जमिन्दारका छोरा जसलाई आफ्नै पिताले थुनाए

बिदामा सर्लाही आउँदा जोशीले साथमा एउटा बेडिङ ल्याएका थिए । उनले लेखकलाई सुनाए— तकियाभित्र पार्टीको झन्डा र पर्चा हालेर सिलाएको थिएँ । नेपाल–भारत सीमामा सामान जाँच गर्ने सिपाहीले बेड खोल्यो, तकियाचाहिं खोलेन । ती पर्चामा लेखिएको थियो राणाहरू हो अब तिमीहरूको एक तान्त्रिक शासन समाप्त हुनेवाला छ ।

युद्ध सकियो तर तपाईं र म बाँकी रहिरह्यौं । मौका आयो सबैले गच्छेअनुसारको फाइदा लुटे तर मैले केही मागिनँ । जेठो छोरो माननीय त भयो, मन्त्री हुन पाएको छैन । धेरै मुस्किलले जेठी बुहारीलाई प्रदेश सांसद बनाएँ । ऊ पनि खै मन्त्री भएकै छैन ।
कान्छोलाई झन् ठूलो समस्या छ । ऊ राजदूतसम्म त भयो तर कान्छी बुहारीको समस्याले ऊ साह्रै चिन्तामा छ । पार्टीले पुरानालाई थुनाएर भए पनि एउटा संस्थानको निर्देशक त बनायो तर त्यो निर्देशक पदबाट आउने लाख–डेढ लाखले बुहारीको मेकअप सामान किन्न पनि कन्जुस्याइँ गर्नुपर्ने अवस्था छ । त्योभन्दा अझै विकराल समस्या त के भने मेरो नातिनी जन्मेको छ महिना भैसक्यो । तर अहिलेसम्म न कुनै राजनीतिक नियुक्ति पाएकी छ न सरकारी सेवा सुविधा नै । तेत्रो युद्ध लडेको नाताले मेरो नातिनीलाई भोलिदेखि नै राज्यले विशेष भत्ताबापत कम्तीमा एक लाख पाउने व्यवस्था गरिदेओस् ।
थापाको सामाजिक सञ्जाल   भेटिएको यो स्टाटसले मन छोयो । नेपाली राजनीतिको दुर्बल पक्ष यही हो कि २००७ सालयता पटक–पटक व्यवस्था बदलिए तर नेतृत्वको आचरण र संस्कार भने फेरिएन । हामीले धेरै व्यवस्था बदल्न सक्यौं । रीति फेरियो, थिति फेरिए ।

राजनीतिक शक्तिको आडमा आफू र आफ्ना दरसन्तानका लागि सम्पत्ति थुपार्ने प्रवृत्ति संस्कारकै रूपमा विकसित भयो । राजनीतिको लक्ष्य सेवा–भावका नै हो भन्ने कुरा नयाँ पुस्ताका लागि एकदेशको कथाजस्तै भैसकेको छ । तर राजनीतिलाई कमाउने भाँडो नबनाएर आफ्नो सारा सम्पत्ति सक्ने अनि सादगी जीवनयापन गर्ने नेता हुन्छन् पनि भन्ने सन्देश दिनका पनि गान्धीवादी नेता रामहरि जोशीको बारेमा लेख्न मन लाग्यो ।

