बीपीकी आमाको पिस्तोल

image

ती दिनको स्मरण गर्दै साहित्यकार तारिणीप्रसाद कोइराला (बीपीका भाइ र गिरिजाका दाजु ) लेख्छन् ‘‘आमा भन्नुहुन्थ्यो, गिरु (गिरिजा) ले मलाई नयाँ रिभल्बर दियो ३६ बोरको । एउटा सानो रिभल्वबर देखाउनु भयो चिटिक्कको । काखमा आँचलले छोपेर राख्नु भएको । अनि भन्नुभयो ‘यो के काम लाग्यो । छ ओटा गोली छ यसमा, छ जनालाई ढाल्छु तबसम्म तिमीहरु पिस्तोलको आवाज सुनेर तैयार परिसकेका हुनेछौ ।’

राणाकालको अन्तिम दशकको कुरा हो । विसं २००३ सालमा विराटनगरमा भएको मुलुककै पहिलो मजदुर आन्दोलनको नेतृत्व गर्दा पक्राउ परी काठमाडौंमा बन्दी बनाइएका ‘गिरिजाप्रसाद कोइराला (पूर्वप्रधानमन्त्री) २४ दिनको आमरण अनसनपछि २००६ साल मंसिर १५ गते रिहा भए ।’

त्यसको चार महिनापछि २००६ साल चैत्र २७ गते नेपाली राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भयो । त्यति बेला राणा शासनविरुद्व सशस्त्र क्रान्तिको तयारी तीव्र पारिएको थियो । ‘गिरिजाप्रसाद साथीहरुका साथ भारतबाट छिटफुट हतियार ल्याई विराटनगरमा लुकाउने काममा सक्रिय थिए ।

त्यसरी ल्याइएका हतियार कोइराला निवासको कम्पाउन्डभित्र जमिनमा खाल्डो खनेर राख्ने काम भइरहेको थियो । ‘हतियार राख्ने काममा बीपीकी आमा दिव्या, बहिनी इन्दिरा, बुहारी नोना र बदिहनी विजयालक्ष्मी (बुनु) लगायतका महिलासमेत विशेष सक्रिय थिए । ती दिनको स्मरण गर्दै साहित्यकार तारिणीप्रसाद कोइराला (बीपीका भाइ र गिरिजाका दाजु ) लेख्छन् ‘‘आमा भन्नुहुन्थ्यो, गिरु (गिरिजा) ले मलाई नयाँ रिभल्बर दियो ३६ बोरको । एउटा सानो रिभल्वबर देखाउनु भयो चिटिक्कको । काखमा आँचलले छोपेर राख्नु भएको । अनि भन्नुभयो ‘यो के काम लाग्यो । छ ओटा गोली छ यसमा, छ जनालाई ढाल्छु तबसम्म तिमीहरु पिस्तोलको आवाज सुनेर तैयार परिसकेका हुनेछौ ।’

आमाको कुरा सुनेर गिरिजा हाँस्छन् । 

‘आमाको काखबाट उनी पिस्तोल टिप्छन् । ओल्टाईकोल्टाई हेरेपछि हाँस्दै भन्छन् — ‘यही पिस्तोल आमा........? यो त सुकुमारी आइमाईको पिस्तोल हो । आमाजस्ताको निम्ति होइन । राणाको फौजलाई सक्ला यसले ढाल्न ?’

कांग्रेसीहरुले हतियार जम्मा गर्ने क्रम तीव्र बनाइरहेकै थिए । राणा सरकार उनीहरुको गतिविधिबाट सशंकित थियो । मजदुर आन्दोलनको नेतृत्व गरेका कारण स्वाभाविकरुपमा कांग्रेसीले कुनै उत्पात पो गर्ने हुन् कि भन्ने परेको थियो राणाको प्रशासन यन्त्रलाई । 

त्यसैले पूर्वी मोर्चाका सबैभन्दा भरपर्दा विद्रोही गिरिजालाई बडाहाकिमको आदेशमा अचानक पक्राउ गरी सैनिक ब्यारेकमा थुनियो । 

