारहरु जुत्ता सहित चिल्ला सोफामा उभिर क्लिक क्लिक गर्न थाले । सपथका लागि राखिएका माइकले अध्यक्ष रेग्मी र राष्ट्रपतिको अनुहार छेकेको थियो । फेरी पत्रकार तर्फबाट आवाज आयो । ए बस न । त्यो माइक हटाउन । हामी जोकर हो की के हो । खिच्न नदिने भए पत्रकारलाई राज्यको चौथो अंग किन भनेको त ? खिच्न पाइदैन भने सबैले कार्यक्रम नै वहिस्कार गरौन यार । अर्काले भने —के गर्ने छाप्न हुने एउटै फोटो आएन साथी भाईलाई धकेर भए पनि चित्त बुझाउ । 
टेलिभिजनका लागि दृष्य खिचिरहेका क्यामराम्यानहरुले नहल्लिएको दृष्य खिच्नै पाएनन् । त्यो कार्यक्रममा पा“च वटा क्यामरा र एक दर्जनभन्दा वढी जनशक्ति परिचालित भए पनि हामीले दर्शकका लागि गुणस्तरिय दृष्य देखाउन पाएनौ । अझ भनौ रातभरी करायो दक्षिणा हरायो भन्ने उखान जस्तै भयो त्यो दिन हाम्रा लागि । टेलिभजिनमा प्रशारण भएका दृष्य हेर्दा मलाई नेपाल टेलिभिजनका क्यामराम्यान पुरुषोत्तम घिमिरेले एक दिन रत्नराज्य लक्ष्मी क्याम्पसमा टेलिभिजन पत्रकारिताका विद्यार्थीसंगको अन्तकृयामा भनेका कुरा याद आयो । उनी भन्दै थिए जति राम्रा शव्द लेख्नोस्न क्यामरामा गतिलो दृष्य कैद गर्न सकिएन भने टेलिभिजनको अर्थ रहदैन । एक जना विदेशी पत्रकारले घिमिरेसंग भनेका थिए रे हैन पुरु तिम्रो देशमा जति बेला पनि भूकम्पको धक्का आइरहन्छ की क्या हो । नेपाल टेलिभिजनको दृष्य हल्लिरहेको तर्फ व्याग्य गर्दै उनले त्यस्तो भनेका थिए । त्यसैले गुणस्तरिय दृष्य कसरी लिने भन्ने तर्फ सधै ध्यान दिन आवश्यक छ । 
मुख्य दलहरुको सिफारिसमा पहिलो पटक गैर राजनीतिक सरकार वनसंगै राजनीतिक क्षेत्रमा त भूकम्पको धक्का महसुस हुने नै भो । सपथग्रहण समारोहको हल्लिएको दृष्य हेरे पछि लाखौ दर्शकले समेत अनाहकमा भूकम्पको धम्का वेहोर्नु प¥यो । 
सूचना, शिक्षा र मनोरञ्जन दिने सञ्चार माध्यमको काम हो । जनचासोका यस्ता ठूला कार्यक्रममा पत्रकार मैत्री बातावरण भएन भने त्यसको असर जनताको सुसुचित हुन पाउने संवैधानीक हक माथि पर्छ भन्ने तर्फ सम्वन्धित पक्षको ध्यान गएको पाइदैन । राष्ट्रपति कार्यालयको अस्तव्यस्त व्यवस्थापन र पत्रकारले सभ्य  व्यवहार देखाउन नसक्दा विदेशी कुटनीतिज्ञ सामु मुलुककै वेइज्जत हुन पुग्यो । जति सुकै अस्तव्यस्त भए पनि पत्रकारहरुले संयमता गुमाउनु हुदैनथ्यो ।  
पुषको रात बालुवाटारको सडकमा
२०६३ साल मंसिर २९ गते मुख्य दलका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरिम संविधानको मस्यौदा माथि गर्मागर्म छलफल गरिरहेका थिए । टेलिभिजन र एफएम रेडियो पत्रकारलाई बार्ताको समाचार प्रत्यक्ष प्रशारण गर्दैमा फुर्सद थिएन । २४० वर्ष लामो राजतन्त्रलाई निलम्वनमा राखेर संविधानसभा निर्वाचन मार्फत नया“ संविधान वनाउने मार्गचित्र सहतिको संविधानको मस्यौदालाई अन्तिम रुप दिने त्यो ऐतिहासिक बैठकको समाचार संकलन गर्न पाउनु पत्रकारहरुका लागि समेत कम रोमान्चक थिएन । मंसिर २९ गते अपरान्ह्र २ वजे शुरु भएको बैठक पुष १ गते विहानसम्म सकिएन । तैपनी पत्रकार भने प्रधानमन्त्री निवास वाहिरको मुल सडकको खुल्ला आकाशमा बस्न वाध्य पारिए ।  
