राजा वीरेन्द्रको दोस्रो विवाह !

image

तत्कालीन समयमा डा. तुलसी गिरि प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यस समय उहाँको सहारा योञ्जनसँग विवाह हुन लागेको थियो । गाइँगुइँ सुनिन थाल्यो, यस्तो हल्ला कतै प्रधानमन्त्रीको तहबाट भएको त होइन ?

म वागमती अञ्चलको अञ्चलाधिस हुँदाखेरिको कुरा हो । काठमाडौंमा एउटा हल्ला चल्यो, राजा वीरेन्द्रले दोस्रो विवाह गर्नुभयो । यो संवेदनशील विषय बन्यो । दरवारमा ठूलो खल्बली मच्चियो । एक दिन मलाई दरबारबाट खबर आयो । कसले यस्तो हल्ला मच्चाइरहेको छ ? पत्ता लगाउनुपर्यो । तत्कालीन समयमा डा. तुलसी गिरि प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यस समय उहाँको सहारा योञ्जनसँग विवाह हुन लागेको थियो । गाइँगुइँ सुनिन थाल्यो, यस्तो हल्ला कतै प्रधानमन्त्रीको तहबाट भएको त होइन ? त्यस समय न्यूरोड, पीपलबोटलाई हल्लाको मुख्य केन्द्रविन्दु मानिन्थ्यो । काभ्रेपलान्चोकबाट निर्वाचित राष्ट्रिय पञ्चायतका सदस्य ईन्द्रबहादुर क्षेत्री निक्कै गफाडी र हल्लाखल्ला गर्न रुचाउने स्वभावका हुनुहुन्थ्यो । उहाँ पीपलबोट लगायत धेरै ठाउँमा घुमिरहनुहुन्थ्यो । कसैले मलाई भने, यो हल्ला त ईन्द्रबहादुरले गरेका हुन् । 
यथार्थ कुरा बुझ्नका लागि मैले उहाँलाई बोलाएँ । उहाँले भन्नुभयो, म राष्ट्रिय पञ्चायतको सदस्य । राजाको विषयमा म यस्तो नचाहिँदो हल्ला गर्दै हिँड्छु र ? मैले उहाँलाई भने, राजाको विषयमा नचाहिँदो हल्ला भयो । अब तपाईँले एउटा हल्ला गरिदिनु पर्यो माननीयज्यू । जसले यस्तो हल्ला गर्दै हिडेको छ, अञ्चलाधिसले उसको जिब्रो नै छेडिदिने कुरा गरेका छन् भनेर हल्ला चलाइदिनु पर्यो । नभन्दै माननीयज्यूले यो हल्ला फैलाउँदै हिड्नु भएछ । यो हल्ला ब्यापक भयो । त्यसपछि राजा वीरेन्द्रबारे फैलाइएको हल्ला आफैँ शान्त भयो । 
(पूर्व प्रशासक सूर्यप्रसाद श्रेष्ठको २०८० चैत्र १५ गते विमोचन हुने पुस्तक सूर्यास्त विम्बको अंश)



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया