पछिल्लो समय कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर सरकार टिकाउने सन्दर्भमा नेकपा एमाले भित्र जस्तो अभ्यास भएको छ । यो अरु प्रदेश र केन्द्रमा पनि सर्ने संकेत देखिएको छ । एमाले र माओवादी विचको एकता र फुटसम्म आई पुग्दा वामपन्थीहरुले मुलुक र जनतालाई केही दिने भन्दा पनि राजनीतिलाई विकृत वनाउने तथा जनतालाई निरास बनाएर प्रतिगमनलाई वल पु¥याउने काम गरिरहेका छन् ।
पूर्ण बहुमतको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले पार्टीको चुनावी घोषणा पत्रअनुसार कुनै पनि काम गर्नसक्ने संकेत छैन । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लगाएर सत्तामा पुगेको नेकपाले जनसाधारणलाई निराशाबाहेक केही दिन सकेन ।
पछिल्लो समय कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर सरकार टिकाउने सन्दर्भमा नेकपा एमाले भित्र जस्तो अभ्यास भएको छ । यो अरु प्रदेश र केन्द्रमा पनि सर्ने संकेत देखिएको छ । एमाले र माओवादी विचको एकता र फुटसम्म आई पुग्दा वामपन्थीहरुले मुलुक र जनतालाई केही दिने भन्दा पनि राजनीतिलाई विकृत वनाउने तथा जनतालाई निरास बनाएर प्रतिगमनलाई वल पु¥याउने काम गरिरहेका छन् ।
विसं २००७ साल यता छ महिना वर्ष दिनमा सरकार फेरिएकाले विकास हुनसकेन भन्ने बुझाइ व्यापक थियो । नेकपाले राजनीतिक स्थायित्वको नारा घन्कायो । राष्ट्रियताको रक्षा केपी ओलीबाहेक अरू कसैले गर्न सक्दैन भन्ने छाप जनतामा परेको थियो । जनताले नेकपालाई अपार बहुमत दिए पनि । त्यो जनमतभित्र राष्ट्रियताको रक्षा, तीव्र विकास निर्माण र समृद्धिको अपेक्षा अनि भ्रष्टाचार मुक्त शासनको सपना लुकेको थियो ।
चुनावको परिणाम सार्वजनिक भएर नयाँ सरकार गठन हुँदा नहुँदै तत्कालीन नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आधाआधा कार्यकाल सत्ता चलाउने ‘गोप्य सहमति’ भएको ‘सार्वजनिक’ भयो । त्यो घटना नेकपालाई अपार बहुमत दिने जनताका लागि पहिलो गा“समा ढुंगा सरह बन्न पुग्यो । सरकारले साढे दुई वर्ष पूरा गरेपछि नेकपाका अर्का अध्यक्ष दाहालले सहमति कार्यान्वयनका लागि पार्टीमा दबाब बढाए । ओलीले कार्यकारी अध्यक्ष दिने सर्तमा सरकारको आयु लम्याए । सरकार चुनावताका जनतासँग गरेका वाचा पूरा गर्नुको साटो सत्ता जोगाउन पार्टीभित्रको विवाद समाधानमै केन्द्रित भयो ।
लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई सत्ता जोगाउने वा पाउने स्वार्थका लागि तिलाञ्जलि दिइयो । यस्तै अलमलमा यति बेलासम्म आइपुग्दा नेकपा र यसको सरकारको भविष्य अनिश्चित देखिन पुगेको छ ।
केन्द्रदेखि गाउँ तहसम्म पार्टी विभाजनको रेखा कोरिएको छ । नेकपाको किचलो र सरकारको अकर्मण्यताले जनतामा चरम निराशा बढाएकोमात्र होइन, गणतन्त्र र संघीय व्यवस्थामाथि नै प्रश्न उठन थालेका छन् । जनमतको कदर गर्दै अघि बढेको भए नेकपा सरकारको प्राथमिकता यति बेला के हुनुपर्ने थियो त ?
