को हुन्, पहिलो पटक नेपालको इतिहास लेख्ने अम्विकाप्रसाद

image

अम्बिकाप्रसाद पटना हाईकोर्टका एड्भोकेट तथा विहार र उडिसाको लेजिस्लेटिभ काउन्सिलका सदस्य मात्र नभई कलकत्ता, पटना र बनारस विश्वविद्यालयको सभाका सदस्य पनि थिए । यी तीनै विश्वविद्यालयमा नेपाली भाषाको पढाइ शुरू गर्ने काममा यिनको हात थियो । लेखपढको माहौल भएको घरमा जन्मेका, भारतमा चलेको अङ्ग्रेजी शिक्षा पद्धतिअनुसार चूडान्त पाण्डित्य हासिल गरेका, प्रभावशाली एड्भोकेट अम्बिकाप्रसादले नेपालको इतिहास किन लेखे भन्ने कुरा अनुसन्धेय छ ।

वि.सं. १८३९ मा गोरखाले तनहुँ राज्य पूरै जितिसकेपछि पराजित राजा हरकुमारदत्त सेन भागी रामनगर गए । चम्पारन जिल्लामा पर्ने रामनगर त्यस वेला राजपुरको मुख्य शहर थियो । सेन राजाहरूले मुगल बादशाहलाई तिरो तिरी राजपुरको भोगचलन गरी आएकाले राजपुर तनहुँ राज्यको अङ्गका रूपमा रहिआएको थियो । वि.सं. १८२२ मा मुगल बादशाह द्वितीय शाह आलमबाट ब्रिटिश इष्ट इण्डिया कम्पनीले बङ्गाल, बिहार र उडिसाको दीवानी पाएपछि त्यहाँ मुगलको ठाउँ अङ्ग्रेजले लिए।

गोरखा र तनहुँको बारम्बारको लडाइँको मौका छोपी राजपुरका १५ तप्पामध्ये साढे १२ तप्पा आफ्नो नाउँमा दर्ता गर्न बेतियाका राजा सफल भए। तनहुँबाट भागेर हरकुमारदत्त रामनगर पुगेपछि उनका कान्छा भाइ जानकीदत्तको नाउँमा अढाइ तप्पा मात्र दर्ता हुन सक्यो। पछि हरकुमारदत्तले जानकीदत्तलाई इष्ट इण्डिया कम्पनीको राजधानी कलकत्ता पठाई भाइको नाउँ कटाएर आफ्नो नाउँमा ती तप्पा दर्ता गरे। यसबाट तनहुँले सेनको उत्तराधिकारसहितको राजा पदवी र अढाइ तप्पाबाट हुने राजकीय खानगी कायम रहन गई रामनगर राज्यभित्र ५८४ मौजा पर्न गए। 


आफ्ना डेढ वर्षका छोरा गीर्वाणयुद्धविक्रमलाई वि.सं. १८५५ मा राजा बनाई रणबहादुर शाह आफू जोगी भई बसेका थिए । अर्को वर्ष गीर्वाणयुद्धकी आमा कान्तवती परलोक भएपछि उनी विक्षिप्त जस्तै भई राजकाजमा हात हाल्न थाले । यसले गर्दा रणबहादुरले राज्य छोडेपछि गीर्वाणयुद्धको नाउँबाट राज्य चलाइरहेका भारदारहरू र उनीबीच सङ्घर्ष भयो । अनि उनी यहाँबाट भागी वि.सं. १८५७ मा काशी पुगे।
गोरखा राज्यमा गृहकलह भएको मौका छोपी रणबहादुरको पक्ष लिन हरकुमारदत्त पुगे। रणबहादुरको सेवा गर्न भनी बाटोमा उनले आफ्ना मानिससमेत पठाएका थिए । हरकुमारदत्तको सेवाबाट प्रसन्न भएका रणबहादुरले उनलाई “हिजोदेखिका हाम्रा हुन् भनि सम्झ्या गयेछ र आज हाम्रा सामिल भयादेखि पछि तिम्रो पनि बन्ला” (नरहरिनाथ २०१२ : ९७) भनी चिठी लेखेका थिए।

