संसदीय व्यवस्था माथि सत्तापक्षको निरन्तर प्रहार : कम्युनिष्ट सत्ताले देखायो राणाकालीन गाईजात्रे संसदको झल्को

image

त्यो बेला धेरै सांसद काठमाडाैंबाट घर गइसकेका थिए । त्यसैले त्यो दिन केहीमात्र उपस्थित हुन सके । शिर ब्यहोरा नै नलेखिएको कागजमा सही गरेर उनीहरु पनि फर्किए । भोलिपल्ट २००७ कात्तिक २३ गतेको गोरखापत्रमा संसद् सदस्य र प्रमुख पदाधिकारीहरुको सर्वसम्मतिबाट राजा त्रिभुवनलाई हटाएर उनका नाति ज्ञानेन्द्रलाई नेपाल नरेश बनाउने निर्णय भएको खबर छापियो । आफूले सही गरेको कागजमा के लेखिएको थियो भन्ने कुरा सही गर्नेहरुले गोरखापत्र पढेरमात्र थाहा पाए ।  

राणा कालमा तत्कालीन प्रधानमन्त्री मोहनशमशेरले गाइजात्राको दिन बैठक बोलाएकाले इतिहासमा त्यस सांसदलाई गाईजात्रे संसदका रुपमा चिनिन्छ । त्यसको सात दशक पछि अहिले प्रतिनिधिसभा पुनस्र्थापना भएयता न प्रधानमन्त्री केपी शर्मा ओली संसदमा गएका छन् नत संसदलाई विजनेश नै दिएका छन् । बरु संसदलाई कमजोर वनाउने खालका कृयाकलाप उनीवाटै भैरहेको छ । आफू विरुद्ध अविश्वास प्रस्ताव आउने सुइको पाएपछि संसद भंग गरेका प्रधानमन्त्रीले सर्वोच्च अदालतवाट संसद पुनस्र्थापना भएपनि त्यसको अस्थित्व स्वीकार गरेका छैनन् । जसका कारण संसदीय मूल्य र मान्यताको उपहास मात्र भएको होइन, संसद बैठक वस्ने तर देश र जनताका महत्वपूर्ण मुद्धामा काम गर्न नसक्ने गाईजात्रा संसदमा देखिन थालेको छ । त्यस माथि प्रधानमन्त्री र सभामुख अग्निीप्रसाद सापकोटा विचको सम्वादहिनताले समेत संसदलाई पंगु वनाइएको छ । 
प्रधानमन्त्री ओल्ीको सिको गर्दै प्रदेशसभालाई संमेत पंगु वनाउने काम भएका छन् । जसको पछिल्लो उदाहरण वनेको छ गण्डकी प्रदेश । आफू विरुद्ध अविश्वास प्रस्ताव आए पछि मुख्यमन्त्री पृथ्वी शुव्वा गुरुङले प्रदेशसभा अधिवेशन अन्त्य गरिदिएका छन् । यस अघि प्रदेश नम्वर एक र वागमति प्रदेशमा पनि यस्तै गतिविधि देखिएको थियो । 
 

 लोकतन्त्र संविधानमा काला अक्षरले लेखेरमात्र सफल हुँदैन । लोकतन्त्रको सफलताका लागि जनप्रतिनिधिले जनतालाई त्यसको अनुभूति दिलाउन सक्नुपर्छ । जनप्रतिनिधिलाई हेक्का हुनु पर्छ त्यसो गर्न सकिएन भने हाम्रो संसद् राणाकालकै जस्तो ‘गाई जात्रे’ संसद् हुन बेर लाग्दैन । यो चर्चा राणाकालको संसद्मा केन्द्रित छ । 

सात दशकअघिको घटना हो । नेपाली कांग्रेसले क्रान्तिको तयारी तीव्र बनाएको थियो । राणाविरुद्ध चुइक्क बोल्न नसक्ने जनता बिस्तारै जागरुक हुँदै थिए । राजधानी काठमाडौंमा दिनहुँजसो नारावाजी र जुलुस भइरहेकै थिए । 