एकपटक नेकपाले चुनावी घोषणापत्रमार्फत बाँडेका सपनातर्फ जाऊँ । चुनाव नेपालको संविधान सभाले आफ्नो सुझावविपरीत संविधान जारी गरका भन्दै भारतले नाकाबन्दी लगाएर दुःख दिएको पृष्ठभूमिमा भएको थियो । र, नेकपा (एमाले)का अध्यक्ष वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चमा भारतको चर्को विरोध गर्दै एक नम्बरको ‘राष्ट्रवादी’ नेताको छवि बनाएका थिए ।
राजनीतिक अधिकारका लागि संघर्ष गर्ने युगको अन्त्य भएको भन्दै ओलीले समृद्धि र विकासको सवाललाई सशक्तरुपमा अघि सारे । देशको क्षमता हेर्दा असम्भव लाग्ने अति महत्त्वाकांक्षी योजना आफू सत्तामा पुगेपछि पूरा गर्ने आश्वासन बाँडे । आन्तरिक प्रशिक्षणमा नेकपाको सरकार बन्नासाथ चीनले सबै काम गरिदिन्छ भन्ने तहमा कार्यकर्तालाई प्रशिक्षित गरियो ।
नेकपाको घोषणापत्रका केही योजना हेरौँ :
घोषणा पत्रका अंश
१. पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्ति पुर्याउने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर पुर्याउने ।
२. विसं २०९९ सालसम्म जनतालाई गरिबीबाट मुक्त गर्ने ।
३. दस वर्षभित्र २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने ।
४. पाँच वर्षमा पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गर्ने । यसै अवधिमा रसुवागढी–काठमाडाैं–पोखरा — लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गर्ने । पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिको रेल सञ्चालन गर्ने । काठमाडौं र वीरगञ्जलाई जोड्ने रेलमार्ग निर्माणको काम अघि बढाउने । काठमाडौंलगायत अन्य मुख्य सहरहरूमा सम्भाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने ।
५. पाँच वर्षमा सबै उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र र सडकमा चौबीसै घन्टा पर्याप्त विद्युत् उपलब्ध गराउने ।
६. दस वर्षमा जल, जैविक, सौर्य, वायु, फोहर प्रशोधन र अन्य वैकल्पिक माध्यमबाट १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने ।
७. दस वर्षमा सम्पन्न हुनेगरी कर्णाली चिसापानी, बूढीगण्डकी, पश्चिम सेती, नलसिंह गाड, उत्तर गंगा, नौमुरे, माथिल्लो झिम्रुक, सुनकोसी–१, सुनकोसी–२, तमोर, तामाकोसी–३ लगायत परियोजनाहरूको कार्यान्वयन तीव्र गतिमा अगाडि बढाउने ।
८. काठमाडौं–तराई द्रुतमार्ग चार वर्षभित्र निर्माण गर्ने । पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र ६ लेनमा स्तरोन्नति गर्ने ।
९. दस वर्षभित्र १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने ।
१०. पाँच वर्षभित्र सम्पूर्ण नागरिकहरूलाई शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खेलकुद, मनोरञ्जन, पर्याप्त स्वच्छ पिउने पानीको सुनिश्चितता हुने गरी आवश्यक पूर्वाधार बनाउने ।
यी त घोषणा पत्रमा समावेश गरिएका केही नमुना कार्यक्रम मात्र हुन् । यसरी प्रचार भयो मानौ नेकपाको सरकार बन्नासाथ जादूको छडी प्रयोग गरेर उसले नेपाललाई विश्वका विकसित मुलुकको दाँजोमा पुर्याउने छ र गरिब दुःखीका दिन आउनेछन् ।
घोषणा पत्रका केही नारा
१. इतिहास साक्षी छ, भ्रष्टाचारको अन्त्य र सुशासन
कायम गर्ने काम कम्युनिस्ट तथा वामपन्थीहरूको
नेतृत्वमा मात्र सम्भव छ ।
२. गाउँदेखि केन्द्रसम्म वामपन्थी सरकार
सबल र समृद्ध राष्ट्र निर्माणको आधार
३. स्वाधीनता, समृद्धि र समाजवादको आधार
सबै तहमा वामपन्थीहरूको जनपक्षीय सरकार
