शाही शासन : सेना प्रधान सम्पादकको भूमिका रहेको युग

image

२०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकको शासन सत्ता हातमा लिएपछि एक सातासम्म सञ्चार माध्यममा सेना पठाएर कडा सेन्सरसिप लागु गरियो । कस्तो थियो त ? शाही शासन कालमा मिडियाले खेपेको मार । बुझ्न सहज होस् भनेर त्यो बेला कान्तिपुर दैनिकको सम्पादक रहनु भएका पत्रकार नारायण वाग्लेको यो लेख हामीले २०७४ फागुन ७ को कान्तिपुर दैनिकबाट लिएका हौं (प्रधान सम्पादक) 

राजनीतिक नेताहरूका आपसी स्वार्थबीच खेल्न तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गर्दै संविधान हातमा लिए । प्रधानमन्त्री फेरबदल गर्न थाले । लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र फेरि देउवा । तिनै देउवालाई दोस्रोपल्ट अक्षम भन्दै माघ १९ गते बिहान १० बजे दरबारभित्र सजिसजाउ स्टुडियोमा रेकर्ड गरिएको सम्बोधनमार्फत उनले प्रत्यक्ष शासन सुरु गरे ।

‘नारायणजी, तपाईं सरकारको सम्बोधनसुन्दै हुनुहुन्छ होला, फोन नराख्नुस् है, अर्जेन्ट छ,’ संवाद सचिवले भने, ‘सम्बोधन सकिनासाथ दरबार आउनुहोला ।’

‘दौरा–सुरुवालमा रु’ मैले सोधें ।

‘ढाका टोपी लाउनुभए हुन्छ,’ उनले भने । मैले सोचें, ‘शासन हातमा लिएपछि राजाले अपर्झट हामीलाई ढाका टोपीमै भेट्ने भए कि रु’

लगत्तै फोन काटियो, इन्टरनेट सेवा बन्दभयो । म कोटेश्वरको बाटो तीनकुने अफिसतिर दौडिँदा विमानहरूको आउजाउ रोकिइसकेको थियो । प्रमुख नेताहरू नजरबन्द या गिरफ्तार भए । अफिस पुग्दा देख्छु त, सैनिक टोलीले मिनी ब्यारेक बनाइसकेको छ । एम–१६ धारी सैनिकहरू समाचार कक्षमा हाजिर भइसकेछन् ।

सहकर्मी गुणराज लुइँटेलले ‘नरहरि ९आचार्य० जीलाई पक्राउ गरे’ भनेर प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई भनिदिँदा, उनले ‘नारायणजीलाई पक्राउ गरे’ भन्ने सुनेछन् । आफ्नो निवास वरपर शंकास्पद गतिविधि देखिसकेका उनी पनि हतारिए ।

म भने काठमान्डू पोस्टका समकक्षी प्रतीक प्रधानसँग राजदरबार गएँ । हामीलाई सचिवालयको एउटा सामान्य कोठामा राखेर हामीलाई शाही कदमको लामो व्याख्या गरे । ‘यो देश राजाहरूका कारण जोगिएको हो, यसका नदीनालाहरू सुरक्षित भएका हुन्, देशलाई आवश्यक पर्दा यसरी राजेच्छामुताविक कदम हुने गर्छन्, देश जोगाउन तपार्इंहरूले शाही कदमलाई समर्थन गर्नुपर्छ,’ उनले भने ।

हामीले प्रश्नहरू गर्न थालेपछि उनले खास सन्देश प्रस्ट गर्दै भने, ‘नारायणजी, तपाईंहरूको अफिसमा सेना पुगिसकेको होला, उनीहरूसँग समन्वय गर्नुभएन भने भोलि तपाईंलाई दुई–चार घण्टाकै लागि बेपत्ता पारिँदा मैले केही सहयोग गर्न नसक्ने हुनेछु ।’

