बीपीलाई प्रधानमन्त्री हुनवाट रोक्न श्रीमती सुशीलाले किन गरिन अनसन

image

बीपी र सुशीला दुवैको सम्बन्ध पतिपत्नी भन्दा पनि प्रेमीप्रेमिकाको जस्तो । चार दशक लामो दाम्पत्य जीवनमा एकदमै कम समय सुशीला बीपीको साथ बस्न पाइन् । भारतीय स्वतन्त्रता संग्रामका क्रममा तीन वर्ष भारतमा थुनिएका बीपीले राणा र पञ्चायतकालमा झन्डै दश वर्ष नेपालको जेलमा बिताए । अनि राजा महेन्द्रले २०१७ साल पुष १ गते निर्वाचित संसद् र सरकार भंग गरेपछि आठ वर्ष सुन्दरीजल बन्दीगृहमा बसे ।

बीपी भन्ने गर्थे ‘‘मेरो सफलताको पछाडि परिवारको ठूलो सहयोग छ ।’’ कोइराला परिवारमा हरेक विहान हुने पारिवारिक जमघट र चिया सेसनमा बीपी भन्ने गर्थे ‘‘परिवारको सहयोग, समर्थन र नैतिक वल नपाएको भए म राजनीतिमा यसरी टिकी रहन सक्ने थिइन ।’’ यो प्रसंग सुनाउदै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकसँगको अन्तवार्तामा भनेका छन् ‘‘सान्दाजुलाई सिंगो परिवारको हात थियो । उहाँ भन्नु हुन्थ्यो मेरो लागि सारा जनताले साथ दिए तर मानिसलाई सफलता पाउन परिवारको समर्थन सबै भन्दा महत्वपूर्ण हुन्छ । मैले त्यसको कमी कहिल्यै महसुस गर्नु परेन ।’’

बीपीलाई मुलुककै सर्वाधिक लोकप्रिय राजनेताका रुपमा स्थापित गराउन पत्नी सुशीला कोइरालाको सबैभन्दा बढी योगदान छ । प्रथम जननिर्वाचित प्रधानमन्त्रीकी पत्नी र तीन तीन प्रधानमन्त्री जन्माउने कोइराला परिवारकी बुहारी भएर पनि उनले न कहिल्यै राजनीतिमा चासो राखिन्, न कुनै प्रकारको हस्तक्षेप नै गरिन् । 

सुशीलाको जीवनकालमै जेठाजु मातृका, पति बीपी र देवर गिरिजाप्रसाद कोइराला मुलुकको प्रधानमन्त्री भए । तर पनि नृत्य पाठशाला खोल्ने उनको धोको पूरा भएन । विसं २०६२ ताका कान्तिपुर टेलिभिजनका लागि लेखकलाई दिएको एउटा अन्तर्वार्तामा सुशीलाले भनेकी थिइन् — ‘‘जीवनमा एउटा नृत्य पाठशाला खोल्ने धोको थियो । त्यति पनि गर्न सकिन ।’’

सुशीलाले राजनीतिमा हस्तक्षेप गरेको एउटै घटना छ । त्यो पनि नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि बीपीलाई प्रधानमन्त्री हुन नदिन गरेको अनशन । कुनै पत्नीले आफ्ना पतिलाई प्रधानमन्त्री बन्न नदिन अनशन गरेको घटना नेपालमात्र होइन विश्व राजनीतिमै बिरलै होला । 

विसं २०१६ वैशाख दोस्रो साताको कुरा हो । नेपाली कांग्रेसको विजयले समस्त कार्यकर्ता उत्साहित थिए । मन्त्री बन्ने होडमा, सांसदहरुलाई नेताका ढोका चोटा धाउँदैमा फुर्सद थिएन । यस प्रसंगमा बीपी पुत्र प्रकाश कोइरालाले लेखकलाई सुनाएका छन् — ‘‘त्यो बेला म आठ कक्षमा पढ्दै थिएँ । हाम्रो घरमा एकाएक चहलपहल बढेर आयो । हिजोसम्म सामान्य देखिने  मानिसहरुको बोली र व्यवहारमा अचानक परिवर्तन आएको देखेर म छक्क थिएँ । अहिले आएर सोच्छु, त्यो त सत्ताको कमाल रहेछ । मन्त्री बनाइदिनुपर्‍यो भनेर मेरी हजुरआमा (दिव्या) को चाकडी गर्ने सांसदहरुको कमी थिएन ।’’

