‘पानीढलो’ सिद्धान्तका आधारमा यस क्षेत्रमा महालङ्गुरका ‘सगरमाथा’लगायत सम्पूर्ण हिमशिखरका उत्तरी मोहोडा चीनका र दक्षिणी मोहोडा नेपालका हुन् भनी दुवै पक्षका प्रतिनिधि पहिले नै सहमत भइसकेका थिए । ‘पानीढलो’ सिद्धान्तका आधारमा यस क्षेत्रमा महालङ्गुरका ‘सगरमाथा’लगायत सम्पूर्ण हिमशिखरका उत्तरी मोहोडा चीनका र दक्षिणी मोहोडा नेपालका हुन् भनी दुवै पक्षका प्रतिनिधि पहिले नै सहमत भइसकेका थिए ।
२०७९ असोज ९
ई.सं. १८५० को आसपाससम्म पनि यस हिमशिखरको यो चुनौती विश्वभरका मानव समुदायहरुका बीचमा उद्घाटित हुन सकिरहेको थिएन । यस हिमशिखरको महत्त्व र गरिमालाई यतिन्जेलसम्म पनि कसैले पहिचान गर्न सकिरहेका थिएनन् । ई.सं. १८५२ मा इस्टइन्डिया कम्पनीका सर्भे विभागमा कार्यरत एकजना सामान्य भारतीय सर्वेक्षकले यस क्षेत्रमा रहेका सम्पूर्ण हिमशिखरहरुको उचाइको सर्वेक्षण गर्ने क्रममा यस हिमशिखरको विशिष्ट महत्त्व लाई सर्वप्रथम पहिचान गरेका थिए । यसरी पहिचान गर्ने यी भारतीय सर्वेक्षकको नाम थियो, ‘राधानाथ सिक्दर ।’ विश्वमा रहेका सम्पूर्ण पर्वत शिखरहरुमध्ये यही नै सबैभन्दा अग्लो हो भनी सबैभन्दा पहिले यिनले नै पहिचान गरेका थिए । त्यतिबेला यस पर्वत शिखरको उचाइ २९००२ फिट रहेको छ भन्ने पहिचान गरिएको थियो ।
तर, बेलायतमा मुख्य कार्यालय रहेको ‘रोयल जियोग्राफिकल सोसाइटी’ले भने यिनले गरेको यति ठूलो र महत्त्वपूर्ण आविष्कारको श्रेय पनि यिनलाई दिन चाहेन । आफ्ना एकजना सामान्य एसियाली कर्मचारीलाई यस्तो महत्त्व पूर्ण आविष्कारको श्रेय दिन अङ्ग्रेजहरु पनि किन चाहन्थे ? केही वर्षपछि इस्ट इन्डिया कम्पनीकै भूतपूर्व सर्भेयर जनरल सर ‘जार्ज एभरेस्ट’को सम्मानमा उनले गरेका अन्य महत्त्वपूर्ण सर्वेक्षण कार्यहरुको कदर गर्दै उनको सम्झनामा यस सर्वोच्च हिमशिखरको नाम ‘माउन्ट–एभरेस्ट’ भनी उक्त जियोग्राफिकल सोसाइटीले बलपूर्वक नै राखिदिएको थियो (११ मई, ई.सं. १८५७, तदनुसार वि.सं. १८१७ वैशाख ३१ गते) । नेपाल अधिराज्यमा भने यतिबेला यस कुराको सम्भवतः छनकसम्म पनि प्राप्त हुन सकेको थिएन । प्राप्त हुन सकोस् पनि कसरी ? यस कुराको महत्त्वलाई बुझ्न सक्ने व्यक्ति यतिबेला यहाँ कति नै पो थिए र ?
