सिंहदरवार कव्जा गर्न सफल, भ्रष्टाचार नियन्त्रणमा असफल एक प्रधानमन्त्रीको कथा

image

सत्ताको बागडोर सम्हाले पछि  सिंहले घोषणा गरेका थिए— ‘म पहिले भ्रष्टाचार निर्मूल पार्छु । त्यसपछि आमचुनाव गराउँछु ।’ पदबाट हटेपछि उनी भन्न थाले— ‘मेरो पालामा भ्रष्टाचार निर्मूल पारूँ भनी त्यसको मूल पत्ता लगाउँदै गएँ । जाँदा जाँदा म त राजदरबारको मूल ढोकामै पो पुगें । जुन दिन म त्यहाँ पुगें । मैले मेरो मन्त्रिमण्डल विघटन भएको सुन्नुप-यो ।’ 

एक सय चार वर्षे राणा शासनको अन्त्यसंगै रोलक्रममा राणाहरुमात्र प्रधानमन्त्री बन्न पाउने प्रथा उन्मुलन भयो । अनी अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरकै नेतृत्वमा बनेको संयुक्त सरकार पनि टिक्न सकेन । राणा कांग्रेस सरकार पतन भए लगत्तै पहिलो पटक मातृकाप्रसाद कोइराला जनताको छोराका हैसियतमा प्रधानमन्त्री बने । उनकै कार्यकालमा राणा शाही अन्त्य भएको ११ महिनामै  नेपाली राजनीतिमा पहिलो अर्को विद्रोहको घटना भयो । २००७ सालको क्रान्ति सफल भएपनि नेपाली कांग्रेस भित्रै डा. केआई सिंह लगायतको एउटा समुह असन्तुष्ट थियो । खासगरी त्यो क्रान्तिको अन्त्यका लागि दिल्लीमा भएको संझौताबाट असन्तुष्टहरुको नेतृत्व सिंहले गरिरहेका थिए । 
कांग्रेसको नेतृत्वले क्रान्ति रोक्न आदेश दिदा समेत सिंहले आफू कमाण्डर रहेको भैरहवा मोर्चामा युद्व रोक्न मानेनन् । जवकी उनको पार्टी कांग्रेस सत्तामा थियो । 
त्यही घटनालाई लिएर सिंहलाई भारतीय सैनिकको सहयोगमा २००७ साल फागुन ११ मा पक्राउ गरी भैरहवामा थुनियो । २००८ असारमा उनी जेल ताडेर फरार भए । इतिहासकार डा. भवेश्वर पंगेनीका अनुसार सरकारले सिंहलाई ‘डाँकु’ घोषणा गर्दै पक्राउ गर्ने व्यक्तिलाई ५ हजार इनाम दिने घोषणा ग-यो । भैरहवा जेलबाट भोगेका सिंह २००८ साउन २२ मा बागलुङ र प्युठानको सिमा क्षेत्र ढोरपाटन क्षेत्रबाट पुनः पक्राउ परे । अनी पाल्पा हुदै उनलाई काठमाडौंमा वन्दी वनाइयो । 
आफूलाई अपमानजनक रुपमा थुनामा राखिएको प्रतिशोध साध्न रक्षा दलका जवानहरुलाई प्रयोग गरेर २००८ माघ ८ गते राति सिंहले आफ्नो नेतृत्वमा सिंहदरवार कव्जा गरे । काठमाडौंमा त्यो घटनाले यति सनसनी मच्चियो की, प्रधानमन्त्री मातृकाप्रसाद कोइराला सहित प्रायः मन्त्रीहरु भागेर नारायणहिटी दरवार पुगे । इतिहासकार डा. भवेश्वर पंगेनीका अनुसार सिंहदरवार कव्जा गरेकै दिन विद्रोहीहरुले सिंहलाई प्रधानामन्त्री घोषणा गरे । पंगेनीले त्यो घोषणा सिंहका समर्थकको क्षणिक चाहना मात्र भएको पनि उल्लेख गरेका छन् । चौविस घण्टा सिंहदरवार कव्जा गर्दा सिंहले राजा त्रिभुवनसंग पटक पटक सम्वादको प्रयास गरे । प्रधानमन्त्रीबाट मातृकाप्रसादलाई हटाएर सर्वदलीय सरकार बनाउनु पर्ने उनको माग थियो । तर परिस्थिती प्रतिकूल बनेर धेरैको ज्यान जान सक्ने अवस्था देखेर सिंह आफ्ना सहयोगीका साथ सिंहदरवारबाट वाहिरिए । अनी भूमिगत शैलीमा फरार भए । 