एकातिर पार्टीमा सत्ता र शक्तिको होडबाजी चलेकै थियो अर्कोतिर चुनाव परिणाम सार्वजनिक भएको तीन महिनासम्म पनि राजा महेन्द्रले सरकार बनाउन आमन्त्रण नगर्दा के हुने हो, कसो हुने हो भन्ने संशय । कुनै पनि दलको बहुमत आउँदैन भन्ने गुप्तचरको रिपोर्टमा भर परेर चुनाव गराएका राजा कांग्रेसको अपार सफलताबाट तर्सिएका थिए । 

पूर्वअनुमानविपरीत कांग्रेसले दुईतिहाइ बहुमत पाएकै दिनदेखि काठमाडाैंमा हल्ला सुरु भयो, राजाले आज सत्ता हातमा लिन्छन्, भोलि लिन्छन् । यो वातावरणले राजनीतिमा खासैै चासो नराख्ने बीपी पत्नी सुशीला एकदमै चिन्तित भइन् । 

त्यो बेलाको काठमाडौं वारे भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले २०१० बैशाख १५ गते राजा त्रिभुवनलाई लेखेका पत्रमा भनेका छन् — ‘‘काठमाडौं हल्लै हल्लाको सहर हो, जहा“ महिनौसम्म हल्ला चल्छन् । तर तिनको सत्यता के हो थाहा हुँदैन । विश्वसनीय सञ्चार माध्यमको अभावमा पनि त्यस्तो भएको हुन सक्छ ।’’ 

दिनहुँ हल्ला चल्थे, सनसनी फैलिन्थ्यो । फेरि एकएक हल्ला फैलियो राजा बीपी हैन, सुवर्ण प्रधानमन्त्री भएको हेर्न चाहन्छन् । त्यसैले सरकार बनाउन बीपीलाई आमन्त्रण नगरेका हुन् । 

कांग्रेसका नेता सुवर्णशमशेर राणा नेतृत्वको सरकारले चुनाव गराएको थियो । तीन तीन क्षेत्रमा जितेका राणा प्रधानमन्त्रीका स्वाभाविक दाबेदार थिए । त्यसमाथि पार्टीलाई विजयी बनाएकोमा सभापति बीपीलाई हैन, मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णलाई राजाले बधाई सन्देश पठाएका थिए । त्यसैले पनि राजा सुवर्णलाई नै प्रधानमन्त्री बनाउन चाहन्छन् भन्ने अर्थ लगाइएको थियो । 

सुवर्ण निकट कांग्रेसीहरु पनि उनैलाई प्रधानमन्त्री बनाउने लबिङमा थिए । ललिता निवास (सुवर्णको दरबार, हाल नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय बालुवाटार रहेको भवन)को गेटमा जर्नेल साहेब प्रधानमन्त्री हुने भनेर साइतको कलश राखिएको थियो । यस प्रसंगमा कांग्रेस संसदीय दलका सचिव अच्युतराज रेग्मीले सुनाए — ‘‘सुवर्णजीका नातेदारहरु भन्ने गर्थे, हाम्रै पैसाले चुनाव लडेर सबै कांग्रेसीले जितेका छन्, जरसाहेव नै हुनुपर्छ ।’’ उता पार्टीका अर्का नेता गणेशमान सिंह कुनै हालतमा सुवर्णलाई प्रधानमन्त्री बनाउन नहुने अडानमा थिए । सुवर्ण प्रधानमन्त्री हुनु भनेको राणा शासनकै निरन्तरता हो भन्ने उनको धारणा थियो । रेग्मीले लेखकलाई सुनाए ‘‘बीपीले दाबी छोडे सुवर्णविरुद्व आफूले उम्मेदवारी दिने घोषणा गणेशमानले गरिसकेका थिए ।’’ 

तिनताका नागपोखरीस्थित एउटा भाडाको घरमा बीपीसँगै डा. तुलसी गिरी र विश्वबन्धु थापा पनि परिवारकै सदस्य सरह बस्थे । कांग्रेसभित्र बीपीको नेतृत्वलाई चुनौती दिने कोही थिएन । तैपनी दरबार र शक्ति केन्द्र उनलाई प्रधानमन्त्रीका रुपमा हेर्न चाहँदैनन् भन्ने कुराले पत्नी सुशीला एकदमै चिन्तित थिइन् । 