तारणीले भनेका छन् — ‘उनको गिरफ्तारीले हाम्रो हात खुट्टा नै सेलायो । सात सालको क्रान्ति नै पछाडि पर्ने भोजस्तो लाग्यो ।’ गिरिजालाई उम्काउने उपाय खोजी भइरहेको थियो । तर पनि कुनै उपाय आइरहेको थिएन ? न त १५०—२०० सेना भएको ब्यारेकमा आक्रमण गरेर उनलाई छुटाउन सम्भव थियो । कथंकथाचित छुटाई हाले पनि भविष्यमा सुरु हुने क्रान्तिलाई त्यसले ठूलो असर गर्ने खतरा थियो । 

तारिणीसँगै पूर्वी मोर्चाका अर्का कमान्डर विश्वबन्धु थापा पनि छट्पटाएका थिए । गिरिजालाई कसरी उम्काउने भनेर ।

उनी भन्ने गर्थे — ‘शक्ति प्रयोग गरेर छुटाउनुपर्छ । नत्र क्रान्तिमा गिरजादाजुको उपस्थिति हुन सक्दैन । विश्ववन्धुको भनाइ रहन्थ्यो ‘उता गिरिजादाजु जेलको हावा खाइरहनु हुनेछ र हामीलाई ठूलो नोक्सान हुन्छ।’

यस प्रसंगमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकसँग भनेका छन् — ‘ब्यारेकमा बन्दी छु । समय बित्दै छ । छुट्ने छाँट देख्तिन । क्रान्तिको समयमा पनि थुनामै बस्नु पर्‍यो भने त म बेकम्मा हुने भए भन्ने लाग्यो । आन्दोलनमा मैले  भाग लिनै पर्छ भन्ने ठानेर भाग्ने योजना बनाउन थालेँ । ’ 

हरेक दिन कोइराला निवासबाट गिरिजाका लागि ब्यारेकमा खाना पुग्थ्यो । त्यससँगै उनी क्रान्तिको तयारी र बाहिरको सूचना पनि पाउँथे । 

स्टेनगनसहितका सिपाहीको सुरक्षा पहराबीच ब्यारेकको माथिल्लो तलामा गिरिजाको कोठा थियो । उनको ध्यान चाहिँ हरहमेसा कसरी भागेर क्रान्तिको काममा लागि हालौँ भन्नेमै केन्द्रित थियो । झ्याल र ढोकाबाट जति बेलै बाहिर हेरिरहेका हुन्थे उनी । दिउँसो बन्दुकधारी सैनिकको पहराका बीच चौरमा डुलाउने गरिन्थ्यो । त्यही मौकामा तारिणी र विश्वबन्धुहरु सडकको त्यस्तो ठाउँमा उभिएर गिरिजासँग कुरा गर्थे जहाँ सिपाहीहरुले सुन्न सक्दैनथे । एक पटक गर्छु भनेर लागेको काम जस्तोसुकै मूल्य चुकाएर भए पनि पूरा गर्नै पर्ने बानी थियो गिरिजाको । कुनै न कुनै बहानामा भाग्ने योजना बनाउनेतर्फ दिमाग खियाउँदै थिए । 

यसबीच गिरिजालाई धनकुटा सार्ने गाइँगुइँ चल्न थाल्यो । सार्‍यो भने त उनलाई उम्काउन असम्भव । त्यो सूचनाले परिवारका सदस्य झनै चिन्तित थिए । गिरिजा चाहिँ बिरामी भएको बहाना गर्न थाले । डाक्टर बोलाउन लगाए । हिजो आजजस्तो स्वास्थ्य परीक्षण प्रविधि थिएन । गिरिजाले रोगका लक्षण सुनाए । धेरै दिनदेखि छाती दुखेको छ, पिठ्युको पाटो थाकेजस्तो हुन्छ । राति खलखली पसिना आउँछ । डाक्टरले  टीबीको शंका गरे । त्यो समयमा टीबी भयानक डर लाग्दो रोग मानिन्थ्यो । विराटनगर अस्पतालमा राम्रो उपचारको व्यवस्था थिएन । सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्छ भन्ने दबाब बढाउन थालियो । तारिणी, विश्वबन्धुलगायत कोइराला परिवारका सदस्यहरु कहिले डाक्टर कहाँ, कहिले बडाहाकिम कहाँ, कहिले गिरिजा कहाँ धाउन थाले । भारतीय अखवारहरुमा खवर छापियो ‘गिरिजालाई टीबी’ । कोइराला परिवारका इष्टमित्रहरुमा चिन्ता थपियो । उनीहरु राम्रो उपचार हुनुपर्छ नभए गिरिजालाई छोडी दिनुपर्छ भनेर बडाहाकिममाथि दबाब बढाउन थाले ।

