राजा ज्ञानेन्द्रले ‘बेबि किङ’ स्वीकारेको भए को नआउन सक्थ्यो गणतन्त्र

image

कटवालका अनुसार दरबारका एक जर्नेलले उनलाई धम्कीको शैलीमा भनेका थिए ‘तिमी को हौ दरबारको भविष्य बारे निर्णय गर्ने’ ? यसरी दरबारकै कारण राजतन्त्र अन्त्यको बाटोमा गयो । राजा सकारात्मक नभएपछि प्रधानमन्त्री कोइराला राजतन्त्र जोगाउन सकिँदैन भन्ने निष्कर्षमा पुगे । २०६३ फागुन २८ गते विराटनगरमा उनले भनिदिए, ‘राजा र युवराजले बुद्धि पु-याएर गद्दी त्यागेको भए राम्रो वातावरण बन्ने थियो । अब ‘सेरिमोनियल किङ’ टाढाको कुरा भइसक्यो । राजा आफैँले गणतन्त्रको बाटो खोलिदिए’  ।

अधिकारविहीन भएर नारायणहिटी दरबारमा सीमित हुनु परेपछि राजामा छटपटाहट थियो । परिस्थिति नियन्त्रणबाहिर गइसके पनि राजा ज्ञानेन्द्र आफैँ भने राजसंस्था जोगाउने अन्तिम प्रयासमा थिए । नेपाली समाजमा राजा र युवराजको छवि राम्रो नभएकाले राजाका चारवर्षीय नाति हृदयेन्द्रलाई ‘बेबि किङ’ बनाएर गद्दीमा राख्ने चर्चा सुरु भयो । छापाहरूमा नेपाल र भारतका राजतन्त्रसमर्थक हिन्दुवादीले शाहवंश जोगाउन अभियान सुरु गरेका खबर प्रकाशित भइरहेका थिए (झा, २०७२, पृ.१२४) । त्यसै वेला प्रधानमन्त्री कोइरालाले विराटनगरबाट राजा र युवराजले गद्दी छोडे ‘बेबि किङ’ राख्न सकिने सन्देश दिएका थिए । प्रधानमन्त्रीको त्यो सन्देशपछि कतिपय शुभचिन्तकले राजालाई भेटेर भनेका थिए, ‘सरकारबाट राजीनामा गरिबक्सियोस् । नातिलाई गद्दीमा राखे अझै पनि राजतन्त्र जोगाउन सम्भव छ । गिरिजाबाबुले बोलिसक्नुभएकोछ । हृदयेन्द्रलाई राजा बनाउँदा भारतीयहरूले पनि समर्थन गर्ने छन्’ । राजालाई यस्तो सुझाव दिनेमध्ये राष्ट्रि«य पञ्चायतका पूर्वअध्यक्ष विश्वबन्धु थापा पनि एक थिए ।  राजाले ‘बेबि किङ’को कुरा सुन्नै चाहेनन् । ‘बेबि किङ’ स्वीकार गरे राजतन्त्र जोगाइदिने भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीको सन्देश पाएपछि थापाले राजासँग कुरा गरेका थिए (थापा, अनलाइनखबर ः २०७५ पुस १०) । त्यस वेला राजा सकारात्मक बनेको भए राजतन्त्र जोगाउन सकिने सम्भावना थियो । प्रधानमन्त्री कोइराला अन्तिम क्षणसम्म राजतन्त्र जोगाउने पक्षमै थिए (खनाल, कान्तिपुर ः २०७४ असोज १२) । सम्पर्क स्रोतहरूमार्फत उनले राजासँग संवाद गर्न खोजे । एउटै कामका लागि धेरै मानिस परिचालन गर्ने स्वभावका कोइरालाले छोरी सुजाता र विदेशमामिला सल्लाहकार सुरेशचन्द्र चालिसेलाई दरबारसँगको संवादका लागि खटाएका थिए । ‘बेबि किङ’मा सहमति बने गणतन्त्रको पक्षमा अडान लिइरहेको माओवादीलाई समेत मनाउन सकिनेमा प्रधानमन्त्री विश्वस्त थिए ।