नेपाल अधिराज्यका त्यस क्षेत्रका स्थानीय निवासीहरु ‘सगरमाथा’ भन्ने नामबाट यस हिमशिखरदेखि धेरथोर मात्रामा परिचित रहँदै आएका थिए । नेपाली भाषामा ‘सगरमाथा’ शब्दको अर्थ हुन्थ्यो, ‘सगर अर्थात् स्वर्गसम्म माथा अर्थात् मस्तक पुगेको ।’ यस नामद्वारा ‘यस हिमशिखरको मस्तक आकाशमा स्वर्गको उच्चाइसम्म पुगेको छ’ भन्ने सन्देश त त्यस क्षेत्रमा रहेका प्रबुद्ध नागरिकहरुले त्यहाँका सर्वसाधारण जनतालाई पहिलेदेखि नै जानकारी गराइसकेका थिए । तर, सर्वसाधारण जनताले भने यस हिमशिखरको यो गौरवशाली नामलाई आवश्यक मात्रामा ग्रहण गर्न सकिरहेका थिएनन् । नेपालकै उत्तरी भेगका निवासीहरु यसलाई ‘चोमोलोङ्मा’ वा ‘झ्यामोलोङ्मा’ भन्ने गर्दथे । तिब्बतमा पनि यो हिमशिखर चोमोलोङ्मा भन्ने नामले नै परिचित रहँदै आएको थियो ।
समय बित्दै गयो । आफ्नै देशमा रहेको यति महत्त्वपूर्ण र गौरवशाली हिमशिखरलाई सात समुद्रपारका एकजना अज्ञातनामा विदेशी व्यक्तिको नाममा ‘माउन्ट एभरेस्ट’ भन्ने नामकरण गरिएको पाउँदा काठमाडौंमा रहेका सचेत एवम् स्वाभिमानी नेपाली नागरिकको मनमा दुःख र ग्लानि पैदा हुनु स्वाभाविकै हुन आएको थियो । यसैले आफ्नो देशमा रहेको यस हिमशिखरको आफ्नै देशमा प्रचलित रहेको स्वदेशी नाम पनि हुनुपर्दछ र यस्तो नामको खोजी गरी यसको प्रचारप्रसार पनि गराइनुपर्दछ भनी हामीजस्ता केही सजग र सचेत नागरिकहरु निरन्तर छटपटाइरहेका थियौं । तर, त्यस क्षेत्रको दुर्गमता, दूरी र विकटताले गर्दा तिनताक त्यस क्षेत्रमा पुगेर यस सर्वोच्च शिखरको वास्तविक नेपाली नामको खोजी गर्नु दुःसाध्य भइरहेको थियो । यसैले त्यस क्षेत्रका, त्यहाँबाट राजधानी काठमाडौंमा आएर बसेका वा त्यहाँबाट कामविशेषले काठमाडौंमा आउँदै तथा जाँदै गरेका भेटिएसम्मका सबै प्रबुद्ध व्यक्तिहरुसँग मैले व्यक्तिगत रुपमा निरनतर सम्पर्क गर्दै रहें । यसै क्रममा अन्त्यमा यस सर्वोच्च हिमशिखरको वास्तविक नेपाली नाम पत्ता पनि लागिहाल्यो । पत्ता लागेको नाम थियो ‘सगरमाथा’ । यो मेरो खोज मात्र हो, मैले राखेको यस हिमशिखरको नयाँ नाम भने होइन ।
यसपछि मैले राजधानी काठमाडौंबाट प्रकाशित हुने ‘शारदा’ नामक साहित्यिक पत्रिकामा ‘सगरमाथा वा झ्यामो–लोङ्मा’ शीर्षकमा एउटा निबन्ध लेख प्रकाशित गराएको थिएँ (वर्ष ४ अङ्क ५, ई.सं. १९३८) । वास्तवमा यही निबन्धले नै नेपालका स्वाभिमानी एवम् प्रबुद्ध नागरिकहरुमा आत्मगौरवको भावना जगाइदियो र यसपछि मात्र नेपाली नागरिकहरु यस हिमशिखरको महत्त्वका साथै यसको स्वदेशी नामबाट पनि परिचित हुन थाले । यसपछि भने नेपालमा यस हिमशिखरका निमित्त ‘सगरमाथा’ भन्ने नाम नै प्रचलित हुन थाल्यो ।