फलस्वरुप उनलाई धनकुटा सार्ने योजना तत्कालका लागि स्थगित भयो । 

गिरिजा भाग्ने बहानाखोज्दै थिए । 

गिरिजा : मेरो पेट खराब छ । बारम्बार चर्पी गई रहनुपर्छ । यस्तो फोहर (ब्यारेकको) चर्पीमा म जान सक्दिन । गन्ध आउँछ । बरु अबदेखि बाहिरै जान्छु । 

सिपाहीलाई हाकिमले आदेश लिए र गिरिजालाई हरेक साँझ खेतमा दिसा गराउन लैजाने रुटिन नै बन्यो । 

साँझ खुल्ला मैदानमा जान सर्पको डर हुने भएकाले साथमा लट्ठी लिएर जान्थे । त्यतिबेला उनका लागि चारजना संगिनधारी सिपाहीको पहरा हुन्थ्यो । 

यस्तैमा एक दिनको कुरा हो । गिरिजाले घरमा खबर पठाए ‘मलाई खाकीको पाइन्ट, जुत्ता र पाइयो भने खाकीकै गन्जी पठाई दिनु । जेलबाट उम्किने योजना बनाउँदै थिए गिरिजा । विश्वबन्धु र तारिणी उनलाई सघाई रहेका थिए । घरबाट कपडा पुगेपछि गिरिजाले भाग्ने दिन तय गरे । 

त्यसको एक दिनअघि उनले विश्वबन्धु र आफ्नो घडी एक सेकेन्ड यताउता नहुने गरी मिलाए । त्यही दिन भाग्ने मिति र समय तय भयो । बेलुका खुला ठाउँमा दिसा गर्ने गिरिजाको रुटिन कायमै थियो । योजनामुताबिक साँझ ठीक ६ बजे गिरिजाले दिसा गर्ने गरेको ठाउँभन्दा अलि दक्षिणको पुलमा विश्वबन्धुले एउटा घोडा तैनाथ गरिदिने योजना बन्यो । त्यसैमा चढेर गिरिजा वायुको गतिमा भाग्न सकुन् भनेर । 

त्यो दिन आध्यारो भएपछि दिसा गर्ने बहानामा गिरिजा ब्यारेक बाहिर निस्किए । पहरामा खटाइएका सैनिक परैबाट निगरानी गर्दै थिए । दिसा गर्ने कुरा त बहानामात्र थियो । गिरिजाले साथमा लगेको लामो लौरी जमिनमा गाडी दिए । बिस्तारै  लाएको कमीज पाइन्ट फुकालेर त्यही लट्ठीमा झुन्ड्याई दिए । घरबाट मगाइएको खाकीको पाइन्ट, सर्ट त भित्र लगाएकै थिए । रातको समयमा खाकीरंग टाढासम्म देखिँदैन अँध्यारोमा बिलाउँछ । 

घरले छेलिने गरी गिरिजा बिस्तारै सर्दै गए । कथाचित आफू भाग्न लागेको थाहा पाएर सैनिकले गोली चलाई हाले भने पनि छेलियोस् भनेर सचेत थिए उनी । बिस्तारै सडकमा पुगे । गिरिजाप्रसाद आफैँले भनेका छन् ‘त्यहाँ त दिनभरिको हटिया हेरेर फर्किएका सैनिक अफिसरसँग जम्का भेट भइहाल्यो । मलाई देखेर उ टक्क उभियो । म पनि उभिए । छिनभरमै म दक्षिणतिर दौडिहालेँ । म दौडिएको देखेर उसले सिठ्ठी फुकिहाल्यो । आर्मीहरु मलाई समाउन दौडिए । 