ती दिन माओवादी र एमाले दुवै राजा फाल्ने पक्षमा थिए । कांग्रेसले निर्णय गर्न बाँकी थियो । प्रधानमन्त्री निकटहरूले उनलाई सम्झाउँदै भनेका थिए, ‘तपाईँ बीपीको अनुयायी, बीपीको लाइन त मेलमिलाप हो, राजा फाल्ने होइन’ । प्रधानमन्त्रीलाई यस्तो सल्लाह दिनेमा प्रधानसेनापति रुक्माङ्गद कटवाल पनि एक थिए । कोइरालाले विराटनगरमा ‘बेबि किङ’ को प्रस्ताव राखेपछि वातावरण मिलाउन कटवाललाई अह्राएका थिए । राजाले ‘बेबि किङ’ को प्रस्ताव सुन्नै चाहेनन् । कटवाल (२०८०) का अनुसार दरबारका एक जर्नेलले उनलाई धम्कीको शैलीमा भनेका थिए ‘तिमी को हौ दरबारको भविष्य बारे निर्णय गर्ने’ ? यसरी दरबारकै कारण राजतन्त्र अन्त्यको बाटोमा गयो (यहो टेलिभिजन ः अन्तर्वार्र्ता) । राजा सकारात्मक नभएपछि प्रधानमन्त्री कोइराला राजतन्त्र जोगाउन सकिँदैन भन्ने निष्कर्षमा पुगे । २०६३ फागुन २८ गते विराटनगरमा उनले भनिदिए, ‘राजा र युवराजले बुद्धि पु-याएर गद्दी त्यागेको भए राम्रो वातावरण बन्ने थियो । अब ‘सेरिमोनियल किङ’ टाढाको कुरा भइसक्यो । राजा आफैँले गणतन्त्रको बाटो खोलिदिए’ (कान्तिपुर ः २०६३ फागुन २९) । राजतन्त्र फाल्नैपर्ने अवस्थामा आइपुग्दा प्रधानमन्त्री कोइराला राजनीतिक जीवनकै कठिन मोडमा थिए । बीपीले जीवनको अन्तिम क्षणमा उनलाई भनेका थिए, ‘राजपरिवार सम्मानित संस्था हो, जतिसुकै कठिन अवस्था आइपरे पनि राजसंस्था फाल्ने बाटोमा नजानु । त्यसको अभावमा हामी नेपाललाई स्वतन्त्र राखिरहन सक्दैनौँ’ । बीपीको त्यही वचनका कारण राजाबाट जतिसुकै अपमानित भए पनि राजतन्त्र हटाउने पक्षमा उनी थिएनन् ।
राजाले परिस्थिति बुझेर निर्णय लिन नसक्दा माओवादी, एमाले र आफ्नै पार्टीभित्र राजा हटाउन जोड दिइरहेका शक्तिको प्रधानमन्त्रीमाथि तीव्र दबाब थियो । कोइरालाले भनेका थिए, ‘आफूबाट गल्ती भयो भन्ने महसुस राजालाई कहिल्यै भएन । व्यक्तिवादी स्वभाव, आफूबाहेक अरूलाई नचिन्ने, परिवारलाई समेत नचिन्ने । उनले गद्दी छोडेको भए उनकै नाति राजा हुन्थे । राजतन्त्र जोगिन्थ्यो । आफैँं मात्र हुनुपर्छ भन्ने मनसाय राजामा देखियो । अब कसै गरे पनि उनले राजतन्त्र जोगाउन सक्ने छैनन’् (नेपाल, हिमालखबर ः २०७८ जेठ १५) । कोइरालासमेत राजालाई काँध थाप्न सकिँदैन भन्ने निष्कर्षमा पुगेपछि परिस्थिति गणतन्त्रमा जान दबाब बढाइरहेका कम्युनिस्टहरूको अनुकूल हुन हुग्यो । राजा इतिहासमै अलोकप्रिय रहेको र उनका उत्तराधिकारी पारसको अत्यन्त नकारात्मक छवि बनेको मौकामा राजा फाल्न भारत र कम्युनिस्ट मात्र होइन, कांग्रेसभित्रै पनि प्रधानमन्त्रीमाथि चरम दबाब बढ्दै गयो । त्यस्तो अवस्थामा पनि प्रधानमन्त्री कोइराला सम्पर्क स्रोतमार्फत राजासँग संवाद चलाई नै रहेका थिए । उनका तर्फबाट राजा ज्ञानेन्द्रसँग संवाद गर्ने अर्का पात्र थिए सोल्टी होटलका मालिक प्रभाकरशमशेर राणा । राजासँगको कुराकानीपछि राणाले प्रधानमन्त्रीसँग भनेका थिए, ‘गिरिजाबाबु, म केही गर्न नसक्ने अवस्थामा पुगेँ । सरकार (राजा) र म सोल्टी होटलमा पिएर कुरा गर्दै थियौँ । सरकारबाट आफ्नो हातको ग्लास भुइँमा झारिबक्सियो । सीसा फुटेर चकनाचुर भएपछि हुकुम भयो, ‘प्रभाकर, बरु म यसरी नै चकनाचुर भएर जान्छु तर यिनीहरूसँग झुक्दिनँ’ (नेपाल, हिमालखबर ः २०७८ जेठ १५) । 