हामीले अफिस फर्केर सैनिक अधिकृतहरूलाई ‘सेन्सर’ गराउँदै पत्रिका त निकाल्ने तर सादा समाचार मात्र दिने उपाय खोज्यौं । जुन कुराको विरोध गर्न सकिँदैन, त्यसको समर्थन पनि गर्नु हुँदैन भन्ने मान्यतामा हामी एकगठ भयौं ।

सैनिक सेन्सरसिपविरुद्व अन्तर्राष्ट्रिय समुदायले सैनिक नेतृत्वलाई दबाब दिएपछि हाम्रो अफिसको मिनी ब्यारेक त हटयो तर बिदा हुनुअघि अधिकृतहरूले प्रकाशकहरूलाई सम्झाए, ‘तपार्इंहरूले यस्तै सहयोग जारी राख्नुहोला, नभए हामी फर्किनुपर्ने हुन्छ ।’

शाही ‘कू’ को सांकेतिक विरोध गर्ने शैलीस्वरूप हामीले मध्ययुगीन विषयवस्तुमा सम्पादकीय लेख्न थाल्यौं । फोहोर मोजा लगाए कति गन्हाउँछ भन्ने व्यंग्यसहितको सम्पादकीय काठमान्डू पोस्टमा आयो भने तारो हान्ने प्रथालाई राष्ट्रिय खेलको मान्यता दिँदै अन्तर्राष्ट्रियकरण गर्नुपर्ने भनेर कान्तिपुरमा लेख्यौं ।

‘तारो हान्ने’ सन्देशमार्फत दरबारतिर निसाना ताकेको अथ्र्याएर हामीलाई धम्क्याउने फोन आउन किन रोकिन्थ्यो र ?

राजाले सम्पादकहरूलाई कापी–कलमसहित लिएर आउन नारायणहिटीमा निम्त्याए । शाही घोषणा अथ्र्याउन उनले हामीलाई आफ्नो कार्यालय पछाडिको एउटा खुला चौरमा गोलबद्ध कुर्चीमा राखे । भने, ‘आतंकवादविरुद्व अब मित्रराष्ट्रहरूले दोहोरो मान्यता राख्न हुँदैन र देशभित्र दलहरू भ्रष्टाचार र आतंकवादविरुद्व उभिनुपर्छ ।’

हामीले प्रेस स्वतन्त्रताबिना न आतंकवाद न भ्रष्टाचार कमजोर हुन्छ भन्ने तर्क राख्यौं ।

प्रेस स्वतन्त्रता पक्षमा पत्रकार महासंघले प्रदर्शन थाल्यो, विधिको शासन बहाली माग्दै नेपाल बारले ।

त्यस्तैमा एक दिन कांग्रेसका पाका नेता बलबहादुर राईले पार्टी झन्डासहित विरोध जुलुस निकालेको आकर्षक मुख्य तस्बिरसहित सयौंको धरपकडबारे प्रमुख समाचार दिएपछि हाम्रा संघर्षका दिन सुरु भए ।

काठमाडौं जिल्ला प्रहरीको अपराध अनुसन्धान शाखाबाट मलाई त्यही साँझ चिठी आइपुग्यो, जसमा भोलि बिहान ९ बजे हनुमानढोका हाजिर हुन आदेश थियो । हामीले फेरि छलफल गर्‍यौं, कानुनबेत्ताहरूसँग सल्लाह लियौं, मैले पत्रकार महासंघका अध्यक्ष विष्णु निष्ठुरीलाई अवगत गराएँ । तोकिएको समयमा म हनुमानढोका हाजिर भएँ । डीएसपीको कार्यकक्षमा मैले भनें, ‘तपाईंले अपर्झट चिठी काटेकाले चिया खान आएको हुँ, बयान दिन होइन ।’

‘हामीले भने केही न केही सोधपुछ गर्नुपर्नेछ,’उनले भने ।

‘तपार्इं सम्पादकलाई बयान लिने आधिकारिक निकाय होइन,’ मैले भनें, ‘समाचारबारे प्रष्टीकरण लिनुपरे प्रेस काउन्सिल छ ।’

