बीपीलाई प्रधानमन्त्री हुनबाट रोक्न अनशन गर्ने श्रीमती सुशीलाको कथा

image

बीपीले भनेका छन् “म प्रधानमन्त्री हुँदा सुशीलाले त्यो पदमा नजान सल्लाह दिएकी थिइन् । उनको विचारमा मलाई सत्तामा नगैकनै प्रभाव जमाउन गान्धीको जस्तो भूमिका सुहाउँथ्यो । सत्तामा जान अस्वीकार गरेको भए जनतामाझ मेरो उचाइ बढ्थ्यो र जनताको सेवा गर्न सत्ताभन्दा अरु राम्रा माध्यमहरु छन् भन्ने सन्देश मेरा सहकर्मी र राजनीतिक कार्यकर्ताहरुलाई जान्थ्यो । मेरो यो कदमले सत्ताको होडबाजीमा रोक लगाउँथ्यो ।

स्थानीय तह निर्वाचन (२०७९) मा पार्टीका नेताहरुले परिवारका सदस्य, गुट र मोटो चन्दा दिन सक्ने व्यापारीलाई टिकट दिएको भन्दै व्यापक आलोचना भयो । कतिपय स्थानमा विद्रोह मात्र भएन दलका उम्मेद्धवारलाई स्वतन्त्रले पराजित गरिदिए । यि घटनालाई दलले न्याय गर्न नसक्दाको परिणाम मान्नेहरुको कमी छैन । यति बेला सबै जासो पार्टी र नेताले नाता, कृपाका आधारमा अवसर दिएको भन्दै तिव्र आलोचना भएको छ । तर बीपी पत्नी सुशीला कोइरालाले आफ्ना पतिलाई प्रधानमन्त्री हुनबाट रोक्न तिव्र दवाव श्रृजना गरिन भन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ । हो, २०१६ साल जेठ दोस्रो साता दुई तिहाई वहुमत प्राप्त दल नेपाली कांग्रेसका सभापति बीपीलाई प्रधानमन्त्री हुनवाट रोक्न सुशीलाले अनशन नै गरिन् । अन्तमा एक वर्षपछि सुवर्णशमशेर राणालाई सत्ता हस्तान्तरण गरी पार्टीको काममा जाने र संसदीय दलमा निर्विरोध भए मात्र प्रधानमन्त्री बन्ने सर्तमा सुशीलाले अनसन तोडेकी थिइन । यो आलेख त्यही घटनाक्रममा केन्द्रीत छ । 