उता विदेशमा भने यो हिमशिखर ‘माउन्ट एभरेस्ट’का नामले नै प्रसिद्ध हुन थालिरहेको थियो । यसैले विदेशबाट प्रकाशित हुने हिमालय क्षेत्रका अधिकांश मानचित्रहरुमा यस हिमशिखरका निमित्त यही नामको नै प्रयोग हुन थालिरहेको थियो । फलस्वरुप विश्वभरका सम्पूर्ण विदेशी यस हिमशिखरसँग यसै नामले परिचित हुँदै आएका थिए । कुनैकुनै मानचित्रहरुमा भने यस हिमशिखरका निमित्त ‘माउन्ट एभरेस्ट’ भन्ने नामका साथसाथै ‘गौरीशङ्कर’ भन्ने नाम पनि लेखिन थालिइरहेको थियो । यथार्थमा नेपालमा ‘गौरीशङ्कर’ नामक कुनै हिमशिखरको अस्तित्व नै रहेको थिएन । ‘गौरा’ र ‘पार्वता’ नामक अन्य दुई हिमशिखर त्यस क्षेत्रमा अवश्य पनि थिए । तर, उक्त दुई हिमशिखर यथार्थमा अलगअलग हिमशिखर हुन्, एउटै हिमशिखर होइनन् भन्ने तथ्य उद्घाटित भएपछि भने यस हिमशिखरका निमित्त यस नामको प्रयोग हुन छाडेको पाइन्छ ।
यसै क्रममा ई.सं. १९३४ को आसपासतिरदेखि भने विदेशहरुबाट प्रकाशित हुने यस ‘चोमो–लोङ्मा’ भन्ने नाम पनि लेखिन थालेको थियो । ‘सगरमाथा’ भन्ने नेपाली नामलाई भने विदेशीहरुले मान्यता दिन चाहेनन् । यसरी एउटै हिमशिखरका निमित्त दुईथरी नाम लेखिँदा अधिकांश मानचित्रहरुमा यस पर्वतशिखरका निमित्त दक्षिणमा नेपाल अधिराज्यतर्फ ‘माउन्ट एभरेस्ट’ भन्ने नाम र उत्तरमा तिब्बततर्फ भने ‘चोमोलोङ्मा’ भन्ने नाम लेखिन थालेको थियो । यसभन्दा अगाडि यस हिमशिखरका निमित्त अन्तर्राष्ट्रिय क्षेत्रमा ‘चोमो–लोङ्मा’ भन्ने नाम प्रयोगमा आएको थिएन । ई.सं. १९३८ को आसपासतिरदेखि भने यस हिमशिखरका निमित्त तीनथरी नाम एकै समयमा प्रचलनमा आएका पाइन्छन् । अन्तर्राष्ट्रिय जगत्मा यस हिमशिखरका निमित्त ‘माउन्ट एभरेस्ट’ भन्ने नाम प्रचलनमा रहिरहे पनि आफ्नो देशको राष्ट्रिय गौरवले गर्दा नेपाली नागरिक भने यस सर्वोच्च शिखरसँग अब ‘सगरमाथा’को नामद्वारा नै बढी परिचित हुन थालिसकेका थिए । ‘चोमो–लोङ्मा’ भन्ने नाम पनि यस हिमशिखरका निमित्त धेरथोर मात्रामा प्रचलनमा थियो ।
यस दुर्जेय हिमशिखरले विश्वभरका महत्त्वाकाङ्क्षी एवम् साहसी युवाहरुको ध्यान बीसौं शताब्दीको प्रारम्भदेखि नै आकर्षित गर्न थालिसकेको थियो । यस हिमशिखरले खडा गराएको दुर्जेय चुनौतीलाई विश्वभरका उत्साही एवम् साहसी पर्वतारोही युवाहरुले यसै समयदेखि सहर्ष स्वीकार गरिसकेका थिए । यस हिमशिखरमाथि आरोहण गर्ने उत्साह विश्वका अनेकौं युवामा जागिसकेको थियो । तर, यस हिमशिखरमाथि पाइला टेक्ने प्रयासको वास्तविक सुरुवात भने ई.सं. १९३१ को आसपासदेखि मात्र सुरु भएको पाइन्छ । यसै क्रममा विश्वभरका अनेकौं राष्ट्रका ठूलासाना अनेकौं पर्वतारोही दलले यस हिमशिखरमाथि पुग्ने विजय अभियानहरुलाई सञ्चालन गर्न सुरु गरिसकेका थिए । आरोहण अभियानको प्रारम्भिक प्रयासमा ई.सं. १९३२ को आसपासमै बेलायतका साहसिक पर्वतारोही ‘जर्ज मेलोरी’ र ‘स्यान्डी इर्भिन’ले यसै उच्चतम पर्वत शिखरको वक्षस्थलमा आफूहरुलाई सर्वप्रथम समाधिस्थ बनाएका थिए ।