‘विश्वबन्धुसँग उनले घोडा तयारी अवस्थामा राख्ने र म त्यसैमा चढेर भाग्ने तय भएको थियो । तर भाग्ने मान्छेले घडी हेर्ने कुरा भएन । विश्वबन्धु छ बजे घोडा लिएर पुगे, तर त्यसअघि नै गिरिजा भागिसकेकाले उनीसँग भेट भएन । 

गिरिजा कुनै प्रकारले नेपाल भारत सीमा पार गर्न चाहन्थे । खेतको बीचै बीच जोगवनी पुग्ने बिजुलीको पोल थियो । त्यसैलाई आधार मानेर दौडिन थाले । सेनाले पोल तिरैबाट पिछा गरिरहेको छ । भाग्दै गाउँतिर पुगेका गिरिजालाई देखेर कुकुर एक सुरले भुक्न थालेपछि झनै ठूलो संकट आइलाग्यो । सेनाले भेटाई हाल्छ कि भनेर दौडिँदा दौडिँदा थाकेर लखतरान भएका उनी परालको कुन्युमा पसे । 

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकसँग भनेका छन् ‘सक्तिन अब दौडिन भनेर परालभित्र घुसेँ  । पूरै जीउ परालले छोपेँ । सैनिकहरु म लुकेको ठाउँ नजिकै आइपुगे । यताउता हेर्न थाले । धेरै समयदेखि बालिएकाले तिनीहरुको टर्च मधुरो भइसकेको थियो । उनीहरु आपसमा कुरा गर्दै थिए — ‘कहाँ पुगिसक्यो होला हामीलाई दुःखमात्र । अब फर्किनुपर्छ ।’ सिपाहीको चालचुल सुनिन छोड्यो । गाउँ भएर जाँदा कुकुर भुक्ने र पक्राउ पर्ने डर थियो । त्यसैले बिजुलीको पोलै पोल दौडिन थाले गिरिजा । केही बेर कुन्युमा लुक्दा थकाइ मरेको थियो । सिपाहीहरु फर्किसकेकाले तत्कालका लागि संकट पनि थिएन । उनी परालको कुन्युबाट बाहिर आए । बत्तीको पोल हेरेर सिधै दक्षिणतिर बथनाह स्टेशन (भारत) तिर लागे । 

त्यहीबीच तीन राउन्ड गोली चल्यो । निवासको ‘बार्दलीमा सास थामेर पर्खेकी आमा दिव्यासहित परिवारका सदस्यको कानको जाली फाट्ने गरी जोडले आवाज आयो ड्याम्म ड्याम्म । 

आमाको मन न हो । आफ्नो मुटुमै गोली लागे सरह पीडा भयो । आमा दिव्याले दुवै हातले मुख छोपिन् । तीन फायर भएको दसबाह्र मिनेटपछि फेरि फायर भयो दुई पटक । र त्यसको पाँच मिनेटपछि फेरि अर्को । दोस्रो र तेस्रो पटक गोली चलेपछि परिवारका सदस्यले सन्तोषको सास फेरे ।’ उनीहरुले बुझिहाले ‘गिरिजा उम्किसके । पटकपटक गोली चल्नुको अर्थ सिपाहीहरु हाकिमलाई काममात्र देखाउँदै छन् भन्ने हुन्छ भनेर उनीहरु ढुक्क भए । गोली चलेको आधाघन्टाभित्र विश्वबन्धु सीधै बडाहाकिम कार्यालय पुगे । 

एकदमै दृढतापूर्वक उनी बडाहाकिमलाई भन्छन् — ‘गिरिजा दाजुलाई डाक्टरहरुले टीबीको शंका गर्दागर्दै पनि एक डेढ घन्टाअघि तपाईहरुले उहाँलाई धनकुटा चलान गर्नुभयो हैन ? बुझ्नु भयो बडाहाकिम साहेब, यसको परिणाम राम्रो हुने छैन । कदंकथाचित गिरिजादाजुलाई केही भयो भने सारा जिम्मेवारी तपाईमाथि आउनेछ ।’