वि.सं. १८६० सम्म काशीमा बसेका रणबहादुरले त्यहीँ आफ्नी छोरी तेजोराज्यलक्ष्मीको विवाह हरकुमारदत्तका छोरा तेजःप्रतापसँग गरिदिए । रणबहादुर नेपाल फर्कँदा जुवाइँ तेजःप्रताप पनि उनीसँगै काठमाडौँ आए । वि.सं. १८६२ मा कारणवश रणबहादुर जुवाइँ तेजःप्रतापसँग रिसाएकाले उनी भागेर रामनगर आए । त्यही साल बाबु हरकुमारदत्त बितेपछि तेजःप्रताप रामनगरको गद्दीमा बसे।

गोरखाले आफ्नो राज्य कब्जा गरेकोले तनहुँले राजपरिवार गोरखाको विरोधी बन्ने नै भयो । त्यसमाथि, गोरखाकी राजकुमारीसँग तेजःप्रतापको विवाह भए पनि राजकुमारी पतिगृह छोडी माइतमा आई बसेकीले ससुरालीसँग तेजःप्रतापको राम्रो सम्बन्ध भएन । यसैले वि.सं. १८७१-१८७२ मा नेपाल र ब्रिटिश भारतको लडाइँ हुँदा नेपालको सुदूरपश्चिम प्रान्तमा हमला गर्न आएका अङ्ग्रेज सेनापति डेभिड अक्टरलोनीको मद्दतका लागि आफ्ना भाइ अमरप्रतापलाई गोरखाविरुद्धको लडाइँमा उनले पठाएका थिए। 

निस्सन्तान तेजःप्रताप वि.सं. १८८८ मा परलोक भएपछि दुई वर्षअगाडिको निर्णयबमोजिम उनकी जेठी रानी तिलोत्तमाले रामनगर राज्यमा आफ्नो हक दाबी गरी सरकारी स्रेस्तामा आफ्नो नाउँ चढाउन अदालतमा दरखास्त दिइन् । उता उनका देवर अमरप्रतापले पनि त्यस राज्यमा दाबी गरी मुद्दा हाले । अदालतमा मुद्दा चल्दै गर्दा भाउज्यूलाई झुक्याएर आफ्नो पक्षमा सही गराउन सकेकाले वि.सं. १८९१ मा अमरप्रताप रामनगरको राजा हुन सके। त्यही साल अमरप्रताप बितेपछि उनका उत्तराधिकारीको विषयमा खिचलो उठ्यो । अमरप्रतापकी जेठी रानी अमरराज्यलक्ष्मीलाई अङ्ग्रेज सरकारले रामनगरको गद्दीको हकदार मानेकोले रामनगरमा अमरराज्यलक्ष्मीको राज कायम भयो। 

अमरराज्यलक्ष्मी वि.सं. १८९६ मा बितेपछि उत्तराधिकारको विषयमा फेरि खिचलो उठ्दा वि.सं. १९०२ मा मात्र रिसिङका राजा मधुसूदन सेनका वंशधर प्रह्लाद सेन रामनगरको गद्दीमा बस्न सके । आफ्नी एक मात्र जीवित सन्तान छोरी बोधकुमारीको विवाह उनले श्री ५ राजेन्द्रविक्रम शाहकी कान्छी रानी राज्यलक्ष्मीतर्फका कान्छा छोरा वीरेन्द्रविक्रमसँग गरिदिएका थिए। 

वि.सं. १९३६ मा प्रह्लाद सेन बितेपछि उनकी रानी विन्ध्यवासिनीले रामनगरको गद्दीमा अधिकार जमाइन् । वि.सं. १९४३ मा विन्ध्यवासिनी बितेपछि राज्यको उत्तराधिकारको विषयमा पुन: खिचलो उठ्यो। आफ्नो जीवितावस्थामै प्रह्लाद सेनले वि.सं. १९३३ मा लेखेको हिदायतनामा अनुसार वि.सं. १९४५ मा उनका दौहित्र मोहनविक्रम शाह रामनगरको गद्दीमा बसे।

