बाबुरामको प्रेमकथा

image

२०३७ चैत १६ गते सम्पन्न भयो । बाबुराम भन्छन्, ‘स्वामी अग्निवेशलाई नैतिक रूपमा ढाँट्न अप्ठ्यारो पथ्र्यो । त्यसैले विवाहको विधि पुर्‍याउँदा सिफारिस गर्न सजिलो भयो । विवाह परम्परागत पनि भएन, विवाहजस्तो र एक नाटकजस्तो भयो ।’  बाबुराम र हिसिलाबीच विवाहका लागि मुख्य थियो प्रतिबद्धता–पत्र । दुवैले एउटा प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरे । त्यसपछि विवाह दर्ता गरे । दर्ता गर्न एक सय रुपैयाँ र विवाहमा उपस्थित साथीहरूलाई चिया ख्वाउन ५० गरी जम्मा १ सय ५० भारतीय रुपैयाँमा बाबुरामको विवाह टुंगियो । 

 

एसएलसी उत्तीर्ण गरेपछि बाबुराम भट्टराई आईएस्सी पढ्न काठमाडौँ आए । अन्तरमुखी स्वभावका बाबुराम त्यसबेलासम्म कसैको प्रेममा परेका थिएनन् । विवाह गर्ने सोचाइ आइसकेको थिएन । सामान्यतया बौद्धिक विकासका लागि ब्रह्मचारी बन्ने सोचाइका साथै ऋषिमुनिहरूलाई आदर्श मान्ने बाबुराम एकातिर चिन्तन–मनन मात्र गर्ने पूर्वीय दर्शनबाट प्रभावित हुन थालेका थिए भने अर्कोतिर पश्चिमा ढङ्गको प्रेममा स्वतन्त्रताको शैलीलाई पनि उनले नकार्न सकेका थिएनन् 