यसो भनिरहँदा क्रोधले कापिरहेका थिए उनी । विश्वबन्धु रिसाएको देखेर अन्योलमा परेका बडाहाकिम भन्न थाले ‘गिरिजाबाबुलाई धनकुटा चलान गर्‍यौँ भन्ने कुरा तपाईले कहाँबाँट थाहा पाउनुभयो ।’ बरु मबाट सुन्नोस् ‘एक डेढ घन्टा अघिमात्र गिरिजाबाबु ब्यारेकको पहराबाट उम्किनु भयो । सिपाही छापछाप्ती पठायौँ, फेलापार्न सकेनन् ।’ अचम्म मान्दै विश्वबन्धु बडाहाकिमको अनुहार नियाल्न थाले । अनि मनमनै कल्पना गरे सिपाहीको गोली लागेर गिरिजादाजु मारिएको भए ? एक्कासि मुन्टो उठाएर धारिलो स्वरमा उनले बडाहाकिमलाई भने ‘कहीँ यो बहाना खोजेको त हैन ? भर्खरै ४–५ गोलीको आवाज सुनेको थिएँ । कहीँ ... । ’बडाहाकिमले भने ‘गोली चलेको कुरा सा“चो हो तर त्यो सब काम देखाएका हुन् सिपाहीहरुले । गिरिजाबाबु उम्की सक्नुभयो ।’

उता लुक्दै ज्यान जोगाएर गिरिजा रेलवे क्रसिङ नजिकैको एउटा सानो फुसको घरमा पुगे । मध्यरात उनी आएको देखेपछि स्थानीय एक घर धनीले चोर ठानेर अनौठो तरिकाले एकोहोरो हेरिरहे । अनि गिरिजाले उनलाई नेपालबाट भागेर आएको कथा सुनाउन थाले । अनिमात्र घरधनीले बस भन्दै डोरीवाला खाट बिछ्याई दिए । गुँढ पानी खान दिए ।

आफूलाई जोगवनी जानु परेकाले कुन बाटो जाँदा हुन्छ भनेर सोधे गिरिजाले । उसले सोध्यो ‘तिमी कसको घर जान लागेको ?’ ‘फेकन चौधरी, समाजवादी पार्टीका नेता छन् नि उनैको घर जाने हो ।’ विद्युत्को लाइन लाइन जाऊ पुगिहाल्छौ भन्दै उनले बाटो देखाई दिए । गिरिजा बिजुलीको लाइनै लाइन जोगवनीतर्फ जाँदै थिए पोलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको कब्जामा परे ।

खेत खेतै हिँड्दा जीउभर हिलो लागेको थियो । हिलै हिलो लागेको मानिसको हातमा डायल चम्किने यति राम्रो घडी सिपाहीले प्रश्न गर्‍यो । दाजु बीपीले केही समयअघि मात्र दिएको घडी थियो उनको हातमा । सिपाहीले उनलाई चोर ठाने । गिरिजाले आफू नेपालबाट भागेर आएको र जोगवनी जान लागेको बताएपछि सुरक्षाकर्मीले साधे — ‘त्यहाँ कसलाई चिनेको छ ।’ गिरिजाले जबाफ दिए ‘फेकन चौधरी ।’ उनीहरुले ‘ए चल ।’ भन्दै गिरिजालाई चौधरीको घरमै पुर्‍याई दिए । गिरिजालाई देख्नासाथ समाजवादी नेता चौधरी भन्न थाले — ‘देखो गिरिजाबाबु आ गए । विराटनगरमे इतना हंगामा हो रहा है ।’

भोलिपल्ट बिहानै गिरिजाको खोजीमा जोगवनी पुगेका तारिणी, इन्दिरा र विश्वबन्धुले सोसलिस्ट पार्टी कार्यालयको इनारमा उनलाई नुहाइरहेको अवस्थामा देखे । त्यो दिनको घटना स्मरण गर्दै तारिणी लेख्छन् — ‘त्यसबेला पहिलो कुरा उनले के भने होलान् अड्कल्नोस् त, तपाइँ, अड्कल्न सक्नुहुन्छ । उनले भने–राति बडो मजा आयो तारणी दाजु ।