गोरखालीसँगको लडाइँमा हारेर रामनगरतिर लाग्दा तनहुँका राजा हरकुमारदत्तसँगसँगै जाने तनहुँलेहरूमा तनहुँ सिम्पानीका पौडेलहरू पनि थिए। त्यही पौडेलवंशका देवीप्रसाद उपाध्याय वि.सं. १९४१ भन्दा अगाडि नै रामनगर राज्यको भित्रिया भइसकेका थिए। 
यसरी वि.सं. १८३९ मा रणबहादुरको पालामा तनहुँ राज्य गोरखाले जित्दा पनि तनहुँले राजाहरूको अधिकारमा रहिरहेको रामनगरको राज्य १०६ वर्षपछि फेरि रणबहादुरका जनाति मोहनविक्रमको अधीनमा आयो। 

यस काममा देवीप्रसादले निकै मिहिनेत गरेकाले उनीसँग खुशी भई मोहनविक्रमले उनलाई मुंतजिम अर्थात् म्यानेजरको पदवी दिए। पछि वि.सं. १९५१ मा दुई ओटा गाउँ पनि उनलाई मोहनविक्रमले लेखेर दिए । राजा राजेन्द्रकी कान्छी महारानी राज्यलक्ष्मी वि.सं. १९५६ मा बनारसमा बितेपछि उनको सम्पत्तिमा दाबी गरी हकदारहरूको बीचमा मुद्दा पर्दा पनि देवीप्रसादले बनारसको सब(जजी कचहरीदेखि इलाहाबादको हाईकोर्टसम्म आफ्ना मालिक मोहनविक्रमको तर्फबाट पैरवी गरी मुद्दा जिताएका थिए। 

वि.सं. १९६८ मा मोहनविक्रम परलोक भएपछि गद्दीको उत्तराधिकारको विषयमा फेरि खिचलो उठ्दा वि.सं. १९७४ मा मात्र उनकी रानी क्षेत्रकुमारीको रामनगरको गद्दीमा अधिकार हुन सक्यो । क्षेत्रकुमारीको राज चलेको एक वर्ष पूरा भएको लगत्तै जसो वि.सं. १९७५ मा 'विहारका हाकिमहरूले' उनलाई 'राज्यप्रबन्ध गर्नामा अयोग्यताको दोषारोपण गरी राज्य कोर्ट गरिदिए।' 

त्यसको प्रतिकार गर्दै रानी क्षेत्रकुमारीले कलकत्ता हाईकोर्टमा नालिश गरिन् । सो मुद्दामामिलामा रानीलाई देवीप्रसादका भाइ सिद्धिप्रसाद उपाध्यायका जेठा छोरा, एम.ए., बी.एल. पास गरेका पटना हाईकोर्टका एड्भोकेट अम्बिकाप्रसाद उपाध्यायको मद्दत मिलेको थियो । 'हाकिमहरूले' अम्बिकाप्रसादको 'योग्यता स्वीकार गरी कोर्ट' छोडिदिए । सो कोर्ट छुटेपछि रानीसाहेबले कलकत्ता हाईकोर्टबाट आफ्न दरखास्त फिर्ता गराइन् । त्यसै दिनदेखि 'रामनगर राज्यमा' रानी क्षेत्रकुमारीको 'अकण्टक आधिपत्य स्थापित भयो'  (उपाध्याय १९८६ : २९४)।

रामनगरका फौजदार देवीप्रसाद उपाध्यायको साहित्यमा पनि रुचि भएको कुरा उनका क्रियाकलापबाट थाहा हुन्छ । बनारसबाट नेपालीमा छापिने मासिक पत्रिका गोर्खा भारतजीवनको सन् १८८७ जुलाई १८ तारिख तदनुसार वि.सं. १९४४ श्रावण ४ गतेको अङ्कमा यिनले हिन्दीमा एउटा विज्ञापन छपाएका छन् । नयाँ साल अर्थात् सन् १८८८ को जनवरी १ तारिखदेखि गोर्खा नाउँको नेपाली भाषामा साप्ताहिक पत्रिका छापिने कुरा त्यस विज्ञापनको मूल विषयवस्तु हो। 