विसं १९८२ साल मंसिर २ गते सर्लाही, मलंगवाको सम्पन्न जमिनदार परिवारमा जन्मिएका जोशीले सात दशकसम्म (राणाकालदेखि गणतन्त्र स्थापनासम्म) जनताको मुक्तिका लागि निष्ठा र आदर्शको राजनीति गरे । हाल मलंगवा नगरपालिका रहेको अधिकांश जमिन त्यो समय उनका पिता–पुर्खाको जमिनदारी थियो । राजनीतिमा लागेर जोशीले पैत्रिक सम्पत्ति सके । प्रजातन्त्र बहालीपछि पटक–पटक सांसद र मन्त्री (शिक्षा, पर्यटन) भएका उनले काठमाडौंमा घर सम्पत्ति जोडेनन् । बाँचुन्जेल आफन्तको आश्रयमा साधारण जीवनयापन गरे । गान्धी र बीपीको आदर्शवाट प्रभावित जोशीले सिद्धान्तबमोजिमको जीवनयापन गरे । निष्ठा र आदर्शका लागि कसैसँग सम्झौता गरेनन् । निष्कलंक छवि छोडेर २०७४ असार २९ गते संसारबाटै बिदा भए ।
जसलाई आफ्नै पिताले थुनाए
साढे सात दशकअघिको कुरा हो । नेपालमा राणाशाहीको जगजगी थियो । जनताका छोराछोरीलाई पढ्न–लेख्न दिनु भनेको शासक वर्गका लागि आफ्नो खुट्टामा आफैं बन्चरो हान्नुसरह थियो । धनीमानीहरू आफ्ना सन्तानलाई भारतका विभिन्न सहरमा पढ्न पठाउँथे । राजा महाराजाको आदेश नै कानुनसरह थियो । शासकलाई साक्षात विष्णुको अवतार मानिन्थ्यो । उनीहरूका पाइला परेको जमिनबाट माटो उठाएर टीका लगाउँदा जीवनभर गरेको पापमोचन हुन्छ भन्ने बुझाइ आम नेपालीमा थियो ।

सर्लाहीको नामी जमिनदार परिवारमा जन्मिएकै कारण रामहरिले कलकत्ताबाट उच्च शिक्षा पढ्ने अवसर पाए । दोस्रो विश्वयुद्धपछि अंग्रेजले भारत छोड्ने करिब–करिब निश्चित भैसकेको थियो । गान्धीको नेतृत्वमा जारी भारत छोडो आन्दोलन उत्कर्षमा थियो । यता बेलायती शासकको आशीर्वादमा टिकेको राणाशासन ढाल्ने उपयुक्त समय आइसकेको मूल्याङ्कन गर्दै बीपी कोइरालाको आह्वानमा नेपाली राष्ट्रिय कांग्रेस गठनको तयारी तीव्र बनाइएको थियो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मीलगायत भारतमा रहेका युवाले यो अभियानमा साथ दिएका थिए ।

२०७० सालमा एक दिन जोशीले लेखकलाई सुनाएका थिए—नेपाली राष्ट्रिय कांग्रेस गठनका लागि कलकत्तामा जम्मा भएका दुई सय प्रतिनिधिमध्ये म पनि एक थिएँ । हिन्दु–मुस्लिम दंगा उत्कर्षमा थियो । कर्फ्युका बीच मानिसहरूको भागदौड मच्चियो । बडो मुस्किलले अधिवेशनस्थल पुग्यौं ।

जोशीले सुनाए, ‘त्यसअघि कहिल्यै नदेखेको एक कालो–कालो पुड्के मानिसले म नजिकै आएर सोध्यो— तपाईं विद्यार्थी हो ? मैले भनें हो । बीएस्सीको जाँच दिने तयारीमा छु । तर दंगाका कारण जाँच सरेको सर्‍यै छ ।’ ती मानिसले भने, ‘तपाईं विद्यार्थीहरूको धेरै काम छ अब ।’ जोशीले मनमनै ठाने के धेरै काम होला र ? कर्फ्यु लागेर दस–पन्ध्र जना एक ठाउँमा भेला हुन त दिइएको छैन । के भन्या होला यसले ? जोशीलाई प्रश्न गर्ने तिनै काला पुड्के मानिस थिए, गणेशमान सिंह ।

२००३ साल माघ १२ र १३ गतेका दिन, कलकत्ताको भवानीपुरस्थित खाल्सा हाइस्कुलमा भएको सम्मेलनमा बीपीले दमदार भाषण दिएको स्मरण गर्दै जोशीले लेखकलाई सुनाएका थिए— त्यस दिन बीपीले भन्नुभएको थियो— नेपालमा सय वर्षभन्दा लामो समयदेखि राणा र उनीहरूका सन्तानले चलाएको निरंकुश शासनको अब अन्त्य हुनेवाला छ ।
तपाईं विद्यार्थीहरूको काम अहिले पढ्ने हो । नेपालमा छिट्टै प्रजातन्त्र आउँदै छ । त्यसपछि हामीलाई पढे–लेखेका युवाहरूको एकदमै आवश्यकता पर्नेछ । त्यसैले तपाईंहरू अहिले राम्रोसँग पढ्नुहोला । दसैं, तिहार वा अरू बिदामा घर जाँदा गाउँघरका मानिसलाई प्रजातन्त्रको अर्थ बुझाउनुहोला र त्यहाँ प्रजातन्त्रको ज्योति बाल्ने काम गर्नुहोला ।