यसबीच भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको निमन्त्रणामा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरको दिल्ली यात्रा तय भयो । भारत जानुअघि उनी एकदमै हडबडाएका थिए । राणाहरुबीचको अन्तर्कलह र कांग्रेसको  आन्दोलनका कारण अप्ठेरोमा परिन्छ कि भन्ने डर उनलाई थियो । ज्योतिषीको सल्लाहबेगर कुनै कदम नचाल्ने महाराज मोहनले भारत हिँड्नुअघि देशका सबैजसो प्रख्यात पीठमा पूजा र पञ्चबलि चढाइसकेका थिए । ‘त्यस बखतको नेपाल’ पुस्तकमा सरदार भीमबहादुर पाँडे लेख्छन् — ‘दक्षिणकालीमा पञ्चबलि चढाई त्यहीँबाट दिल्ली जाने हो भने यात्रा सफल हुन्छ भन्ने राजज्योतिषीको सल्लाहबमोजिम मोहन शमशेरले २००६ साल फागुन ४ दक्षिणकालीमा पञ्चबलि चढाए । अनि कुलेखानीको बाटो हुँदै महाराज भारतको यात्रा सुरु गरे ।’ 

दुई सय जनाको टोलीका साथ रेल रिजर्भ गरी महाराज दिल्ली जाँदै थिए । त्यसअघि नेपाली कांग्रेसको आन्दोलन दबाउन उनले तन, मन र धन खर्च गरेका थिए । भ्रमणअघि गाैँडा गाैँडामा कांग्रेसी पहिचान गरी कारबाही गर्न जासुस परिचालन गरिए । अर्कोतर्फ क्रान्तिकारीहरु पनि महाराजको भारत भ्रमणका अवसरमा कुनै ‘एक्सन’ गर्ने योजनामा थिए । त्यसको तयारीका लागि थिरबम मल्लसहित मुक्ति सेनाका कमान्डरहरु लागिपरेका थिए । आन्तरिक रणनीतिको सूचना नचुहियोस् भन्नका लागि सतर्कता अपनाइएको थियो । सत्तापक्ष पनि के कम । विरोधीका सूचना पाउन त्यसभन्दा कैयाैँ गुणा लगानी गरिरहेको थियो । जतिसुकै गोप्यता कायम गरे पनि कांग्रेसले बनाएका क्रान्तिसम्बन्धी सूचना राणा सरकारसम्म पुगिहाल्थ्यो । 

नेपाली कांग्रेस नेता रामहरी जोशीले ‘नोभेम्बर क्रान्ति’ नामक पुस्तकमा लेखेका छन् — ‘एक दिन राति दस बजे हामी बस्ने कोठामा थिरबम मल्ल आए । उनले गणेशमानजीसित अलग्ग गएर केही कुरा गरे । त्यसपछि गणेशमानजीको अनुहारमा चिन्ताको भाव देखिन थाल्यो । मैले मनमनै अडकल काटेँ अवश्य पनि केही न केही कुरा बिग्रेको हुनुपर्छ ।’ मल्लसँग कुरा गरेको त्यो रात गणेशमान बेचैनीले सुत्नै सकेनन् । तर, त्यसको कारण भने रामहरीलाई थाहा हुन सकेन । धेरै समयपछि मात्र कांग्रेस नेता तेजबहादुर अमात्यबाट जोशीले त्यो दिन गणेशमान नसुत्नुको रहस्य थाहा पाए — ‘मोहन सिंह भन्ने एक जना कांग्रेस कार्यकर्ता रहेछन् डोटीतिरका ।