रामनगर र बनारसको रहनसहनमा हुर्केबढेकाले देवीप्रसादले नेपाली भाषाको पत्रिकामा अर्को नेपाली भाषी पत्रिका शुरू गर्नेसम्बन्धी विज्ञापन हिन्दीमा लेखेको हुनुपर्छ । उनले हिन्दीमा लेखेको सुन्दरसरोजिनी नाउँको उपन्यास वि.सं. १९५० मा छापिएको थियो । आफ्नी पत्नी नर्मदादेवीको मृत्युशोकमा यिनले हिन्दीमा लेखेको हृदयोद्गार नाउँको काव्य वि.सं. १९७० मा प्रकाशित भएको थियो । यिनका नेपाली भाषामा कृति नपाइए पनि गोर्खापत्रको वि.सं. १९५८ कात्तिक शुक्लचतुर्दशीको दिन प्रकाशित अट्ठाइसौँ अङ्कमा छापिएको यिनको 'प्रेरितपत्र' ले उनी नेपालीका पनि राम्रा गद्य लेखक रहेछन् भन्ने दर्शाउँछ।

मोतीराम भट्टले वि.सं. १९४८ मा छापिएको आफ्नो उषाचरित्र यिनै देवीप्रसादलाई समर्पण गरेका छन् (शर्मा भट्टराई २०४८ : ६–७, २०५६ : ४–७) । त्यही साल छापिएको आफ्नो अर्को कृति प्रह्लादभक्तिकथा चाहिँ मोतीरामले देवीप्रसादका मालिक रामनगरका राजा मोहनविक्रमलाई समर्पण गरेका छन् (शर्मा भट्टराई २०४६ : २४, २०५६ : ८-१०) । यी सबै कुराबाट देवीप्रसाद आफू मात्र लेखक–कवि नभई लेखक–कविका भर्ता पनि रहेछन् भन्ने थाहा हुन्छ। 

अम्बिकाप्रसादको जन्म कहिले भयो, मलाई थाहा छैन । उनकी पत्नी अम्बालिकादेवीको जन्म वि.सं. १९५१ मा भएकोले (प्रसाई २०६६ : ७) त्यही समयको आसपास उनको जन्म भएको हुन सक्छ । वि.सं. १९९३ पुस १ गते उनकी पत्नी परलोक गएको पाँच वर्ष बितेपछि अम्बिकाप्रसादको मृत्यु भयो भनी उनकी पत्नीको विषयमा लेख्दा उनकी पत्नीको पुस्तकका पुनःप्रकाशकले लेखेकाले (प्रसाई २०६६ : १६) वि.सं. १९९८ मा अम्बिकाप्रसादको मृत्यु भएको देखिन्छ । ११ वर्षअगाडि यो फेरि छापिएकोले अहिले सुलभ भएको छ (अम्बालिकादेवी २०६६)। 

अम्बिकाप्रसाद निस्सन्तान भएकाले उनले आफ्ना माहिला भाइ शारदाप्रसादका जेठा छोरा राजेश्वरिप्रसादलाई विधिपूर्वक धार्मिक कृत्य गरी धर्मपुत्र बनाएका थिए (शर्मा २०६० : २९; प्रसाई २०६६ : १४) । तिनै राजेश्वरिप्रसादले वि.सं. २००४ मा अम्बिकाप्रसादको इतिहासको तेस्रो संस्करण निकाले (उपाध्याय २००४)। 

अम्बिकाप्रसाद पटना हाईकोर्टका एड्भोकेट तथा विहार र उडिसाको लेजिस्लेटिभ काउन्सिलका सदस्य मात्र नभई कलकत्ता, पटना र बनारस विश्वविद्यालयको सभाका सदस्य पनि थिए । यी तीनै विश्वविद्यालयमा नेपाली भाषाको पढाइ शुरू गर्ने काममा यिनको हात थियो । लेखपढको माहौल भएको घरमा जन्मेका, भारतमा चलेको अङ्ग्रेजी शिक्षा पद्धतिअनुसार चूडान्त पाण्डित्य हासिल गरेका, प्रभावशाली एड्भोकेट अम्बिकाप्रसादले नेपालको इतिहास किन लेखे भन्ने कुरा अनुसन्धेय छ ।

अम्बिकाप्रसाद उपाध्यायको नेपालको इतिहास  राणा शासनको प्रशंसाले भरिएको छ । त्यसमाथि, अम्बिकाप्रसादले श्री ३ चन्द्र शमशेरलाई सो पुस्तक समर्पण मात्र नगरी गद्दीनशीन श्री ५ त्रिभुवनलाई वास्तै नगरी चन्द्र शमशेरलाई 'नेपाल देशका अधिपति', 'विष्णुको अंश', 'भगवद्वाक्य अर्थात् ‘नराणां च नराधिपः’ यस उक्तिको उदाहरण स्वरूप' (१९८६ : प्रथम संस्करणको समर्पण वाक्य) भनेका छन् । 