त्यो घटनापछि सरकारले सिंहलाई देशद्रोही घोषणा गरी पक्राउ आदेश जारी ग-यो । सिंहलाई खान बस्न नदिनु भन्ने उर्दि सहितको पर्चा हेलिकप्टरबाट काठमाडौं उपत्यका आसपासमा छर्न लगाइयो । तर पनि उनी सेनाको घेराबाट उम्केर तिव्वत पुग्न सफल भए । त्यसपछिका चार वर्ष चीनमा निवार्सित जीवन विताए । त्यसक्रममा उनले आफू राजा र देश प्रति वफादार रहेको बिन्तीपत्र चढाई सकेका थिए । त्यही बिन्तीपत्रलाई आधार मानेर राजा महेन्द्रले २०१२ भदौ २७ मा सिंहलाई आममाफी दिई नेपाल बोलाए । स्वदेश फर्किने क्रममा बाटोमा उनको भव्य स्वागत गर्ने प्रवन्ध पनि मिलाइयो । त्यो काममा राजा महेन्द्रले आफ्ना विश्वासपात्रहरु खटाएका थिए । 
राजा महेन्द्रकै सदासयता र सहयोगमा सिंहले संयुक्त प्रजातन्त्र पार्टी खोले । देश दौडाहा गरे र २०१४ असार ३१ मा राजाबाट प्रधानमन्त्री मनोनीत भए । यसरी सिंहदरवार कव्जा गरेको छ वर्ष पछि सिंह प्रधानमन्त्रीको हैसियतमा फेरी सिंहदरवामा पुगे । तर उनको कार्यकाल भने लामो हुन सकेन । तीन महिना उनले सत्ता छोड्नु प-यो । सत्ताको बागडोर सम्हाले पछि  सिंहले घोषणा गरेका थिए— ‘म पहिले भ्रष्टाचार निर्मूल पार्छु । त्यसपछि आमचुनाव गराउँछु ।’ पदबाट हटेपछि उनी भन्न थाले— ‘मेरो पालामा भ्रष्टाचार निर्मूल पारूँ भनी त्यसको मूल पत्ता लगाउँदै गएँ । जाँदा जाँदा म त राजदरबारको मूल ढोकामै पो पुगें । जुन दिन म त्यहाँ पुगें । मैले मेरो मन्त्रिमण्डल विघटन भएको सुन्नुप-यो ।’ 




प्रतिक्रिया


  1. image как правильно томирис или тамирис

    ао народный банк казахстана адрес, народный банк колл центр жай бөлшектерді бөлу слайд өмірзая романы кейіпкерлері мінездеме, өмірзая романы композициялық талдау менің отбасым тәрбие сағаты 2 сынып, мен және менің отбасым тәрбие сағаты

    i am done meaning, read важность перехода на латиницу, плюсы и минусы перехода на латиницу суммативное оценивание за раздел агрегатные состояния вещества, сор по физике 8 класс ответы 7 поликлиника, 7 поликлиника регистратура телефон

    image моя родина - казахстан 1 класс

    дәрілік формалар, дәрілік заттардың жіктелуі ауа райы туркестан 1 ай, яндекс погода туркестан на месяц негізгі құралдардың келіп түсуі, негізгі құралдарды бағалау түрлері құрмет грамота 8 наурыз, 8 наурыз құттықтау апкеге

    comment acheter des médicaments en ligne en toute confiance ? Arena IJmuiden trouver des médicaments génériques

    médicaments en vente en Italie Calox Tropea acquisto farmaci senza prescrizione medica a Bari

    image windows операциялық жүйесінің стандартты қолданбалары дегеніміз не

    будандастыру дегеніміз не оның түрлері, өсімдіктерді будандастыру актив тарифы 1790 безлимит, актив тарифы 1990 element the domain austin менің сүйікті жануарым мысық шығарма, менің сүйікті жануарым мысық эссе ағылшынша

    Thankfulness to my father who informed me concerning this webpage, this web site is really remarkable.

    image creative food photography angles beyond overhead shots

    I visited several websites but the audio feature for audio songs existing at this site is really wonderful.