यी दुवै दर्शनको चेतना मन्थन गर्ने उमेरका बाबुरामका आधुनिक शिक्षा पढेका सहपाठीहरूको जमघट थियो अमृत साइन्स क्याम्पसमा ।  क्याम्पसमा सहरिया वर्गको हालिमुहाली थियो । जतिबेलै अङ्ग्रेजीमा बोल्ने र फेसनका पारखीहरूको बीचमा परे उनी । एकातिर गाउँले पृष्ठभूमि, अन्तरमुखी स्वभाव त अर्कोतिर ‘फस्र्ट ब्वाई’ । सहरिया र गाउँले दुवै पृष्ठभूमिका सहपाठीहरू उनीसँग बोल्न रुचाउँथे । त्यहीँ उनको बिस्तारै महिलाहरूसँग पनि बोलचाल हुन थाल्यो । विद्यालय जीवनमा उनको महिलाहरूसँग खासै बोलचाल भएको थिएन । अझ रमाइलो त उनको कक्षामा छात्रा नै थिएनन् । कक्षा ६ देखि ८ सम्म पढ्दा उनको कक्षामा तनहुँकी शारदा खनाल एकमात्र छात्रा थिइन् । त्यसपछि उनको कक्षामा कोही पनि छात्रा थिएनन् । छात्रारहित स्कुले वातावरणबाट आएका बाबुरामले आईएस्सी पढ्दा त कक्षाभरि छात्रा नै छात्रा देखे । सुरुमा कसैसँग बोलचाल नगरेका बाबुराम आईएस्सीमा पनि प्रथम हुँदै गएपछि महिलाहरूसँग पनि बोलचाल बढ्यो । आईएस्सीमा उनी प्रथम हुँदा रीता प्रधान दोस्रो भएकी थिइन् । सहरिया पृष्ठभूमिका महिलाहरू पनि क्रमश: उनीसँग बोल्न र झिम्मिन थालेपछि बाबुरामको सङ्कोच पनि बिस्तारै घट्दै गएको थियो । 
अस्कलको पढाइपछि उनी आर्किटेक्चर पढ्न भारतको चण्डीगढ गए । त्यहाँ पुगेपछि महिला साथीहरूसँग पनि उनको खास निकटता भयो । ‘विवाह, परिवार झमेला हो, आफ्नो प्रगतिमा विवाह बाधक हुन्छ’ भन्ने बाबुरामको दृष्टिकोणमा क्रमश: परिवर्तन आउन थाल्यो । तर, यस अवधिमा पनि उनको कसैसँग प्रेम बसेन । २०२९ देखि २०३३ सालसम्म पढेपछि उनी २०३४ सालमा स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरमा पोस्ट ग्राजुएट पढ्न चण्डीगढबाट दिल्ली गए । 
एक बिहान ब्रेकफास्टका क्रममा भीष्मनन्द बज्राचार्य (दयानन्द बज्राचार्यका भाइ)ले बाबुरामसँग एकजना नेपाली केटीसँग परिचय गराइदिए । ती छात्रा त्यही क्याम्पसमा दोस्रो वर्षमा अध्ययनरत थिइन् । बज्राचार्य तेस्रो वर्षमा अध्ययन गर्दै थिए भने बाबुराम पोस्टग्राजुएट अर्थात् चार वर्ष सिनियर । ‘हेर्दाखेरी अत्यन्तै सरल, बोर्ड फस्र्टजस्तै नलाग्ने,’ हिसिला सम्झिन्छिन् । हिसिलाले दुर्गेश रेग्मीलाई बाबुरामसँग चिनजान गराइदिन पटक–पटक आग्रह गरे पनि उनले टारिरहेपछि बज्राचार्यलाई भनेकी थिइन् । ‘आई एम हिसिला यमी,’ ती छात्राले यसरी हात अघि बढाएपछि बाबुरामले सोधे, ‘ओ, आर यू डटर अफ धर्मरत्न यमी ?’ आफ्नै बुबाका बारेमा धेरै थाहा नपाएकी ती छात्रालाईकसैले आफ्ना बुबालाई चिनेको सुन्दा आश्चर्यमा परिन् । विद्यालय शिक्षा पनि भारतमै लिएकी हिसिलालाई नेपाली बोल्न खासै आउँदैनथ्यो । उनी अङ्ग्रेजी र नेवारी भाषामै कुरा गर्थिन् ।
पूर्वप्रधानसेनापति गौरवशमशेर राणाका काका भरतशमशेर राणाको ‘राजाले के के अपराध गरे ?’ भन्ने पुस्तकमा बाबुरामले राणाविरोधी आन्दोलनमा लागेका धर्मरत्न यमीका बारेमा पढेका रहेछन् । पहिले गोर्खा परिषद्का नेता शमशेर पनि काङ्ग्रेसका नेता थिए र काङ्ग्रेसले राजाविरुद्ध सशस्त्र सङ्घर्ष गरेका बेला उक्त पुस्तक लेखेका थिए । 