आफ्ना जेठाबाबु तथा आफूले लेखेको इतिहासका प्रकाशक देवीप्रसादबाट 'त्यो ग्रन्थ लेख्दा ठुलो सहायता पायेको' कुरा अम्बिकाप्रसादले 'भूमिका' मा लेखेका छन् (१९८६ : प्रथम संस्करणको भूमिका ३) । 'अन्तमा श्री पं. काशीनाथ दीक्षिताचार्य एवं मीर सुब्बा पं. राममणि आ,दि, ज्यूबाट पनी एस कार्यमा ठूलो सहायता मिलेको हुँदा वहाँहरू लाई पनी अनेकानेक धन्यवाद चढाउँछु' (१९८६ : प्रथम संस्करणको भूमिका ४) भनी उनले लेखेका छन् । यसले त्यो इतिहास लेख्दा काशीनाथ र राममणि दुवै बाबुछोराले अम्बिकाप्रसादलाई मद्दत गरेको स्पष्ट हुन्छ । 

अम्बिकाप्रसादको इतिहास  छापिँदा राममणिको इतिहास (हेर्नुहोस्, यसै पुस्तकको अध्याय ११) एकसरो तयार भइसकेको थियो । राममणि र अम्बिकाप्रसाद दुवैको इतिहास लेखनको मूल उद्देश्य चन्द्र शमशेरको अनुकूलको इतिहास लेख्नु थियो । अम्बिकाप्रसाद कानून पढी पहिलो नेपाली वकिल हुँदा चन्द्र शमशेरले उनलाई बधाइपत्र पठाएका थिए भनी उनकी भतिजीले लेखेकीले (शर्मा २०६० : १६) चन्द्र शमशेरको नजरमा उनी चढेको देखिन्छ । पुस्तौँदेखि आफ्नो सेवक भएर रहेका, त्यही सेवाको बदौलत नेपालमा प्रतिष्ठित भए पनि बाहिरफेर कसैले नचिन्ने राममणिको नाउँमा आफ्नो जीवनचरित्र छपाउनुभन्दा भारतको हाइकोर्टमा वकिल भएका अम्बिकाप्रसाद उपाध्यायको नाउँमा आफ्नो जीवनचरित्र छपाउन चन्द्र शमशेरले श्रेयस्कर सम्झेको हुन सक्छ । यसैले चन्द्र शमशेरको हुकूमबमोजिम काशीनाथ र राममणिले अम्बिकाप्रसादलाई इतिहास लेख्ने काममा सहयोग गरेको हुन सक्छ । 

राममणिका साहिँला भाइ लक्ष्मणमणिको विवाह अम्बिकाप्रसादका जेठाबाबु देवीप्रसादकी छोरी विष्णुकुमारीसँग वि.सं. १९६६ मा भएकाले चन्द्र शमशेरको जीवनचरित्र राममणिले लेख्ने भन्ने कुरा चल्नुभन्दा पनि अगाडि नै यी दुई परिवार कुटुम्ब भइसकेका थिए । आफ्नी दिदी विष्णुकुमारीका ससुरा काशीनाथ कलकत्तामा औषधि गर्न जाँदा अम्बिकाप्रसादले उनलाई डाक्टरकहाँ लगेकाले (आचार्य दीक्षित २०३१ : २७५) यी दुई परिवार नजिकिएका थिए भन्न सकिन्छ । यस नातासम्बन्धबाट पनि अम्बिकाप्रसादको इतिहास लेखनमा काशीनाथ र राममणिले मद्दत गरेको हुन सक्छ । 