सत्ताको विषयमा कांग्रेसमा कलह बढ्यो भने प्रजातन्त्र नै संकटमा पर्छ, अनि देश र जनताले दुःख पाउँछन् भन्ने डर उनमा थियो । त्यसैले बीपीलाई प्रधानमन्त्री नहुन उनले दबाब बढाई रहेकी थिइन् । 

यस प्रसंगमा पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीले लेखकलाई सुनाए — ‘‘एक दिन सुशीला भाउजुले भन्नुभयो पार्टीमा विवाद आउने गरी बीपी प्रधानमन्त्री बन्नु हुँदैन । तपाईहरुले सम्झाएर रोक्नुपर्छ ।’’ 

कांग्रेस महामन्त्री रहिसकेका राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष विश्वबन्धु थापाले लेखकलाई सुनाए — ‘सुशीला भाउजुको अडानले सान्दाजु अप्ठेरोमा हुनुहुन्थ्यो ।’ पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्ने चाहना भए पनि राजा महेन्द्रको अवरोध र सुशीलाको दबाबले बीपी चेपुवामा थिए । कांग्रेसका तत्कालीन महामन्त्री श्रीभद्र शर्मा लेख्छन् — “बीपीले मसँग भन्नुभयो, साथी हो ! मलाई नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्ने अवसर दिनुपर्छ ।’’ 

ठीकविपरीत धारणा थियो सुशीलाको । यस प्रसंगमा विश्वबन्धु थापाले लेखकलाई सुनाए — “सुशीला भाउजु भन्नुहुन्थ्यो राजाले सुवर्णलाई चाहेका छन्, बीपीले छोडिदिनुपर्छ । नत्र फेरि राजनीति अस्थिर हुनसक्छ । पार्टीमा संकट आए त्यसले प्रजातन्त्रमाथि खतरा निम्त्याउन सक्छ । त्यसैले सुवर्णजीलाई प्रधानमन्त्री छोडेर, अभिभावकका रुपमा बीपीले पार्टी चलाउन उचित हुन्छ ।’’ 

सुशीलाले जति नै जोड गरे पनि पार्टीभित्र बीपी नै प्रधानमन्त्री हुनुपर्छ भन्ने बलियो जनमत थियो । अर्कोतिर सुवर्णलाई बनाउनुपर्छ भन्ने आवाज पनि थियो । 

यस्तो अवस्थामा सुशीला बीपीलाई प्रधानमन्त्री हुनबाट रोक्नै पर्ने निष्कर्षमा पुगिन् र आफ्नो माग पूरा गराउन निवासमै भोक हडताल सुरु गरिन । त्यसपछि बीपी र सुशीलाका बीचमा भएको वार्तालाप राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष विश्वबन्धु थापाले लेखकलाई यसरी सुनाए —  

सुशीला : महात्मा गान्धी कहिल्यै प्रधानमन्त्री भएनन् । जयप्रकाश नारायण र राममनोहर लोहिया सत्ता राजनीतिका कारण नेता भएका होइनन् । त्यसैले तपाईँ पनि पार्टीको सभापति भएर बस्नुस्, सुवर्णजीलाई प्रधानमन्त्री हुन दिनुस् ।

बीपी :  के गरौँ सुशीला ! सारा कार्यकर्ता तपाइँबाहेक कसैलाई पनि प्रधानमन्त्री स्वीकार गर्दैनौ भन्दैछन् । 

सुशीला : सत्तामा जान अस्वीकार गर्नुभयो भने तपाईको उचाइ बढ्नेछ । जनताको सेवा गर्न सत्ताभन्दा अरु राम्रा माध्यमहरु छन् भन्ने सन्देश तपाईका सहकर्मी र कार्यकर्ताहरु जानेछ । त्यसभन्दा पनि तपाईँको कदमले सत्ताको होडबाजीमा रोक लगाउनेछ । 

बीपी : ठीक छ सुशीला, तिम्रो चित्त दुखाएर म कुनै निर्णय लिन्न । तिमी भन्छ्यौ भने म प्रधानमन्त्री हुन्न ।

