त्यो क्षण : आफ्नै गुप्तचर निकायबाट प्रधानमन्त्रीलाई देश छोड्न सुझाव

image

प्रसिद्व अन्वेषक टोनी हागनको पुस्तक ‘नेपालमा मेरो खोजयात्रा’ सत्तरी वर्ष अघिको नेपाल बुझ्न अति उपयोगी छ । त्यो बेलाको राजनीतिक सामाजिक अवस्था के थियो भन्ने तथ्य वडो मिहिन ढंगबाट लेखकले प्रस्तुत गरेका छन् । जसमा जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्त गरेर राजा महेन्द्रले संसदीय व्यवस्थाको अन्त्य गरे पछिका घटनाक्रमलाई मिहिन ढंगबाट प्रस्तुत गरेका छन् । २०१७ पुष १ को घटना बारे टोनी  हागन लेख्छन् । 

१५ डिसेम्बरको १९६० को पूर्वसन्ध्यामा प्रधानमन्त्री बीपी कोइरालाको एक जना सन्देशवाहक जाउलाखेलको हाम्रो घरमा एउटा पत्र लिएर आयो जसमा प्रेषकद्वारा मेरो चित्रमय पुस्तक नेपालको प्रुफ त्यसै साँझ पठाइदिन आग्रह गरिएको थियो, जुन मैले उनलाई त्यसअघि देखाएको थिएँ। अनुरोध गरिएको कुरा मैले पठाइदिएँ। 

               बीपी कोइराला र भारतीय प्रधानमन्त्री जवाहलाल नेहरुका साथ लेखक

१५ डिसेम्बरको १९६० को त्यो दिन धुम्म र न्यास्रो थियो जो सामान्यतया वर्षको त्यस महिनामा हुने गर्छ। आकाश तलतलसम्म आएको ९अन्दाजी ३,००० मिटरसम्म० बाक्लो बादलको पत्रले छोपिएको थियो। मेरो आफ्नो अनुभवबाट मलाई थाहा थियो यस्तो बेलामा बादलमाथि भने घमाइलो र आनन्दी घाम हुन्थ्यो। काठमाडौँ उपत्यकामा भने जाडो थियो र तापक्रम शून्य डिग्रीमा पुग्न लागेको थियो। न्यानो पार्नलाई घामको एउटा किरण पनि छिरेको थिएन। 