नेपाली भाषामा लेखिएका वंशावली र मुख्य गरी अङ्ग्रेजीका नेपालसम्बन्धी पुस्तकको आधारमा अम्बिकाप्रसादले नेपालको इतिहास तयार गरेको कुरा उनको 'भूमिका' बाट बुझिन्छ (उपाध्याय १९८६ : प्रथम संस्करणको भूमिका २)।
अम्बिकाप्रसादको नेपालको इतिहासको वि.सं. १९८६ मा छापिएको दोस्रो संस्करणको 'भूमिका'मा ग्रन्थकारले “यस्का दोस्रा संस्करणमा अनेक परिवर्तन र परिवर्धन गरिएका छन् । नेपालका अत्यन्त प्रतिष्ठित विद्वान् पं. काशीनाथ दीक्षिताचार्य ज्यू महोदय तथा मीर सुब्बा पं. राममणि महोदय वाट इतिहाससम्बन्धी अनेक गूढ र अज्ञात विषयको पत्ता पाई एस पाली यस्मा सन्निवेश गरिएको हुनाले एस पुस्तकको गौरव र उपादेयता झन् अझ बढेको छ” भनी लेखेकाले काशीनाथ र राममणिले यस संस्करणमा अझ बढी मद्दत गरेका थिए भन्ने स्पष्ट हुन्छ ।
दोस्रो संस्करण छापिनुभन्दा एक वर्षअगाडि नै पर्सिभल ल्याण्डनको नेपाल  प्रकाशित भइसकेकोले र राममणिले लेखेको इतिहास प्रकाशित गर्नेतर्फ कुनै चालचुल नभएकोले राममणिको पुस्तकका केही भाग यसमा परेको हुनु धेरै सम्भव छ । यस विषयमा इदमित्थं त अम्बिकाप्रसादको इतिहासलाई राममणिको अझै अप्रकाशित इतिहाससँग दाँजेपछि मात्र थाहा होला । 

आकरको परिशीलन नगरी सामान्यतया द्वैतीयक सामग्रीको आधारमा लेखिएको यस इतिहासमा अरूहरूले लक्ष्मीनरसिंह र हरिहरसिंह दाजुभाइ हुन् भनी लेख्दै आएकोमा अम्बिकाप्रसादले भने 'हरिहरसिंहका लक्ष्मीनरसिंह र सिद्धिनरसिंह भन्ने दुई पुत्र थिए' भन्ने लेखी टिप्पणीमा 'हरिहरसिंहलाई वंशावलीमा भ्रमवश लक्ष्मीनरसिंहका कान्छा भाई भनी लेखेको छ' (उपाध्याय १९८६ : ४०) भनी प्रामाणिक कुरा लेखेकोलाई अपवाद मान्नुपर्छ । 

अम्बिकाप्रसादको नेपालको इतिहासको दोस्रो संस्करणको एक प्रति नयराज पन्तको सङ्ग्रहमा पनि छ । आफ्नो त्यस निजी प्रतिका कैयन् पृष्ठका दायाँबायाँ र तलमाथिका खाली ठाउँ अम्बिकाप्रसादको लेखाइमा परेका गल्तीको संशोधन गरी उनले भरेका छन् । अम्बिकाप्रसादका गल्तीमध्ये एउटा त सामान्य मानिसले पनि लेखाइमा गडबडी भएको पत्ता लाउन सक्ने गरी व्याघातोक्तिले दूषित छ :

पाँडे खलक का प्रधान मंत्री लाई भीमसेन ले काटे तर तिन्का छोरा शमशेरजङ्ग बहादुर ठुला बुद्धिमान निस्के । ...शमशेरजङ्ग बहादुर को वंश परिचय का विषयमा ऐत्तिनै भन्नु अलम् होला कि, तिनी रञ्जीत कुँवर का पुत्र बाल नरसिंह का द्वितीय सन्तान हुन् । ... १८ जून १८१७ ई. का दिन जङ्गबहादुर को जन्म भयो । इन्का मातापिता ले इन्को नाम वीरनरसिंह राख्न आंटे थे तर इन्का काका माथवर सिंह का अनुरोध ले इन्को नाम जङ्गबहादुर राखियो । (उपाध्याय १९८६ : १३६–१३७, २००४ : १३६–१३७)  

अम्बिकाप्रसादको यस लेखाइअनुसार जङ्गबहादुरका बाबु पाँडे खलकका प्रधानमन्त्री अर्थात् दामोदर पाँडे र बालनरसिंह कुँवर हुन गए, उनको वंश कुँवर र पाँडे मात्र नभई उनका काका माथवरसिंह [थापा] भएकाले थापा पनि हुन गयो ।