घोडा नआएको चर्चै गरेनन् । र एउटा आश्चर्यको कुरा हामीलाई के लाग्यो भने विराटनगरदेखि जोगवनीसम्मको तीन माइलको बाटो पार गर्न दगुर्दा दगुर्दै पनि सातघन्टा लागेछ । अढाइ बजे राति उनी जोगवनी पुगेछन्।’ भाइ मारिए कि भन्ने चिन्ता लिएर बिहानै उनको खोजीमा पुगेका तारिणीलाई गिरिजाले भनेछन् — ‘हिजो राति साह्रै मजा आयो तारिणीदाजु !’




प्रतिक्रिया


  1. Wonderful goods from you, man. I've take note your stuff prior to and you're just extremely great. I really like what you have received here, certainly like what you're saying and the way in which through which you assert it. You are making it enjoyable and you still take care of to keep it smart. I can not wait to learn much more from you. This is really a tremendous web site.

    Simply desire to say your article is as surprising. The clearness in your post is just nice and i can assume you're an expert on this subject. Fine with your permission let me to grab your RSS feed to keep up to date with forthcoming post. Thanks a million and please keep up the enjoyable work.

    Wow, this paragraph is good, my sister is analyzing these things, thus I am going to convey her.

    image блок питания для монитора lg 12v 3a

    Hello, i believe that i saw you visited my weblog thus i came to return the favor?.I am trying to find issues to enhance my site!I assume its ok to use a few of your concepts!!

    It's amazing to go to see this web page and reading the views of all friends on the topic of this piece of writing, while I am also eager of getting know-how.

    Do you mind if I quote a few of your articles as long as I provide credit and sources back to your blog? My blog is in the very same area of interest as yours and my users would certainly benefit from a lot of the information you present here. Please let me know if this okay with you. Thanks a lot!

    image imipramine (tofranil) belongs to which class of antidepressant medications?

    uzcelis osteoporosis risk with imipramine kurala nolans imipramine and citalopram - prolonged qrs waves with lexapro, cymbalta, remeron, tofranil [url=https://canadapharmacy-usa.com/buy-tofranil-usa.html]tofranil vs emsam[/url] brechas imipramine derivatives

    satellite can you take ketorolac with tylenol kulturnye acular eye drops dosage - ketorolac walmart [url=https://canadapharmacy-usa.com/buy-acular-usa.html]ic ketorolac[/url] enseignants acular degeration

    What's up, its pleasant piece of writing about media print, we all be aware of media is a fantastic source of facts.

    Hello just wanted to give you a quick heads up. The text in your post seem to be running off the screen in Internet explorer. I'm not sure if this is a format issue or something to do with browser compatibility but I figured I'd post to let you know. The design and style look great though! Hope you get the problem solved soon. Kudos

    Pretty section of content. I simply stumbled upon your weblog and in accession capital to assert that I acquire actually loved account your weblog posts. Anyway I will be subscribing in your feeds or even I achievement you access constantly fast.

    Good post. I learn something new and challenging on websites I stumbleupon on a daily basis. It's always exciting to read through content from other authors and use a little something from their websites.

    This is my first time pay a quick visit at here and i am truly impressed to read all at single place.

    image chloroquine disponibile senza prescrizione in Francia

    Since the admin of this web page is working, no uncertainty very quickly it will be well-known, due to its feature contents.

    What i do not realize is actually how you're not really a lot more neatly-liked than you might be now. You're very intelligent. You understand thus considerably relating to this matter, made me personally consider it from a lot of varied angles. Its like women and men are not interested unless it's one thing to do with Lady gaga! Your own stuffs great. All the time deal with it up!

    I know this site presents quality dependent articles and additional stuff, is there any other website which offers such things in quality?

    Thanks for the auspicious writeup. It in truth was a entertainment account it. Look complex to more added agreeable from you! By the way, how can we keep in touch?