कांग्रेस छोड्ने पुष्पलालको त्यो पत्र : जुन कम्युनिस्ट पार्टी स्थापनाको आधार बन्यो 

image

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल (श्रेष्ठ) राणा शासनकालको अन्तिम दिनसम्म पनि नेपाली राष्ट्र्रिय कांग्रेसका नेता थिए । पार्टी भित्र बीपी कोइराला र डा.डिल्लीरमण रेग्मी बिचको कलह उत्कर्षमा पुगेपछि उनले कांग्रेस परित्याग गरे । त्यसपछिका दिनमा पुष्पलाल मार्क्सवादी अध्ययनमा केन्द्रीत भए । फलस्वरुप उनले बि.सं २००५ चैत्र २३ गते ‘कम्युनिष्ट घोषणापत्र’ को नेपाली अनुवाद प्रकाशन गरे । जुन नेपाली भाषामा प्रकाशित पहिलो मार्क्सवादी रचना थियो । त्यो नै नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको आधार विन्दु बन्न पुग्यो र २००६ साल बैसाख १० गते कलकत्ताको श्यामबजार स्थित एक बंगालीको घरमा नेपाल कम्युनिष्ट पार्टीको जन्म भयो ।

कांग्रेस पार्टी परित्याग गर्नु अघि पुष्पलालले डा. डिल्लीरमण रेग्मीलाई लेखेको ऐतिहासिक पत्र । 

                                                                                                   ९ जुन १९४८ 
                                                                                                     जयनगर

रेग्मीजी 
जय नेपाल 
अपसोचका साथ मलाई भन्नु परिरहेको छ कि अव म नेपाली कांग्रेसबाट छुट्टी लिन चाहन्छु । त्यस भन्दा अगाडी सके भने केही मानिसहरु जयनगर दरभंगातिर राखिदिने छु । यदी  एउटा मानिस यहाँ पठाई दिनु भए वेस हुने थियो । दरभंगामा त २–४ जना छन्, यहाँ पनि हुन सक्छ, अझ । 
मैले तपाईलाई त्यस दलको वारेमा त्यत्ति हो, सत्य, तथ्य हाल सुनाउँदा एक कानले सुनेर अर्को कानले उडाई दिनु भयो । तपाई जस्तो वुद्विमान व्यक्तिलाई मैले विशेष केही लेखि रहनु पर्दैन । मलाई सञ्चै छ । यदी दरभंगामा जान मिल्यो भने उही वसी अध्ययन गर्ने विचार गरेको छु । भएन भने भविश्यले नै वताउने छ । 
भवदीय 
पुष्पलाल




प्रतिक्रिया


  1. Hobbybrouwer Jef Goetelen volgde brouwschool en begon in 2001 te experimenteren met nieuwe brouwsels bij de Molse bier- en wijngilde.

    Your style is unique compared to other people I've read stuff from. Many thanks for posting when you have the opportunity, Guess I'll just book mark this page.

    Right away I am ready to do my breakfast, later than having my breakfast coming yet again to read more news.