सम्मेलनलगत्तै गणेशमान सिंहको हातबाट जोशीले राष्ट्रिय कांग्रेसको चवन्नी सदस्यता लिए । राणाको जेल तोडेर कलकत्ता पुगेका गणेशमान चर्चाको शिखरमा थिए । राणाको चारदिवारबाट उनी चरा बनेर भागे भन्ने किंवदन्ती चलेको थियो ।

बिदामा सर्लाही आउँदा जोशीले साथमा एउटा बेडिङ ल्याएका थिए । उनले लेखकलाई सुनाए— तकियाभित्र पार्टीको झन्डा र पर्चा हालेर सिलाएको थिएँ । नेपाल–भारत सीमामा सामान जाँच गर्ने सिपाहीले बेड खोल्यो, तकियाचाहिं खोलेन ।

ती पर्चामा लेखिएको थियो राणाहरू हो अब तिमीहरूको एक तान्त्रिक शासन समाप्त हुनेवाला छ । तिम्राविरुद्धमा जनता उठिसके । श्री ५ महाराजाधिराजको अधिनायकत्वमा नेपालमा प्रजातान्त्रिक सरकार गठन गर्ने हाम्रो उद्देश्य हो ।
आफ्नो गाउँका मानिस जम्मा गरेर जोशीले पर्चा मात्र बाँडेनन्, राणाविरोधी भाषणसमेत गरे । त्योबेला राणाको विरोधमा बोल्दा जिब्रो झिकिदिने कुरा त सामान्य थियो, ज्यान सजाय नै हुन सक्थ्यो ।
त्यो दिनको घटना सुनाउँदै जोशीले भनेका थिए— मैले गीतामा कृष्णले अर्जुनलाई भनेकै श्लोक गाउँलेलाई सुनाएको थिएँ । यो राणाशासन छिट्टै जानेवाला छ । हेर तिमी हार्‍यौ भने यो धर्मको लडाइँ हो, स्वर्गमा जान्छौ । जित्यौ भने भोग्छौ । यति के बोलेको थिएँ । जिल्लाभर हल्ला भैहाल्यो । बडाहाकिम रिसाएर चुर । अनि पिताजी (तीर्थलाल जोशी) आफैंले मलाई राणाको हवाला गर्दै जेल पठाइदिनुभयो ।
जेलको पहिलो अनुभव लिएर केही समयपछि जोशी पढ्न फेरि कलकत्तातिर लागे । त्योबेलासम्म नेपाली राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसबीच एकीकरण भई नेपाली कांग्रेस बनिसकेको थियो । क्रान्तिको तयारी तीव्र बनाइएको थियो । राणाविरुद्ध लड्न बनाइएको मुक्ति सेनालाई तालिम दिने काम धमाधम हुँदै थियो भने भारतका विभिन्न स्थान र बर्माबाट समेत ल्याइएका हातहतियार नेपाल–भारत सीमा क्षेत्रमा पुगिसकेका थिए ।