बाबुरामले आफ्ना पिताका बारेमा यति कुरा गरेपछि हिसिलामा थप जिज्ञासा पलायो । उनले अङ्ग्रेजीमै आफ्नो बुबालाई कसरी चिनेको भनेर सोधिन् । राणाविरुद्ध लडेको मान्छे भनेर बाबुरामले थप प्रस्ट पारेपछि बाबुराम र हिसिलाबीच पहिलो भेटमै निकटता बढ्यो । धर्मरत्न स्मृतिग्रन्थमा बाबुरामले ‘मैले नदेखेका धर्मरत्न यमी’ शीर्षकमा हिसिलासँगको पहिलो भेटबारे लेखेका छन्, ‘महिला र पुरुष विद्यार्थी एउटै छात्रावासमा बस्ने र एउटै मेसमा खाना खाने त्यो अनौठो स्कुलको छात्रावासको मेसमा बी. आर्किटेक्चर दोस्रो वर्षमा पढ्ने एकजना नेपाली विद्यार्थीसँग मेरो भेट भएको थियो । १७/१८ वर्षकी पश्चिमा संस्कृतिमा हुर्केकी जस्ती देखिने एउटी नेपाली युवतीसँग मेरो पहिलो परिचय त्यहीँ भएको थियो ।’ 
धर्मरत्न यमी बितेको ठीक दुई वर्षपछि सन् १९७७ जुलाई/अगस्टतिर बाबुराम–हिसिलाको पहिलो भेट भएको थियो । त्यही वर्ष बाबुरामले अखिल भारत नेपाली विद्यार्थी सङ्घको स्थापना गरेका थिए ।२०३४/३५ सालतिर नेपालमा पनि आन्दोलनको वातावरण बन्दै गएको थियो । राजनीति र समाजप्रति खासै वास्ता नभएकी आधुनिक शैलीकी हिसिलालाई बाबुरामले राजनीतिक इतिहास र नेपालको अवस्थाबारे बताउन थालेपछि राजनीतिप्रति चासो बढ्न थाल्यो । सङ्घका अध्यक्ष बाबुरामले हिसिलालाई सदस्य बनाए । अर्को वर्ष भएको सङ्घको सम्मेलनबाट हिसिला कोषाध्यक्षमा निर्वाचित भइन् । दुईवर्षे कोर्स सकेपछि बाबुराम विद्यावारिधिका लागि जेएनयू गए । त्यतिबेला सङ्घको महासचिवमा हिसिला पुगेकी थिइन् भने बाबुराम सल्लाहकार । तर, बाबुराम र हिसिलाबीच औपचारिक सम्बन्ध मात्र थियो । हिसिलाले ‘दाइ’ भनेर बोलाउँथिन् । प्रेमको कुनै सम्बन्ध थिएन । 
२६ वर्षे बाबुराममा बिस्तारै प्रेम र विवाहबारे पनि सोचाइ आउन थाल्यो । तर, विवाह गर्दा जीवन बाँधिन्छ कि भन्ने त्रास पनि थियो उनमा । बेला–बेला सङ्गठनको कामले सरसल्लाह गर्न हिसिला जेएनयूमा बाबुरामलाई भेट्न जान्थिन् । हिसिलाको व्यवहार देखेर बाबुराममा आत्मनिर्भर केटीसँग विवाह गर्दा जीवन गतिशील नै हुने भावना जाग्न थालेको थियो । सामान्यतया भावनात्मक सम्बन्धले वैचारिक सम्बन्ध बनाउँछ तर बाबुराम–हिसिलामा वैचारिक सम्बन्धले भावनात्मक सम्बन्ध स्थापित गर्‍यो । बाबुरामलाई लाग्न थाल्यो– हिसिलाजत्तिको श्रीमती भए त विवाह प्रगतिको बाधक हुँदैन ।