बिहान योजना आयोगका सचिव कुलनाथ लोहनीसित मेरो मिटिङ थियो। उनको कार्यालय ठूलो र खाली थियो। त्यसको माझमा गोलको मकल राखिएको थियो जसको वरिपरि सरकारी कर्मचारी झुम्मिन्थे। उनीहरूका घाँटी र टाउकोमा नाकको टुप्पैसम्म आउने गरी गलबन्दी बाँधिएको हुन्थ्यो। उनीहरूका हात भने सानो मकलमाथि फैलिएका हुन्थे, कम्तीमा शरीरको त्यो भाग त तातो हुन्थ्यो। 
छलफल अपरान्हमै सकियो ९सरकारी कार्यालय बिहान १० देखि ५ बजेसम्म खुल्थे० र म कोठाबाट बाहिर निस्केँ। तर जब म सिंहदरबारबाट बाहिर जान खोजेँ मलाई गोर्खा सैनिकहरूले रोके। मलाई तत्काललाई जान पाइँदैन भनियो। मलाई केही अनौठो लाग्यो, तर सशङ्कित भने भइनँ।
दुई घण्टा पछाडि हामीलाई जान दिइयो। सबैतिर सुनसान थियो। सेनाका केही ससाना टुकडी पनि आँखामा खासै नपर्ने गरी छरिएका थिए। तर एक जना नेपालीलाई भेटेपछि भने मैले नराम्रो खबर थाहा पाएँ( प्रधानमन्त्री कोइराला र उनको पूरै मन्त्रिमण्डल गिरफ्तार गरिएको। यो वास्तवमै नराम्रो सङ्केत थियो।
मेरो विचारमा राजा महेन्द्रद्वारा गरिएको यस ‘कु’ ले प्रजातान्त्रिक प्रक्रियालाई ठप्प पार्नेवाला थियो। बी।पी। कोइराला पदमा केवल १८ महिना बसे। उनको सत्य निष्ठा जगजाहेर थियो, उनी सामान्य र तपस्वीको जीवन बिताउँथे। प्रेस स्वतन्त्रता र मानव अधिकारको ग्यारेन्टी गरिएको थियो। संसद् प्रजातन्त्रको शिष्ट मूल्यका साथ चलेको थियो, प्रतिपक्षको आलोचना पनि रचनात्मक थियो। 
त्यसको केही दिनपछि राजा महेन्द्रले जननिर्वाचित संसद्लाई भङ्ग गरे र यसका सभामुख कृष्णप्रसाद भट्टराई लगायत प्रमुख सदस्यहरूलाई गिरफ्तार गरे। राजाले दिएका कारणहरू पत्यारिला थिएनन् र बहुसंख्यक जनताले विश्वास पनि गरेनन्। उनले कोइराला सरकारले ‘अराष्ट्रिय तत्वहरू’ सित साठगाँठ गरेको अत्तो लगाए। त्यस विशेषणको एक मात्र पात्र भारत हुन सक्थ्यो। मेरा लागि ती सबै कुरा मिथ्या थिए। मलाई थाहा थियो बी.पी. कोइराला खाँट्टी देशभक्त थिए। 
राजा महेन्द्रको मनसायउपर ‘कु’ पश्चात् धेरै वर्षपछिसम्म चर्चा चल्यो। एउटा आमरूपमा विश्वास गरिएको कुरा के थियो भने जनतामा कोइराला अति लोकप्रिय थिए। जनताको पहुँचबाहिर भएका राजालाई त्यसबाट जलन भयो र आफ्नो सत्ता गुम्ने डर भयो। 
यसमा केही सार त पक्का छ। कोइराला अवश्य राजाप्रति बफादार थिए र राजालाई विभिन्न जातीय समूह तथा संस्कृतिबाट निर्माण भएको मुलुकलाई एकबद्ध राख्ने र स्थायित्व प्रदान गर्ने व्यक्तिका रूपमा हेर्थे। अर्कातिर उनको मान्यता बेलायत वा स्कान्डेनेभियन मुलुकहरूमा झैँ संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने थियो। 
यी घटनाक्रमबाट मेरो आफ्नै निजी भविष्य पनि अनिश्चित हुन गएको थियो। मलाई विशेषगरी तिब्बती शरणार्थीहरूको पुनर्वास आयोजनाबारे चिन्ता लाग्यो जो म आई।सी।आर।सी।का लागि फेब्रुअरी १९६० देखि सञ्चालन गरिरहेको थिएँ। राजनीतिक रूपमा यस्तो संवेदनशील आयोजनाको सफलताका लागि सरकारका सम्बन्धित पक्षसित राम्रो, खुला र इमानदार सम्बन्ध हुनु नितान्त जरुरी थियो। 
भनिरहन परोइन, मेरा भावी क्रियाकलापहरू राजनीतिक घटनाक्रमबाट प्रभावित भए। महेन्द्रले ‘कु’ गरेपछिका दिनका मेरा अनुभव र समस्याबारे बुझ्न सजिलो होस् भनेर म अब सन् १९६२ सम्मका उथलपुथलहरूबारे चर्चा गर्नेछु। 
मेरो किताबमा बी.पी.कोइरालाको प्राक्कथन