श्री ३ जङ्गको वंशको विषयमा अम्बिकाप्रसादको इतिहासमा यस्तो गडबडी देखेर नै नयराज पन्तले २६ वर्षको उमेरमा वि.सं. १९९६ मा यस्तो कविता लेखेका थिए : 

नेपाल देश हो आफ्नै यसैले यसको पनि

बुझेको छु सबै तत्त्व अन्वेषण गरी गरी ।। 

तर यौटा छ यो शंका जो हुन् जंगबहादुर

मामा वा तिनका काका के मातवर पर्दथे ।। (२०६७ : ८१)

वि.सं. २००९ असोज ५ गते नेपालको विद्यासम्बन्धी इतिहासमा भएको एउटा बीजारोपणसँग अम्बिकाप्रसादको इतिहास जोडिएको कुरा भनी यो लेख टुङ्ग्याइन्छ । त्यस ताका पार्टीहरूले जस्तो पर्चाबाजी गर्थे त्यस्तै पर्चा विद्याको विषयमा पनि त्यस दिन छापिएको थियो । काठमाडौँका मल्ल राजाहरूको वंशक्रममा छोरा बाबु र बाबु छोरा भएर फैलिरहेको भ्रम हटाउन त्यस दिन आठ पृष्ठको त्यो पर्चा (इतिहास–संशोधन) निकालिएको थियो ।  

त्यही पहिलो इतिहास–संशोधनमा अम्बिकाप्रसादले वंशावलीको आधारमा 'ई राजा रत्नमल्लका पछि राजकुमार अमरमल्ल काठमाण्डुका राजा भए । ...इनका शेष पछि सूर्य्यमल्ल काठमाण्डुका राजा भए' (१९८६; २००४ : ३९) भनी लेखेको कुराको पनि सप्रमाण खण्डन गरिएको थियो । यो समेत वि.सं. २००९ देखि २०२५ भित्र निस्किएका सानाठूला ६८ ओटा त्यस्ता इतिहास–संशोधन मध्ये नौ ओटामा अम्बिकाप्रसादको नेपालको इतिहासमा परेका अशुद्धिको सप्रमाण खण्डन गरिएको छ (आ.दी., अधिकारी र अधिकारी २००९; पौडेल, वज्राचार्य र नेपाल २०१०क; सुवेदी र अरू २०११; सत्याल र कुइँकेल २०११क, २०११ख; पोख्रेल, पाण्डे र नेपाल २०११; शर्मा र अरू २०११, २०१२; सुवेदी र पन्त २०११) । 

सो पुस्तकमा परेका अरू केही अशुद्धिको निराकरण दिनेशराज पन्तको गोरखाको इतिहास (दिनेशराज पन्त २०४१) र सूर्यमणि अधिकारीको तनहूँको इतिहास (अधिकारी २०४५) मा गरिएको छ ।
 

पाद टिप्पणी:

१. अम्बिकाप्रसादका जेठाबाबु देवीप्रसाद मात्र उपन्यासकार नभई अम्बिकाप्रसादकी पत्नी अम्बालिकादेवी पनि नेपालकी पहिली उपन्यासकर्त्री हुन् । उनीले लेखेको राजपूत रमणी उपन्यास वि.सं. १९८९ मा छापिएको थियो ।

२. यी दुई संस्करणमा वर्णविन्यास र पदयोग–वियोगमा कहीँ कहीँ फरक छ, यहाँ १९८६ को संस्करणअनुसार पाठ दिइएको छ ।

३. त्यो पर्चा नाउँ नसुनिएका तीन जना—केशवमणि आ.दी., महेन्द्रनाथ अधिकारी र सुरेन्द्रनाथ अधिकारी—को नाउँमा निकालिएको थियो । ती तीनै जना नयराज पन्तले चलाएको शिक्षाप्रणालीअनुसार चलिरहेको पाठशालाका विद्यार्थी थिए । 

(महेशराज पन्तको  ‘नेपाली इतिहासको परिवेशः केही ऐतिहासिक र मसीजीवी’ पुस्तकबाट)

 




प्रतिक्रिया


  1. image fragen Sie nach den Preisen von diltiazem in den Niederlanden

    It's hard to come by knowledgeable people on this topic, however, you sound like you know what you're talking about! Thanks

    This is really interesting, You're an excessively skilled blogger. I have joined your rss feed and look ahead to in quest of extra of your great post. Additionally, I've shared your website in my social networks

    image Bestel fml forte online en ontvang het snel en discreet

    This is really interesting, You are a very skilled blogger. I've joined your feed and look forward to seeking more of your great post. Also, I've shared your site in my social networks!