जहाजबाट पर्चा
प्रधानमन्त्री मोहनशमशेरसँग वनभोज र सिकार खेल्न जाने अनुमति लिएर २००७ साल कात्तिक २१ गते सिकारी पोसाकमा आफैं मोटर चलाएर दरबार बाहिरिएका राजा त्रिभुवनले सपरिवार भारतीय दूतावासमा शरण लिए । त्यही दिन राति नेपाली कांग्रेसका क्रान्तिकारीहरूले हवाइजहाजबाट देशभर राणाविरुद्ध पर्चाबाजी गरिदिए ।
जहाजमा बसेर पर्चा खसाउने जिम्मेवारी पाउनेमध्येका एक थिए जोशी । त्यो क्षण स्मरण गर्दै जोशीले लेखकलाई सुनाएका थिए— हिमालयन एयरवेज भन्ने सानो जहाज थियो । पाइलट पनि क्रान्तिमा गोली लागेको पोल्यान्डको नागरिक । हामी पटनामा छौं । जनता दैनिकका सम्पादकले भने । तपाईं पर्चा बनाउनस् । जनता दैनिक त्यही पत्रिका हो जसमा शहादत हुनुअघि दशरथ चन्दका लेख नियमित छापिन्थे, छद्म नाममा । जुद्धशमशेरले भारत सरकारलाई भनेर त्यो पत्रिका जफत गराएका थिए । मलाई लाग्यो । यो त मेरा लागि ठूलो अवसर र सम्मान पनि हो । एक्लै चार पेजको क्रान्ति आह्वान लेखे । त्यसमा बीपी, सुवर्ण, गणेशमानलगायत सबै नेताका बारेमा लेखे । नेताहरूलाई देखाएर पछि पर्चाले अन्तिम रूप पायो र पर्चा छापियो । त्यही पर्चा जहाजबाट बन्डलका बन्डल छरिएको हो ।
जोशीले सुनाए— सत्यनारायणबहादुर श्रेष्ठ (नेपाल पत्रकार संघका अध्यक्ष), म, प्रेमभक्तमान सिंह (सुवर्णको मान्छे) जहाजमा छौं । बन्डलका बन्डल कागज छ । नक्सा राखेको छ । पाइलट कराएर भन्छ— फलानो ठाउँ आयो । हामी त्यही आधारमा पर्चा खसाल्छौं । सबैभन्दा बढी विराटनगरमा खसायौं । सडक रातै देखिन्थ्यो । पर्चाले एकदमै काम गर्‍यो । राणाहरू यति डराएका थिए कि थुनेका मानिसहरूलाई छोडेर सेनाका अधिकारीहरू नै भन्न थाले— ल हजुर तपाईं जेलमा बस्नु पर्दैन जानुस् । हाम्रो पनि ज्यान बचाइदिनुस् । सरकारी सेनाको एक कप्तानले ब्यारेकबाहिर निस्केर आफ्ना सिपाहीलाई भनेछ । ल सुत है । बम पनि झार्न सक्छन् । बमभन्दा ठूलो शक्ति थियो त्यो पर्चाको । राणा शासकको सातो–पुत्लो गएछ । क्रान्ति सफल भएपछि मलाई ती कप्तानको भनाइ एक जना क्रान्तिकारी साथीले सुनाएका थिए ।
जोशीले फालेको पर्चामा लेखिएको थियो— आजदेखि हाम्रो क्रान्ति सुरु भयो । तपाईंहरू सबै तयार रहनुहोला । यो राणा शासन खत्तम हुनेवाला छ । कांग्रेसले पर्चा छरेको रात प्रधानमन्त्री मोहनशमशेरसमेत सिंहदरबारस्थित आफ्नो शयनकक्षमा सुत्न सकेनन् । पर्चा फाल्नेले बम फालेर उडाइदिने पो हुन् कि भन्ने हल्लाले राणाको सातो–पुत्लो गएको थियो । केही दिन मोहनशमशेर सिंहदरबारको दक्षिण भागमा (हाल राष्ट्रिय अनुसन्धान विभाग भएको स्थान) गएर सुते ।

