साँच्चै भन्ने हो भने एक पटक म बीपी भन्दा पनि शैलजालाई भेट्न भनेर काठमाडौंबाट बनारस गए । उतै वसे । अलिकति दुविधामा थिए म । किशुनजीको कुरा ठिक छ कि बीपीको भन्ने लागि रहन्थ्यो । मेरो सम्पूर्ण पढाई लेखाईले पनि भन्थ्यो की किशुनजीकै कुरा ठिक हो । कोइराला परिवारको रमझम, त्यहाँको आकर्षण, बीपीको चमत्कारी व्यक्तित्व, शैलजा आचार्य प्रति मेरो मनमा रहेको मोह आदी कारण बीपीकै लाइन ठिक हो कि जस्तो पनि लाग्थ्यो ।
बनारसमा पढ्दा प्रारम्भिक दिनहरुमा म, शैलजा आचार्य र चक्र बाँस्तोला मध्ये शैलजालाई मात्र राजनीतिमा धेरै चासो थियो । चक्र र म दुवैलाई साहित्यमा असाध्यै चासो थियो । हामीले एउटा पत्रिका निकाल्यौ । रहर नामक त्यो पत्रिकाको नामाकरण मैले नै गरेको थिए । चक्रजीले रहर नाम त अलि हुन्न की भनेर प्रतिवाद पनि गर्नु भएको हो । विद्यार्थीले रहरमा निकाल्ने पत्रिकाको नाम रहर नभएर के हुन्छ त भने पछि उहाँ सहमत हुनु भयो । पत्रिकाको नाम टुङगो लागेपछि दुई अंक छाप्यौ । मदन पुस्तकालयमा त्यसको अभिलेख सुरक्षित छ । तेस्रो अंकको तयारीमा थियौं । छाप्ने वन्दोवस्त पनि भैसकेको थियो । प्रेसमा कागज तयारी अवस्थामा थियो तर पनि छाप्न सकेनौ । किन भने त्यतिञ्जेल म छात्रपरिषद्को अध्यक्षमा निर्वाचित भैसकेको थिए । नेता भएपछि रचनात्मक काम गर्नु हुदैन भन्ने कुरा राजनीति गर्नेहरुका विच संस्कृति नै वनि सकेको थियो । नेताले त ठूला ठूला भाषण गर्ने पो त, क्रान्तिका कुरा गर्ने हो । रचनात्मक काममा अल्झिने हो र ? नेता भए पछि अरु जे गरे पनि रचनात्मक काम गर्नु हुदैन भनेर हामीले पनि सिकि सकेका थियौं । पत्रिका छाप्ने, किताव लेख्ने । यि दुवैलाई कन्ट्रक्टिभ काम हुन् । राजनीति गरे पछि कन्ट्रक्टिभ काम गर्नु हुन्न भन्ने लाग्यो मलाई । मलाई धेरै पछि मात्र ज्ञान प्राप्त त्यो वेला गलत गरिए छ । राजनीति गर्नेले अरु भन्दा वढी कन्ट्रक्टिभ काम गरेर समाजलाई बाटो देखाउनु पर्ने रहेछ । छात्रसंघको अध्यक्ष भएपछि संगठन विस्तारका क्रममा म नेपाल आए । पक्राउ परे । म जेलमै थिए । बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभयो । वनारसमा रहदा नै शसस्त्र क्रान्ति र विमान अपहरण काण्डपछि म बीपीबाट टाढा टाढा हुदै गएको थिए । त्यो कदमलाई मैलै स्वीकार गर्न सकेको थिएन ।
म जेलवाट छुट्दा देशको परिस्थिती वदलिएको थियो । बीपी थुनाबाट छुटि सक्नु भएको थियो । जेलमा रहदा म अहिंसाको राजनीतिमा विश्वास गर्ने नेता कृष्णप्रसाद भट्टराईको निकट थिए । उहाँ शुरु देखि नै बीपीले हिन्दुस्तानवाट गरेको गतिविधि सफल हुदैन भनिरहनु भएको थियो । नेपालमै पचास हजार मानिस जम्मा गरेर नारायणहिटि घेरे राजा प्रजातन्त्र दिन वाध्य हुन्छन् भन्नुहुन्थ्यो । मलाई किसुनजीको नीति ठिक हो भन्ने लाग्थ्यो, कहिले कहि बीपी कै नीति ठिक हो की भन्ने पनि लाग्थ्यो । ति दिन म शैलजा आचार्यसंग प्रेम गर्थे । उनी बीपीको राजनीतिलाई सफल वनाउन लागि परेकी थिइन । साँच्चै भन्ने हो भने एक पटक म बीपी भन्दा पनि शैलजालाई भेट्न भनेर काठमाडौंबाट बनारस गए । उतै वसे । अलिकति दुविधामा थिए म । किशुनजीको कुरा ठिक छ कि बीपीको भन्ने लागि रहन्थ्यो ।
मेरो सम्पूर्ण पढाई लेखाईले पनि भन्थ्यो की किशुनजीकै कुरा ठिक हो । कोइराला परिवारको रमझम, त्यहाँको आकर्षण, बीपीको चमत्कारी व्यक्तित्व, शैलजा आचार्य प्रति मेरो मनमा रहेको मोह आदी कारण बीपीकै लाइन ठिक हो कि जस्तो पनि लाग्थ्यो । यो उल्झन धेरै दिनसम्म रह्यो । ति दिन म आफ्नो उल्झन हटाउन उर्दुका यि हरफ गुनगुनाउथे ।
कुछ इश्क़ किया कुछ काम किया
वो लोग बहुत ख़ुश क़िस्मत थे
जो इश्क़ को काम समझते थे
या काम से आशिक़ी करते थे
हम जीते जी मसरूफ़ रहे
कुछ इश्क़ किया कुछ काम किया
काम इश्क़ के आड़े आता रहा
और इश्क़ से काम उलझता रहा
फिर आख़िर तंग आ कर हम ने
दोनों को अधूरा छोड़ दिया
यो कविताको सार हो, प्रेम पनि गर्छु, राजनिति पनि गर्छु भन्ने हो भने सफल हुदैन । मेरो जिवन पनि त्यही भयो । न प्रेममा सफल भए न त म फष्ट क्लास लिडर हुन सके ।
(प्रदिप गिरिले २०७५ मंसिर ११ गते आफ्ना मित्र चक्र बाँस्तोलको ४५ औं दिनका अवसरमा गौशाला स्थित अनुपम फुडल्याण्डमा गरेको संवोधनको अंश)
ahgyfy
It's remkarkable inn support off me tto hae a weeb site, which is helpful designed for my know-how. hanks admin