एक घण्टासम्म उनले केरकार गर्न खोजे पनि मैले एउटै जवाफ दिएपछि उनले थुन्ने आदेश पाएनन्, थर्काउने ठाउँ पनि भेटेनन् । मैले भनें, ‘अर्कोपल्ट यसरी चिठी काट्नुभयो भने म चिया खान पनि आउन सक्दिनँ ।’

हाम्रा सहकर्मीहरूलाई जिल्ला–जिल्लामात्यसैगरी प्रहरीले पत्र काट्न थाल्यो । सबैलाई त्यही गर्नू भन्ने सल्लाह दियौं– चिया खान आएको भन्नू, बयान दिने होइन ।

प्रेस काउन्सिलले पत्र काट्न थाल्यो । त्यसले केही पार नलाग्ने देखेपछि प्रमुख जिल्ला अधिकारीले हाम्रा प्रबन्धक विनोद ज्ञवालीमार्फत तारन्तार बोलाउन थाले । त्यसै गर्‍यौं, ‘तपाईंले बोलाएकाले चिया खान आयौं, बयान दिन होइन ।’

एकपल्ट त सरकारी वकिलहरू राखेर भकाभक प्रश्न गर्न थाले । म र काठमान्डू पोस्टका प्रतीक ‘यसरी बयानै खोजेको भए अबदेखि नबोलाउनू’ भनेर निस्क्यौं । एकपल्ट उनले निरीहता पोखे, ‘सरकारबाट आफैं पत्रिका पढिबक्सेको रहेछ, रिसानी भएर प्रमुख सचिवमार्फत सोझै मलाई सोध्न आदेश भयो, तपाईंहरूले मेरो अवस्था पनि बुझिदिनुपर्‍यो ।’

शाही शासनले सबैलाई निरीह बनाएको थियो । जनता जगाउन पत्रकारिताले शिर उचाल्नुपथ्र्यो । स्वतन्त्रताको मैदान बढाउन पाइलाका चाल तेजिलो गर्नुपथ्र्यो, बौद्धिकहरू हामीलाई घच्घच्याइरहन्थे । हाम्रा खुट्टा लुला भएको शंका गर्दै एकपल्ट स्तम्भकार खगेन्द्र संग्रौलाले खबर पठाए, ‘सम्पादकलाई भनिदिनू, यस्तो लबस्तरो पत्रिका निकाल्ने हो भने कमण्डलु लिएर देवघाट गए हुन्छ ।’

पाता फर्काउने गरी लेख्न खप्पिस संग्रौलाले उपयोग गर्न पाएको सीमा हेरी कार्टुनिस्ट वात्स्यायनका पोखराबाट व्यंग्यवाण आउँथे । एकपल्ट त्यस्तै एउटा कार्टुन आयो, जसमा कोइरालाले संवैधानिक राजतन्त्ररूपी मरेको घोडा बोकेर हिँडेका थिए ।

त्यो छापिएपछि कान्तिपुरलाई ‘आठौं दल’ को संज्ञा दिने शाही मन्त्रिपरिषद् फेरि जंगियो ।

प्रकाशकहरूलाई दबाब बढ्यो । हामीले पहिलो पृष्ठमा सम्पादकीय मान्यता प्रस्ट गर्न सानो सामग्री लेख्यौं– हामी संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्रको मूलभूत संवैधानिक आधारस्तम्भ स्वीकार गरेरै चलिरहेका हौं ।

शाही कदम नै संविधानविरुद्व हो र अन्ततस् राजसंस्थाप्रति नै आत्मघाती सावित हुनेछ भन्ने हामीले लेख्दै आएका थियौं । त्यति प्रस्ट्याएर के पुग्थ्यो रु एउटा आकस्मिक मन्त्रिपरिषद् बैठकपछि सञ्चारमन्त्री टंक ढकालले अपर्झट पत्रकार सम्मेलन गरी हामीलाई तर्साउने शब्दहरू प्रहार मात्र गरेनन्, पक्राउ गर्ने तारतम्य मिलाए ।