    Good day! This is kind of off topic but I need some advice from an established blog. Is it hard to set up your own blog? I'm not very techincal but I can figure things out pretty fast. I'm thinking about setting up my own but I'm not sure where to begin. Do you have any tips or suggestions? Cheers

    An impressive share! I have just forwarded this onto a colleague who was doing a little research on this. And he in fact bought me lunch because I found it for him... lol. So allow me to reword this.... Thank YOU for the meal!! But yeah, thanx for spending some time to discuss this topic here on your website.

    image Prince Harrys tell-all memoir and Omid Scobies bombshell

    Very shortly this web site will be famous amid all blogging and site-building users, due to it's fastidious posts

    Woah! I'm really digging the template/theme of this blog. It's simple, yet effective. A lot of times it's very difficult to get that "perfect balance" between usability and visual appeal. I must say you have done a awesome job with this. Additionally, the blog loads very quick for me on Internet explorer. Exceptional Blog!

    Hello there, You have done an incredible job. I will certainly digg it and personally suggest to my friends. I am sure they will be benefited from this website.

    Вечер с владимиром соловьевым бесплатно последний выпуск. Смотреть вечер с владимиром соловьевым все выпуски. Вечер с владимиром соловьевым последний выпуск смотреть онлайн бесплатно без рекламы сегодня. Смотреть вечер с владимиром соловьевым последний выпуск сегодня онлайн. Смотреть вечер с соловьевым последний выпуск сегодня онлайн бесплатно.

    image Консультация психолога онлайн. Психолог переписка.

    Здоровье как. Единство психологических процессов состояний и свойств личности. Чем отличается восприятие от ощущения. Почему нам нравится определенный человек. Делает синоним. Что значит тем не менее. Ощущения отражающие движение тела называются. Человек это объект изучения.

    Hello! Do you know if they make any plugins to help with Search Engine Optimization? I'm trying to get my blog to rank for some targeted keywords but I'm not seeing very good results. If you know of any please share. Thanks!

    Attractive element of content. I just stumbled upon your website and in accession capital to assert that I get actually loved account your blog posts. Anyway I'll be subscribing in your feeds and even I success you get admission to consistently fast.

    Как добавить фото на. Тест на предпочтение лиц. Психология появилась. Психология в новое время. Тест на черную триаду и светлую. Определение идентичности. Первая ночь для дракона читать онлайн бесплатно полностью в хорошем качестве. Тест по обществознанию 8 класс как стать личностью онлайн.

    Любая форма передачи информации называется. Sakinrova net. Определение восприятия в психологии. Иррациональные мысли это. Зеленый синий красный ответ. Особенности человека. Происхождение сознания в психологии. Структура психических явлений изучаемых психологией.

    Как описать себя как личность примеры. Синий цвет во сне значение. Человек воспринимает из окружающего мира с помощью органов чувств их. Тест ру официальный сайт. Средство общения мышления познания. Скачать песню в мире нашем как всегда полно хаоса и зла. Зависимость восприятия от содержания психической жизни человека от особенностей его личности. Как восстановить психическое состояние.

    Термином личность психологии принято обозначать. Определить свой социотип тест онлайн. Человек описание. Логотипы психологов. Треугольник на шее у мусульман. Понятия в психологии. Фильм воспоминание смотреть онлайн. Восприятие действительности.

    image kan je glimepiride krijgen zonder medisch voorschrift

    Hey there! I know this is kind of off topic but I was wondering if you knew where I could locate a captcha plugin for my comment form? I'm using the same blog platform as yours and I'm having problems finding one? Thanks a lot!

    image Chilling moment Gracie Spinks killer loads his car with

    I think this is one of the most important info for me. And i'm glad reading your article. But wanna remark on some general things, The site style is perfect, the articles is really great : D. Good job, cheers