प्रधानमन्त्रीको दौड : फेरी पनि देउवा 

image

अघिल्लो  संसदीय निर्वाचनका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्ने गर्थे- नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर देउवा नै अन्तिम प्रधानमन्त्री हुनेछन् । अब कांग्रेसको औचित्य समाप्त भइसक्यो । ओली प्रायः भन्ने गर्थे कांग्रेसको चुनावी मुद्दा र विचार केही छैन । ज्योतिषीले मलाई सात पटक  प्रधानमन्त्री हुन्छौ भनेका छन् । हामी नै जित्छौँ भन्दै हिँडेका छन् । ज्योतिषीले मत दिने हो र रु जनताले कांग्रेसलाई हराइसके ।

 

बर्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीले भनेका सात वर्ष अघि नेपाल भ्रमणमा रहेका बेला भनेकी थिइन–मैले यति धेरै भूतपूर्व प्रधानमन्त्रीलाई एकसाथ कहिल्यै भेटेकी छैन । हुन पनि अचम्मै छ, नेपाली राजनीति । राणा शासन पछिका कुनै प्रधानमन्त्रीले पुरा कार्यकाल टिकेको रेकर्ड छैन । २००७ साल यता त झन औषत नेपाली एक सवा वर्षमा प्रधानमन्त्री फेरिएका छन् । 
२०४६ सालको राजनीतिक परिवर्तनपछिको ३३ वर्षमा दुई दर्जनवढी प्रधानमन्त्री भएका छन् । अहिले मुलुक चुनावमा छ । भावी प्रधानमन्त्रीको दौडमा धरै नेता छन् । नेपाली कांग्रेस भित्र सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, गगन थापा, डा. शशांक कोइराला, प्रकाशमान सिंह लगायतले भावी प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरेका छन् । कांग्रेसकै कतिपय नेतामा प्रधानमन्त्रीको चाहना भए पनि चुनावमा अन्तर्घात हुने डरले उनीहरु वोल्न सकेका छैनन् । 
नेकपा एमालेमा अध्यक्ष केपी ओली निर्विवाद प्रधानमन्त्रीका दावेदार छन् भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीका रुपमा अघि सारिएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका छन् । अरु दल र स्वतन्त्रले पनि आफूलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारे पनि तिनको सम्भावना कम देखिन्छ ।
यति हुदा हुदै पनि कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाको सम्भवना वढी देखिन्छ । अघिल्लो संसदीय निर्वाचनका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्ने गर्थे- नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर देउवा नै अन्तिम प्रधानमन्त्री हुनेछन् । अब कांग्रेसको औचित्य समाप्त भइसक्यो । ओली प्रायः भन्ने गर्थे कांग्रेसको चुनावी मुद्दा र विचार केही छैन । ज्योतिषीले मलाई सात पटक  प्रधानमन्त्री हुन्छौ भनेका छन् । हामी नै जित्छौँ भन्दै हिँडेका छन् । ज्योतिषीले मत दिने हो र रु जनताले कांग्रेसलाई हराइसके । निर्वाचन अवधिभर ओलीको अभिव्यक्ति चर्चाको शिखरमा त रह्यो नै चुनावी परिणामले समेत उनैको भनाइलाई पुष्टि गरिदियो । नेपाल कम्युनिष्ट पार्टीको गठबन्धनले करिव करिव दुई तिहाइ स्थानमा अपार विजय पाउँदा नेपाली कांग्रेस संसद्को विशेष अधिवेशन बोलाउन वा प्रधानमन्त्री उपर अविश्वासको प्रस्ताव राख्न आवश्यक एक चौथाइभन्दा कम स्थानमा सीमित हुनपुग्यो । 
चार पटक प्रधानमन्त्री भएका कांग्रेस सभापति देउवा आफूले त निर्वाचन जिते तर उनको पार्टी भने कम्युनिस्ट गठबन्धन र देउवाका गलत निर्णय खासगरी प्रधान न्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग र प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणका कारण कमजोर बन्न पुग्यो । लोकतन्त्रका लागि दुर्भाग्य नै मान्नु पर्छ दुई तिहाईको अपार सफलता पाएको कम्युनिष्ट गठवन्धनले संसदको पुरा कार्यकाल सरकार चलाउन असफल भयो । कुनै दिन नेपाली कांग्रेसका तर्फबाट अन्तिम प्रधानमन्त्री भनेर आफैले प्रचार गरेका देउवालाई सत्ताको साँचो वुझाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री हुनबाट रोक्ने रणनीतिमा ओलीले सर्वाधिक शक्ति लगाउनु प-यो । 
संसदीय व्यवस्थामा दुई तिहाई बहुमतको सरकार पतन भएर एक तिहाई सदस्य नरहेको कांग्रेस पार्टीका नेता देउवा पाँचौ कार्यकालका लागि प्रधानमन्त्री हुनु पनि एउटा नेपाली राजनीतिको आश्चर्यजनक मोड हो । यो घटनाले आम मानिसलाई सोच्न बाध्य बनाई दियो । के ज्योतिषीको भविष्यवाणी जनमतभन्दा बलियो हुनेहो त ?
अवको चुनाव पनि देउवाका लागि सहज देखिएको छ । सत्ता गठवन्धनका कारण छैठौं पटक देउवाको सत्तारोहणलाई चुनौती दिन सहज देखिदैन । 

देउवाले ज्योतिषीमा औधि विश्वास राख्दै आएको चर्चा कांग्रेसी वृत्तमा चल्ने गर्छ । ज्योतिषीको सल्लाह बमोजिम हातमा औँठी लाउन छुटाउँदैनन् उनी ।
राजनीति सम्भावनाको खेल हो । वर्तमान राजनीतिक समीकरणमा आश्चर्यजनक फेरबदल नभए देउवालाई उनले नचहेसम्म छैठौं कार्यकालका लागि प्रधानमन्त्री हुनबाट रोक्न सहज देखिदैन । 




प्रतिक्रिया