अनी बीपीले सुशीलालाई सम्झाउने जिम्मा डा. तुलसी गिरी र विश्वबन्धु थापालाई दिए । विसं २०७० साल फागुनको एक दिन (पत्रकार जिवराम भण्डारीका साथ) बूढानिलकण्ठ स्थितमा निवासमा पूर्वप्रधानमन्त्री डा. गिरीले सुशीलाको अनशन प्रसंग बारे लेखकलाई सविस्तार सुनाएका थिए — 

डा. गिरी : “भाउजु !, तपार्इँले यो के गरेको ? सिङ्गो देश के सोचिरहेको छ भने नेपालको सारा समस्याको समाधान गर्ने व्यक्ति कोही छ भने विश्वेश्वरप्रसाद कोइरालामात्र छ । तर, तपाईं ‘उहा“ प्रधानमन्त्री हुनुहुन्न’ भन्नुहुन्छ । यो माग समयको गति विपरीत छ । तपाईँको यस्तो कुरामा कसले समर्थन गर्छ ? किन यस्तो गर्नुभएको ?”

सुशीला : यत्रो संघर्षपछि बल्लबल्ल चुनाव भएको छ । अहिले पनि पार्टीमा सत्ताका लागि होड गर्ने हो भने राजनीतिक अस्थिरता हुन्छ । प्रजातन्त्र जान सक्छ । बीपी प्रधानमन्त्री नहुँदा के हुन्छ ? 

डा.गिरी र थापा दुवैले लेखकसँग भनेका छन् ‘‘हामीले धेरै सम्झाएपछि भाउजुले आफ्नो निर्णय सुनाउनु भयो । बीपी सर्वसम्मत भएमात्र प्रधानमन्त्री बन्न सक्नुहुन्छ संसदीय दलको चुनाव लडेर हैन । प्रधानमन्त्री भए पनि पहिलो एक वर्षका लागिमात्र । त्यसपछि सुवर्णलाई छाडिदिनुपर्छ ।” 
विश्ववन्धु थापाले सुनाए ‘‘सुशीला भाउजुलाई खुसी बनाउन सान्दाईले भन्नु भयो एक वर्षभित्र सरकार सञ्चालनको मार्गचित्र बनाएर सुवर्णजीको पक्षमा छोडिदिन्छु । अनि म पार्टी संगठन बनाउनतिर लाग्छु ।’’ 

त्यसपछि मात्र सुशीला अनशन तोड्न तयार भइन् । अनि २०१६ वैशाख २१ गते ललिता निवासमा कांग्रेस संसदीय दलको पहिलो बैठक बस्यो प्रतिनिधि सभामा विजयी एकमात्र महिला सदस्य द्वारिकादेवी ठकुरानीको अध्यक्षतामा । तिनताका बीपी, सुवर्ण, गणेशमान र सूर्यप्रसाद उपाध्याय कांग्रेसका चार शीर्ष नेता मानिन्थे । बैठक कक्षमा चारै नेताका तस्बिर एउटा टेबलमा लहरै राखिएका थिए । 

सुशीलाको सर्तका कारण विश्वबन्धु जसरी पनि बीपीलाई सर्वसम्मत नेता बनाउने अभियानमा जुटेका थिए । 

बैठकको प्रारम्भमै उनले भने ‘‘ल ल नेताहरुबीच सहमति हुनुप¥यो । तपाईहरु सल्लाह गरेर आउनुस् ।’’

विश्वबन्धुको कुरा सुनेर गणेशमान कराए — ‘‘हैन, विश्वबन्धु जी के कुरा गरेको ? बीपीबाहेक संसदीय दलको नेता हुने अरु को छ र ?” त्यो दिनको घटना गणेशमानले आफ्ना भतिजा डा. दुर्गेशमान सिंहलाई यसरी सुनाएका थिए — ‘‘बीपीसमेत त्यतिन्जेल राजाले आफूलाई सहयोग नगर्ने भएकाले सुवर्णलाई नै संसदीय दलको नेता बनाउनु पर्छ कि भन्ने दोधारमा हुनुहुन्थ्यो । टेबलमा राखिएका नेताहरुका तस्बिर देखाउँदै मैले जोडले भने बीपीको फोटो भए, भै हाल्यो नी । मेरो फोटा राखी राख्नुपर्छ र ? टेबलबाट आफ्नो तस्बिर उठाएँ । त्यसपछि सुवर्ण र सूर्यप्रसाद जीले पनि आआफ्नो फोटो निकाले । बीपी सर्वसम्मत भइहाल्नु भयो ।’’ 