सधैँजस्तै २०३६ सालको एकदिन राजनीतिक कामकाजले हिसिला बाबुरामलाई भेट्न जेएनयू पुगिन् । बाबुरामले आत्तिँदै सोधे, ‘तिमी किन यहाँ आएको ?’ यसरी बाबुरामले हिसिलालाई कहिल्यै प्रश्न गरेका थिएनन् । हिसिला आश्चर्यमा परिन् । किनभने, बाबुरामले हिसिलालाई ‘केही समय तिमी जेएनयू नआउनू’ भनेर चिट्ठी लेखेका रहेछन् । ‘म एउटा मिसनमा छु, तिमीले पछ्याउन सक्दिनौ, तिमी अहिले जेएनयू नआउनू ।’ यस्तै लेखिएको थियो चिट्ठीमा । 
‘राजनीतिमा होमिने मन बनाएकाले विवाह, प्रेम भयो भने भार हुन्छ भनेर उनले मलाई जेएनयूमा नआउन चिट्ठी लेखेका रहेछन्,’ बाबुरामको चिट्ठी हात नपर्दै हिसिला उनलाई भेट्न गएकी थिइन् । त्यही साँझ उनीहरूबीच लामो कुराकानी भयो । ‘पछि उनले चिट्ठी च्यात्न भने, मैले च्यातिदिएँ, नच्यात्नुपर्ने रहेछ,’ हिसिला अहिले पछुतो मान्छिन् ।
सङ्गठनको कुरा भइसकेपछि बाबुरामले धेरै सोचेर मन फुकाए, ‘हामी एउटा सहकार्यमा निकट भइरहेका छौँ, तपाईंको सोच कस्तो बनाउनुभएको छ । यदि तपाईंको सोच मिल्छ भने सायद हामी जीवन सँगै बिताउन सक्छौँ भन्ने लाग्छ ।’ अन्तरमुखी स्वभावका बाबुरामले यसरी प्रेम प्रस्ताव राखेपछि चुलबुले र अलि रोमान्टिक स्वभावकी हिसिलाले भनिन्, ‘यसबारे म सोच्छु ।’
जेएनयूबाट बस चढ्ने ठाउँसम्म पुग्न केही समय लाग्थ्यो । हिसिला फर्किने बेला बाबुराम बस चढाउन गए, जसरी यसअघि पनि जाने गर्थे । बाटोमै हिसिलाले भनिन्, ‘तपाईंको प्रस्ताव मलाई मञ्जुर छ ।’ हिसिला सम्झिन्छिन्, ‘उहाँलाई दाइ भन्थेँ । एउटा सम्मानको दृष्टिले हेर्थें । मैले त अपेक्षा नै गरेकी थिइना कि उहाँले त्यसरी प्रेम प्रस्ताव राख्नुहुन्छ भनेर । आश्चर्यमा परेँ, त्यसैले सोच्ने समय लिएकी थिएँ ।’ बाबुरामका तीनवटा कुराले हिसिलालाई प्रस्ताव स्विकार्न बाध्य पारेको रहेछ । भन्छिन्, ‘बाबुरामका ‘र्‍यासनालिटी’, ‘जेनुइननेस’ र ‘डेमोक्र्याटिक’ प्रवृत्तिले मलाई छोयो । त्यसपछि हुन्छ, ह्वाई नट भनेँ ।’ 