प्रकाशकद्वय सिरोहिया र ज्ञवाली, म र प्रतीक थुनामा जाने तयारीसाथ बस्यौं । मन्त्री ढकालको खुला धम्कीलगत्तै अन्तर्राष्ट्रिय प्रेस समुदायबाट भत्र्सनाहरू ओइरिन थाले, इयान मार्टिन नेतृत्वको नेपालस्थित राष्ट्रसंघीय मानवअधिकार उच्चायोगको सक्रियता बढ्यो ।

सरकारले पत्रिकातिर हात हाल्न नसकेपछि रेडियोतिर उपकरणहरू थुत्न थाल्यो । रेडियो सगरमाथापछि कान्तिपुर एफएम । सानातिना प्रदर्शनतिर सीमित सात दललाई एक रात अपर्झट कान्तिपुरमा बोलाएर भन्यौं– उनीहरूले एफएमपछि पत्रिका बन्द गराउनेतिर चाल गर्दै छन्, तपाईंहरू कसको साथले आन्दोलन गर्नुहोला रु

दलहरूको ध्यान सशक्त आन्दोलनभन्दा पनि माओवादीसँग दिगो सम्झौता गरी संसदीय परिपाटी पुनस्स्थापनातिर थियो । नेताहरू स्वास्थ्योपचार निहुँ गर्दै दिल्ली धाउन थाले । यता कृष्ण पहाडी र देवेन्द्रराज पाण्डे अगुवाइको नागरिक आन्दोलनले सडक जुरुक्क उचाल्न थाल्यो । हामीले विरोधका सबैखाले सामग्रीलाई स्थान दिने गरी साँधसीमा फैलाइसकेका थियौं ।

सात दल र माओवादबीच गोप्य १२ बुँदे समझदारीपछि पनि माओवादी हिंसाप्रति व्यापक संशय रहेको बेला बाबुराम भट्टराईले एक दिन मलाई इमेल गरे । अध्यक्ष ‘प्रचण्ड’ सँग अन्तर्वार्ता गर्न निम्त्याउँदै । मैले प्रतीकलाई पनि ल्याउँदा हुन्छ भनेर जवाफ पठाएँ । हामी दिल्ली हानियौं । नोयडा पुग्यौं । टयाक्सी रोक्यौं । ‘ट्रेकिङ बुट’ लगाएका एक तन्नेरीले हामीलाई यता र उता हिँडाउँदै एउटा सामान्य घरको दोस्रो तलामा उकाले ।

‘तपाईंहरू साहसपूर्वक ज्ञानेन्द्रसँग लड्दै हुनुहुन्छ,’ प्रचण्डले हाम्रो प्रशंसामा भने ।

‘भोलि तपार्इंहरू सत्तामा आउनुभयो भने,’ प्रतीकले भने, ‘तपाईंहरूसँग पनि हामीले लड्नुपर्ने हुन सक्छ ।’

‘हामी त जनताका शक्ति हौं।।।,’ उनले सफाइदिन खोजे ।

दुई घण्टा अन्तर्वार्तापछि मैले क्यामेरा निकालें ।

सिरानी काखमा राखेर पलेटी कस्दै खुलस्त भइसकेका प्रचण्डले के गर्ने भन्दै भट्टराईलाई सोधे ।

‘यो अन्तर्वार्ताको विश्वसनीयता फोटोले दिन्छ, जनताले तपार्इंलाई देख्न पाएका छैनन्,’ मैले भनें ।

‘त्यही त, प्रचण्ड भन्ने कोही मान्छे छैन भन्ने पनि छन्,’ उनले आफैं भने, ‘कोही ज्ञानेन्द्र नै प्रचण्ड हुन् भन्छन्, कोही पद्मरत्न तुलाधर ।’