यसरी बीपीका लागि पहिलो जननिर्वाचित प्रधानमन्त्री हुने बाटो खुल्यो । ‘फेरि सुन्दरीजल’ पुस्तकमा बीपीले सुशीलाको इच्छाविपरीत आफू पहिला गृह मन्त्री र पछि प्रधानमन्त्री बनेको उल्लेख गरेका छन् ।

बीपी जस्तो उच्चकोटीका राजनेताकी पत्नी  सुशीलाका लागि राजनीति सौताजस्तै थियो पतिलाई टाढा राख्ने । बीपी राजनीतिविना बाँच्नै नसक्ने । जीवनका हरेक पल उनले देश र जनताको हितका पक्षमा सोचेरै बिताए ।

अर्कोतिर सुशीला राजनीतिमा खासै चासो नराख्ने । त्यसैले दुवैको सम्बन्ध पतिपत्नी भन्दा पनि प्रेमीप्रेमिकाको जस्तो । चार दशक लामो दाम्पत्य जीवनमा एकदमै कम समय सुशीला बीपीको साथ बस्न पाइन् । भारतीय स्वतन्त्रता संग्रामका क्रममा तीन वर्ष भारतमा थुनिएका बीपीले राणा र पञ्चायतकालमा झन्डै दश वर्ष नेपालको जेलमा बिताए । अनि राजा महेन्द्रले २०१७ साल पुष १ गते निर्वाचित संसद् र सरकार भंग गरेपछि आठ वर्ष सुन्दरीजल बन्दीगृहमा बसे ।

त्यसपछिका आठ वर्ष भारत प्रवासमा । विसं २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि फेरि बन्दी भए । क्यान्सर पीडित बीपीको २०३९ साल साउन ६ गते निधन भइहाल्यो । 

त्यसैले त बीपीका घर आएका बखत विश्वबन्धु सुशीलालाई जिस्क्याउँदै भन्ने गर्थे — ‘‘भाउजु, दो दिन की चाँदनी फिर अँधेरी रात ।”




प्रतिक्रिया


  1. image көп тіл білсең көкжиегің кең болар

    площадь 20 тонного контейнера, контейнер 20 футов размеры утилизация авто костанай, утилизация авто астана binance казахстан адрес, как зарегистрироваться на бинанс әмірің қатты есім хан эссе жазу, есім хан мінездеме

    image казгюу факультеты и специальности

    настольные игры для компании детей әнші қаныш, қаныш сәтбаев шығармалары шашты әңгімесі толық нұсқасы, шашты әңгімесі қысқаша мазмұны қазіргі заманғы шешендік сөздер, қазіргі шешендердің сөйлеу мәдениеті

    image сюжеттік суреттер сабақ жоспары

    түсінде жел тұрса, түсінде нан көрсе мұсылманша исатай деген ағам бар эссе, исатай махамбет жыры жк алем сити отзывы, жк алем сити 2 киім кию туралы, киім кию әдебі эссе

    image қалай гана шын ғашықтар биринин

    сиқырлы байлау жасаңыз jet logistic уральск, jet logistic kz тау басына шөп шықты, сағым туралы жұмбақ кто выше кнб или прокуратура, кто выше прокуратуры

    image елім менің –мақтанышым шығарма байқауы моя

    строительные компании список, строительные компании астана ақ қоян ойыны, қимылды ойындар 2 кіші топ айфон 14 цена алматы, айфон 14 цена астана топ анатомических подушек, подушка pillo

    Hello I am so grateful I found your web site, I really found you by mistake, while I was researching on Google for something else, Anyways I am here now and would just like to say thanks for a remarkable post and a all round interesting blog (I also love the theme/design), I don't have time to browse it all at the moment but I have book-marked it and also added in your RSS feeds, so when I have time I will be back to read a lot more, Please do keep up the superb work.

    image подгоренский цементный завод вакансии свежие

    отель новый петергоф вакансии официальный подработка в астрахани для подростков 18 лет удмуртпотребсоюза ижевск вакансии вакансии продавец брянск володарский район вакансии в уфе пожарная безопасность