कटवाल (२०७१) का अनुसार राजाले ‘बेबि किङ’ मेरो लासमाथि मात्र सम्भव छ भन्ने जवाफ पठाए । राजाको बुझाइमा ‘बेबि किङ’ स्वीकार गर्नु भनेको दाजु वीरेन्द्रको वंशज (छोरी श्रुतिको सन्तान) लाई बुझाउनु हो वा नाति हृदयेन्द्रको शासन हो । हृदयेन्द्रलाई राजा बनाउनु भनेको बुहारी हिमानी (भारतीय चेली) मार्फत भारतीयकरणको निम्ति बाटो बनाइदिनु हो (कटवाल, २०७१, पृ.४०४) । राजाले ‘बेबि किङ’ अस्वीकार गरेपछि प्रधानमन्त्री कोइराला राजतन्त्रप्रति कठोर बन्दै गए । २०६४ असोज दोस्रो साता नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रको सिद्धान्त छोड्ने निर्णय ग¥यो । गणतन्त्रमा जाने कांग्रेसको निर्णयप्रति असहमति जनाउँदै संस्थापक नेता कृष्णप्रसाद भट्टराईले २०६४ असोज ९ गते पार्टी परित्याग गरिदिए (खनाल, २०८०, पृ.५३२) । भट्टराईले भनेका थिए, ‘गणतन्त्रको लामो तर पूर्णतया निरर्थक नारा दिएर कांग्रेसले हाम्रो देशका सार्वकालिक नेता बीपी र गणेशमानलाई चटक्कै बिर्सिँदै छ । त्यसो हुनाले यस पार्टीसँग अब उप्रान्त मेरो कुनै खालको सम्बन्ध वा सम्पर्क रहने छैन’ (भट्टराई ः २०६४ असोज ९) ।
राजसंस्था जोगाउने प्रयासमा राजा नै बाधक बनेपछि राजतन्त्र फाल्ने आफ्नो योजना र रणनीतिबारे प्रधानमन्त्री कोइरालाले कसैलाई सुइँकोसम्म दिएनन् (नेपाल, गोरखापत्र ः २०७९ जेठ १५) । कतिपय लेखकहरूले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नेपाली नभएर बाह्य शक्तिको हात रहेको दाबी गरेका छन् । देवकोटा (२०७३) को विचारमा नेपाली जनताले राजतन्त्रको अन्त्यका पक्षमा आवाज उठाएर माहौल बनाए पनि अन्तिम प्रहार विदेशीहरूले नै गरेका थिए तर राजतन्त्रको चिहान भने राजाहरू आफैँले खनेका हुन् (पृ.१६९) । राजालाई विष्णुको अवतार मान्ने जनतालाई गणतन्त्रको कित्तामा पु¥याउन राजाहरू आफैँं धेरै जिम्मेवार छन् (जबरा, हिमालखबर ः २०७८ असोज ९) । देवकोटा र तत्कालीन प्रधानमन्त्री कोइरालाका भतिजा निरञ्जन कोइरालाको बुझाइमा समानता देखिन्छ । प्रधानमन्त्री कोइराला आफैँले निरञ्जनसँग भनेका थिए, ‘माओवादी, कांग्रेस र एमालेभित्र पनि भारतीयहरूबाट परिचालित मानिसहरू राजा फाल्न दबाब बढाइरहका थिए’ (नेपाल, हिमालखबर ः २०७८ जेठ १५) । राजकाजको तालिम नभएका ज्ञानेन्द्रले परिस्थिति बुझेर निर्णय लिन सकेनन् । राजाको व्यवहारले प्रधानमन्त्री कोइराला अन्ततः गणतन्त्रको पक्षमा जान बाध्य भए । 
 




प्रतिक्रिया


  1. Greetings! Veery helpful avice ithin thhis article! It iis thhe little changes tthat prduce the greatest changes. Thhanks ffor sharing!

    medicijnen prijsvergelijking in Nederland zydus Landen Achat de médicaments en pharmacie en ligne

    médicaments disponible sur ordonnance Zentiva Honselersdijk médicaments achat au Québec

    image el medicamentos está disponible para su venta sin receta en La Paz Helvepharm Clermont-Ferrand

    Medikamente in den Niederlanden legal kaufen MSD Puerto Boyacá medicamentos recomendado por médicos en Colombia