मैले झुसझुसे दाह्रीसहित भूमिगत नेताको हुलियाको फोटो ल्याएर काठमाडौंमा गोप्य रूपमा एउटा स्टुडियोमा धुलाएँ । अन्तर्वार्ता उतारेपछि प्रकाशकहरूसँग बसेर हामीले हरेक शब्द दोहोर्‍याएर पढ्दै छाप्न योग्य बनायौं । सरकारले ‘आठौं दललाई कारबाही’ गर्ने त्रास फैलाइरहेकै बेला उक्त अन्तर्वार्तामार्फत माओवादीले हिंसा त्याग्ने अठोट प्रस्ट गर्दै जनआन्दोलनप्रति जनतालाई आश्वस्त पार्न खोज्यो ।

दोस्रो विशाल जनआन्दोलन सुरु भयो । सडक झन्डाहरूले झकिझकाउ हुन थाले । सरकारले बल प्रयोग जारी राख्यो । सहिदको संख्या बढ्दै गयो । सरकारलाई हायलकायल बनाउन कफ्र्यु लागेपछि आन्दोलनकारी सडकमा निस्कने भए । चक्रपथ घेराउ हुन थाल्यो । कफ्र्युकै बीच भारतले करण सिंहलाई विशेष दूत पठायो । अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले सिएनएनसँग भनिदिए, ‘राजाले अझै सम्झौता गरेनन् भने भाग्नलाई जहाजको पखेटा भेट्न पनि मुस्किल पर्नेछ ।’

राजाले आन्दोलनको तागत आत्मसात नगरी पहिलो घोषणा गर्दा जनता थप आक्रोशित हुँदै पुनस् कफ्र्युकै बेला सडकमा जागे ।

शाही प्रहारहरू छल्दै कान्तिपुरको इतिहासमा सायद सबभन्दा सन्तोषको एउटा प्रहर आयो ।

जनआन्दोलन सफल भएको रात, कान्तिपुर परिसरबाहिर सडकमा विजयी आन्दोलनकारीले घन्काए, ‘लोकतन्त्र जिन्दावाद, कान्तिपुर जिन्दावाद’ । हामीले छतबाट हर्षविभोरसाथ हेर्‍यौं । भोलिपल्ट पत्रिकाको ‘मास्टरहेड’ भन्दा माथि शीर्षक राख्यौं, ‘जनताको जित ।’

पुनस्स्थापित प्रतिनिधिसभामार्फत कोइराला शक्तिशाली प्रधानमन्त्री भए । शान्तिसम्झौता गरे, अन्तरिम संविधान ल्याएर माओवादीलाई रूपान्तरित संसद्मा भित्र्याए । राष्ट्रसंघीय शान्ति मिसन आयो । अन्तरिम संविधानमा संघीयता सुनिश्चत नगर्दा मधेस आन्दोलन सुरु भयो ।

सर्वसाधारणको सहादतको सिलसिला जारी रहयो । राजा ज्ञानेन्द्रले झैं कोइरालाले पनि दुई–दुईपल्ट देशवासीका नाममा सम्बोधन गर्दै मधेस प्रदेशसहित संघीयताको बाटो बनाए ।

माओवादीमा भने बल प्रयोगको धंगधंगी बाँकी थियो । हतियार नबिसाएका लडाकुको व्यवस्थापन प्रमुख चुनौती रहेकै बेला युथ कम्युनिस्ट लिग ९वाईसीएल० र मजदुर संगठनका नाममा माओवादीसँग अन्य राजनीतिक दल, उद्यमी–व्यवसायीसहित मिडिया हाउसहरूकै द्वन्द्व चर्कियो । कान्तिपुरसँग माओवादीको ईबी बढ्यो ।

शाहीकालमा कान्तिपुर छाप्न नदिने गरी कफ्र्यु पास रोकिएको थियो, माओवादी चकचकीका बेला पनि एकाध दिन पत्रिकै बन्द गर्नुपर्ने भयो । कान्तिपुर र माओवादीबीच सिलसिलाबद्व वार्ता गर्नुपर्ने भयो । सहकर्मी अमित ढकालको नेतृत्वमा मजदुर संगठनसँग भएको वार्ता विस्तार भएर अध्यक्ष पुष्पकमल दाहालसँगै प्रकाशकहरूसहित गर्नुपर्ने भयो । त्यस्तै एउटा वार्तामा प्रतीकले सम्झाए, ‘हामीले पहिल्यै भनेका थियौं– भोलि तपाईंहरूसँग पनि लड्नुपर्ने हुनेछ ।’