अनेकौं अभियान दलहरुको बर्सौंसम्मका अथक प्रयासहरुपछि अन्त्यमा ब्रिटिस नागरिक कर्नेल जोन–हन्टको नेतृत्वमा रहेको ब्रिटिस अभियान दलमा सहभागी दुईजना अत्यन्त उत्साही युवा यस हिमशिखरको चुचुरोमा पुगि पनि हाले (२९ मई ई.सं. १९५३, तदनुसार वि.सं. २०१० जेठ १६ गते) । नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका निवासी एडमन्ड हिलारीले नै यस गर्वशाली हिमशिखरको मस्तकमा सर्वप्रथम एकैपटक आफ्ना पाइला राखेका थिए । विश्वको सर्वोच्च शिखरमाथि सर्वप्रथम पाइला टेक्ने श्रेय यिनै दुई युवा पर्वतारोहीहरुलाई प्राप्त छ । यिनीहरुको यसै सफलताले गर्दा ‘नागरिक अभिनन्दन समारोह समिति’को अध्यक्षका हैसियतले यी दुवै पर्वतारोहीहरुलाई सम्पूर्ण नेपाली नागरिकहरुका तर्फबाट विजाय माला पहिर्याइदिने सौभाग्य राजधानी काठमाडौंमा मैले नै प्राप्त गरेको हुँ ।
ई.सं. १९४८ सम्म हिमालयका कुनै पनि हिमशिखरहरुमाथि आरोहण–अभियानका निमित्त स्वीकृति प्रदान गर्ने परम्परा नेपालमा सुरु भइसकेको थिएन । यसैले यतिन्जेलसम्म यस क्षेत्रमा जति पनि आरोहण अभियानहरु सञ्चालित हुँदै आइरहेका थिए, ती सबै तिब्बततर्फबाट तात्कालिक तिब्बत सरकारको अनुमतिबाट नै सञ्चालित हुँदै आएका थिए । ई.सं. १९४९ देखि भने नेपालतर्फबाट पनि यस किसिमका आरोहण अभियानहरु सञ्चालित हुन थालेका थिए । १९५२ मा स्वीट्जरल्यान्डका नागरिक ‘रेमोन्ड लेम्बोट’को नेतृत्वमा नेपालतर्फबाट गएको ‘सगरमाथा अभियान दल’मा माथि चर्चा गरिएका नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा पनि सहभागी थिए । तर, यो अभियान दल आफ्नो अभियानमा भने सफल हुन सकेको थिएन । शिखरको केही मिटर तलबाट नै यो अभियान दल फर्किएर आउन बाध्य भएको थियो । यसको लगत्तै अर्को वर्ष कर्नेल ‘जोन–हन्ट’को नेतृत्वमा रहेको उपर्युक्त ब्रिटिस अभियान दल भने आफ्नो अभियानमा सफल भएको थियो ।
ब्रिटिस अभियान दलको यस सफलतापछि पनि यस हिमशिखरमाथिका विजय अभियान रोकिएका थिएनन् । यस सफलतापछि त अन्य देशका आरोही पनि झन्झन् उत्साहित हुँदै आइरहेका थिए । यसको तीन वर्षजति पछि ई.सं. १९५६ मा स्वीस अभियान दलका सदस्य पनि यस हिमशिखरको चुचुरोमा पाइला राख्न सफल भएका थिए । पछि ई.सं. १९६० को वसन्त ऋतुमा जनवादी गणतन्त्र चीनका अभियान दलका केही सदस्य पनि तिब्बततर्फको उत्तरी मोहोडा हुँदै यस हिमशिखरमाथि विजय प्राप्त गर्न सफल भए । यसपछि त झन् यस सर्वोच्च हिमशिखरको चुचुरोमाथि पुग्न अन्तर्राष्ट्रिय जगत्मा होड नै चल्न थाल्यो । यो क्रम अझैसम्म पनि रोकिन सकेको छैन ।
यसरी यस हिमशिखरमाथि स्वदेश र विदेशका अनेकौं अभियान दलका विजय अभियान निरन्तर चलिरहेकै बेला यस हिमशिखरमाथिको वास्तविक सार्वभौमिक अधिकार कुन देशको हो ? यो हिमशिखर यथार्थमा कुन देशमा छ ? र यस हिमशिखरमाथि चीनको कतिसम्म अधिकार छ भन्नेजस्ता प्रश्न एकाएक उब्जिए । यतिन्जेलसम्म पनि हिमालय क्षेत्रमा नेपाल अधिराज्य र चीनको तिब्बत स्वशासित क्षेत्रको बीचमा वैज्ञानिक रुपमा सीमाङ्कन हुन सकिरहेको थिएन । हिमालय क्षेत्रका प्रायः सबै मुख्य शृङ्खलाका उत्तरी