पढाइ सकेर विवाह गर्ने सहमति भयो । उनीहरूबीच फुलेको प्रेम–सम्बन्ध डेढ वर्षसम्म कसैले चालै पाएनन् । भेटघाटका लागि सङ्गठनको बहाना छँदै थियो । 
बाबुराम बिदामा घर फर्किंदा उनको साथमा भीष्मानन्द बज्राचार्य र अर्का एकजना साथी पनि गोरखा जाँदै थिए । हिसिलाले आफू पनि जाने कुरा बताइन् । आफूले विवाह गर्न लागेको व्यक्तिको घर–परिवार र पृष्ठभूमि नियाल्ने उनको सुर रहेछ । बुबा भोजप्रसाद सम्झिन्छन्, ‘नेवारकी छोरी, विवाह गरेर बर्बाद गर्छ कि भन्ने पनिलाग्यो त्यसबेला ।’
सहरमा जन्मेहुर्केकी हिसिलाको गाउँ भ्रमण पहिलो थियो । ‘गाडीबाट ओर्लेर १३ किलो भन्ने ठाउँबाट २० किलोमिटर जति हिँड्नुपर्ने, खेतको आलीको बाटो, खोलो तर्दा पनि पुल थिएन, एकअर्काको हात समातेर तर्नुपर्ने, मलाई त अनौठो लाग्यो ।’ हिसिलालाई सम्झना छ, ‘घरमा बाथरुम पनि नभएकाले हामी जाने थाहा पाएपछि हतारमा बाथरुम बनाइएको रहेछ । ढोकाको सट्टा बोरा झुन्ड्याइएको थियो ।’ 
पानी भर्ने पँधेरो, रहनसहन सबै उनलाई अनौठो लाग्यो । खासगरी बाबुरामका भाइ र बहिनीले हिसिलालाई आश्चर्यजनक ढङ्गले हेरेको हिसिला अहिले पनि सम्झिन्छिन् । भोजप्रसाद सम्झिन्छन्, ‘जमाना अर्कै आएकाले हामीले भनेको मात्रै कहाँ हुन्छ र ? उसको खुसीका लागि जे हुन्छ गरोस् भन्ने लाग्यो ।’ 
विवाहबारे पारिवारिक असन्तुष्टि पनि नभएको होइन । बाबुरामको परिवारमा सकेसम्म नेवार केटी विवाह नगरे हुन्थ्यो भन्ने थियो भने हिसिलाको परिवारमा पनि असन्तुष्टि थियो । हिसिलाले आफूहरूको सम्बन्धबारे दिदी कयोदेवीलाई भनेकी थिइन् । हिसिलाकी दिदी कयोदेवी र तिमिला दुवैको विवाह भएको थिएन । दिदीहरूको विवाह नहुँदै बहिनीले विवाह गर्नु सांस्कृतिक रूपमा राम्रो मानिदैनथ्यो ।
२०३७ सालमा ट्याक्सी दुर्घटनामा परेर अस्पतालमा भर्ना गरिएका बाबुरामको स्याहारसुसारमा हिसिला खटिइन्। अस्पतालबाट डिस्चार्जपछि हिसिलाले बाबुरामलाई आफ्नो गल्र्स होस्टलको तल्लो तलामा रहेको गेस्टहाउसमा लगेर राखिकी थिइनँ । हिसिला पनि त्यहीँ बसिन् । ‘त्यसपछि सबैले हामीलाई वाच गर्न लागे । अब अरूले थाहा पाएर हल्ला नगर्दै विवाह गरौँ भनेर विवाह गरिहाल्यौँ,’ हिसिला भन्छिन्, ‘हाम्रो विवाह बाध्यात्मकजस्तो पनि बन्यो । हल्ला हुन्छ भन्ने डरले हतारमै गर्‍यौँ ।’
त्यसो त ‘कोर्ट म्यारिज’ गर्ने पक्षमा थिए दुवैजना । एकजना एमपी वा एमएलएले विवाहको सिफारिस गरिदिएमा अदालतले मान्यता दिन्थ्यो ।भारतका अधिकारकर्मी तथा प्रतिष्ठित व्यक्तित्व स्वामी अग्निवेशसँग बाबुरामको रामै्र सम्बन्ध थियो । उनी भारतमा आर्य समाजका प्रतिष्ठित व्यक्तित्व थिए । उनी एमएलए (मेम्बर अफ लेजिस्लेटिभ एसेम्बली) पनि थिए । उनले आर्य सामाजिक तरिकाले विवाह गर्न सुझाव दिनुका साथै सिफारिस पनि गरिदिए । एकजना मुस्लिम साथीका घरमा बाबुरामले केही साथीहरूलाई निम्तो दिए । स्वामी अग्निवेशले विवाहका लागि फेरो घुम्न आगो बाले । २०३७ चैत १६ गते अग्निवेशले विवाहको मन्त्र पढे र छोटोछरितो रूपमा विवाह सम्पन्न भयो । बाबुराम भन्छन्, ‘स्वामी अग्निवेशलाई नैतिक रूपमा ढाँट्न अप्ठ्यारो पथ्र्यो । त्यसैले विवाहको विधि पुर्‍याउँदा सिफारिस गर्न सजिलो भयो । विवाह परम्परागत पनि भएन, विवाहजस्तो र एक नाटकजस्तो भयो ।’ 
बाबुराम र हिसिलाबीच विवाहका लागि मुख्य थियो प्रतिबद्धता–पत्र । दुवैले एउटा प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरे । त्यसपछि विवाह दर्ता गरे । दर्ता गर्न एक सय रुपैयाँ र विवाहमा उपस्थित साथीहरूलाई चिया ख्वाउन ५० गरी जम्मा १ सय ५० भारतीय रुपैयाँमा बाबुरामको विवाह टुंगियो । 