देशमा पहिलो संसदीय निर्वाचन (२०१५) सम्पन्न भएपछिको कुरा हो । स्वयं बीपीले भनेका छन् “म प्रधानमन्त्री हुँदा सुशीलाले त्यो पदमा नजान सल्लाह दिएकी थिइन् । उनको विचारमा मलाई सत्तामा नगैकनै प्रभाव जमाउन गान्धीको जस्तो भूमिका सुहाउँथ्यो । सत्तामा जान अस्वीकार गरेको भए जनतामाझ मेरो उचाइ बढ्थ्यो र जनताको सेवा गर्न सत्ताभन्दा अरु राम्रा माध्यमहरु छन् भन्ने सन्देश मेरा सहकर्मी र राजनीतिक कार्यकर्ताहरुलाई जान्थ्यो । मेरो यो कदमले सत्ताको होडबाजीमा रोक लगाउँथ्यो ।” पत्नी सुशीलाको इच्छा विपरीत आफू पहिला गृह मन्त्री र प्रधानमन्त्री बनेको कुरा फेरि सुन्दरीजल पुस्तकमा बीपीले उल्लेख गरेका छन् । २०१५ को संसदीय चुनावमा दुई तिहाई सिट जिते पनि नेपाली कांग्रेस पार्टीका सभापति बीपी कोइरालालाई राजा महेन्द्रले सरकार गठनका लागि वोलाएका थिएनन् । पार्टीका परिकल्पनाकार र सबै भन्दा उचो कदका नेता भएकाले बीपी प्रधानमन्त्रीका स्वभाविक हकदार थिए । त्यो चुनावमा सबै भन्दा वढी खटिने पनि उनै थिए । तर राजा महेन्द्र भने बीपी हैन सुवर्णशमशेर राणा प्रधानमन्त्री बनुन् भन्ने चाहन्थे । 
त्यसैले चुनाव जितेकोमा कांग्रेस सभापतिको हैसियतमा बीपीलाई होइन, मन्त्रिपरिषद् अध्यक्ष सुवर्णको नाममा राजाले बधाई सन्देश पठाए । सन्देशमा भनिएको थियो “तिमी र तिम्रो पार्टीले जितेकोमा बधाई १” 
दरबारको स्पष्ट सन्देश थियो— सुवर्णलाई नै प्रधानमन्त्री बनाउने । यो वातावरणले निर्वाचित सांसदहरु भने अन्योलमा थिए । कांग्रेस वृत्तमा हल्लिखल्लि मच्यिो । 
सुवर्णशमशेर निर्विरोध 
हुन सक्ने अवस्था थिएन । संसदीय दलको नेतामा उनले उम्मेदवारी दिए 
अर्का नेता गणेशमान सिंहले उठ्ने घोषणा गरिसकेका थिए— 
बीपीको उत्तराधिकारीको रुपमा । पार्टीभित्रको यस्तो किचलोले सधैं राजनीतिभन्दा बाहिर रहँदै आएकी बीपीपत्नी सुशीला चिन्तित थिइन । 
बीपी प्रधानमन्त्री भए राजाले फेरि दुःख दिन्छन् र प्रजातन्त्र नै सङ्कटमा पर्छ भन्ने डर उनमा थियो । त्यसैले बीपी पत्नी सुशीलाले आफ्ना पतिलाई प्रधानमन्त्री नबन्न सुझाब मात्र होइन, दबाबै दिइन् । सुशीलाको भनाइ थियो, महात्मा गान्धी कहिल्यै प्रधानमन्त्री भएनन् । जयप्रकाश नारायण र राममनोहर लोहिया सत्ता राजनीतिका कारण नेता भएका होइनन् । त्यसैले तपाईं पनि पार्टीको सभापति भएर बस्नुस्, सुवर्णजीलाई प्रधानमन्त्री हुन दिनुस् ।”
एकातिर पार्टीभित्रको किचलो अर्कोतिर घरभित्रै श्रीमतीले प्रधानमन्त्री नबन्न दिएको दबाबबाट बीपी चिन्तित थिए । एक दिन उनले कांग्रेस नेता विश्वबन्धु थापालाई भने, “ल त विश्वबन्धु, भाउजूलाई सम्झाउ न यार ”
कोइराला परिवारमै हुर्किएका थापा परिवारकै सदस्यको हैसियतमा बीपीसँगै नागपोखरीको एउटै घरमा बस्थे । उनीहरुको पारिवारिक सम्बन्ध थियो । पिताजी कृष्णप्रसाद कोइराला प्रवासमा भएका बेला भारतको सहर्षा टेढीमा एउटै गाउँमा बसेका थिए कोइराला र थापा परिवार । कृष्णप्रसादले उनकी आमासंग भाई टिका लगाएका थिए र भान्जा विश्वबन्धुलाई कोइराला निवासमै राखेर पढाए । आमनिर्वाचनसम्म बीपीसँगै बसेका उनी कांग्रेस संसदीय दलको प्रमुख सचेतक भएपछि मात्र अलग बस्न थालेका हुन् ।
थापाले लेखकसंग भनेका छन्, “बीपी र सुशीला भाउजूको सम्बन्ध पतिपत्नीको जस्तो भन्दा पनि प्रेमीपे्रमिकाको जस्तो थियो । सान्दाजु ९बीपी० घरमा आएको बेला भाउजूलाई नदेख्ता ‘सुशीला, सुशीला’ भनी बोलाइहाल्ने । हामी जिस्क्याउँथ्यौं— दो दिन की चाँदनी फिर अँधेरी रात ।”