ओलीले चुनावी सभामा घरघरमा ग्यासको पाइप जोडिदिने, रेल र पानी जहाज चलाउने आशा बाँडे । भारतीय नाकाबन्दीपछि ओलीले बनाएको राष्ट्रवादी छवि, अनि समृद्धि र विकासका पक्षमा कम्युनिस्ट गठबन्धनले दिएको नारालाई जनताले अनुमोदन गरे । गाउँदेखि केन्द्रसम्म नेकपाको प्रचण्ड बहुमतको सरकार बन्यो ।
सत्तारुढ भएकै दिनदेखि ओली पार्टीभित्र र बाहिरका विरोधीलाई तह लगाएर आफू सर्व शक्तिमान बन्ने रणनीतिमा केन्द्रित हुन थाले । आफ्नै पार्टीभित्रका विरोधीको मनोबल गिराउन लागी परे । संसदीय व्यवस्थामा प्रधानमन्त्री बनेका ओलीले आफू दिग्विजयी भएको ठानेर विपक्षीको अस्तित्व स्वीकार गरेनन् । संविधान र कानुन उपहास गर्न थाले । आफ्नो विरोध गर्नेहरुविरुद्ध अरिङगाल भएर जाई लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
प्रतिगमनलाई बल
१. कोरोना महामारीका बेला अविभावकीय भूमिका पूरा गनबाट सरकार च्युत भयो । बरु औषधि र मेडिकल उपकरण खरिदमा भएको भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप ओलीमाथि लाग्यो । भ्रष्टाचारको त्यत्रो घटना हुदा समेत सरकारले निष्पक्ष छानबिन गर्नेतर्फ ध्यान दिएन । वरु प्रधानमन्त्री ओली आफैँ अरोपितलाई सफाइ दिनेगरी बोल्न थाले ।
२. पार्टीको आन्तरिक विवादमा सिंगो मुलुकलाई अल्झाएर जनतालाई निराश बनाउने काम प्रधानमन्त्रीबाट भयो । त्यति मात्र होइन, पार्टी फुटाउन रातारात राष्ट्रपतिलाई समेत प्रयोग गरेर अध्यादेश जारी गरियो र सांसदको अपहरण भयो ।
३. सभामुख र उपसभामुख फरक फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि त्यसको पालना भएन ।
४. चुनाव हारेका वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्ने बहसमा लामो समय देशलाई अल्झाउने काम भयो । संविधान र लोकतान्त्रिक मूल्य मान्यताविपरीत चुनाव हारेका गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरियो ।
५. लिपुलेक, लिम्पियाधुरा, कालापानीको नेपाली भूभाग समेटिएको नेपालको नक्सा प्रधानमन्त्रीको हस्तक्षेपमा पाठ्य पुस्तकमा प्रकाशन गर्न रोक लगाइयो ।
६. अख्यितार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा आफ्ना मानिस नियुक्त गरी विरोधीलाई तह लगाउने अस्त्रका रुपमा प्रयोग गर्न खोजियो ।
७. सेक्युरिटी प्रेस, ओम्नी, यती, वाइडबडी खरिदलगायतका भ्रष्टाचार प्रकरणमा छानबिन गर्न प्रधानमन्त्री तहबाट पहल भएन । बरु ती घटनामा संलग्न आफू निकटलाई प्रधानमन्त्री आफैँले संरक्षण गरेको भन्ने ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा समेत उल्लेख हुने अवस्था उत्पन्न भयो ।
८. संघीयता कमजोर बनाउन प्रधानमन्त्री ओली आफैँले भूमिका खेलको आरोप लाग्यो ।
९. आफ्नो गुटको हितका लागि राष्ट्रपतिलाई दुरुपयोग गरेको देखियो ।
१०. प्रधानमन्त्रीको व्यवहारले प्रतिगगमनलाई बल पुगेको छ ।
प्रधानमन्त्री ओलीका यी र यस्ता व्यवहारले जनतामात्र होइन, नेकपा समर्थकहरुलाई समेत आजित बनाएको छ । आफूलाई कम्युनिस्ट भएकोमा गर्व गर्नेहरुसमेत निराश छन् ।
गत वर्ष सहिद गंगालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालका कान्छा भाइ विजयलाल श्रेष्ठसँग लामो कुराकानीका क्रममा मैले सोधेको थिएँ — तपाईँका एक जना दाजु गंगालाल श्रेष्ठ नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा लागेका कारण राणाकालमा (विसं १९९७) सहिद हुनुभयो । अर्का दाजु पुष्पलालले कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो । इतिहासमै पहिलोपटक देशमा कम्युनिस्टहरुको करिब दुई तिहाइ बहुमतको सरकार बनेको छ । तपाइँलाई कस्तो लागेको छ ?