मोहोडाहरु तिब्बती नागरिकहरुले उपभोग गर्दै आइरहेका थिए भने दक्षिणी मोहोडाहरुमा नेपाली नागरिकहरुको भोगचलन रहँदै आइरहेको थियो । दुर्गम एवम् निर्जन क्षेत्रहरु भएकाले यस क्षेत्रमा यतिन्जेलसम्म कुनै पनि किसिमका सीमास्तम्भ स्थापित हुन सकिरहेका थिएनन् । सामान्य रुपमा ‘माउन्ट एभरेस्ट वा सगरमाथा नेपाल अधिराज्यमा पर्दछ’ भन्ने राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मान्यता रहँदै आइरहेको थियो । तर, यस हिमशिखरको खास चुचुरोमाथि वास्तविक सार्वभौमिक अधिकार कसको हो र उक्त चुचुरोमाथि तिब्बत वा चीन सरकारको कतिसम्म अधिकार छ भन्ने कुनै औपचारिक निर्णय भइसकेको थिएन । यस हिमशिखरमाथि आफ्नो देशतर्फको उत्तरी मोहोडाबाट आरोहण गर्न चाहने आरोहण दलका सदस्यहरुलाई तिब्बत सरकारले अनुमतिहरु प्रदान गर्दै आइरहेको थियो भने दक्षिणी मोहोडाबाट आरोहण गर्न चाहने आरोहण दलका सदस्यहरुलाई नेपाल सरकारले भर्खरैदेखि मात्र अनुमति प्रदान गर्न सुरु गरेको थियो । तर, ई.सं. १९४९ मा चीनमा जनवादी गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएपछि भने जनवादी गणतन्त्र चीन सरकारले पनि यस चुचुरोमाथि आफ्नो दाबी जनाउन सुरु गरिदिएको थियो ।
यस हिमशिखरका निमित्त ‘माउन्ट एभरेस्ट’ भन्ने नाम पक्कै पनि विदेशीहरुले नै राखिदिएका थिए । यस स्थितिमा यस हिमशिखरका निमित्त नेपाल अधिराज्यमा आफ्नो कुनै स्वदेशी नाम छैन भन्ने भ्रममा नेपाली नागरिकहरुले यस हिमशिखरको महत्त्व लाई पहिचान नै गर्न सकिरहेका थिएनन् भन्ने सम्झिई चिनियाँहरुले पछिपछि यस हिमशिखरमाथि आफ्नो मात्र एकलौटी अधिकार रहेको दाबी जनाउन सुरु गरिदिएका थिए । यस हिमशिखरको ‘चोमो–लोङ्मा’ भन्ने नामलाई उनीहरुले आफ्नै तिब्बती भाषाको हो भन्ने सम्झिरहेका थिए । यो नाम नेपाल अधिराज्यमा पनि प्रचलित छ, नेपालका उत्तरी भेगका नागरिक यस हिमशिखरसँग यसै नामबाट परिचित छन् भन्नेसम्म पनि उनीहरुलाई थाहा थिएन । यसको ‘सगरमाथा’ भन्ने आफ्नै स्वदेशी नाम पनि प्रचलित छ भन्ने कुरा उनीहरुले थाहा पाउनु त झन् टाढैको कुरा रहेको थियो । यसैले नै उनीहरुले यस हिमशिखरमाथि आफ्नो मात्र एकलौटी हक र अधिकार रहेको दाबी जनाउन सुरु गरिरहेका थिए ।
वार्ताटोलीमा रहेका चिनियाँ सदस्यहरुको दृष्टिमा अनय सीमाक्षेत्रहरुमा जस्तै यस क्षेत्रमा पनि दुई देशका बीचमा वैज्ञानिक रुपमा सीमाङ्कन गरिनुपर्ने काम बाँकी नै थियो । दुई देशका बीचमा वैज्ञानिक रुपमा सीमाङ्कन गरिनुको अर्थ हुन्थ्यो, अन्तर्राष्ट्रिय प्रचलित परम्परा र मान्यताअनुसार ‘पानीढलो सिद्धान्त’को आधारमा सगरमाथा क्षेत्रको उत्तरी मोहोडा चीन सरकारको, दक्षिणी मोहोडा नेपालको र यसको खास चुचुरोमाथि भने दुवै देशको साझा एवम् समान अधिकार रहनु । यसैले भनिन्छ, उनीहरुले एकपटक त यस हिमशिखरको नाम ‘मैत्री–चुचुरो’ राख्ने र यसमा दुवै देशको समान अधिकार रहेको सम्झने भन्ने प्रस्ताव पनि गरेका थिए । यो कुरा नेपाली पक्षका निमित्त स्वीकार्य थिएन ।
नेपालीहरुले यतिन्जेलसम्म यस हिमशिखरलाई आफ्नै देशको र आफ्नै मात्र एकलौटी हक र अधिकारको हो भन्ने सम्झिरहेका थिए । अन्तर्राष्ट्रिय जगत्ले पनि यही मान्यतालाई नै स्वीकार गर्दै आइरहेको थियो । गणतन्त्रात्मक शासन व्यवस्था स्थापित हुनुभन्दा पहिले तात्कालिक तिब्बत सरकारले यस पर्वत शिखरमाथि आफ्नो कुनै पनि किसिमको दाबा र अधिकार जनाइरहेको थिएन । यसैले यस सर्वोच्च शिखरलाई चीन र नेपालको साझा हिमशिखरका रुपमा स्वीकार गर्न नेपाली नागरिक तयार भइरहेका थिएनन् । यसैले जनवादी गणतन्त्र चीन र नेपाल अधिराज्यको बीचमा सिमाना सन्धिका निमित्त आपसी छलफलहरु हुँदा ‘सगरमाथा’माथिको सार्वभौमिक अधिकारको प्रश्न एउटा विवादास्पद विषयका रुपमा उब्जिन आइपुगेको थियो ।
विश्वको यस सर्वोच्च हिमशिखरमाथि जनवादी गणतन्त्र–चीन सरकारले पनि दाबा जनाइरहेको छ भन्ने कुरा सर्वप्रथम प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जनवादी गणतन्त्र चीनको राजकीय भ्रमणको अवसरमा सामान्य रुपमा चर्चामा आयो (ई.सं. १९६० को मार्च) । यसको लगत्तै यसै वर्षको अप्रिल महिनामा चिनियाँ प्रधानमन्त्री चाउ–एन–लाईको दोस्रोपटकको नेपाल अधिराज्यको राजकीय भ्रमण हुँदा यो प्रश्न विशेष रुपमा चर्चित रह्यो । तर, यति नै बेला ‘दुई देशका बीचका सिमानासम्बन्धी अन्य सबै समस्या समाधान भइसकेपछि दुई देशका प्रधानमन्त्रीहरुका बीचमा आवश्यक छलफल गरी आपसी समझदारी कायम गरेर यसैका आधारमै यस समस्याको पनि स्थायी रुपमा समाधान गर्ने’ भन्ने आपसी समझदारी कायम हुन आएकाले यो विवाद यतिबेला केही शान्त भएर गएको थियो ।
तर, यसै स्थितिमा, यसको केही महिनापछि नै नेपालमा २०१७ साल पुस १ गतेको राजनीतिक परिवर्तन भएकाले दुई देशका प्रधानमन्त्रीहरुका बीचमा आवश्यक छलफल हुने सम्भावना कायम रहिरहन सकेन । यसैले यस हिमशिखरको सार्वभौमिकताको सम्बन्धमा वार्ता गर्ने तथा समझदारी कायम गर्ने काम पनि नवगठित सीमा कमिटीलाई नै सुम्पिएको थियो । यस हिमशिखरमाथि साविकदेखि नै नेपाल अधिराज्यको सार्वभौमिक अधिकार रहँदै आएको छ र यो हिमशिखर नेपाल अधिराज्यको नै हो भन्ने सम्बन्धमा नेपाली पक्षबाट आफ्ना भएका सम्पूर्ण तथ्य, प्रमाण र मान्यताहरु उपर्युक्त संयुक्त सीमा कमिटीमा सविस्तार प्रस्तुत गरिए । तर, कमिटीमा सहभागी रहेको चिनियाँ पक्ष भने यस मान्यताप्रति सहमत हुन सकेन ।
यतिन्जेलसम्म प्रकाशित हुँदै आएका प्रायः सम्पूर्ण अन्तर्राष्ट्रिय नक्साहरुमा यो हिमशिखर तिब्बत र नेपालको बीचमा दुई देशको सीमाक्षेत्रमा देखाइँदै आइएको थियो । चीनबाट प्रकाशित भएका पछिल्ला केही वर्षका नक्साहरुमा भने यो हिमशिखर पूरापूरै रुपमा तिब्बततर्फ नै दखाइँदै आएको रहेछ । यो कुरा यथार्थमा नेपाली पक्षलाई थाहा हुन पनि सकिरहेको थिएन । आफ्ना सबै तथ्य र प्रमाण प्रस्तुत गरी चिनियाँ पक्षले पनि यस हिमशिखरमाथि आफ्नो पनि बराबरी अधिकार रहेको दाबी जनाइरहेको थियो । यस सम्बन्धमा संयुक्त सीमा कमिटीका बैठकमा पटकपटक छलफल हुँदै रहे । तर, अन्तिम निर्णय भने हुन सकेन । चिनियाँ पक्षको तर्कअनुसार यस पर्वत शिखरको ‘चोमो–लोङ्मा’ भन्ने तिब्बती नामले नै यस हिमशिखरमाथि चीनको स्वशासित क्षेत्र तिब्बतको सार्वभौमिक अधिकार रहेकोतर्फ सङ्केत गरिरहेको थियो ।
संयुक्त सीमा कमिटीले आफूलाई सुम्पिएका प्रायः सम्पूर्ण दायित्व पूरा गरिसकेपछि सीमासम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर हुने वातावरण बनिरहेको थियो । अन्य सबै समस्या प्रायः सुल्झिइसकेका थिए । यसै स्थितिमा नेपाल अधिराज्यका राजा श्री ५ महेन्द्र वीरविक्रम शाहदेवको जनवादी गणतन्त्र चीनको राजकीय भ्रमण भई यसै भ्रमणकालमा सिमानासम्बन्धी प्रस्तावित सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम निर्धारित भइरहेको थियो । यसै क्रममा संयुक्त सीमा कमिटीको चौथो तथा अन्तिम अधिवेशन चीनको राजधानी पेकिङ सहरमै बसिरहेको थियो । सगरमाथाको खास चुचुरोको सार्वभौमिकताको सम्बन्धमा भने संयुक्त सीमा कमिटी अझै पनि निर्णयमा पुग्न सकिरहेको थिएन । यसैले यसपटक फेरि पनि यस सम्बन्धमा अन्तिमपटक गम्भीरतापूर्वक आवश्यक छलफल गरियो । यस अधिवेशनको अन्तिम बैठकमा ४ अक्टोबर ई.सं. १९६१ का दिन बेलुकी साँझदेखि भोलिपल्ट बिहानसम्म पनि यस सम्बन्धमा रातभर विस्तृत छलफल हुँदै रहे । तैपनि समाधान निस्किएन । अन्त्यमा आएर दुवै देशका राष्ट्राध्यक्षहरुको हस्तक्षेप र सहमतिपछि बल्ल यस सम्बन्धमा दुवै पक्षलाई मान्य हुने गरी अन्तिम समाधान निस्कियो । ‘पानीढलो’ सिद्धान्तका आधारमा यस क्षेत्रमा महालङ्गुरका ‘सगरमाथा’लगायत सम्पूर्ण हिमशिखरका उत्तरी मोहोडा चीनका र दक्षिणी मोहोडा नेपालका हुन् भनी दुवै पक्षका प्रतिनिधि पहिले नै सहमत भइसकेका थिए । यसै दिन दुई देशका बीचमा सिमानासम्बन्धी सन्धिपत्रमा हस्ताक्षर गरिँदा आमनेपाली नागरिकको चाहना, उनीहरुको आत्मगौरव र राष्ट्रिय स्वाभिमानलाई समेत सर्वोपरि महत्त्व दिई मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारले संयुक्त सीमा कमिटीमा रहेका आफ्ना प्रतिनिधिहरुका तर्फबाट यस हिमशिखरको सम्बन्धमा निम्नानुसारको सिद्धान्तलाई स्वीकार गर्न सहमति जनाइदियो :
‘परम्परादेखि चलिआएका दुई देशका बीचको सीमा रेखाहरुका आधारमा यस हिमशिखरको क्षेत्र यसभन्दा अघि जसरी नेपाल अधिराज्यभित्र रहिआएको थियो, त्यसैगरी अब पनि सगरमाथाको क्षेत्र स्पष्ट तथा निर्विवाद रुपमा नेपाल अधिराज्यभित्र नै रहिरहेको मानिनेछ ।’
सिमानासम्बन्धी सन्धिपत्रमा हस्ताक्षर सम्पन्न हुँदा सहमति भएको यसै निर्णयको आधारमा जनवादी गणतन्त्र चीनको आफ्नो राजकीय भ्रमण पूरा गरी स्वदेश फिर्ती सवारी भएपछि आफ्नो सम्मानमा आयोजना गरिएको नागरिक अभिनन्दन समारोहमा वि.सं. २०१८ कात्तिक ११ गते तदनुसार २७ अक्टोबर ई.सं. १९६१ का दिन टुडीँखेलको खुलामञ्चमा श्री ५ महेन्द्र वीरविक्रम शाहदेवबाट गर्वसाथ निम्नाङ्कित उद्गार व्यक्त गरिबक्सिएको थियो :