मुलुककै इतिहासमै पहिलो पटक राजाका सम्पुर्ण अधिकार कटौती गरी छ दशक देखिको नेपाली जनताको चाहना वमोजिम संविधानसभा मार्फत संविधान बनाउने व्यवस्था सहितको अन्तरिम संविधान वनाउने क्रममा दलहरु बिच थुप्रै गर्मागर्म वहस चले पनि त्यहा भैरहेको छलफल बारे कसैले पत्रकारलाई सूचना दिन आवश्यक ठानेनन् । विभिन्न श्रोतको हवला दिदै पत्रकारहरु भने आफ्नै हिसावले समाचार संप्रेषण गरिरहेका थिए । 
फुसफुस परिरहेको सितले पुरै सडक भिजि सक्यो । नेताहरु निस्कन्छन् की भन्ने आसै आसमा पुरै रात वित्यो । रातभरमा नेताहरुले प्रेसलाई व्रिफ गर्न आवश्यक ठानेनन् । रातभर अपरिपक्क सूचना प्रवाह भैरहे । समान्य व्यवस्थापन गरेको भए पत्रकारहरुले रातभर चिसो खानु पर्ने थिएन । 

प्रेसलाई बुझ्न खोजिएन
२०६२—०६३ को जनआन्दोलन ताका नेताहरु क्यामरा नजिक आउन रुचाउथे ।  किन भने क्यामरा नदेखिएका ठाउमा प्राय नेताहरुका ढाडमा प्रहरीको कटवासको लौरो बजानिन्थ्यो । नदी त¥यो । लौरो भूल्यो भने जस्तै । तिनै नेता सत्तामा पुगे पछि प्रेस मैत्री बातावरण बनाउन गम्भिर भएको पाइएन ।
२०६३ साल असारमा तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनीक भए । त्यसै रात बालुवाटारमा आफ्नो पत्रकार सम्मेलनमा भएको कमजोर व्यवस्थापनको उनले जमेर विरोध गरे । तर आफै प्रधानमन्त्री हुदा सुधारका लागि खासै प्रयास गरेनन् । दाहाल पछिका प्रधानमन्त्री माधव नेपालको पालामा बालुवाटारमा पत्रकार कक्ष बनाइयो पछि त्यो पनि सुरक्षाकर्मीले नै प्रयोग गर्न थाले ।
सत्तामा पुगे पछि नेताहरुले समान्य प्रयासबाट हुनसक्ने व्यवस्थापनमा समेत ध्यान दिएको पाइएन । अन्तराष्ट्रिय सम्मेलन केन्द्र नया“ बानेश्वरमा हुने दलहरुका बैठकको समाचार संकलनका लागि पुगेका पत्रकारले सधै धुलो खाएर बाटोमै बस्न हुनु प¥यो ।  सम्मेलन केन्द्रको घासे चौरसम्म पुग्न समेत पत्रकारले दिनहु चाकरी गरुन भन्ने जस्तो व्यवहार नेता र तीनका आसेपासेको देखिन थाल्यो । 

चाहे सकिन्छ
२०६२—०६३ को जनआन्दोलनको वलमा बिघटित प्रतिनिधिसभा पुनस्थापना भयो । पुनस्थापित संसदको पहिलो बैठकमा हामीले ग्यालरी बैठक भित्रै (सांसद वस्ने ठा“उ) बाट प्रत्यक्ष प्रशारण ग¥यो । त्यस अघि पत्रकारले त्यस ठा“उमा पुग्ने कुरा कल्पना वाहिरकै बिषय थियो । तर त्यस दिन कसैले बिरोध गरेन । सञ्चार माध्यम यति प्रभावकारी थियो की जनआन्दोलनको सफलतामा राजनीतिक दलसंगै उसले पनि अहं भूमिका निर्वाह गरेको थियो । ग्यालरी बैठक भित्रवाट कान्तिपुर टेलिभिजनमा प्रत्यक्ष प्रशारण भैरहदा मैले राप्रपा अध्यक्ष पशुपतिशमशेर राणालाई सोधेको थिए । यस अघिका बैठक र यो बैठकमा तपाईले के फरक पाउनु भयो ? राणाले पञ्चायत र वहुदलकाल गरी लगातार २५ वर्ष संसदमा प्रतिनिधित्व गर्ने एक मात्र सांसद थिए त्यो हल भित्र । उनले भनेका थिए—पहिलो कुरा त तपाईले यो बैठक कक्ष भित्रबाट प्रत्यक्ष प्रशारण गरेकै मलाई आश्चर्य लागेको छ । यस अघि यस्तो कसैले गरेको थिएन । सञ्चार माध्यममो संख्यामा आएको वृद्धि र स्थान अभावका कारण पछि संसद सचिवालयले मिडिया कक्ष बनाएर पत्रकारहरुलाई समाचार संकलन गर्ने व्यवस्था मिलायो । संविधानसभामा भने सचिवालय आफैले क्यामराबाट खिचेर पत्रकारहरुले वाहिर रेकर्ड गर्न सक्ने प्रविधि नै राखेको थियो । त्यसैले संविधानसभाको समाचार संकलनमा पत्रकारहरुलाई खासै समस्या भएन । 
मन्त्रीपरिषद बैठकका निर्णय बारेको सूचना दिन पनि संविधानसभा जस्तै प्रविधिको व्यवस्था मिलाइएको छ । 
पत्रकारको योग्याता वारे वहस चलाउ
पत्रकारहरुको योग्यता तोक्दा निर्धाण नहुदा पत्रकारिताको गुणात्मक पक्ष प्रभावित भएको ठहर गर्दै भारतीय प्रेस काउन्सिलले सदस्य श्रवण गर्गको संयोजकत्वमा तीन सदस्यीय कमिटि बनाएको छ । अध्यक्ष मार्कण्डेय काट्जुले भनेका छन्— अधिवक्ता वन्न एलएलबी गरेर वार काउन्सिल, चिकित्सक बन्न एमबीबीएस् पास गरी मेडिकल काउन्सिलमा दर्ता हुनु पर्छ । शिक्षक हुन डिग्री पास गरेर प्रयाप्त तालिम लिनु पर्छ तर मुलुकभरी च्याउ सरी उम्रिएका सञ्चार माध्यममा थोरै वा अप्रयाप्त तालिम प्राप्त जनशक्ति कार्यरत छ । यस्ता व्यक्तिले पत्रकारिताको उच्च मापदण्डलाई पालन गर्न नसक्दा त्यसले समाजमा पत्रकारिता प्रति नकारात्मक प्रभाव पारेको छ । त्यस कारण पनि पत्रकारको योग्यता तोक्नु आवश्यक छ । 
बिगतमा पूर्व राजा ज्ञानेन्द्रले राजदरवार छोड्न गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले देखाएको व्यवहारले समग्र पेशालाई बदनाम ग¥यो । 
त्यसैले पत्रकारको योग्यता के हुने, कस्तो तालिम र कति अनुभव भएका पत्रकारले राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, संसद जस्ता संवेदनशिल निकायमा समाचार संकलन गर्न पाउने भन्ने मापदण्ड बनाउन अव विलम्भ गर्नु हुदैन । पत्रकारिता प्रति जनविश्वास बढाई समाजप्रति उत्तरदायि वनाउन पत्रकारका साथै सञ्चार उद्यमी  र नीति निर्माण तहका अगुवाहरुले पहल थाल्न जरुरी छ । 
पत्रकारले पनि अरु केही गर्न नसके पनि म को हु मेरो उत्तरदायित्व के हो र मैले के गर्नु हुन्छ के गर्नु हुदैन भन्ने समान्य आचार संहितका बुदाको ख्याल नगर्ने हो भने यो पेशाको मर्यादा रहदैन भन्ने तर्फ सधै हेक्का राख्न जरुरी छ । खरावलाई बिस्थापित र राम्रालाई स्थापित गर्ने अभियान चलाईन भने समाजप्रति उत्तरदायी  रहनु पर्ने राज्यको चौथो अंग पत्रकारिता प्रतिको विश्वासमा ह्रास हुने निश्चित छ ।


 




प्रतिक्रिया