मेरो प्रकाशोन्मुख चित्रमय पुस्तकका कारण मेरा लागि पनि राजनीतिक समस्या खडा हुने स्थिति देखा पर्‍यो। मैले नोभेम्बर १९६० मा त्यस पुस्तकको प्रुफ स्वीट्जरल्यान्डबाट ल्याएर प्रधानमन्त्रीलाई देखाएको थिएँ र उनी पुस्तकको प्रुफ देखेर बडो उत्साहित भएका थिए। ‘यस पुस्तकले नेपाललाई विश्व मानचित्रमा देखाउनेछ,’ उनले भनेका थिए। त्यसको प्राक्कथन लेखिदिनका लागि मैले गरेको अनुरोध उनले तुरुन्तै स्वीकार गरे।
उनी त्यस पुस्तकलाई बर्नको कुमर्ली एन्ड फ्रेलाई अति उच्चस्तरको जिल्द हाल्न लगाएर त्यसको विशेष संस्करण निकाल्ने र त्यसलाई फेब्रुअरी १९६१ मा हुन लागेको महारानी एलिजाबेथको नेपाल भ्रमणको अवसरमा उनका लागि विशेष कोसेली बनाउन चाहन्थे। त्यो पुस्तक प्रधानमन्त्रीको उपस्थितिमा मैले भेट चढाउने कुरा थियो। 
मेरो आफ्नो तर्फबाट सो पुस्तकमा यस्तो मन्तव्य लेखेको थिएँः
यस पुस्तकका लागि सानो परिचय लेखिदिनका लागि प्रधानमन्त्रीलाई अनुरोध गर्नुभन्दा अर्को उपयुक्त कुरा के हुन सक्थ्यो रु उनका लागि स्वतन्त्रता र मानवीय मर्यादा केवल खोक्रा शब्दहरू होइनन्। किनभने नेपालको मुक्तिका लागि उनले आफ्नै जीवनलाई खतरामा होमेका थिए। 
तिनै स्वतन्त्रताका योद्धा र जननिर्वाचित प्रधानमन्त्री झ्यालखानमा थिए र सरकारका केही सदस्यहरू विपरीत उनी आफ्नो आस्थाप्रति दृढ रहेका थिए। राजनीति गर्दिनँ भन्ने शर्तमा राजा महेन्द्रले छाड्ने भनेका थिए, तर उनले अस्वीकार गरे। त्यसकारण अर्को आठ वर्ष उनलाई एउटा घरमा एक्लै बन्दी बनाएर राखियो। कोइरालाका सहयोद्धा गणेशमान सिंहको पनि त्यही हालत भयो।
पुस्तकमा मैले गरेको बी.पी. कोइरालाको प्रशंसा र उनले लेखेको परिचयलाई राजा महेन्द्रले कसरी लिनेछन् भन्ने प्रश्न थियो। त्यसमा राजपरिवार वा महेन्द्रको उल्लेख परेको थिएन। मेरो किताब प्रतिबन्धित पो होला कि रु नेपालमा मेरो काममा खतरा पो आइपर्ला किरु खासगरी मेरो काममा आइपर्न सक्ने सङ्कट ठूलो थियो। तिब्बती शरणार्थीहरूको पुनर्वास सफलतासाथ सुरु गरिएको थियो र गलैँचा उद्योगलाई पनि खडा गर्नुपर्ने थियो। अहिलेसम्म सरकारले देखाउँदै आएको सहानुभूतिपूर्ण रवैया चीनका मित्र तुलसी गिरीका पालामा बदलिएला ? यी मलाई अशान्त पार्ने प्रश्नहरू थिए।

मैले चिनेका पहिलेको कोइराला सरकारका सबै उच्च अधिकारीहरूसँग ९सबै जना तुरुन्तै फेरिएका थिएनन्० बुझेँ। सबैले एकै स्वरमा ‘आफ्नो मन्तव्य राख, यो कोइरालाको स्मारक हुनेछ’ भने। 
परराष्ट्र सचिव जनरल खत्रीले धरी सरकारले पहिले प्रधानमन्त्री कोइरालाले चाहे जसरी पुस्तकको विशेष संस्करण महारानी एलिजाबेथलाई कोसेली चढाउने कुरामा केही फरक नपर्ने प्रष्ट पारे। 

बी.पी.कोइरालासित पुनर्मिलन
कोइरालालाई सन् १९६० देखि १९६८ सम्म काठमाडौँमा कैदी बनाएर राखिएको थियो। उनी रिहा भएपछि भारत निर्वासनमा गए। त्यहाँबाट सन् १९७७ मा उनलाई नेपाल फर्कन दिइयो। 

१५ डिसेम्बर १९६० मा उनी गिरफ्तार भएपछि कोइरालालाई मैले सन् १९८२ मा उनको मृत्युको केही अघि मात्र भेट्न पाएँ। अमेरिकी राजदूतले आफ्नो निवासमा भेटघाट मिलाएका थिए। हामीले एकान्त पाएका थियौँ र एकअर्काको आँखा हेर्दै कुरा गर्‍यौं। यो हार्दिक पुनर्मिलन थियो। कुराकानीमा मैले उनलाई आफ्नो गिरफ्तारी हुनुभन्दा एक दिनअघि मेरो किताबको प्रुफ मागी पठाउनु के संयोग मात्र थियो भनी सोधेँ।


उनले होइन भन्ने जवाफ दिए। उनको खुफिया विभागले उनलाई राजा महेन्द्रले कु गर्न लागेको खबर दिएको थियो र भागेर भारत जाने सल्लाह पनि दिएको थियो। तर कोइरालालाई भाग्न मन थिएन। उनी आफैंप्रति अडिग रहेका थिए।

मेरो किताब उनको लामो एकान्तवासमा एकदम उपयोगी साबित भयो रे। किताब मात्र होइन उनले पदमा हुँदा ममार्फत स्पात्जबाट मगाएको क्याम्पिङ सामग्री पनि काम लाग्यो रे। सामान आइपुगुन्जेल उनी थुना परिसकेका थिए र तिनलाई उनी थुना परेको ठाउँमै पुर्‍याइएको थियो। त्यस चिसो ठाउँमा उनलाई खासगरी स्लिपिङ ब्याग औधी काम लाग्यो रे। 
उनले ‘बाहिर’ के भइराखेको छ भन्ने हरेक कुरा थाहा पाउने गरेको र तिब्बतीहरूको पुनर्वासको काममा मेरो विरुद्ध स्वीसहरूले नै गरेको चालबाजीबारे पनि थाहा पाएको मलाई बताए। त्यो चालबाजी अवश्यै तुलसी गिरीबाटै भएको थियो। पुराना साथीहरूलाई भेट्न म नेपाल नियमित रूपमा आउने गरेकोमा उनले खुसी व्यक्त गरे। दुर्भाग्यवश, त्यही साल बी।पी। कोइरालाको निधन भयो। 

म सन् १९९० को राजनीतिक क्रान्तिपछि छोटो समयका लागि नेपाल आएको थिएँ। मैले सन् १९५० को दशकमै चिनेका प्रधानमन्त्री भट्टराई र कोइरालाका अन्य सहयोगीले मेरो किताबमा परेको ‘कोइरालाको स्मारक’ लाई बिर्सेका थिएनन्। उनीहरू सबैले मसित मेरो पुस्तकको प्राक्कथनको कुरा गरे।

(टोनी हागनको पुस्तक ‘नेपालमा मेरो खोजयात्राबाट)




प्रतिक्रिया


  1. I really like it when individuals come together and share opinions. Great website, stick with it!

    Hello, the whole thing is going well here and ofcourse every one is sharing data, that's truly fine, keep up writing.

    Keep on working, great job!

    Hi there! I just wish to give you a huge thumbs up for the great information you have right here on this post. I'll be coming back to your blog for more soon.

    I like what you guys are usually up too. This type of clever work and exposure! Keep up the wonderful works guys I've added you guys to my blogroll.

    I am curious to find out what blog platform you have been utilizing? I'm experiencing some small security problems with my latest site and I'd like to find something more safeguarded. Do you have any recommendations?

    image Metoprolol Sandoz ohne ärztliche Verschreibung in der Apotheke in Belgien erhältlich

    Hello, i read your blog occasionally and i own a similar one and i was just wondering if you get a lot of spam feedback? If so how do you prevent it, any plugin or anything you can recommend? I get so much lately it's driving me crazy so any assistance is very much appreciated.

    image guida all'acquisto di alloprim senza prescrizione medica

    Good article! We are linking to this particularly great post on our website. Keep up the good writing.

    It's going to be finish of mine day, but before finish I am reading this enormous piece of writing to increase my know-how.

    Hi there, i read your blog occasionally and i own a similar one and i was just curious if you get a lot of spam remarks? If so how do you prevent it, any plugin or anything you can suggest? I get so much lately it's driving me crazy so any assistance is very much appreciated.

    image Sito affidabile per l'acquisto di serta 100 mg online

    My developer is trying to persuade me to move to .net from PHP. I have always disliked the idea because of the expenses. But he's tryiong none the less. I've been using WordPress on a variety of websites for about a year and am concerned about switching to another platform. I have heard good things about blogengine.net. Is there a way I can transfer all my wordpress posts into it? Any kind of help would be really appreciated!

    You can certainly see your enthusiasm in the article you write. The arena hopes for more passionate writers like you who aren't afraid to say how they believe. Always follow your heart.

    Nice post. I was checking constantly this blog and I'm impressed! Very helpful information particularly the last part : ) I care for such information much. I was looking for this particular info for a long time. Thank you and good luck.

    of course like your web site however you need to check the spelling on several of your posts. A number of them are rife with spelling problems and I to find it very bothersome to tell the reality on the other hand I will certainly come back again.

    Hello, after reading this amazing article i am too cheerful to share my know-how here with colleagues.

    Incredible points. Great arguments. Keep up the amazing spirit.

    Синоним индивидуальное. Действительно почему е. Музыка о путешествии для видео. Тесты т. Воспоминание фильм. Фото жирного китайца. Почему одни люди горячие а другие холодные. Свойства личности это.

    Тест idrlabs на расстройство личности. Ментальное истощение. Что такое критическое. Человек и его место в различных системах психология личности. Человек как личность эссе. Разумное мышление это. Противные цвета. Психологический тест на тип личности.

    This is really interesting, You are a very skilled blogger. I've joined your feed and look forward to seeking more of your excellent post. Also, I've shared your web site in my social networks!

    What's up, its pleasant piece of writing about media print, we all be aware of media is a enormous source of facts.