‘हामी यो विशेष प्रकारको मानवीय सम्बन्धमा आफ्नै स्वतन्त्र इन्छा र विवेकले प्रवेश गर्दछौँ । ... आजदेखि पति र पत्नीको सम्बन्ध जोडिएको घोषणा गर्दछौँ,’ विवाहको प्रतिज्ञा–पत्रमा यस्तै व्यहोरा लेखिएको थियो । विवाह कार्यक्रममा वामदेव क्षत्री, राजु नेपालीलगायत २० जना मजदुर नेताको सहभागिता थियो । हिसिलाकी दिदी कयोदेवी (जो दिल्लीमा माइक्रोबायोलोजीमा विद्यावारिधि गर्दै थिइन्), केही साथी र अखिल भारत नेपाली विद्यार्थी सङ्घका प्रतिनिधिको त्यस समारोहमा उपस्थिति थियो ।
बाबुरामसँग विवाह गरेपछि हिसिला रोएकी थिइन् । परिवारमा कुराकानी गर्ने, सुखदु:खका कुरा साटासाट गर्ने केही गर्दैनथे बाबुराम । उनी बोल्दा पनि कम बोल्ने । हिसिला भन्छिन्, ‘मैले त भित्तासँग विवाह गरेछु भन्ने लाग्यो । म अलि बढी क्रियाकलाप केन्द्रित, बाबुराम पढाइ केन्द्रित । वास्तवमा मुस्कुराउन पनि नजान्ने बाबुराममा मैले नै मुस्कान भरिदिएकी हुँ ।’ बाबुरामलाई पढ्न पाए अरू केही नचाहिने । उनको यो बानीले सुरुसुरुमा हिसिला दिक्क हुन्थिन् । जनयुद्धका बेला पनि नेता र कार्यकर्ता टाढाटाढाबाट हिँडेर बाबुरामलाई भेट्न आएका हुन्थे । उनी भने पढिरहेका हुन्थे । हिसिलालाई यो कुरा मन पर्दैनथ्यो । भन्छिन्, ‘पढ्दा उनको अनुहार शान्त देखिन्छ । पत्रपत्रिका र किताब नै बाबुरामका लागि योगा हो ।’ 
विवाह भएको केही समयपछि बाबुराम ‘फिल्ड स्टडी’का लागि नेपाल आएर कीर्तिपुरमा बस्न थाले । सँगै आएकी हिसिला पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढाउन थालिन् । उनीहरूले बच्चा जन्माउने सोचाइ बनाए । सन्तानको नाम सोचियो, छोरा भए मानुष र छोरी भए मानुषी । फिल्ड स्टडी सकेर बाबुराम जेएनयू फर्किए । हिसिला गर्भवती थिइन् । बच्चा जन्माउने भएपछि उनले मनोविज्ञान, एनोटोमीसम्बन्धी पुस्तक खुबै पढिन् । प्रसूतिगृह, थापाथलीमा बच्चा जन्मियो । छोरा । तर, बच्चा जन्मिँदा धेरै रोएन र शरीर पहेँलो थियो । हिसिलाले सुत्ने बेला बच्चालाई दूध चुसाइन् । दूध चुस्ने बेला बच्चालाई सास फेर्न गाह्रो भएको महसुस उनले गरिन् । डाक्टर बोलाइयो, बच्चालाई लिएर गए । बाबुरामकी बहिनी साथमा थिइन् । धेरै बेर बच्चा राखेपछि डाक्टरले बहिनीलाई बोलाए । बच्चा बित्यो । हिसिला भन्छिन्, ‘पछि मलाई बच्चा नीलो भयो भनियो । तर, जन्डिसले मरेको हो कि केले हो, त्यो थाहै भएन ।’ 
बच्चा जन्मेको २४ घन्टामै बित्यो । बाबुरामले देख्न पनि पाएनन् । अल्पविकास र क्षेत्रीय योजनामा विद्यावारिधि गर्दै गर्दा अल्पविकासकै कारण छोराको मृत्यु भएपछि बाबुरामले उक्त प्रसङ्ग आफ्नो शोधपत्रमा समेत उल्लेख गरे,‘इट इज आइरनी द्याट आई एम डुइङ पीएचडी अन अन्डरडेभलपमेन्ट अफ नेपाल एन्ड आई ह्याभ माई सेल्फ बिकम अ भिक्टिम अफअन्डरडेभलपमेन्ट’त्यसको एक वर्षपछि मानुषीको जन्म भयो, २०४२ माघमा । विद्यावारिधि सकेर बाबुराम फर्किएपछि भट्टराई दम्पती भुरुङखेलमा बस्न थाल्यो । हिसिलाले क्याम्पस पढाउने र छोरी हुर्काउने, बाबुराम पार्टी काममा लाग्ने दिनचर्या बन्यो । बाबुरामले परिवारलाई समय दिन पाएनन् । उनको सम्पूर्ण समय राजनीतिमै केन्द्रित रह्यो । 