जवाफमा श्रेष्ठले भनेका थिए — के भन्ने भाइ ? आज कांग्रेस कम्युनिस्टमा के फरक छ र ? दुवैमा गुन्डाको प्रभुत्व छ । आजका कम्युनिस्ट नेताहरुले अँगालेको नीति पुष्पलालको सिद्धान्तसँग मेल खाँदैन । म यसलाई समर्थन गर्न सक्दिन । ‘कम्युनिज्म’ फेल भैसक्यो । नारा जनताको, काम लुटेराकोजस्तो छ । पद र पैसाबाहेक केही नखोज्ने । यी लुटेरा हुन् यीनलाई म नेता मान्न सक्दिन । राजनीतिमा नैतिकता, इमान्दारी हराएर गयो । खराब चालकको हातमा गाडीको स्टेरिङ दियो भने दुर्घटना भएजस्तै अहिलेको राजनीति दुर्घटना उन्मुख छ । कति बेला दुर्घटना हुने हो भनेर कुरेर बवस्नुबाहेक अर्को विकल्प मसँग छैन ।
महाराजगन्ज स्थित निवासमा २०७६ जेठमा विजयलालसँग भएको कुराकानीको भिडियो आज हेर्दा लाग्छ एक वर्षपछिको दृश्य उनले त्यति बेलै देखिसकेका रहेछन् । विजयलालले त्यति बेला जे भनेका थिए नेकपा अहिले त्यहीँ पुगेको छ ।
सरकार, नेकपा र उसका नेताहरुको व्यवहारले सबैभन्दा बढी पीडा ‘सर्वहाराको हितका लागि कम्युनिस्ट’ बन्नेहरुलाई दिएको हुनुपर्छ । कुनै समय आफू कम्युनिस्ट भएकोमा गर्व गर्ने मेरा मित्र राजु तिमिल्सेनाले हालैमात्र फेसबुकमा पोस्ट गरे — आजकै मितिदेखि नेकपासँगको सबै सम्बन्ध आफैँले खारेज गरेको छु । राजुजस्ता कार्यकर्ता निराश हुँदा कम्युनिस्टहरुको बदनाम त भएको छ नै यस घटनाले देशमा भएको राजनीतिक परिवर्तनको उपहास पनि भएको छ । साथै, मुलुकलाई प्रतिगमनको बाटामा लैजान चाहनेहरुलाई समेत मलजल गरिरहेको छ ।
यही प्रसङ्गमा २०६२ –०६३ ताकाको एउटा घटना सम्झना भयो । जनआन्दोलन सफल भएलगत्तै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद सिटौलालाई गृहमन्त्री बनाएका थिए । त्यो बेला सिटौलालाई त्यो जिम्मेवारी दिएको धेरै वरिष्ठ कांग्रेसी नेतालाई समेत चित्त बुझेको थिएन । कोइरालाले आफूसँग भनेको कुरा सिटौलाले लेखकलाई सुनाएका थिए — गृहमन्त्री बनाएपछि गिरिजाबाबुले मलाई भन्नु भएको थियो ‘हेर्नुस् सिटौलाजी मैले तपाईँलाई शक्तिशाली मन्त्री बनाएको छु । तर, विचार गर्नु होला तपाइँले जति कम शक्ति प्रयोग गर्नु हुन्छ त्यति नै सफल हुनुहुनेछ ।
ओलीले यो सिद्धान्तलाई स्वीकार गरेर अघि बढेको भए अहिलेको अवस्था आउने थिएन कि ? सर्वशक्तिवान हुने उनको चरम महत्त्वाकांक्षाले तानाशाहीलाई मलजल गर्नेबाहेक जनतासँग गरेका अधिकांश वाचा आश्वासनमै सीमित रहने निश्चित भएको छ ।
онлайн заработки тестирование практика для студентов медиков ночная подработка бармен сайты где можно заработать без вложений и обмана оплата каждый день
заработать деньги играя в игры без вложений подработка для пенсионеров череповец спб ночная подработка студент человек который пишет тексты для песен
dove trovare i farmaci in Svizzera Biogaran Uithoorn Bestel medicijnen veilig online
бай болатын дұға, үйге береке шақыратын дұға сарыагаш - алматы поезд, поезд 322 сарыагаш - алматы ак-74 будова, ттх ак-74 українською актив центр номер атырау, кселл центр атырау контрактный телефон
еңбек нарығы монолог, қазақстандағы еңбек нарығы неліктен ғарыш денелері шар тәрізді болады, жер және ғарыш туралы мәлімет жануар аурулары, жануарлардың жұқпалы емес аурулары динамики 4 6 дюйма, колонки в машину астана
мемлекеттің ақша несие саясаты, ақша несие саясаты презентация weber алматы, газовый гриль weber алматы aro so seni текст перевод, aro s.o. seni текст скачать сулпак кухонный комбайн, кухонный комбайн bosch
When I initially commented I appear to have clicked on the -Notify me when new comments are added- checkbox and from now on every time a comment is added I get 4 emails with the same comment. Perhaps there is a means you are able to remove me from that service? Thanks!
құран кітап бағасы шымкент, қазына кітап дүкені шымкент хеликс результаты по номеру заказа, хеликс ялта погода в кокшетау на завтра, погода на завтра правила пользования кондиционером в квартире, как правильно пользоваться кондиционером для волос
Hello, I enjoy reading all of your post. I wanted to write a little comment to support you.
миллион денег как называется, nft картинки цены ата аналар жиналысының жоспары 1 сынып, 1 сынып ата аналармен танысу тусинде кару корсе не болады, түсінде мылтық көрсе не болады абайдың 32 ші қара сөзі эссе, абайдың 32 қара сөзі идеясы
I'm not sure why but this site is loading incredibly slow for me. Is anyone else having this problem or is it a issue on my end? I'll check back later and see if the problem still exists.
effettua un ordine online per farmaci Marel Benelux Rome acheter médicaments en ligne