मुलुकमा सवभन्दा पहिला ‘‘गणतन्त्र नेपाल जिन्दावाद’को नारा पनि महासभाले नै अघि सारेको पाइन्छ । इतिहासकार राजेश गौतम् लेख्छन्–रक्तपात कमिटीका नाममा वितरित पर्चामा प्रधानमन्त्री जुद्धशमशेरको व्यक्तिगत चरित्रको भण्डाफोर गर्दै उनलाई गोली हानी मारेपछि मात्र हामी नेपालमा गणतन्त्र अमर रहोस् भन्ने नारा घन्काउन सक्ने छौ लेखिएको थियो ।
मुलुकमा गणतन्त्र माग भएको सात दशक पछि २०६५ जेठ १५ गते राजतन्त्र अन्त्य भयो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बन्न पुग्यो । संविधानसभाको पहिलो बैठकले शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रलाई १५ दिन भित्र नारायणहिटी दरवार छोड्न निर्देशन दियो । गणतन्त्रको माग भने बि.सं. १९९० को दशकमै भइको हो ।
वि.सं. १९९० को दशकको अन्ततिर आई पुग्दा प्रधानमन्त्री (श्री ३ महाराज)लाई भगवान विष्णुको अवतार मान्ने नेपाली समाजमा विस्तारै विस्तारै राणाहरुको अन्याय अत्याचार विरुद्व आवाज उठ्न थाल्यो । तिनै ताकाको कुरा हो, अध्ययनका क्रममा भारतमा रहेका वा राणा सरकारले देश निकाला गरेका व्यक्तिहरु मध्ये सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, सन्तवीर लामा, सरदार निमा, डिल्लीरमण रेग्मी, विश्वेश्वरप्रसाद कोइराला र शंकरप्रसाद शर्माहरु मिलेर अखिल नेपाल वर्ग महासभा’को स्थापना गरे । इतिहासकार डा. सुरेन्द्र केसीले नेपालको कम्युनिष्ट आन्दोलन नामक पुस्तकमा लेखेका छन्–त्यो संस्थाका मुख्य दुई उद्देश्य थिए । ‘‘पहिलो क्रान्तिकारी साहित्य वनाएर प्रचार प्रसार गर्ने र दोस्रो, एउटा शसस्त्र दल ‘रक्तपात कमिटी’ बनाएर राणा विरोधी अभियान चलाउने ।’’ वि.सं. १९९९ को असारमा सम्पन्न महासभाको बैठकले ‘‘जापानीहरुले भारतमा आक्रमण गरी दक्षिण एसियाबाट अंग्रेजहरुलाई धपाउने अभियान थालेकै दिन राणा विरुद्व शसस्त्र क्रान्ति गर्ने निर्णय लियो (के.सी., २०६५ ः ४० र ४१)।’’ तर त्यो संस्थाले के कस्ता अभियान चलायो भन्ने विषयमा खासै प्रमाण पाइदैन ।
रक्तपात कमिटी’ का नाममा एक दुई पर्चा वाहेक अन्य कुनै प्रकारका दस्तावेज फेला परेका छैनन् । इतिहासकार डा. राजेश गौतम्ले ‘‘यो कमिटी कहाँ कसरी स्थापना भयो र यसमा कस कसको संलग्नता थियो भन्ने खुलेको छैन भन्ने उल्लेख गरेका छन् । कमिटीले वाडेको पर्चाका आधारमा यो संस्था काठमाडौं र भारतको कानपुरबाट सञ्चालन भएको देखिन्छ ।
इतिहासकार डा.सुरेन्द्र के.सी.लेख्छन् ‘‘महासभाले बनारसमा डिल्लीरमण रेग्मी, देहरादुनमा अग्निप्रसाद शर्मा र दार्जीलिङमा सन्तवीर लामालाई संगठन प्रमुख वनाएको थियो । बीपी र उनका पिता कृष्णप्रसाद कोइराला सन्तवीर लामाको सहायकका रुपमा चुनिए ।
जे होस्, भारतका विभिन्न स्थान तथा पत्रिपत्रिकाबाट राणा शासन विरुद्व प्रचार प्रसारको शुरुवात त्यो संस्थाले गरेको थियो । अनी मुलुकमा सवभन्दा पहिला ‘‘गणतन्त्र नेपाल जिन्दावाद’को नारा पनि महासभाले नै अघि सारेको पाइन्छ । इतिहासकार राजेश गौतम् लेख्छन्–रक्तपात कमिटीका नाममा वितरित पर्चामा प्रधानमन्त्री जुद्धशमशेरको व्यक्तिगत चरित्रको भण्डाफोर गर्दै उनलाई गोली हानी मारेपछि मात्र हामी नेपालमा गणतन्त्र अमर रहोस् भन्ने नारा घन्काउन सक्ने छौ लेखिएको थियो (गौतम्, २०५५ ः ११)।’’
रक्तपात कमिटीले वितरण गरेको पर्चाका आधारमा त्यसको उद्देश्य यस प्रकार देखिन्छ ।
पहिलो ः राणा शासन अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गर्ने ।
दोस्रो ः राणा शासकका गलत कृयाकलाप, अन्याय, अत्याचारको भण्डाफोर गर्ने ।
यो कमिटीले सन् १९४० सेप्टेम्वर ७ मा पहिलो र सन् १९४२ फेब्रुअरीमा दोस्रो पर्चा छरेको देखिन्छ । ‘‘पहिलो पटक देशका विभिन्न ४१ उच्च व्यक्तिहरु कहाँ कमिटीले पर्चा पठाएको थियो । प्रधानमन्त्री जुद्वशमशेरलाई हुलाक मार्फत कानपुर (भारत)बाट पठाएको पर्चामा उनको व्यक्तिगत चरित्र बारे अनेकौं आरोप लगाइएको छ ।’’
पर्चामा जनतालाई भोकै मारी आफ्नो ढुकुटी भर्ने राजाबाट कुनै अपेक्षा गर्नु नै व्यर्थ छ भन्दै लगाइएका केही आरोप यस्ता पनि छन् ‘‘उ यस्तो व्यक्ति हो । जसले आफ्नी बुहारीसंग अनैतिक सम्वन्ध कायम गर्न चाहन्थ्यो । आफ्नी छोरीलाई पेट बोकीसकेपछि गोप्य रुपमा एउटा सोझो बंगालीलाई भिडायो । जो जनतालाई बली चढाएर जुवा, संगीत, रक्सी तथा ठट्यौलीमा जीवन बिताउँछ । जो आफन्त तथा भाइहरुलाई धर्म चेष्टा नराखी बिना कारण जंगल तथा डाँडातिर लखेट्छ, जो भर्खरकी सोझी तरुनी, बाहुनकी छोरीहरुलाई जालमा पारी आफ्नो अनैतिक यौनिक चाहना पुरा गर्दछ । यस्ता कुपात्रलाई कुष्ठरोग नलागे अरु कसलाई लाग्ने ? तिमीहरु आफै विचार गर्न सक्छौ । यस्ता व्यक्तिको शासनमा हामी कसरी खुसी हुने ? (गौतम्, २०५५ ः ९ र १०)।’’
पर्चामा अत्याचारी राणा शासकको हत्या गरी सिंहदरवार सहित पाटन र भक्तपुर दरवार क्षेत्रमा गणतन्त्रको झण्डा फहराउने उल्लेख थियो ।
यो समुहले रुसको वोल्सेभिक र जापानको कालोङग दलसंग सम्वन्ध राखेर काम गरेको थियो की भन्ने कतिपय इतिहासकारहरुले उल्लेख गरेका छन् । तर दोस्रो विश्युद्वमा एक अर्का विरुद्व भिषण युद्व गरिरहेका जापान र रुसका पार्टीहरुको एक साथ सहयोग लिएर त्यसले कसरी नेपालमा राणा शासनको अन्त्यका लागि पहल गरिरहेको थियो होला ? भन्ने प्रश्न उव्जिन्छ ।
‘‘भारतमा सुवासचन्द्र वोसले बनाएको ‘आजाद हिन्द फौज’संग ‘रक्तपात कमिटी’को योजना मिल्दो जुल्दो देखिन्छ । जो जापानको सहयोगमा नै भारतबाट ब्रिटिस साम्राज्यलाई हटाउने योजनामा थियो । ‘रक्तपात कमिटी’ पनि अनेक सैनिक दलहरुको संगठनद्वारा जापानको सहयोगबाट नै राणा शासनको अन्त्य गराउन चाहन्थ्यो (के.सी., २०६५ ः ४१)।’’
‘‘दोस्रो विश्वयुद्वका क्रममा सन् १९४५ अगष्ट ९ मा आई पुग्दा जापानको हार भएपछि रक्तपात कमिटीको गणतन्त्र स्थापना गर्ने आशामा ठूलो चोट पुग्यो । र त्यो योजनाको अन्त्य भयो (गौतम्, २०५५ ः १२)।’’‘‘जापानको हार पछि नेपालमा गणतन्त्र स्थापनाको योजना पनि तत्कालका लागि तुहियो । तथापी त्यो नै मुलुकको इतिहासमा गणतान्त्रिक विचारको उद्गम थियो (के.सी., २०६५ ः ४१)।’’
coursework computer science coursework paper coursework based coursework at college
narrative coursework examples coursework plagiarism checker design technology coursework buy coursework
coursework plug coursework in korean coursework or course works creative writing coursework ideas
narrative coursework examples degree coursework coursework umich coursework guidelines
psychology paper writing service ghost writer college papers custom written college papers pay to write paper
paper writing services reviews do my college paper for me can someone write my paper for me best paper writing services
best custom paper writing service can someone write my paper for me help writing my paper buy papers for college
write my paper for me cheap write my thesis paper buy writing paper write my psychology paper
websites that write papers for you custom papers for college instant paper writer paper writing services legitimate
where can you buy resume paper online paper writing services paper writing service college pay someone to write a paper for me
buy literature review paper what should i write my paper about buying papers online college https://writepapersformoney.com
pay for someone to write your paper write my nursing paper write my philosophy paper writer paper
jackpot party casino slots online free play slotomania argent reel free slot machine games no dow loading real slots online