बेलायती सेनामा काम गरेका उनले खद्दरको चुडीदार पाइजामा र कुर्ता लगाएर राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसको एकीकरण सम्मेलनका भाग लिएका थिए । ‘सम्मेलनमा उनका ठूला ठूला कुराबाट प्रभावित भएर पार्टी हाइकमान्डले केही गोप्य कामको अभिभारा सुम्पेर रक्सौल पठाएको थियो ।’ पार्टीको काममा आफू सक्रिय रहेको देखाउनु उनको नाटकमात्र थियो । शीर्ष नेताहरुलाई रिझाएर जिम्मेवारी पाएपछि उनी पार्टीका गोप्य सूचना राणासम्म पुर्‍याउने काममा सक्रिय भए । आफैँले पार्टीमा जिम्मेवारी दिएर खटाएका मोहन सिंहको वास्तविकता थाहा पाएपछि थिरबम मल्ल र गणेशमान सिंह तनावमा थिए । 

यस प्रसंगमा जोशीले एकपटक पेप्सीकोला स्थित निवासमा लेखकलाई सुनाएका थिए — ‘दिनभर कांग्रेसका कार्यकर्ताका रुपमा काम गर्ने र राणाविरुद्ध चर्का कुरा गर्ने मोहन सिंह राति चाही मुसलमान महिलाको रुपमा बुर्का (घुम्टो) ओढेर गुप्तरुपले वीरगञ्जका बडाहाकिमसित भेट्दा रहेछन् । अनि पार्टीका जम्मै गोप्य कुराहरु बताउदा रहेछन् । बडाहाकिमले नै उनलाई राति कांग्रेसको क्याम्प रक्सौल नजिकसम्म पुर्‍याउने व्यवस्था गर्दा रहेछन् । हरेक दिन मुसलमान महिलाले बडाहाकिमलाई भेट्ने गरेको विषय सरकारी कर्मचारीबीच पनि खुबै चर्चा हुनेगरेको थियो । उनीहरुसमेत कानेखुसी गर्दा रहेछन् — को होली त्यो रहस्यमयी बुर्कावाली भनेर ।’

महाराज मोहनशमशेरका छोरा विजयशमशेरको निजी सचिवका रुपमा काम गरेका प्रशासक भीम बहादुर पाँडेले लेखेका छन्  — ‘कांग्रेस कार्यकर्ताको रुपमा काम गरिरहेका कालु पाँडे नामका मानिसले कांग्रेसको कार्यसमितिमा छलफल भएका सबै विषय बारे महाराज मोहन शमशेरलाई रिपोर्ट गरिरहेका थिए । पाल्पाका बडाहाकिम रुद्रशमशेर र उनका छोराहरु कांग्रेससँग मिलेका छन् भन्ने खबर पनि कालु पाँडेले नै मोहन शमशेरसम्म पुर्‍याएका थिए ।’ 

प्रधानमन्त्री मोहनशमशेर भन्ने गर्थे — भेँडाबाख्रा चराउनेले (जनता) राजकाजको काम चलाउन सक्दैनन् । तथापि अन्तर्राष्ट्रिय समुदाय खासगरी भारतलाई सुधारको पक्षमा आफू रहेको देखाउन हतार हतार राणा परिवार र चाकडीवाजहरुलाई राखेर उनले संसद् बनाउने अभियान सुरु गरे । संसद्का लागि प्रतिनिधि पठाउनु भनेर जिल्लाका बडाहाकिमहरुलाई आदेश जारी गरे । उनीहरुले पनि मनपरेका व्यक्तिहरुको नाम पठाइदिए । यसरी २००६ साल अश्विन ७ गते राष्ट्रसभा र भारदारीसभा गरी दुई सदनात्मक संसद्को संयुक्त बैठक सिंहदरबारस्थित ग्यालरी हलमा प्रधानमन्त्री मोहनशमशेरले आफैँ उद्घाटन गरे । आफैँले तयार गर्न लगाएको भाषण पढे । त्यो समारोहमा भारत र बेलायतका राजदूतलाई समेत निम्त्याइएको थियो । 

काठमाडौं सहरमा गाईजात्रा सकिएको केही दिनपछि नै गाईजात्रे चालले गठन गरिएको हुनाले त्यसलाई गाईजात्रे संसद् भनिएको थियो । 