(अनिल थापाद्धारा लिखित  अविराम बाबुरामपुस्तकबाट)

 




प्रतिक्रिया


  1. Genuinely no matter if someone doesn't understand afterward its up to other viewers that they will assist, so here it occurs.

    отзыв психолог w-495.ru

    I'm really enjoying the design and layout of your website. It's a very easy on the eyes which makes it much more pleasant for me to come here and visit more often. Did you hire out a designer to create your theme? Great work!

    Hey there, I think your website might be having browser compatibility issues. When I look at your blog in Ie, it looks fine but when opening in Internet Explorer, it has some overlapping. I just wanted to give you a quick heads up! Other then that, amazing blog!

    Thank you for sharing your thoughts. I truly appreciate your efforts and I will be waiting for your next write ups thank you once again.

    Nice blog here! Also your web site loads up fast! What host are you using? Can I get your affiliate link to your host? I wish my website loaded up as quickly as yours lol

    Wow, this article is nice, my younger sister is analyzing these kinds of things, so I am going to convey her.

    image dowiedz się więcej o beclomethasonezie w Warszawie

    I love what you guys are usually up too. This kind of clever work and reporting! Keep up the terrific works guys I've incorporated you guys to blogroll.

    Как вести себя с нарциссами. Причины нарциссизма. Синдром нарциссизма - симптомы, причины, стадии, классификация. Причины нарциссизма. Нарциссизм: путь страдающей гордыни.

    I used to be suggested this website through my cousin. I'm now not certain whether or not this publish is written through him as no one else recognize such distinct approximately my problem. You're wonderful! Thanks!

    Wow, that's what I was exploring for, what a stuff! existing here at this weblog, thanks admin of this web site.

    Дать определение индивид. Type test. Иррациональное и рациональное. Особенности мышления обществознание. Личность обладает способностью к различной. Способ мышления синоним. Это свойство восприятия связано с пониманием сущности объекта который воспринимается. Тест на тип личности 16 персоналитис.

    Рождается существо как личность как человек и биологическое развивается составь предложение из слов. Как называется факультет психологии. Гении выбирают зеленый. Как действует галоперидол на здорового человека. Ки о. Анализатор и орган чувств разница. Скачать песню воспоминаний. Состояние после войны.

    image колёса кызылорда байконур алма адам ағзасына зияны

    Greetings! Very helpful advice within this article! It's the little changes that will make the greatest changes. Thanks a lot for sharing!

    image Выбрать психолога онлайн. Прием у психолога онлайн.

    Учеба на психолога онлайн. Диагноз по языку в картинках цвет. Что характеризует человека. Понятие о личности в психологии индивид личность индивидуальность структура личности. Информация получаемая с помощью осязания это. Иррациональные мысли примеры. Русские фильмы про психологию. Личность как субъект социальных отношений.

    I do trust all of the ideas you have presented on your post. They are very convincing and will certainly work. Still, the posts are very quick for starters. Could you please prolong them a little from subsequent time? Thank you for the post.

    Классификация ощущение абстракция восприятие умозаключение суждение. Когда хочется кусать любимого человека как называется. Тест на черный и светлый триад. Назовите два три своих качества которые отражают ваши духовные потребности. Какого вида речи не существует. Как интересы влияют на взаимодействие людей в обществе. Да мы блуждаем в ночи да изменчивы наши пути песня. К чему снится участие в боевых действиях мужчине.

    Контрастный цвет фиолетовому. Высший уровень психического отражения действительности. Какой ты тип личности 16. Ощущение. Убийства джека потрошителя. Дефиниция это простыми словами что такое. Кто придумал психологию. Человек как один из людей.

    Кто такой манипулятор: определение понятие в психологии А я не манипулирую людьми? Как распознать в себе токсичность ПСИХОТЕРАПЕВТ ИЛИ ПСИХИАТР 6 жестоких истин, которые сделают вас лучше Психологическая манипуляция: как одни люди управляют сознанием

    Как распознать манипулятора и не превратиться в жертву 6 признаков того, что вами нагло пользуются Типы манипуляторов и их основные приёмы воздействия Кто такие манипуляторы и как от них защититься? Манипуляция людьми — что с ней делать в отношениях

    Психическое здоровье включает в себя наше эмоциональное, психологическое и социальное благополучие. Это влияет на то, как мы думаем, чувствуем и действуем. Оно также помогает определить, как мы справляемся со стрессом, относимся к другим и делаем здоровый выбор. Психическое здоровье важно на каждом этапе жизни: с детства и подросткового возраста до взрослой жизни.ние) — специалист, занимающийся изучением проявлений, способов и форм организации психических явлений личности в различных областях человеческой деятельности для решения научно-исследовательских и прикладных задач, а также с целью оказания психологической помощи, поддержки и сопровождения.