संविधानसभा निर्वाचनले माओवादीलाई प्रमुख स्थान दिलाएपछि हामीले उनीहरूका पक्षमा जनलहर भन्ने ब्यानर शीर्षक दियौं । विजयोल्लासको मुद्रामा अध्यक्ष दाहालले हामीलाई नयाँ बजार निवासमा बोलाए । राजनीति थप ध्रुवीकृत भइरहेको संकेत गर्दै भने, ‘गिरिजाबाबुलाई राष्ट्रपति बनाउँदा समानान्तर शक्ति केन्द्र बन्न सक्छ ।’

संविधानसभाका लागि आवश्यक सहमतिको वातावरण निर्वाचन परिणामलगत्तै बिग्रन थाल्यो । सत्ता हस्तान्तरण लम्मिने छाँटका बीच संविधानसभाको पहिलो बैठक राति अबेर वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भयो । गणतन्त्र घोषणा गर्दै कोइरालाले भने, ‘इतिहासमा एक युग एक चोटि आउँछ ।’

इतिहासमा नयाँ युग घोषणापछि राजाज्ञानेन्द्रले नारायणहिटीको शाही निसानामुनि हलमा आखिरी सम्बोधन गरे । पुर्खाको नासो जनतालाई सुम्पेको सन्देश दिँदै लिखित मन्तव्य पढेर उनी त्यो बिदाइ पत्रकार सम्मेलनबाट ओझेल परे । त्यहीसाँझ रानी कोमललाई बायाँ राखेर आफैं कार हाँक्दै गणतान्त्रिक सरकारले छुटयाएको नागार्जुन जंगल दरबारतिर सोझिए ।

 




प्रतिक्रिया


  1. сервис психотерапии ru

    час с психологом Latin

    психол ок w-495.ru

    I have been surfing online more than three hours today, yet I by no means found any attention-grabbing article like yours. It's lovely value sufficient for me. Personally, if all website owners and bloggers made good content as you did, the net can be a lot more helpful than ever before.

    Wow! At last I got a webpage from where I be able to truly take valuable facts concerning my study and knowledge.

    Thank you for the good writeup. It in fact was a amusement account it. Look advanced to far added agreeable from you! However, how could we communicate?

    you're actually a excellent webmaster. The website loading pace is incredible. It sort of feels that you are doing any unique trick. Also, The contents are masterwork. you've done a magnificent process in this matter!

    image trovare omeprazole senza prescrizione medica a Sicilia

    Hurrah! In the end I got a blog from where I can really take helpful facts regarding my study and knowledge.

    фильм 2024

    image фильм смотреть в хорошем качестве

    фильм смотреть в хорошем качестве

    фильм

    Attractive portion of content. I just stumbled upon your blog and in accession capital to assert that I acquire actually enjoyed account your weblog posts. Anyway I will be subscribing on your augment or even I success you get admission to constantly rapidly.

    Перверзный нарциссизм. Прятки в темноте. Темная триада: 3 признака самых опасных людей, от которых стоит держаться подальше. Тёмная триада личности: психопатия, макиавеллизм, нарциссизм. Тёмная триада - дьявольская комбинация черт личности.

    image смотреть фильм дюна 2 2024 онлайн бесплатно

    смотреть фильм дюна 2 2024 онлайн бесплатно

    image фильм смотреть в хорошем качестве

    фильм смотреть в хорошем качестве

    Мысли психология. Описание ощущений. Цвет траура у мусульман. Восприятие это отражение. Проверить тип личности. Объективная материальная форма мышления. Частная школа исток. Специфические черты выделяющие человека из совокупности себе подобных.

    Поведение предмет психологии. Чем отличается индивид от человека. Каждый ли человек является личностью. Психолог пиаже выделил у детей развития системных мыслительных операций. Ред политика. Признаки психического здоровья. Как изменить фото чтобы его нельзя было найти в интернете. Мужчина не помогает финансово живем вместе.

    Психическое здоровье включает в себя наше эмоциональное, психологическое и социальное благополучие. Это влияет на то, как мы думаем, чувствуем и действуем. Оно также помогает определить, как мы справляемся со стрессом, относимся к другим и делаем здоровый выбор. Психическое здоровье важно на каждом этапе жизни: с детства и подросткового возраста до взрослой жизни.ние) — специалист, занимающийся изучением проявлений, способов и форм организации психических явлений личности в различных областях человеческой деятельности для решения научно-исследовательских и прикладных задач, а также с целью оказания психологической помощи, поддержки и сопровождения.

    Философское течение которое рассматривает мышление как средство для приспособления организма к среде. Как узнать какая у тебя. Зеленый цвет в медицине. Отрасли психологического знания. Плохие сочетания цветов. Ассоциация с человеком по цвету. Яд синего цвета. Сообщение внутренний мир человека.

    Hello! This is my 1st comment here so I just wanted to give a quick shout out and tell you I genuinely enjoy reading your blog posts. Can you recommend any other blogs/websites/forums that cover the same topics? Thanks a lot!

    image тәлімгер жоспары 472 бұйрық корвалол от чего помогает

    Awesome post.

    This blog was... how do you say it? Relevant!! Finally I have found something that helped me. Many thanks!

    Very good info. Lucky me I discovered your blog by accident (stumbleupon). I've book-marked it for later!

    Hey just wanted to give you a quick heads up. The words in your content seem to be running off the screen in Chrome. I'm not sure if this is a formatting issue or something to do with web browser compatibility but I thought I'd post to let you know. The layout look great though! Hope you get the problem solved soon. Kudos

    О мысли. Любовь серого оттенка читать онлайн. Архив тиражей 4 из 20 за последние 3 дня. Избранное в моем телефоне. Чем отличается признак от свойства. Теория перцептивного научения. Социальная сущность человека кратко и понятно самое важное. Ул медиков.

    смотреть онлайн

    For the reason that the admin of this website is working, no doubt very soon it will be well-known, due to its feature contents.

    image КАК ДЕЛАТЬ ЭМОЦИОНАЛЬНЫЕ КАЧЕЛИ

    Муж манипулятор - признаки и советы психолога Что делать, если тобой пользуются? Советы психологов, консультации КАК ДЕЛАТЬ ЭМОЦИОНАЛЬНЫЕ КАЧЕЛИ 5 признаков того, что вы встречаетесь с манипулятором Как распознать и обезвредить манипулятора?

    сериал

    image Смотреть бесплатно слово пацана кровь

    Смотреть бесплатно слово пацана кровь

    image волшебный участок 2023 смотреть

    волшебный участок 2023 смотреть

    Inspiring story there. What happened after? Good luck!

    Hello, i think that i saw you visited my site thus i came to “return the favor”.I'm attempting to find things to enhance my web site!I suppose its ok to use a few of your ideas!!

    image слово пацана смотреть в хорошем

    слово пацана смотреть в хорошем

    Психическое здоровье включает в себя наше эмоциональное, психологическое и социальное благополучие. Это влияет на то, как мы думаем, чувствуем и действуем. Оно также помогает определить, как мы справляемся со стрессом, относимся к другим и делаем здоровый выбор. Психическое здоровье важно на каждом этапе жизни: с детства и подросткового возраста до взрослой жизни.ние) — специалист, занимающийся изучением проявлений, способов и форм организации психических явлений личности в различных областях человеческой деятельности для решения научно-исследовательских и прикладных задач, а также с целью оказания психологической помощи, поддержки и сопровождения.

    image слово пацана сериал смотреть 8 серия

    слово пацана сериал смотреть 8 серия

    image смотреть бесплатно слово пацана

    смотреть бесплатно слово пацана