यस बीच २००७ साल कात्तिक २१ गते सिकार गर्नेे बहानामा राजा त्रिभुवन सपरिवार भारतीय दूतावासमा शरण लिन पुगे । राजालाई फिर्ता गराउन भएका अनेकाैं प्रयास सफल नभएपछि राणाहरु संकटमा परे । राजाको मृत्यु हुँदा पनि गद्दीको उत्तराधिकारी युवराजाधिराजलाई राजा बनाएपछि मात्र दाहसंस्कार गर्ने चलन थियो ।

राजाको अनुपस्थितिमा युवराज र उनी पनि नभए नवयुवराजलाई राजा बनाउनु पर्ने । तर, सिकारका लागि दरबारबाट निस्किएका राजा त्रिभुवन, युवराज वीरेन्द्र कोही पनि फर्किएनन् । अनि मामा घरमा छुटेका राजाका माहिला नाति शाहज्यादा ज्ञानेन्द्रलाई राजा बनाउने निर्णयमा (कात्तिक २१ गते) राणाहरु पुगे । भाइ भारदारहरु र कथित संसद्का सदस्यहरुलाई कात्तिक २२ गते बिहान ७ बजे सिंहदरबारमा सामेल हुन उर्दी पठाइयो ।

त्यो बेला धेरै सांसद काठमाडाैंबाट घर गइसकेका थिए । त्यसैले त्यो दिन केहीमात्र उपस्थित हुन सके । शिर ब्यहोरा नै नलेखिएको कागजमा सही गरेर उनीहरु पनि फर्किए । भोलिपल्ट २००७ कात्तिक २३ गतेको गोरखापत्रमा संसद् सदस्य र प्रमुख पदाधिकारीहरुको सर्वसम्मतिबाट राजा त्रिभुवनलाई हटाएर उनका नाति ज्ञानेन्द्रलाई नेपाल नरेश बनाउने निर्णय भएको खबर छापियो । आफूले सही गरेको कागजमा के लेखिएको थियो भन्ने कुरा सही गर्नेहरुले गोरखापत्र पढेरमात्र थाहा पाए ।  

गाईजात्रा सकिएको केही दिनपछि बोलाइएकाले राणा विरोधीहरु भने त्यसलाई गाईजात्रे संसद् भन्ने गर्थे ।




प्रतिक्रिया


  1. image какая вы планета по гороскопу

    карта матрицы по дате рождения образование в гороскопе приснилось мужчина обнимает за плечи женщина животное зодиак заговор на ушибленный ноготь

    That iis a great ttip particularly too those freesh to thee blogosphere. Simple but very accuratte information… Manyy thanks forr shnaring thios one. A mjst read post!

    medicamentos disponible sin receta en farmacia de Bogotá nepenthes Blerick medicamentos pedido en España

    карта мир таро в отношениях что значит подстригать ногти кому то сонник сонник золото часы расклад на ситуацию таро онлайн, гадание таро онлайн бесплатно сонник целуюсь с незнакомым

    атамекен шымкент регистрация, атамекен шымкент контакты насихат синоним казакша, насихат в исламе лабораторные работы по базам данных mysql, существуют свои правила создания базы данных таланты в матрице судьбы расшифровка, расшифровка матрицы судьбы онлайн бесплатно

    image Medikamente ohne Rezept in Belgien kaufen Almus Florencio Varela

    Medikamente in Nürnberg ohne Rezept kaufen - Tipps und Tricks stada Scheveningen médicaments de marque et générique disponibles en ligne

    image Medikamente ohne Rezept in Belgien kaufen Almus Florencio Varela

    Medikamente in Nürnberg ohne Rezept kaufen - Tipps und Tricks stada Scheveningen médicaments de marque et générique disponibles en ligne

    image consulta il prezzo di cilostazol con prescrizione medica a Napoli

    dove acquistare farmaci senza ricetta in Francia Finadiet Zaandijk is het mogelijk om medicijnen zonder voorschrift te krijgen

    image молитва на латыни для защиты

    корона бореалис маска молитва для семьи короткая сонник во сне увидеть мышь молитва к матроне чтобы все было хорошо в жизни у меня молитва за матушку землю