‘सगरमाथा, जसमाथि आज सम्पूर्ण संसारको नै आँखा परिरहेको छ, जस्ताको तस्तै हाम्रो आफ्नै देशभित्र हाम्रो आफ्नो नै भएर रहेको छ भन्न पाउँदा हामी सबै नेपाली गौरवान्वित हुन आएका छौं ।’
(आचार्यको पुस्तक ‘चीन, तिब्बत र नेपाल’ बाट)
तस्वीर साभार , https://www.daytoursnepal.com
336
nakushetke.ru
Форма
Идея
Альтернатива
Блеф
Страсть
Конферансье
Опосредованный
Фат
Традиция
Интеллект
Тренинг и муштра
Рефлекс
Импровизация
Культура
Режиссер
Осязание
Художественный образ
1506
striplife.ru
гра престолів 8 сезон
скачать сериал сверхъестественное 7 сезон бесплатно
няньки скачать на телефон
пацанки 2 сезон скачать бесплатно на телефон
123 movies
29
full online movies
videos porn tuve
9xflix in category web series
морфемный разбор онлайн
гдз по русскому 5 класс разумовская
гдз по английскому 11 класс афанасьева
гдз по русскому языку 3 класс байкова
контрольная работа по математике 6 класс
гдз по истории
гдз по географии 9 класс домогацких
гдз по английскому 9 класс афанасьева
мама по английски
гдз математика 4 класс
гдз по географии 8 класс баринова
гдз по английскому 5 класс афанасьева
гдз по обществознанию 7 класс боголюбова
геометрия 7 класс атанасян
гдз по английскому 9
гдз по математике пятый класс первая часть
hentaihavenxxx.ru
Hentai
Алексей Арестович Ютуб Канал.
Вампиры средней полосы 2 сезон 2 серия
Вампиры средней полосы 2 сезон 2 серия смотреть онлайн бесплатно в хорошем качестве
958
Когда психолог
324
342
121
260
211
селективный
учиться
маша
ровесник
копрофил
релевантность
то есть
marah
Видео
least
Все серии сезоны
Смотреть онлайн сериалы
youtubefpv.ru
bb-mail.ru
mymoda24.ru
mol-centr.ru
mb588.ru
kin0shki.ru
3o9cpydyue4s8.ru
олексій арестович освіта
арестович олексій
pain-music.ru
histos.ru
как называется серия смешариков где нюша следит за смешариками на грядках
фильмы смотреть музыка онлайн сериалы видео
Черничный хутор на ютубе последнее видео
Психологи Москвы
Обновление
site
Маньяки
фильм Эра выживания смотреть онлайн Смотреть Фильм Эра Выживания Онлайн Бесплатно В Хорошем Качестве
odnoklassniki-film.store
Игра на выживание 2 сезон дата выхода серий на ТНТ Игра На Выживание 2 Сезон Смотреть Онлайн
Дом дракона Дом Дракона
Быстрее пули смотреть онлайн бесплатно Быстрее Пули (2022) Смотреть Онлайн Фильм