थापा हाँस्तै भनेका थिए “सुशीला भाउजूका लागि राजनीति सौता जस्तै थियो, पति टाढा राख्ने ।” प्रधानमन्त्री नबन्न चर्को दबाब दिइरहेकी श्रीमतीलाई खुसी पार्न बीपीले भनिदिए, ‘सुशीला भन्छे भने म प्रधानमन्त्री हुन्नँ । बल्लबल्ल कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवसर आएका बेला अनावश्यक विवाद गर्नु उचित छैन ।’ सुशीलाको भनाइ थियो, ‘राजाले यदि सुवर्णजीलाई चाहेका छन् भने बीपीले उनलाई छोडिदिनुपर्छ ।’
यस्तै विवाद चलिरहँदा बीपीलाई प्रधानमन्त्री नबन्न दबाब दिनका लागि श्रीमती सुशीलाले घरमै भोक हड्ताल गरिन् । श्रीमतीको चर्को दबाबमा परेका बीपीले एक दिन डा। तुलशी गिरीसँग भने, “सुशीला बौलाहा भैसकी । तिमी गएर सम्झाऊ ।” त्यस बेलासम्म बीपीलाई राजनीतिमा होस् कि घरमा, हरेक समस्या समाधानका लागि डा। गिरी नै चाहिने ।
उनी पनि परिवारको सदस्य झै बीपीसंगै नागपोखरीको घरमा बस्थे । गिरीले सुशीलासँग भने, “भाउजू, तपार्इंले यो के गरेको रु सिङ्गो देश के सोचिरहेको छ भने नेपालको सारा समस्याको समाधान गर्ने व्यक्ति कोही छ भने विश्वेश्वरप्रसाद कोइराला मात्र छ । तर तपाईं ‘उहाँ प्रधानमन्त्री हुनु हुन्न’ भन्नुहुन्छ । यो माग समयको गति विपरीत छ । तपाईंको यस्तो कुरामा कसले समर्थन गर्छ ? किन 
यस्तो गर्नुभएको ?”
सुशीलालाई आफ्ना पति प्रधानमन्त्री बने अनिष्ट निम्तिन्छ भन्ने डर थियो— “राजाले सुवर्णलाई चाहेका छन्, बीपीले उनलाई छोडिदिनुपर्छ । नत्र फेरि राजनीति अस्थिर हुन्छ । पार्टी छिन्नभिन्न हुन सक्छ र अन्ततः प्रजातन्त्र नै खतरामा पर्न सक्छ ।” त्यसैले सुवर्णलाई प्रधानमन्त्री बनाएर बीपीले अविभावकका रुपमा पार्टी चलाउन् भन्ने सुशीलाको चाहना थियो । कांग्रेसले दुईतिहाई बहुमत ल्याएकै दिनदेखि काठमाडौं मा राजाले आज सत्ता हातमा लिन्छन्, भोलि लिन्छन् भनेर चलाइएको हल्लाले राजनीतिमा कहिल्यै चासो राखेर हस्तक्षेप नगरेकी सुशीलालाई झनै चिन्तित बनाएको थियो । पत्नीलाई सम्झाउन बीपीले डा। गिरी र विश्वबन्धुलाई खटाएका थिए । 
विश्वबन्धु थापाले निक्कै बेर सम्झाएपछि सुशीलाले आफ्नो निर्णय सुनाइन्, “बीपी संसदीय दलमा निर्विरोध हुनुभयो भने प्रधानमन्त्री बन्नुहुन्छ, चुनावमा गएर होइन । प्रधानमन्त्री भए पनि पहिलो एक वर्षका लागि मात्र । त्यसपछि सुवर्णलाई छाडिदिनुपर्छ ।” सुशीलालाई मनाउन बीपीले ‘कार्यकर्ताले आफू बाहेक कसैलाई पनि प्रधानमन्त्री स्वीकार नगर्ने’ बताएका थिए । उनले एक वर्षभित्र सरकार सञ्चालनको मार्गचित्र बनाएर सुवर्णलाई छोडिदिने वचन दिए । अनि मात्र सुशीला अनशन तोड्न तयार भइन् । सुशीलाको अनशन तोडाउँदाका बखत बीपीले निकट सदस्यहरुलाई भनेका थिए, “एक वर्षभित्र पञ्चवर्षीय योजना तर्जुमा गर्छु र त्यसका लागि चाहिने बजेटको प्रबन्ध भएपछि राजीनामा गरेर पूर्ण रुपमा पार्टीको काममा फर्किनेछु ।” 
अनी २०१६ बैसाख अन्तिम साता सुवर्ण निवास बालुवाटार ९हाल नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय रहेको भवन० मा एक मात्र निर्वाचित महिला सदस्य द्धारिकादेवी ठकुरानीको अध्यक्षतामा भएको कांग्रेस संसदीय दलको बैठकमा बीपी निविरोध दलको नेता चयन भए । अनी २०१६ साल जेठ १३ गते राजाले उनलाई प्रधानमन्त्री नियुक्त गरे । यसरी बीपी मुलुककै पहिलो प्रधानमन्त्री बन्न पुगे ।  




प्रतिक्रिया


  1. Apotheke cialis schweiz <a href=http://iverstromectol.com/>generic stromectol</a>

    <a href=http://buycialikonline.com>purchasing cialis online</a> All female patients must have two negative pregnancy tests before starting oral isotretinoin.

प्रतिक्रिया दिनुहोस्

तपाइँको ई-मेल गोप्य राखिनेछ ।