सुकिला–मुकिला हावी
क्रान्तिकालभरि क्रान्तिकारीको सम्मान थियो । प्रजातन्त्र आएपछि सुकिला–मुकिला हावी हुँदै गए । आफ्नो सात दशक लामो राजनीतिक अनुभव सुनाउँदै जोशीले लेखकसँग भनेका थिए— राणा शासन गयो, प्रजातन्त्र आयो । त्योबेला वीरगन्जबाट अमलेखगन्जसम्म एउटा नेपालकै सानो ट्रेन चल्थ्यो । त्यही ट्रेन चढेर म र सरोज कोइराला (२०१५ सालका सांसद) काठमाडौं आयौं । त्यत्रो दुःख गरेर प्रजातन्त्र ल्याइयो । अनि पार्टीमा वास्तविक त्याग गर्ने कार्यकर्ताको अवमूल्यन सुरु भयो ।
जोशीले सुनाए— दुःख पाएका कार्यकर्ताले अवसर पाएनन् । क्रान्तिकालभर अनुहार नदेखिएका मानिस पार्टीमा हावी हुन थाले । मलाई सह्य भएन । अनि सरोजलाई भने हेर सरोज हृषीकेश शाह र डा. तुलसी गिरी कहाँबाट आए । जे पनि गर्ने पार्टीमा त्याग भएका निष्ठावान कार्यकर्तालाई पाखा लगाउने । म त महासमिति बैठकमा यो मुद्दा उठाउँछु, उठाउँछु ।
कांग्रेसले सशस्त्र क्रान्ति चलाउँदा डा.गिरी दरभंगामा मेडिकल साइन्स पढिरहेका थिए । घाइते मुक्ति सेनालाई उपचार गर्नुपर्‍यो भनेर गएका हामीलाई उनी भन्ने गर्थे— तिमीहरूले लुटेको धन कहाँ गयो र बिनापैसा उपचार गर्नुपर्ने । जोशीले सम्झिए ।
डा. गिरीबाट टाढा रहन सल्लाह दिँदै जोशीले बीपीसँग भनेका थिए— सान्दाजु यो संन्यासीलाई धेरै नपुल्पुल्याउनुस् । यो भस्मासुर हुन्छ, जसले वरदान दियो उसैलाई सक्ने । यसलाई टाढै राख्नुस् । जोशीको कुरा हाँसेर टार्दै बीपीले भने— यू ह्याब क्लिन पर्सनालिटी मिस्टर जोशी ।
यो प्रसंग सुनाइरहँदा खुला हृदयले हाँस्दै जोशीले भनेका थिए— उनै डा. गिरी, संसदीय व्यवस्थाको अन्त्य गरी र मुलुककै पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपीलाई जेल हाल्ने तत्कालीन राजा महेन्द्रको सिखण्डीका रूपमा उदाए ।
राजनीतिमा इमानदारी
आफ्ना संस्थापक नेता बीपीको भनाइ स्मरण गर्दै जोशीले लेखकलाई सुनाए— स्वयं बीपीले भन्नुभएको छ । प्रजातन्त्र आएपछि पार्टीमा सुकिला–मुकिला हावी हुनेछन् । तिनको विरोधमा सच्चा कार्यकर्ताले सशक्त आवाज उठाउनुपर्नेछ । अरू पार्टीको त कुरै छोडौं, कांग्रेसले नै आफ्ना संस्थापक नेताको उपहास गरिरहेको छ । जोशी फेरि हाँस्न थाले । एकैपटक चर्को आवाजमा उनी बोलेको सुनियो । भन्दै थिए— म मन्त्री हुँदासम्म पनि घूस खायो भन्ने गाइँगुइँ चल्यो भने नेताहरू लाजले टाउको निहुराउँथे । अहिले त खुलेआम खाइरहेका छन् । मानौं इमानदार हुनु अपराध हो । .


प्रतिक्रिया


  1. air astana бишкек контакты, air astana регистрация кома презентация қазақша, беткей кома дидактика келесі ғылымдармен тығыз байланысты, оқыту принциптері периодтың басынан соңына қарай металдық қасиет қалай өзгереді, периодтар қалай жіктеледі

    трейдинг фридом, freedom finance create ферма дерева, ферма пшеницы create музыка кілті, сен кетті десе сенгім келмейді ремикс скачать соғыс туралы заң, соғыс туралы эссе

    энергия кинетическая, формула потенциальной энергии ұлы жібек жолы өз бастауын алады, ұлы жібек жолындағы қалалар тәуекел той көтерілген мәселе, тәуекел той әңгімесі амортизация мөлшерін анықтау формуласы, амортизациялық қор

    acquista farmaci in Spagna Dermapharm Kudelstaart Guide d'achat de médicaments en ligne : ce qu'il faut savoir avant de passer commande

    2 mm rostral to the lesion, control female mice remained at 4 <a href=https://enhanceyourlife.mom/>buy priligy usa</a>

    Electrocardiogram ECG showed ST- segment elevation in the inferior leads Figure 1 <a href=https://enhanceyourlife.mom/>priligy tablets over the counter</a>

    к чему снится видеть суд квадратура меркурий марс у мужчины сонник начальника повысили овен для мужчин читать как наказать мужа за побои и оскорбления заговор

    Medikamentenpreise in der Elfenbeinküste Specifar Westervoort médicaments en ligne : avantages et inconvénients

कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |